Thursday, December 27, 2018

सावत्थि चमत्कार




चमत्कार बुद्ध कथाहरु र आख्यायिकहरुको महत्त्वपूर्ण अंग हो। बुद्धको जन्मको साथ अनेकौँ अद्भुत, दैविक एवं चमत्कारिक घटनाहरुको प्रचुर आख्यान अनेकौ स्थानमा उपलब्ध र प्रचलित छ । जुन चमत्कार आजका मानिसहरु पत्याउन गाह्रो मान्छन् ।

एक पटक भिक्षु पिण्डोल भारद्वाज राजगृहमा भ्रमण गरिरहेकाथिए । त्यहाँ उन्ले एक श्रेष्ठीलाई एक ऊँचो स्थानमा चंदनको काठको एक कटौरा लट्काएका । कारण सोध्दा थाहाभयो कि त्यस श्रेष्ठीलाई न त आध्यात्मिक सिद्धिहरुमा विश्वास थियो न कुनै सिद्ध सन्यासीमा। अत: सन्यासिहरुको उल्लीविल्ली गर्ने उद्देश्यले उस्ने त्यस बाँसको लामो डण्डामा त्यो कटोरा लट्काएका थिए । भिक्षु पिण्डोल भारद्वाजले श्रेष्ठीको अभिमानलाई मेटाउनको लागि ऋद्धिवल व्दारा उड्दै त्यस बाँसको टुप्पाबाट चंदनको त्यस कटौरालाई निकाले ।

बुद्धले जब भिक्षु पिण्डोल भारद्वाज व्दारा राजगीरमा देखाएको त्यस बाटोको चमत्कार को चर्चा सुन्नुभयो तब उहाँले भिक्षुहरुलाई जनसाधारण बीच चमत्कार न देखाउने उपदेश दिनुभयो।

तत: केहि स्यानातिना सन्यासीहरु मान्छेहरुलाई आफ्नो चमत्कार देखाएर प्रभावित गर्थे र बौद्धहरु पाखण्डी घोषित गर्थे किनकि बौद्ध भिक्षुहरुले अरुको अगाडी चमत्कार देखाउन बन्द गरिदिएकोथियो ।

जब मगध-राज बिम्बिसारलाई यस्को जानकारी भयो तब उनि बुद्धकहाँ पुगे र उहाँसित श्रावस्तीमा चमत्कार देखाउन प्रार्थना गरे। यद्यपि गौतम बुद्धको पूर्वोत्तर बुद्धहरुले पनि श्रावस्तीमा चमत्कार दिखाएका थिए। अत: गौतमबुद्धले पनि बिम्बिसार को प्रार्थना स्विकार गर्नुभयो र श्रावस्तीमा आफ्नो चमत्कार देखाउनुभयो ।

त्यहाँ वहाँले रत्नहरुको एक छत बनाउनुभयो र उड़ेर त्यहाँ पुगेर चक्रमण गर्नुभयो। तत: केहि प्रचलित लोक-मान्यताहरु अनुसार उहाँले स्वयंलाई हजार रुपहरुमा एकसाथै प्रकट गर्नुभयो । फेरि अन्य बुद्धहरु जस्तै नै तीन पाईलामा तावलिंस लोक पुग्नुभयो ।

बुद्धलाई यि चमत्कारहरुबाट उहाँका आलोचक श्रावस्ती छोड़ेर भागेर गए। भनिन्छ कि पूरण कस्सपले पनि त्यहिवेला श्रावस्ती छोड़े र बाटैमा उन्को मृत्युभएको थियो ।
भवतु सब्ब मङ्गलम् 


