Sunday, November 18, 2018

बौद्ध बिहार एक परिचय



                                                                                                                             जीवनकुमार शाक्य
 कांक्रेबिहार भग्नावशेषको बारेमा बयान गर्नु पर्दा यो कहां छ भन्ने बारेमा उल्लेख गर्नु आवश्यक पर्छ । कांक्रेबिहार भग्नावशेषको बारेमा प्रवेष गर्नु भन्दा अगाडी लाटीकोईली  बारेमा चिनारी गर्नुर् पनि आवश्यक पर्छ । यो कुनै    चराको नाम नभएर एउटा बिशेष ठाउंको नाम हो । यद्यपि अहिले सम्म कोईली चरी लाटी हुन्छ भन्ने सुनिएको छैन र देखिएको पनि छैन । तर किम्बदन्ति भनाई अनुसार  कोईली नाम  गरेको केटी लाटी भएकोले लाटीकोईली भनिएको भनिन्छ तिनै लाटी केटीको नाम बाट यो ठाउंको नाम रहेको भन्ने सुनिन्छ । नामको बारेमा किन चर्चा गर्न लागें आंखिर के महत्व छ र चर्चा गर्नुपर्ने यसो हेरौं न त । यो एउटा सुर्खेत जिल्ला भित्रको १८ खण्डाल मध्य एक सबैभन्दा ठूलो खण्डालभित्रको गाउं बिकास समितिको नाम हो । नेपाल मध्य(पश्चिमान्चलको केन्द्र बिन्दु भेरी अन्चल सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो । अहिले   भेरी अंचल सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं।२ अन्तरगत पर्ने गाउं विकास समितिको नाम हो । यो गाउं विकास समिति नेपालकै ऐतिहांसिक महत्वपूर्ण गा।बि।स।हरु मध्य पर्दछ भन्दा अत्युक्ति नहोला । उपत्यका भित्र रहेको यो गा।बि।स।को २०५८ सालको जनगणना अनुसार जनसंख्या पुरुष ६४१७ महिला ६६०६ गरि जम्मा १३०२३ रहेकोथियो  ।२०४९ सालको निर्वाचनमा जनसंख्या ९७०६ रहेको थियो । तत्कालिन गा।बि।स।अध्यक्ष नेपाली कांग्रेसबाट डम्मरबहादुर जि।सी।हुनुहुन्थ्यो यो गा।बि।स।मा प्रति बर्ष।८ प्रतिशतका दरले जनसंख्या बृद्धि भएको देखिन्छ अरु गा।बि।स।को अनुपातमा सबै भन्दा धेरै जनसंख्या भएको गा।बि।स। हो । उक्त जन संख्या मध्य आदिवासी जनजातीहरुको कूल संख्या ३०३० रहेको पाईन्छ । जस्मा सबै भन्दा बढी थारुहरुको २१४४ देखिन्छ ।
यस्को सिमाना पूर्व र दक्षिणमा भेरी नदीले घेरेकोछ । सबै भन्दा बढी बुद्धिजिविहरुले प्रतिनिधित्व रहेकोछ । सुर्खेत उपत्यको प्रवेशव्दार पनि यहि गा।बि।स। हो । उपत्यकाको प्रवेश द्वार सुव्बाकुना हो  प्रवेष गर्ने बित्तिकै लाटीकोईलीको सुन्दर फांटहरु देखिन्छन् । यो गा।बि।स।लाई उपत्यकाको अन्न भण्डार पनि भनिन्छ । सुन्दर मनोरम दृष्यहरुले    भरिपूर्ण यहां सुर्खेत उपत्यकालाई आवाद गर्ने थारुहरुको बाक्लो बस्ति रहेकोछ । 
यहां उपत्यका भित्रको खोर्के खोला र इत्राम खोला मिसिएर निकास हुंदै भेरीमा निकास थुन्नीयो भने सुर्खेत थुनिने निर्विवाद सत्य पनि देखिन्छ । यहां हिन्दुहरुको आराध्य मन्दिर शक्तीपीठ देउती मन्दिर,ऐतिहांसिक शिवालय,बौद्ध गुम्बा ,मुस्लिमहरुको मश्जिद र क्रिश्चियनको चर्च समेत रहेकोछ  भने नेपालमै चर्चित निरन्तर दश धारा बगिरहने चर्चित बुलबुले ताल पनि रहेकोछ । स्यानो  पोखरी जस्तो संधै एउटै तापक्रममा पानीको बुलबुल चोबिसै घण्टा निरन्तर निस्किरहने भएकोले बुलबुले नाम रहन गएको हो ।  लाटीकोईली गा।बि।स।को वडा नं।