Saturday, October 29, 2011

सुर्खेतमा प्रथम पटक विपश्यना शिविर

सुर्खेतमा प्रथमपटक विपश्यना शिविर वीर्रेन्द्रनगर न पा वडा नं ८ कटकुवा धार्मिक वन तपोभूमीमा यही असोज १६ गते सम्पन्न भएकोछ ।उक्त विपश्यना शिविरमा ९ जना पुरुष र २ जना महिला सहभागि थिए भने शिविरको संचालन पूर्णप्रसाद ढकालले गर्नुभएको थियो ।धम्म सेविका रमा वान्तवा हुनुहुन्थ्यो भने धम्म सेवक जगत उपाध्याय हुनुहुन्थ्यो । उक्त शिविरको आयोजकहरु बसन्त थापा र जीवन शाक्य थिए । उक्त्त शिविर संचालन गर्न बिशेष सहयोग एवम् प्रेरणाको स्रोत म प पृतनाका कर्णेल खगेश्वर अर्याल हुनुहुन्थयो ।
विपश्यना शिविर केन्द्रमा नेपालको सबै भन्दा उत्कृष्ट भई पर्यटनको विकास हुने वलीयो सम्भावना रहेको कुरा आचार्य पूर्णप्रसाद ढकालले बताउनुभएकोछ ।
सहभागिहरुको नाम यसप्रकार रहेकोछ ।
१  ओमदत्त रेग्मी                            २ नरेन्द्रबहादुर गाहामगर                      ३ कूलबहादुर ठाडामगर
४ रत्न   नामजालीमगर                   ५ नीरज गिरी                                       ६ मोहनबहादुर थापामगर
७ करवीर ठाडामगर                       ८ भक्तीप्रसाद पौडेल                               ९ भीमप्रसाद देवकोटा
१० प्रभा मल्लाह                             ११ खगिसरा नामजालीमगर
 गुरु पूर्णप्रसाद ढकाल
                                                             

Friday, October 28, 2011

नेपालको सबैभन्दा ठूलो बौद्ध बिहार भगनावशेषा अलपत्र


 