बुद्धको अभिधर्म-देशना




सोगत-दर्शन या बौद्ध धर्म-दर्शनको सूक्ष्म विस्तृत निरुपण अभिधम्म (संस्कृत अभिधर्म) दर्शनमा निहितछ। बुद्धले अभिधम्मको चर्चा सर्वप्रथम आफ्नो आमा महामायालाई गर्नुभयो, जुन त्यस दिन पार्थिव शरीर त्याग तैंतीस देवहरुको लोक- तानतिंस लोक- मा विहार गर्दैहुनुहुन्थ्यो। अभिधम्मको देशनामा वहाँलाई तीन महीना लागेको थियो। प्रत्येक दिन वहाँ आफ्नो आमालाई गहीरो उपदेश दिनुहुन्थ्यो र फेरि पृथ्वी-लोकमा उत्तर अनोत्तर सरोवरमा उतर सारिपुत्र (संस्कृत शारिपुत्र)लाई त्यहि देशनाहरुलाई स्मरण-योग्य छंद-बद्ध गरेर फेरि सुनाउनुहुन्थ्यो। सारिपुत्र ति छंदहरु पाँच सय विशिष्ट भिक्षुहरुको साथ संगायन गर्थे । ति सबै नै विशिष्ट भिक्षु अर्हत् भए । तत: अभिधम्मको गुरु-शिष्य श्रुत परम्पराको समुद्भव भयो। अर्थात् बुद्धले सारिपुत्रलाई; सारिपुत्रले भद्दजीलाई अभिदम्म-देसना दिए। यस प्रकार अभिधम्म देसना भद्दजी, सोभित, पियजलि आदि देखि हुँदै महिन्द (महेन्द्र) सम्राट अशोकको छोरा, इत्तिय, सम्बल, पण्डित तथा भद्दनामको माध्यम बाट श्रीलंका पुग्यो। तत: म्यानमार, थाईलैंड, कम्बोडिया आदि देशहरुमा अति गौरवलाई प्राप्त भयो जहाँ आज पनि यस्को यति आदर हुन्छ जति हिन्दुहरु व्दारा 'ॠग्वेद' को, मुसलमानहरु व्दारा 'कुरान' को तथा ईसाइयहबाट 'बाईबिल' को ।

अभिधम्मको अर्थ

'
अभिधम्म', 'अभि' 'धम्म' (धर्म) शब्दहरुको योगबाट बनेको हो। जहाँ 'अभि' शब्द 'अतिरेक' या 'विशेष' को द्योतक हो, तथा 'धर्म' शब्द 'यथार्थ' या 'देशना' को परिचायक हो। अत: परम्परामा 'अभिधम्म' ति विशिष्ट धर्महरुको परिचायक हो जुन निर्वाण (या परमार्थ) प्रतिमुख धर्म हो; अथवा, 'प्रज्ञाण्मला सानुचरा अभिधर्म:' (अभिधर्म कोश, १.२) अथवा त्यो शास्त्र जुन निर्वाण-मार्गलाई प्रकाशित गर्छ ।