९ मा अवस्थित गङ्गामाला देउती बज्यैको प्रसङ्ग राजी जाती संग जोडिएको पाईन्छ । राजी जाती यस जिल्लाको आदिवासी जनजाती  हुन्  ।  सातौ शताव्दी तिर यस जिल्लामा यिनिहरुको राज्य थियो भनिन्छ । बाह्य मुलुकबाट आक्रमण गरेर पराजित भएपछि  जङ्गल पसेर कन्दमूलले जीवन निर्वाह गरेर बस्न थालेकाहुन् । काठको डुङ्गा बनाएर नदीमा डुङ्गा खियाएर मानिस तार्ने अनि माछा    मारेर जीवकोपार्जन गर्न थाले । यिनिहरु बस्ने बिशेष गरि दहचौरको सुवाघाटहो ।     राजाराजीको रुपमा राज्य संचालन हुनेगथ्र्यो पछि आएर राजीको रुपमा  परिवर्तन भयो । वास्तवमा राजीहरु बोटे जस्तो नभएर क्षेत्री हुन् भनिन्छ । २०६४सालको संबिधान सभा सदस्य निर्वाचन मतादाता नामावली अनुसार जम्मा २४० जना   राजी जाती देखिएकोछ । देउती बज्यैको उत्पत्तीको बारेमा किम्बदन्ती र जनश्रुतिको चलन अनुसार कुनै एक राजी नदीमा जाल खेलिरहेका बखत एक ब्राम्हणी कन्या  नदीले बगाएर ल्याएको जालमा परेर तिनलाई राजीले उद्दार गरि आफ्नो घरमै पालेर हर्ुकाए । ठूली भएपछि बिहे गरिदिन लाग्दा नमानेर अग्नीमा प्रवेष गरेर देह त्याग गरिन् । राजीलाई सपनामा आफु गङ्गामाला देवीको रुप धारण गरेको बताईन । गङ्गामालाको सात दिदी बहिनीछन् भनिन्छ । १,केशमाला( सल्यानको कालीमाटीमा ,२,रतनमाला(गोच्चे पोखरा सर्ुर्खेत,३,रुद्रमाला(दहचौर सुबाघाट ,४,चतुरमाला(कल्याण गा।बि।स। ५,चौमाला(बबै गुठी बर्दिया ७,गङ्गामाला नयांगाउं पिपिरा सर्ुर्खेत । बि।सं १९८६सालमा  भुरा राजी नामक पुजारीले पुजा गर्न थालेपछि थानी ब्राम्हणहरुले पाठो बली दिन थालेकोले पछि  स्थानान्तरण गरेर पिपिरामा सारेको भनिन्छ । यस्ता थुप्रै भनाई जनश्रुति पाईन्छन् ।

कांक्रेबिहार भग्नावशेष बारेः
कांक्रेबिहारको बारेमा उल्लेख गर्नुभन्दा अगाडी यस क्षेत्रको बारेमा चर्चा गर्नु उचितहोला । सुर्खेत क्षेत्र तत्कालिन खश साम्राज्य अन्तरगत पथ्र्यो भन्ने कुरा निर्विवाद सत्य छ । खश साम्राज्यको बारेमा वस्तुगत अध्ययन गरेर वार् इतिहांसकारहरुले बर्णन गरेको इतिहांसलाई नकार्न सकिंदैन । जहांसम्म तिब्बती वंशावलीहरुले प्रस्तुत गरेका विवरण छन्,तिनलाई किर्ति सत्म्भ अभिलेखले पुष्टि गरेकोछ ।किरस्तम्भले प्रस्तुत गरेको वंशवृक्ष सन्देह रहित छ त्यसको व्याख्या विश्लेषण गर्दा विचार पुर्याईएन भने चाहिं अर्थको अनर्थ लाग्न सक्छ । कर्णाली प्रदेशका सडक किनारमा धार्मिक स्थलहरुमा अभिलेखमा मितिअनुसार तिनिहरु तेह्रौं शताव्दी देखि पन्ध्रौं शताव्दी भित्रका छन् ।
सुर्खेत जिल्लाको सदरमुकाम तत्कालिन बाईसे चौबिसे राज्यको अवस्थामा दुल्लु राज्य अन्तरगत थियो । सुर्खेत उपत्यकाको लाटीकोईली गा।बि।स अन्तरगत पूर्व पश्चिम लम्पसार परेको जंङ्गल भित्र रहेको भग्नावशेष शिखर शैलीको भग्नावशेष सम्भवतः नेपालको सबै भन्दा ठूलो बौद्ध बिहारको भग्नावशेष हो यस्मा कुनै दुईमत छैन । यो सुर्खेत जिल्लाको मात्रै नभएर नेपालकै ऐतिहांसिक पुरातात्विक सम्पदा मान्नुमा कुनै अत्युक्ति नहोला । शिखर शैली भएकै कारणले यो हिन्दु मन्दिर हो भन्ने विवादले गर्दा यस्को पुनर्निर्माण हुन अवरोध भैरहेकोछ । यो कसरी हिन्दु मन्दिर हुन सक्छ त भन्दा केहि हिन्दु मानसिकता