सुर्खेतको कांक्रेबिहार भग्नावशेष

       मध्यपश्चिमान्चल क्षेत्रको भेरी अंचल सुर्खेत जिल्ला लाटीकोईली गा.बि.स. भित्र पर्ने जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक पुरातात्विक महत्वको बिषय हो। यस्को बारेमा व्यापक प्रचार प्रसार हुन नसकेकोले ओझेलमा परेकोछ ।
       सुर्खेत उपत्यका जर्बुटा,लाटीकोईली,उत्तरगङ्गा गा.बि.स. र वीरेन्द्रनगर नगरपालिका समेटेको  सबै भन्दा उचाईमा अवस्थित कांक्रेबिहार जङ्गल भित्र सबै भन्दा उंचाई अवस्थामा रहेको बौद्ध भग्नावशेष बिहार उत्खनन्को समयमा लगभग ४०० फिटको परिधिमा फैलिएको २० फिट जति अग्लो थियो । यस कांक्रेबिहार परिसरमा एउटा नलंकर नामको  बिहार थियो भनिन्छ । त्यसैको नामबाट यो कांक्रेबिहार भएका भनाई रहेकोछ । २०६० सालमा पुरातत्व बिभाग व्दारा उत्खनन् गरिएको थियो । यो उत्खनन् बेलामा स्थानीय व्यक्तिको रोहवरमा गर्नु पर्ने थियो तर त्यसो भएन । खास गरि २०२९ सालमा स्व.राजा वीरेन्द्रको सवारी भए पछि यस्को महत्व बढेको हो । त्यस पछि मात्रै यस्को संरक्षण तर्फध्यान गएको हो ।
१)यस भग्नावशेष बिहारमा शिखरयुक्त उतुङ्ग बौद्ध मन्दिर निर्मित भएको महसुस हुन्छ ।त्यहां आमलकयुक्त ससाना शिखर आकृतिका पाईएकाछन् ।प्रा.डा.सूर्यमणी अधिकारी खस साम्राज्यको इतिहांस पृष्ठ१४६) (-तर हिन्दुको मन्दिर,मुश्लिमको मश्जिदर्,इशाईको चर्च भने झै बौद्धको गुम्बा र बिहार हुन्छ । गुम्बज आकारको भएमा गुम्बा र भिक्षुहरुको आवास स्थान भएकोलाई बिहार भनिन्छ विव्दान पुरातत्वविदहरुले यस तर्फविचार पुगाउनुपर्नेहो ।)(ले.
२)उक्त मन्दिरको जगको क्षेत्रफल७२हृ७०.५,०४र्०बर्गफिट हुंदा त्यो ठूलै मन्दिर -बिहार)भग्नावशेष प्रतित हुन्छ । -हुन्छ होईन हो)यस्ता ढुङ्गाको खानी नजिकमा कतै छैन -भए पनि चारकुनै भन्ने ठाउंमा छ तर त्यहां भएको ढुङ्गासंग मेल खांदैन )(ले.मन्दिरको सिलिङ्गको बुट्टेदार प्रस्तर खण्ड पाईएकोछ त्यहांका प्रस्तरखण्डमा बुद्ध बोधिसत्व,देव,दानवपशुपंछी रसरिसृपका सुन्दरआकृत आलक तथा आमलक,चक्र,कलश,तोरणफूल लहरा ,रथको पांग्रा उत्कृष्ट बुट्टाहरुले शोभायमान देखिन्छ ।जोसुकै नव आगन्तुकहरुको लागि यो एउटा आर्श्चर्य लाग्ने सुन्दर कलात्मक मुर्तिहरुको दर्शन गर्न पाईन्छ । 
योगी नरहरिनाथले त्यसको तुलनामा पाटनको "कृष्ण मन्दिर शिलादृष्टिले व्दादशांश होला,कलाकृतिले शतांश पनि छ कि छैन । यो बिहार त्यो बेला मूलकाजी भीमसेन थापाका ध्रुव-धरहरा) भन्दा अग्लो हुंदो हो। टुटे फुटेका लुप्तशेषर् इनै ढुङ्गा जोरे पनि आज शय हात अग्लो हुने ।सयकडौं गजमा जग छ।वरिपरि मन्दिरोपकरण विशाल शिलाराशि थुप्रिएकोछ " भनि २०१२(१३ सालतिर टिप्पणी गरेका थिए ।जहांसम्म मन्दिर -बिहारको)अनुमानित उंचाईको कुरा छ त्यो धरहरा जत्रो वा शयहात अग्लो नभएर जगको परिधि अलि बढी भएर पांच शिखरमध्य मुख्य शिखरको उंचाई लगभग ६५ फिटको हुन सक्ने देखिन्छ । त्य भग्नावशेष उत्खनन् गर्दा केहि नभेटिनु अचम्म लाग्दो कुरा हो । यहां कुनै अभिलेख पाइएन भनिएको छ धेरै ठाउंमा अभिलेख चोरी भए झै यहांको पनि चोरी नभएको हाला भन्न सकिन्न
खस राज्यमा बौद्ध धर्म चरम उत्कर्ष थियो राजा क्रचल्ल वि.सं.१२६४(८०) र अशोकचल्ल-वि.सं.१३१२(३५)ले बौद्ध धर्म सम्बन्धि धेरै कार्यहरु गरेका थिए ।