पालि परम्परामा पनि उपर्युक्त विवेचनाको पुष्टि हुन्छ जहाँ बुद्धघोसले 'धम्म' शब्दलाई साधारण देशना अर्थात् सुत्तपिटकको देशनाहरुको संग्रहको रुपमा तथा अभिधम्मलाई अभिधम्म-पिटकमा संग्रहित विशिष्ट या अतिरिक्त धम्म-देशनाको सूक्ष्म विश्लेष्णात्मकताको सन्दर्भमा प्रयुक्त मानेकोछ।
बुद्धले तब उन्लाई 'प्रटिच्चसमुधाद' को दर्शनको देशना दिए। यो दर्शन यो दर्शाउँछ कि प्रत्येक सांसारिक घटना कुनै अन्य घटनामा निर्भर हुन्छ।अर्को शब्दहरुमा यो भन्न सकिन्छ कि प्रत्येक घटनाको निष्पति कुनै अन्य घटनामा निर्भर छ। अत: दु:ख अर्थात् वृद्धावस्था, रोग, मृत्यु आदिको हुनु जन्ममा निर्भर गर्छ; जन्म भवमा; भव उपादान (या ग्रहण गर्ने प्रवृत्ति)मा; वेदना सन्निकर्ष (फस्स)मा; सन्निकर्ष छ: ईन्द्रियहरुमा; नाम-रुप विञ्ञाण (चित्त)मा र चित्त अज्ञान (अविद्या)मा निर्भर गर्छ। अत: अज्ञान नै दु:खको मूल कारण हो तथा अज्ञान नष्ट गरेर निर्मल चित्तको निर्माण नैं धर्म चक्र प्रवर्तनको सार हो। विमल चित्तको प्रादुर्भाव केवल कुशल कर्महरुको प्रयासबाट सम्भव छ, जस्को मूल त्याग (अलोभ); प्रेम (अदोष) र ज्ञान (अमोह) हो। अत: बुद्धको धर्मको जुन चक्रलाई चलायमान गरेकोछ ति मूलत: त्याग, प्रेम र ज्ञानको शिक्षा दिन्छ । यहि चक्र भारतीय ध्वजामा पनि अंकित देखिन्छ ।
वास्तवमा भारत त्यस्तो देश हो जस्ले माल पाएर चाल नपाएको भन्दा अत्युक्त नहोला । जहाँ धेरै बुद्धहरुको प्रादुर्भाव भयो र अधिकान्स बुद्धहरुले भारतीय समाजको शुद्धताको लागि मरिमेटे तर भारतले बुद्धलाई चिनेन नत ३ बुद्धको प्रादुर्भाव भएको देश नेपालले चिने । देवादि देव महादेवको घर तिब्बत हो । बाँकि अरु राम कृष्ण लगाएत धेरै दवताहरुको वास स्थान र उत्पत्ती भारत मै भएको हो । बूद्धको धर्म विज्ञान हो प्रकृतिको नियम सित अनुन्यास्रित सम्बन्धछ । यो कुनै अन्धविश्वासमा आधारित छैन । जगतको सबै प्राणीको हित गर्ने महान शिक्षा हो भन्दा अज्ञानीहरु नाक खुम्च्याउँछन् ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रि ईन्टरनेट बुद्धकथाहरु



भगवान सित आनन्दको प्रश्न



एकदिन आनन्दले भगवान सित प्रश्न गर्यो ।
भगवान! जल वायु अग्नी मध्य सबै भन्दा शक्तशाली तत्व कुन होला ?
भगवानले उत्तर दिनुभयो ढुङ्गा सबैभन्दा शक्तिशाली देखिन्छ त्यसैले फलाdको हथौडाले ढुङ्गालाई टुक्रा टुक्रा गरिदिन्छ । त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली देखिन्छ ।
तैपनि कामीले फलामलाई आगोमा पोलेर आफनो मनको आकारमा परिवर्तन गरिदिन्छ त्यसैले ढुङ्गा भन्दा फलाम शक्तिशाली छ ।
तर आगो जतिसुकै बिकराल किन नहोस पानीले त्यसलाई निभाईदिन्छ  शान्त गरिदिन्छ । त्यसैले पानी ढुङ्गा फलाम र आगो भन्दा शक्तशाली छ । तैपनि पानीले भरिएको वादललाई हावाले उडाएर यता उता लैजान्छ त्यसैले वायु पानी भन्दा बलशालीछ ।
तर हे आनन्द! ईच्छाशक्तिले वायु दिशालाई पनि मोड्न सक्छ त्यसैले सबैभन्दा शक्तिशाली तत्वहो व्यक्तिको ईच्छाशक्ति भन्दा शक्तिशाली केहिछैन ।