बोकेका पुरातत्वविदहरुले आफ्नो कुतर्क राखेका हुन् । भग्नावशेषमा केहि देवीका मुर्ति हुनु, शिखर शैलीको मन्दिर हुनु, हिन्दु मन्दिर नै हुनुपर्छ ( त्यसो भए गौतम बुद्धको आमा महामाया गौतमीलाई मायांदेवी भनेर चर्चा चलाएर मायादेवी मन्दिर भनेकोले त्यो हिन्दु मन्दिर भयो (भग्नावशेषमा केहि बांदर,सिंह,हात्तिको मुर्ति भेट्टनिुले हिन्दु मन्दिर हुनु पर्ने( यदि हिन्दु मन्दिर भएकोभए किन भग्नावशेष अवस्था भयो त कस्ले भत्कायो होला (
यथार्थता यस्तो हो थुप्रै त्यस्ता बौद्ध बिहारहरु शिखर शैलीका छन् भारतमा भएको बौद्ध तीर्थस्थल बोधगयामा भएको गन्धकुटी मन्दिर शिखर शैलीकोछ  राजालाई बोधिसत्वको अवतार मानिन्छ । राजा क्राचल्ल,अशोकचल्ल,पुण्यमल्ल,पृथ्वीमल्ल आदिले आफूलाई सोझै ूअभिनवबोधिसत्वावतारू भनेर लेखाएकाछन् ।अभिसमयालंकार नाम बौद्धग्रन्थको पुष्पिकावाक्यमा रिपुमल्ललाई  राजराजेश्वर लोकेश्वर भनिएकोछ । यस प्रकार मन्दिर भनिए तापनि ति बौद्ध मन्दिर हुन । अर्को कुरा बौद्ध ग्रन्थमा सिंहलाई बुद्धको प्रतिकको रुपमा पनि मानिन्छ र हात्ति पनि महामायाकों गर्भ प्रवेषमा सेतो हात्तीको चर्चा छ भने धेरै ठाउंमा हात्तिले जङ्गलमा ध्यानको अवस्थामा संरक्षण र फलफूलको व्यवस्था  गरेको पाईन्छ भने बांदरहरुले बुद्धलाई मौरीको मह भोजनको रुपमा समर्पण गरेका हुन् भन्ने बौद्ध ग्रन्थमा उल्लेख गरेको पाईन्छ । बाँदर देखिएकोलाई हनुमान भन्ने मानसिकताले गर्दा कतिपय विव्दान अबुझहरुले यसो भन्ने गरेको पाईन्छ । शिखरशैली भएका बौद्ध मन्दिरहरु हिन्दु मन्दिर भन्नु कस्तो मनस्थिति होला आफै बिचार गरौ । वास्तवमा कर्णाली क्षेत्र भनेकै बौद्ध क्षेत्र हो यस क्षेत्रमा थुप्रै बौद्ध राजाहरुले      राज्य गरेको इतिहांसले प्रमाणित गरेकोछ । यसै क्षेत्रका एक हिन्दु विव्दान मानिने स्व।योगी नरहरिनाथले पनि कनकपत्र ,शिलापत्र,सन्धीपत्र, वंशावली,लोक संस्कृति,भाषाको बिषयमा उल्लेख  गरिएको पाईन्छ । भाषा संस्कृतिको आदि श्रोत कर्णाली प्रदेश हो भन्ने निर्विवाद छ । खस जातीहरु कर्णाली प्रदेशको र्सवाधिक पुरानो जाती मानिन्छ । त्यसैले पनि नेपाली भाषालाई खस भाषा भन्ने पनि चलन रहेकोछ । उनिहरुले त्यस जातिलाई अवैदिक आर्य भनेर बर्णा गरेको पाईन्छ । शासन सत्ताको हिसाबले कर्णाली प्रदेशका सबैभन्दा पुरानो राजा नागराज मानिएकोछ । उन्ले स्थापना गरेको राज्यमा चाप,चपिल्ल,चल्ल,मल्ल र बर्माहरुले राज्य गरेका थिए भनिएकोछ । दैलेख दुल्लुको किर्ति स्तम्भले पनि तिव्बतको खारी प्रदेशबाट आएको बताएकोछ । त्यस अभिलेखको आधारमा गढवाल बाराहाटको एउटा मुर्तिमा तिव्बती भाषामा र लिपिमा भट्टारक नागराज मुनिको (कृति०  भनिएकोछ र बौद्ध धर्मावलम्बी भएका र अभिलेखमा पनि बुद्धमुर्ति अंकित गरिएकोले उनि पक्कै बौद्ध धर्मावलम्बी भएको प्रष्ट हुन्छ । कर्णाली प्रदेश ठूलो क्षेत्रमा फैलिएको थियो । राज्य फैलिए जस्तै त्यति बखत निर्माण गरिएका बौद्ध स्मारकहरु पनि यत्रतत्र देखिन्छन् । अछामको कूची बिहार स्तूप,दैलेख बिनायकको पन्चदेवल,मान्म कालिकोटको पन्चदेवल,दुल्लु पाथरनाउली माथिको पन्च देवल,दैलेख पादुका स्थानमा रहेको बुद्धमुर्ति अंकित अभिलेख,सिंजा लामाथाडामा प्राप्त बुद्धमुर्ति अंकित माटा चक्कीहरु ले पनि प्रमाणित गरेकोछ ।  