बोद्ध धर्मलाई बदनाम गर्ने मटियामेट गर्ने कार्य बुद्धको शासन कालमा पनि बैदिकहरुले गरेका थिए प्रशस्त सताउने काम गरेका थिए । भनिन्छ अभिसमयालङ्का नामको बौद्ध ग्रन्थ सुर्खेत बाटै प्रतिलिपि गरिएको थियो भनिन्छ तर्सथ कांक्रेबिहार तेह्रौ शताव्दीमा संभवतः अशोकचल्लको राज्यकालमा वि.स.१३१२(३५)का गौरवपूर्ण दिनहरुमा निर्माण गरिएको थियो ।"-प्रा.डा.सूर्यमणी अधिकारी( खस साम्राज्यको इतिहांस )एउटा मनन योग्य कुरा के भने माथि जुन बौद्धग्रन्थको कुरा उल्लेख गरिएको छ त्यो त्रिपिटक वा अन्य कुनै ग्रन्थमा यस्को उल्लेख भएको पाईंदैन तर लङ्कावतारसुत्र छ ।
कांक्रेबिहारका बौद्ध मुर्तिहरुः
       यस कांक्रेबिहार बौद्ध भग्नावशेष बिहारका प्रस्तरखण्डमा अनगिन्ती बुद्धमुर्तिहरु कलाकृतिहरु उल्लेखनीयछन् लोकेश्वरहरु, बौद्ध चिन्ह, अष्टमङ्गल,बुद्ध मुर्ति निकट हात्ती र बाघ समेत दर्शाईएको र ठूलो मुर्ति मायांदेवी र सानो मुर्ति नवजात शिशिु शिर्द्धार्थको मानिएमा लुम्बिनी बनमा बुद्ध जन्मेको घटनासंग यसले तादम्य राख्ने देखिन्छ ।अर्को एउटा प्रस्तरखण्डमा अंकित मुर्तिहरु बुद्धको "मारविजय"घटनासंग सम्बन्ध राख्दछन् अर्को शिलाखण्डमा सरस्वतीका पांच प्रतिमा अंकित गरिएकाछन् सरस्वतीलाई बुद्ध धर्ममा प्रज्ञापारमिता मानिन्छ । -प्रज्ञापारमिता नभएर मन्जुश्री बोधिसत्व हुनु पर्नेहो किनकि प्रज्ञापारमिता भनेको एउटा ग्रन्थहो एउटा बोधिसत्वहरुको अभ्यास स्तर हो ।
       शाक्यमुनी बुद्धले १० पारमिता पार गर्नुभएपछि बुद्धको स्थितिमा पुगेकाहुन् । यस स्थानबाट सुर्खेत उपत्यकाको मनोरम दृष्यावलोकन राम्रो सित हेर्नसकिन्छ यो कून समयमा निर्माण भएको हो भन्ने अनुमान गर्दा लगभग ७०० बर्षअघिको भन्ने अनुमान गरिएकोछ ।
       यस क्षेत्रमा क्रकुछन्द बुद्धले पदार्पण गरेको हुंदा क्रकुछन्द बिहार भएको हुनपर्छ भन्ने बौद्ध मत मान्नेहरुको भनाई रहेको छ ।यस लेखकले समय समयमा स्थानीय पत्रिका तथा राजधानीबाट प्रकाशित हुने कान्तिपुर दैनिकबाट समेत विचारहरु प्रस्तुत भई सकेकोछ ।
१)    बौद्ध भग्नावशेष कांक्रेबिहारको जङ्गलको सुर्खेत जिल्लाको मात्रै नभएर देशकै ऐतिहांसिक  पुरातात्विक सम्पत्ती हो । जो सरकारले यस्को संरक्षण र सम्बर्द्धनको लागि बिशेष पहल गर्नु पर्ने नित्तान्त आवश्यक छ । यसको संरक्षण र पुनर्निर्माण हुन सके पर्यटन क्षेत्रको रुपमा विकास हुन सक्ने बलियो सम्भावना रहेकोछ । यस जङ्गलको वरिपरि बस्ति भएकोले जंङ्गलको विनास भएकोछ । जङ्गलको संरक्षण हुन नसकेकोले यस्को सुन्दरतामा पनि ह्रास आएकोछ । यद्यपि दाउरा घांस पात यसका वरिपरिका बासिन्दाहरुलाई सरल भएकोछ । अबिलम्ब चारैतिर कांढे तारबार गरेर चौकिदारको व्यवस्था गर्नुपर्छ । भग्नावशेष सम्म पुग्न मोटर बाटो बनाउनु नित्तान्त आवश्यक छ ।तर यस्को पबित्रताको लागि पीच मोटरबाटो नभई पैदल हिंडने बाटो उपयुक्त्त हुन्छ भन्ने मेरो धारणाहो ।