शुद्रले क्षत्रीय जस्तै अभ्यास गर्न पाउँछ



के म शुद्र भएर तपाईको शिष्य हुन सक्छु ? के म एलव्यलाई तपाई स्विकार गर्नुहुन्छ ?
पहिलो कुरा त म द्रोणाचार्य होईन । द्रोणाचार्य, मेरो लागि, अलिकति फोहर नामहरु मध्य एक हो । फोहोर यसकारण भयोएकलव्यलाई अस्वीकार गर्नाले
द्रोणाचार्यलाई गुरु पनि भन्न हुँदैन। यदि तिनि गूरु भएकोभए, तब त्यहि अर्थमा जसरी स्कूलको शिक्षकलाई हामी गुरु भन्छौँ। उनिमा केहिपनि गुरुत्व थिएन। शुद्ध राजनीति थियो ।
एकलव्यलाई अस्विकार गर्यो किनकि उ शुद्र थियो तर भन्दा पनि धेरै भित्र राजनीति थियो । यो थियो कि उ अर्जुन भन्दा अगाडी निस्कन सक्थ्यो यस्तो क्षमता थियो उस्को । राजपुत्र भन्दा कोहि अगाडी निस्कोस र शूद्र अगाडी बढोस क्षत्रिय बाटयो द्रोणाचार्यको ब्राह्मणलाई सहन सकिने कुरा थिएन । अझै उ राजाको नोकर थियो । उस्को छोरालाई दुनियामा सबैभन्दा ठूलो धनुर्धर बनाउनु थियो । जस्को नून खायो उस्को त सोझो गर्नुथियो । एकलव्यलाई शिष्य स्विकार गरेनयो देखेर कि यो युवकको क्षमता यस्तो देखिन्थ्यो कि यस्ले अर्जुनलाई आच्छु आच्छु पार्छ !  यो त एक बहाना थियो कि शूद्र भनेर । शुद्र अगाडी बढोस यो त हुनै सक्दैन राजपुत्र माथिहुनुपर्छ मलाई यसैमा लाभ छ। यो शूद्र यदि माथि भयो भने पनि मलाई के फाईदा ? स्विकार गरन शिष्य भनेर । तर एकलव्य अदभुत थियो । एकलव्य, मलाई प्यारो नाम मध्य एक हो । अपूर्व शिष्य थियो उ, शिष्य शिष्य जस्तै हुनुपर्छ । द्रोणाचार्य जस्तो  गुरु, जस्ता गुरु हुनुहुँदैन जस्ले बिभेद गर्छ
गुरु राजनीतिज्ञ थिए। शिष्य धार्मिक थिए। उसले सोच्यो : मेरोफ अस्विकार गरेँ त मेरो अवश्य हित हुन्छ। उ एकलव्यबाट मेरो के लाभ ।लाभ हुने भएपो स्विकार गर्नु !
एकलव्यलेद्रोणाचार्यको मूर्ति बनाएर  पूजा गर्न थाल्यो र मूर्तिको अगाडी नै धनुर्विद्याको अभ्यास शुरू गर्यो । यति भावना होस यति आस्था गुरु प्रति यति श्रद्धा तब गुरुकै आवश्यकता किन? श्रद्धा को कमी छत्यसैले गुरुको आवश्यकता पर्छ ।
एकलव्य बिना गुरु मूर्तिबाट पुग्यो  श्रद्धा भए मूर्ति जीवन्त हुन्छ श्रद्धा नभए जीवित गुरु पनि अनर्थ हुन्छ । सबै तिम्रो श्रद्धामा निर्भर छ ।  मूर्तिलाई नै माने गुरु । यस अपूर्व प्रक्रियामा उ त्यस ठाउँमा पुग्यो, जहां अर्जुन फीका भयो । समाचार फेलियो एकलव्यको निशाना अचूक भयो। यस्तो अचूक निशाना कहिल्यै कसैले देखेन ! यस्तै निशाना थियो राजकुमार सिद्धार्थको उनि लक्ष भेद गर्थे । श्रद्धा स्तरीय भए निशाना अचूक हुन्छ नै यो श्रद्धाको निशाना हो । श्रद्धा पहिला भित्र हुनुपर्छ । एकलव्य अपूर्व थियो होला यहि श्रद्धालाई देखेर त द्रोणाचार्य छक्क परेहोला ।