खस साम्राज्यको  इतिहांस राज्य व्यवस्था पृष्ठ ९० मा राजा (ख० बोधिसत्ववतारका रुपमा भनेर यसरी उल्लेख गरेकोछःूखारी प्रदेशमा तिव्बती बौद्ध विव्दानहरुको सम्पर्कमा आएपछि खस राजाहरुले् बौद्ध धर्म अपनाएका थिए । बौद्ध  परम्परामा खस राजाहरुलाई हिन्दू तथा बौद्ध मान्यताअनुरुप आ(आफ्नै ढङ्गले बिशेषण दिएर उनिहरुको महत्ता दर्शाईएकोछ ।ू
सुर्खेत उपत्यका पनि र्बौद्ध धर्म क्षेत्रको रुपमा महत्वपूर्ण स्थल थियो भनेर अनुमान गर्न सकिन्छ । सुर्खेतबाट बि।सं १३७० सारेर लगिएको ूअभिसमयालङ्कारू हस्त लिखित बौद्धग्रन्थ तिव्बतको स्पोनकाङ्ग गुम्बामा पाईएकोछ (यो कसरी त्यहां पुग्यो (० सुर्खेतमा प्राप्त वि।सं १३४९को शिलालेखबाट आसा साहु र रुद्रादेवीले त्यहां एक देवल बनाएको बुझिएकोछ र सुर्खेतमा प्राप्त बुद्ध,मैत्रेय,लोकेश्वर,ताराका मुर्तिहरु कला र शिपको उच्च नमुना मानिन्छ । त्यहां भएका ढुङ्गाका सुन्दर मुर्तिहरु हेरेर नै मन न लोभिने  बिरलै भेट्टएिला । यो क्षेत्र  बौद्ध क्षेत्र मान्निछ भने यहि बाटो भएर गुरु पद्मसम्भव आफ्ना चेलाहरुको साथमा तिव्बत प्रस्थान गरेका थिए जस्ले सम्झना स्वरुप बिभिन्न स्थानमा स्तम्भहरु निर्माण गर्दै गए भन्ने अनुमान पनि गर्नसकिन्छ । यसबाट कांक्रेबिहारको निर्माण ८०० बर्षअघि भएको अनुमान गर्न सकिन्छ ।
कांक्रेबिहार बौद्धबहार भग्नावशेष को बारेमा प्रा।डा सूर्यमणी अधिकारीको पुस्तक खश साम्राज्यको  ईतिहासमा यसरी उल्लेख गरिएकोछ ( ूचारसय फिटको  परिधिमा फैलिएका यसको थुप्रो २००फिटजति अग्लो थियो । यस्को परिसरमा एउटा नलंङ्कर बिहार थियो त्यसैको नामबाट कांक्रेबिहार नाम भएको हो भनेर भनिन्छ  जे भएपनि  बिहार भन्ने बित्तिकै त्यौ बौद्ध धर्मसंग सम्बन्धित रहेको बुझिन्छ । ू भनिएकोछ भने स्थानीय  पातालगङ्गाका पुराना बृद्ध थारुहरुले पनि भन्दछन् । लेखक  हिन्दुमतका ब्राँम्हण परिवारका भएकैले निष्पक्ष हुन सकेको देखिंदैन  त्यसैले अगाडि लेखिएकोछ ((१० कांक्रेबिहारको नाम बौद्ध बिहारसंग सम्बन्धित देखिए पनि त्यहांका प्रस्तरखण्डमा बौद्ध मुर्तिका साथै हिन्दू मुर्तिसमेत पाईएकाले कांक्रेबिहार परिसरलाई तत्कालिन धार्मिक सहिंष्णुताको एउटा उदाहरण मान्न सकिन्छ ।ू भनिएकोछ  धेरै बर्ष पहिला यहां हात्तिकिल्ला पनि थियो र हामीले हात्ती लिदि पनि देखेका हौं भन्दछन् । त्यस स्थानमा खपडाका केहि अंशहरु अहिलेपनि भेट्टिन्छन् । यस बिहारलाई अध्ययन गर्दा सुर्खेत उपत्यकामा उच्चकोटीको सभ्यताको विकसित भएको थियो भन्ने नकार्न सकिंदैन र कांक्रेबिहार बौद्ध धर्मको प्रसिद्ध केन्द्र मानिन्थ्यो भन्ने प्रष्ट हुन्छ । भनेर खस साम्राज्यको इतिहांसमा उल्लेख गरेकोछ । सोहि पुस्तकमा भनिएको लामाका चार स्थानहरुः पुण्य मल्लको वि।सं। १३९४को दान पात्रमा ूचत्वारि लवंपादानं स्थानानिू(लामाका चार स्थान०लाई पनि राक्षी राखखिएको छ (।असं।२७० लामाका चार स्थान कुन(कुन थिए प्रष्ट छैन । तिनिहरु लुम्बिनी,कपिलवस्तु,सारनाथ,बोधगया हुन सक्छन अथवा लुम्बिनी,कांक्रेबिहार,खोजरनाथ र शाक्य बिहारलाई लिईएको पनि संभवछ । राजा रिपु मल्लले लुम्बिनी र कपिलवस्तुको तीर्थ यात्रा गरेकाथिए ।।।।।।