जुन गुरुले एकलव्यलाई शिष्य बनाउन चाहेन तर दक्षिणा लिन भने पुग्यो ! बेईमानीको पनि एक सीमा हुन्छ लाज पनि लागेन द्रोणाचार्यलाई । यस्ता शिष्य को त पाउमा छुनुपर्छ तर राजनीति आयो । बेईमान गुरुले  एकलव्यसित दक्षिणामा उस्को हातको बुढी औँला मागे । उस्लाई थाहा थियो एकलव्यले पक्कै दिन्छ । उस्लाई शूद्र भन्नु बिलकुल गलत हो । उ अर्जुन भन्दा धेरै क्षत्रिय छ । एकलव्यलाई भन्यो मलाई गुरु मान्छौ भने दक्षिणा दिनुपर्छ । उस्को आँखाबाट आँसु झर्यो । गुरुलाई दिने केहि छैन किनकि उ त एक गरीब हो केहि छैन उ सित । एकलव्यले भन्यो तपाईले जे भन्नु हुन्छ दिन्छु मसित दिने त्यस्तो के छ र  एकलव्य यसकारण पनि अदभुत छ कि जसलाई शिष्य मानेन उसैलाई गुरु दक्षिणा दिन तयारछ । गुरु एक नम्बरको चालबाज छ। कूटनीतिज्ञ छ। शिष्य त साह्रै सरल र सोझो छ।  द्रोणाचार्यले भन्यो मलाई तिम्रो दाहिने बुढी औँला चाहियो । किनकि बुढी ओँला धनुरविद्यामा महत्वपूर्ण हुन्छ  काटीयो भने कहिल्यै उ धनुर्विद हुन सक्तैन । उस्को धनुर्विद्यालाई नष्ट गर्न बुढीऔँला माग्यो एकलव्यले पनि औँला काटेर दियो । उ अभूतपूर्व र क्षेत्रीय थियो । शुद्र भएर शिष्य हुन आएको थियो बुढीऔँला दिएर ब्राम्हण भयो ! उ विचराले त एक रत्ति पनि सोँचेन कि यहाँ चलाकि गरीयो ।त म द्रोण होईन तिमीलाई भन्छु । तिमीले सोध्छौ के म शूद्र भएर पनि तपाईको शिष्य हुन सक्छु ?’
शूद्र सबै हुन । शूद्र जस्तै नै सबै जन्मिन्छन् । तिमी शिष्य हुन चाहन्छौभने तिमीलाई अस्वीकार गरुँ यो असम्भवछ । द्रोणले एकलव्यलाई अस्वीकार गरे भन्दैमा मैले किन गरुँ । नास्तिकहरुलाई पनि मैले स्विकार गर्छु ।
तिम्रो मनमा मेरो शिष्य हुने ईच्छा जाग्यो यहि राम्रो हो । म द्रोण होईन । तर मैले सुनेको छु आज भोलिको आधुनिक एकलव्यले गुरुलाई नै बेस्सरी भकुरे तर तिमी त्यस्तो आधुनिक भने हुने छैनौ ।जब फूल फुल्छ तब  यो त भन्दैन कि तिमी तिर बग्दिन । तिमी शुद्र हौ तिमीलाई वास दिँदिन तिमी टाढा जाउ मैले त केवल ब्राम्हणलाई मात्रै वास दिन्छु ! फूल फुले त सबैको लागि हो धर्म सबैको लागि हो । बर्षा भए जाडो भए सबैको लागि हो । पक्षपात केका लागि घाम लागे चाहे पापी होस या धर्मात्मा शुद्रहोस या ब्राम्हण सबैको लागि । मन्दिर पनि शुद्रको लागि निषेध ब्राम्हणको लागि प्रवेष बिधवाको लागि निषेध सधुवाको लागि प्रवेष यस्तो भेद छैन । तिमी भित्र प्यास छ यहि प्रशस्त छ । विपश्यनामा सहभागि हुन एकजनाले मलाई सोध्यो हामी दलितले पनि सहभागि हुन सक्छौँ । मैले भने विपश्यनामा कुनै जातको पक्षपात र धनी गरीबको पक्षपात छैन सबैले बराबर सहभागि हुन पाउँछ । धनी वा ब्राम्हणलाई छुट्टै बिशेष ध्यानको तरिका र दलितलाई छुट्टै भन्ने छैन ।
 अस्तुः भवतु सब्ब मङ्गलम
सन्दर्भ सामग्रि ओशो - एस-धम्मो-सनंतनो-भाग-12