आदित्य मल्लले बाल्यकालमा यही शाक्य बिहारमा गई बौद्ध शिक्षा ग्रहण गरेका थिए ।ू भनेर उल्लेख गरेको छ । यस सम्बन्धमा प्राध्यापक अधिकारीज्यूले बोद्ध दर्शन पनि अध्ययन गर्नु भएको भए यस्तो कुरा उल्लेख हुने थिएन किनकि चार स्थान लामा अथवा बौद्धहरुको तीर्थ स्थल चार छन ति कुन भने ( लुम्बिनी  (मेरो जन्मस्थल०,बोधगया    (ज्ञान लाभ०,सारनाथ र्(धर्मचक्र प्रवर्तन०स्थल र कुशिनगर (निर्वाण प्राप्त स्थान ० हुन् भनेर ललितबिस्तरमा भगवान बुद्ध स्वयम्ले भन्नु भएको उल्लेख गरेकोछ । यस्मा बौद्ध दर्शन अध्ययन गर्नेहरुले अन्यौलमा पर्नुपर्दैन । र सहायक तीर्थ स्थलका रुपमा बौद्धहरुले कपिलवस्तु (आफ्नो घर०,देवदह(मावल०,भारतको श्रावस्ति जहां भगवान बुद्धले उपदेश दिने क्रममा २५ बर्ष सर्बाधिक बर्षावास गरेको स्थान हो ।
 बिहार शव्दलाई बिश्लेषण र अध्ययनको जानकारी हुन पनि आवश्यक छ केहो त बिहार भनेको ( पौणाणिक समयमा देवताहरु घुमफिर प्रकृयालाई पनि बिहार गरेको भनिएको पाईन्छ । बौद्ध ग्रन्थमा बुद्धले बिहार गर्नुभएको अवस्था भनिएको पाईन्छ अर्थात बुद्ध आएर बस्नु भएको अवस्थामा भनिन्छ भने भारत श्रावस्तीका अनाथ पिण्डकले जेतवन बिहार भिक्षुहरुलाई आरामपुर्वक बस्ने स्थानको रुपमा दान दिएको भनिएकोछ अर्थात भिक्षुहरु बस्ने स्थान जहां बुद्धको आराधना ध्यान पनि गरिन्छ ।  अतः सुर्खेतको कांक्रेबिहारमा त्यतिबखत कुनै बौद्ध राजाले बोधिसत्वको रुपमा आएको अवस्था र केहि बौद्ध भिक्षुहरु बसेको कारणले बिहार भनिएको हुनुपर्छ । वा क्रकुछन्द बिहारबाट अपभ्रंश भएर कांक्रेबिहार भएको हुनपर्छ भन्ने मेरो बिचार रहेकोछ । कांक्रेबिहारको सर्न्दर्भमा प्रा।डा। सूर्यमणी अधिकारीको ू खस साम्राज्यको  ईतिहाँसूपृष्ठ १४६को (४०मा यसरी उल्लेख   गरिएकोछ ूमन्दिरको मुर्तिकला र वास्तुशिल्पलाई दृष्टिगत गर्दा मध्यकालिन प्रस्तर कृतिहरुमा यस भेकमा अतुलनीय देखिएकोछ । स्व।योगी नरहरिनाथले त्यस्को तुलनामा पाटनको कृष्ण मन्दिरले व्दादशांस होला,कला दृष्टिले शतांश पनिछ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव (धरहरा०भन्दा अग्लो हुंदो हो । टुटेफुटेका लूप्तशेष यिनै ढुङ्गा जोरेपनि शय हात अग्लो हुनेछू भनी २०१२(१३सालतिर टिप्पणी गरेका थिए ।ू पुस्तककै पृष्ठ १४७को (क० मा यसरी उल्लेख गरिेकोछ (ूकांक्रेबिहारका बौद्ध मुर्तिहरुः कांक्रेबिहार भग्नावशेषका प्रस्तरखण्डमा प्राप्त अनगिन्ति कलाकृतिमा केही बौद्ध मुर्ति पनि उल्लेखनीय छन् त्यहां प्राप्त बौद्ध मुर्तिहरु तथा लोकेश्वरहरुका साथै बिभिन्न बौद्ध चिन्हहरुसमेत छन् ।बौद्ध मुर्ति निकटमा हात्ति र बाघ समेत दर्शाईएको र ठूलोचाहिं मुर्ति मायांदेवी र सानो भग्नमुर्ति नवजात शिशु सिर्द्धार्थको मानिएको लुम्बिनी बनमा बुद्ध जन्मेको घटनासंग यसले तादाम्य राख्ने देखिन्छ । अर्को एउटा प्रस्तखण्डमा अंङ्कति मुर्तिहरु बुद्धको मार विजय घटनासंग सम्बन्ध राख्दछन् ,अर्को शिलाखण्डमा सरस्वतीका पांच प्रतिमा अंकित गरिएका छन् । सरस्वतीलाई बौद्ध धर्ममा प्रज्ञापारमिता मानिन्छ । ूभनिएकोछ  तर यहांनिर लेखकले बौद्ध ग्रन्थको राम्ररी अध्यननै नगरि हचुवाको भरमा लेख्नुभएको पाईन्छ ,बौद्ध ग्रन्थमा कतैपनि  सरस्वतीलाई प्रज्ञापारमिता भनिएको छैन बरु बुद्धत्व प्राप्तीको लागि   गरिएको कोशिशलाई प्रज्ञापारमिता भनिएको पाईन्छ ।
 कांक्रेबिहार भग्नावशेष केहि महत्वपूर्ण कलात्मक मुर्तिहरु संरक्षणको लागि क्षेत्रीय संग्राहालयमा राखिएकोछ भने हाल कांक्रेबिहार भग्नावशेष स्थलमा पनि टहरा बनाएर घाम पानीले सुरक्षित गर्ने व्यवस्था गर्ने प्रयास भएकोछ तर मुर्तिहरुलाई अरुले दर्शन गर्न मिल्नेगरि मिलाएर राखेकोभए बेस हुने थियो । कांक्रेबिहार हरेक पक्षबाट हेर्दा  सरकारी पक्षबाट अपहेलित अवस्थामा रहेको देखिन्छ । कांक्रेबिहार संरक्षणको लागि एक जना चौकिदारको व्यवस्था गरिएको छ तर केवल पारिश्रमिक बटुल्ने काम बाहेक संरक्षण हुन सकेको छैन । यस भग्नावशेष भित्र मायादेवी र सानो भग्नमुर्ति नवजात शिशु सिर्द्धार्थको मानिएको लुम्बिनी वनमा बुद्ध जन्मेको घटना संग सम्बन्ध देखिएकोले पनि यो भग्नावशेष बौद्ध बिहार नै हो भनेर ठोकुवा गर्न सकिन्छ ।
यहां भएका बिशाल ढुङ्गाहरु कहांको हो त भनेर खोज गर्दा सुर्खेतको चारकुनेको भन्ने अनुमान अलि नमिलेको देखिन्छ किनकि चारकुनेको ढुङ्गा अलि कमजोर मन्दिरलाई हिन्दु मन्दिर बनाएका हुन् ।  त्यसैले पनि कांक्रेबिहारलाई शंकराचार्यले नष्ट गरेको भन्ने अनुमानलाई गलत भन्न मिल्दैन । बाईसे  राज्यको समयमा कर्णाली प्रदेशमा खस राज्य थियो भन्ने ईतिहांस साक्षी छ । अधिकांश बाईसे     राज्यका साझा पुर्खा यशोवर्मा,मलय वर्माहरुले बौर्द्धधर्मलाई मानेको वा उच्चदेखिन्छ यद्यपि हाल पुनर्निर्माण गर्न चारकुनेको ढुङ्गालाई प्रयोग गरिएकोछ । मैले  (लेखक० गरेको अनुमान सुन्दर ढुंङ्गाका कलात्मक मर्ुर्तिहरु भारतमा कलाकारहरु द्वारा कुंदेर हात्तीबाट ल्याईएको अनुमान मिल्न गएको देखिन्छ । जंङ्गलमा भएको ढुङ्गा सोही स्थलको हुनुपर्छ । यस प्रकार अनुमान गर्नुको कारण त्यस जङ्गलमा ढुङ्गामा मुर्ति कुद्ने कलाकारहरु    धेरै समय सम्म बस्ने व्यवस्था हुन नसक्ने भएकोले भारतबाटै कुंदेर ल्याएको हुन सक्छ । पातालगङ्गा तिर हात्तिको लिदि देखिनु हात्ति किल्ला हुनुले बिशाल ढुङ्गाहरु हात्तीमा लादेर नदीको बाटो हुंदै कांक्रेबिहार निर्माणको लागि ल्याएको हुनु पर्छ भन्ने अनुमान गलत हो भन्न नमिल्ने देखिन्छ । यि बिहार कसरी भग्नावशेषमा परिणत भए त ( भनिन्छ ९० सालको महा भूकम्पमा भत्कीएको भन्ने अनुमान गरेको पनि पाईन्छ त्यो अनुमानलाई पनि मान्न नसकिने अवस्था कसरी देखिन्छ भने ८५ बर्षनाघेका लाटीकाईली पातालगङ्गाका बृद्ध थारुले आफ्नो बुवाको पालामा पनि यस्तै अवस्थाको थियो भन्दछन् । मुर्तिहरुको अवस्था हेर्दा धारीलो हतियार प्रयोग गरेर काटेको जस्तो देखिन्छ भने केहि मुर्तिहरुलाई घनले फोडेको जस्तो पनि देखिन्छ । यस्ले के अनुमान गर्न सकिन्छ कि हिन्दु धर्मका रक्षक मानिने जगतगुरु शंकराचार्यले धार्मिक यात्रा अभियान गर्दा उत्तराखण्डको यात्रा गरेका थिए । यसै सर्न्दर्भमा भारतबाट बौद्ध बिहारहरु भत्काउंदै र बौद्ध भिक्षुहरुको संहार गर्दै हिंड्दा सुर्खेतको बाटो हुंदै कर्णाली प्रदेश  बाटो भएर तिव्बत प्रस्थान गर्दा यहां भएको कांक्रेबिहार बिहार नष्ट गरेको अनुमान गरिन्छ । किनकि उन्ले यस यात्रा अभियानमा बौद्ध धर्मको प्रभाव भएको स्थान कुमाउ गढवाल भेकलाई बौद्धमार्गीहरुलाई पराजित गर्दै नेपाल उपत्यकामा प्रवेष गरेका थिए भनेर खस साम्राज्यकोर् इतिहांसमा धार्मिक अवस्थामा उल्लेख गरेकोछ । शंकराचार्यको अर्को आतंकारी कार्य ८४ हजार बौद्धग्रन्थ जलाउन लगाएको कुरा नेपालको भाषा वंशावलीमा उल्लेख गरेकोछ भनिएकोछ । वास्तवमा यहांनिर निष्पक्ष भएर सोंच्नुपर्ने कुरा के छ भने बौद्ध भिक्षुहरुलाई शस्त्रअस्त्र देखाएर डर त्रास देखाई बलपुर्वक बौद्ध धर्म त्याग्न लगाएको थियो । यसको अर्थ हिन्दु धर्मको व्यापकताले हिन्दु धर्मको प्रायः लोपहुने अवस्थालाई बचाएका थिए । शंकराचार्यको आगमन पहिले हिन्दु चारधाम मध्य    बद्रीनाथ र केदारनाथमा बौद्धमार्गी पुजारी थिए र तिनको सट्टा आफु संगै आएका दक्षिण भारतीय ब्राम्हणहरुलाई बदरीनाथका   नारायण र केदारनाथका शिवका  पुजारी बनाए भन्नेको तात्पर्य त्यो स्थान बौद्धसम्मान गरेको अवस्था पाईन्छ । एउटा अभिलेखमा यशोवर्मालाई ूबुद्धकुलावतारू भनेको पाईन्छ मलयवर्माले खोजरनाथमा १८गुम्बाको बौद्ध बिहार बनाउन लगाएको बताए अनुसार निजले सर्ुर्खेतमा पनि नबनाएको भन्न सकिन्न । मलयवर्माको कालिकोट रैकासांघु अभिलेखमा बौद्धमन्त्र ूॐ मणि पद्मे हूंू अंकित गरिएकोछ । तथापी खस साम्राज्यको बिघटनपछि बौर्द्धधर्मले मुस्ताङ्ग बाहेक अरु कुनैपनि राज्यमा राजकीय मर्यादा मात्रै नभएर संरक्षण सम्म पनि पाउन सकको देखिंदैन । खस राज्यको समाप्ती संगै बौद्ध धर्म माथि सांस्कृतिक आक्रमण गरेर हिन्दु मन्दिर बौद्ध धर्मावलम्बिहरुलाई जन्यौ धारण गर्न लगाएर हिन्दुमा परिवर्तन    गरेको अनुमान गर्न सकिन्छ । किनकि यस क्षेत्रमा भएका थुप्रै चैत्यहरु देवलहरुलाई हिन्दुवादीहरुले पांच पाण्डवले निर्माण गरेको भन्ने गरेको व्यापक चर्चा पाईएकोले के त यसै क्षेत्रबाट पांच पाण्डवले कुरुक्षेत्रबाट कौरबहरुको आक्रमण वा सताएबाट भागेर आएका हुन त ( जुम्लाको मिचागाउंका बौद्ध स्तुपहरु जुम्ला राज्यको समयमा निर्मित भएका हुन तिनिहरु मध्य एउटाको निर्माण वि।सं १५३९ मा हमिरु रावल र शिलमाला देवीले गराएको थियो अर्को बि।सं।१५५८मा हितु      रावलले बनाउन लगाएका थिए भनेर प्रा।डा। र्सर्ूयमणि अधिकारीको बाईसे       राज्यकोर् इतिहांस मर्ूर्तिहरुको अवस्था शिर्षको बौद्ध धर्मको अवस्था पृष्ठ ३१३मा उल्लेख गरेअनुसार कांक्रेबिहारको निर्माण तेह्रौं शताव्दी अर्थात ८००बर्षअघिको हुनर्ुपर्छ भन्ने अनुमान गरिएकोछ ।  यस क्षेत्रको  दुल्लु पाथरनाउलीको देववर्माको शाके १२७६ शिलालेख अभिलेख,अछामको जयगढस्थित यशोवर्माको शिलालेखहरुमा,दुल्लु दुल्लभेश्वरको शाक्य १२७७ को जयसिंहको शिलाललेख,अछाम घोडासैन स्थित तारादेवीको शिलालेखमा ूॐ मणी पद्मे हूूदुल्लु पादुका स्थानमा बुद्ध मुर्ति अंकित धर्म स्तम्भको शिरोभागमा अशोक चल्लका पालामा सउना कार्कीको स्तम्भ लेख मा ूओं नमो वुद्धयेः । स्री ।।।उल्लेख गरेकालाई अध्ययन गर्दा केवल उच्च सम्मान गरेको नभै त्यस बखत बौद्ध धर्मावलम्बि राजा भएकैले पनि ति सबै बेपत्ता पारिएको हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ ।
अब यहां फेरि अर्को विवादको बिषय सिर्जना भएकोछ २०६४सालमा सर्बदलीय बैठक ,लाटीकोईली गा।बि।स। पुरातत्व बिभागको स्विकृतिमा बौद्ध गुम्बा निर्माण तथा  संरक्षण समितिले भग्नावशेषको ३० मिटर अगाडीको खुल्लाभागमा बौद्ध मुर्ति स्थापना गर्न शिवा रिम्पोछे द्वारा शिलान्यास भैसकेको सो स्थानमा बुद्ध मुर्ति स्थापनाको निर्माण कार्य थालनी गर्न लाग्दा दुईमुखे नीति भएका साम्प्रदायिक मानसिकताका नेताहरुले प्रशासनलाई दबाब दिएर रोक्न लगाएको अवस्था भएकोछ ।  कांक्रेबिहारको बारेमा कुनै गुरु योजना पनि छैन देखिंदैन बन बिभागले बुद्ध मुर्ति स्थापना गर्न अवरोध पुर्याउनुपर्ने कुनै औचित्य देखिंदैन । संरक्षित बन क्षेत्र भित्र केहि गर्न नपाउने वा गर्न लाई स्विकृति लिनुपर्ने भए पुरातात्विक मुर्तिहरुमा असुरक्षित तरिकाले कोर्न मिल्छ अनि पिकनिक खाने स्थल बनाउन मिल्छ ( जंगल क्षेत्रमा गाडि गुडाउन मिल्छ ( जे जस्तो भए पनि  जुन विवाद चर्काईएको छ कांक्रेबिहार क्षेत्रको विकास हेर्न नचाहनेहरुको पिडा हो भनेमा अत्युक्ति नहोला ।
 अन्तमा  मैले माथिको कुरालाई बर्णन गर्नुको तात्पर्य यो सुर्खेत उपत्यका क्षेत्र बौद्ध धर्मावलम्बीहरुको वस्ति थियो भन्ने र कांक्रेबिहार बौद्ध भग्नावशेष हो भन्ने प्रमाण देखाउन मगज खियाएको हुं । जे भए पनि सुर्खेत उपत्यकाको ऐतिहांसिक सम्पदा जिल्लाको मात्रै नभएर देशकै सम्पदा हो भनेमा अत्युक्ति नहोला ।  यस्को सरंक्षण सम्बर्द्धन गर्न सुर्खेतवासीले पनि सकृय हुनुपर्छ  । यस्को पुनरनिर्माण   गरे पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके नयां नेपाल बनाउन थप योगदान हुने थियो । यो धर्म निरपेक्ष लोक तान्त्रिक गणतन्त्रिक सरकारले यस तर्फध्यान देओस भन्ने अपील गर्दछु ।
                                    भवतु सब्ब मङ्गलम ।





Sunday, November 11, 2018

डा जि राज शाक्य व्दारा दृष्टिविहिन हेरविचार केन्द्रको अक्षय कोष स्थापनार्थ आर्थिक सहयोग

नेपालका वरिष्ठ छाला तथा यौन रोग विषेशज्ञ डा. जी राज शाक्यले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतलाई अक्षय कोष

डा. जी राज शाक्य

स्थापना सहयोगार्थ रु १ लाख ५ हजार ५ सय ७७ रुपैया सहयोग गर्नुभएको छ ।
डा. शाक्य नेपालमा काशी हिन्दु विश्वविद्यालय (BHU) भारतबाट सन १९८३ जनवरीमा छाला तथा यौन रोग विषयमा डाक्टर अफ मेडिसिन (MD)को उपाधी प्राप्त गर्ने पहिलो नेपाली हुनुहुन्छ ।
त्यस्तै डा. शाक्य पारिजात चिकित्सालय, एन सार्क-तन्विप्रिया फाउण्डेसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।
सहयोग रकम हस्तान्तरण गर्दै डा. शाक्यले यो अक्षय कोषमा विभिन्न दाता, स्थानीय तथा सरकारी सहयोग निरन्तर बृद्धी हुँदै गएमा दृष्टिविहिनहरुमा दिर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सहयोग रकम शाक्य पुचः नेपालगंजका उपाध्यक्ष मोतीकाजी शाक्य तथा महासचिव गोपीचन्द्र शाक्यको उपस्थितीमा दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यलाई हस्तारण गरिएको हो ।