       २) यहां भएको बौद्ध बिहारलाई शिखर शैलीको हिन्दु मन्दिर हो भनेर हिन्दु मानसिकता भएका पुरातत्वविदहरु आफ्ना तर्कहरु प्रस्तुत गर्दै आएकाछन् यद्यपि केहि पुरातत्वविदहरु तथा विश्व विद्यालयका इतिहांसकार प्रा.डा.सूर्यमणीले बुद्ध बिहार भनेर आफ्नो पुस्तकमा उल्लेख गरि सकिएकोछ । शिखर शैलीमा बुद्ध बिहारहरु भारत र नेपालमा प्रशस्त बुद्ध बिहारहरु छन् । यति धेरै बुद्धका बिभिन्न आसनका मुर्तिहरु कुने पनि हिन्दु मन्दिरहरुमा हुनै सक्तैन र छैन पनि एक दुई देवीका मुर्तिहरु हुनुलाई हिन्दु शिखर शैली मन्दिर नै हुनुपर्छ भनेर गलत तर्क राखेर शिखर शैलीको बुद्ध बिहारलाई हिन्दु मन्दिरमा परिवर्तन गर्ने प्रयास गर्नु भनेको साम्प्रदायिक मानसिकता हो भनेमा अत्युक्ति नहोला । यो कांक्रेबिहारको परिस्थितिलाई हेर्दा बौद्धहरुको अष्टमङ्गलको आकारमा देखिन्छ ।
        ३) ऐतिहांसिक परिस्थितिलाई अध्ययन गर्ने होभने गुरु पद्मसम्भव सुर्खेतको बाटो भएर कालिकोट,जुम्ला,हुम्ला हुंदै  मानसरोवर हुंदै  तिब्बत तर्फलागेका हुन् भन्ने भनाई छ । साथमा कलाकारहरु पनि साथमा भएकोले बाटोभरी आफ्नो कलाहरु प्रस्तुत गर्दै बिभिन्न ठाउंमा आफ्नो पहिचान राख्दै गएका हुन भन्ने बौद्ध मत मान्नेहरुकोे भनाई  पाईन्छ ।
४) केहि भनाईमा कुनै बौद्ध राजा वा धार्मिक सहिष्णुता भएको राजाले यो विशाल बिहार निर्माण गर्न लगाएका हुनु पर्छ ।
५) यस कांक्रेबिहारको अन्तिम पूर्व दक्षिण तर्फ पातालगङ्गा छ जहां एउटा बिशाल पिपलको रुख छ सम्भवतः यस क्षेत्रको सबैभन्दा पूरानो रुखहो । यहां एउटा स्यानो पोखरी थियो अविरल पानी बगि रहन्थ्यो । हाल ट्यांकीको रुपमा प्रयोग भएकोछ स्थानीय वासिन्दालाई पिउने पानी र नुहाउनको लागि सुबिधा भएकोछ । यस पोखरीमा एउटा अचम्मको दृष्य के देख्न पाईन्थ्यो भने दैलेखको श्रीस्थानमा चर्ढाईएको अबिर फूल अक्षेता नैवैद्य यस पोखरीमा बगेर आई पुग्थ्यो भनेर देख्ने बुढापाकाहरु भन्ने गर्दछन् । पातालबाट बग्दै यहां आई पुग्ने भएको हुंदा  पनि यो पोखरीलाई पातालगङ्गा भनिएको भनिन्छ । आजभोली देखिंदैन कारण सोध्दा पहिला पो सत् थियो अहिले सत हराएकोछ भन्दछन् ।
       ६) यदि गुरु पद्म सम्भवले निर्माण गरेको भए ओं मणी पद्मे हुं   अक्षरांकन अवश्य गर्नेथिए । त्यस्तो यस बिहारमा छैन । यो कुनै बौद्ध राजाले आफु सुरक्षित हुन बिहार बनाएर बसेको हुनु पर्छ ।
       ७) अर्को एक थरीको भनाई अनुसार कुनै एक जोडी लाटा लाटी साली भेनाले कखुरा नबास्दै बौद्ध बिहार निर्माण गरेर सिध्याउनु पर्ने तर निर्माण गर्दा गर्दै  बिहान भएकोले भताभुङ्ग अधुरो अवस्थामा छोडेको भनिन्छ । बिशाल ढुङ्गाहरुलाई हर्ेदा विश्वास गर्न सकिने  अवस्था देखिंदैन । यस भग्नावशेषमा ठूलठूला ढुङ्गाका प्रस्तर मुर्तिहरु कलात्मक बुट्टाहरु छन् यि यहां पाईने ढुङ्गा सित मेल खांदैन नत त्यस्तो ठूलो कुनै ढुङ्गा खानी नै छ भए पनि च्यारकुलेमा भएको ढुङ्गाखानीको ढुङ्गा सित मेल खांदैन। पुनरनिर्माणका क्रममा यहांको ढुङ्गालाई प्रयोजन गरिएकोछ । ४।५ जना मान्छेले उठाउन नसकिने यि ढुङ्गाहरु निश्चित रुपमा बाहिरबाट ल्याएको अनुमान गर्न सकिन्छ बाहिरबाट कसरी ल्याएको होला भनेर अनुमान गर्दा हात्तीबाट बोकाएर ल्याएको हुन भग्नावशेष हुनुको मुख्य कारणहरुःलेखकको अनुमान कलात्मक ढुङ्गे मुर्तीहरु हात्तीबाट बोकाएर ल्याएको हुनसक्छ सक्छ भन्ने लेखकको अनुमानलाई पातालगङ्गाका बयोबृद्ध थारुहरुले कांक्रेबिहार जङ्गल भित्र हात्तीकिला थियो हामीले देखेका हुम् भन्छन् । पहिला मान्छे बस्ने घरको नमुना पनि थियो भन्दछन् अहिले पनि इंटाका टुक्राहरु भेटिएको अवस्था छ ।किन बाहिरबाट ल्याईयो भन्ने अनुमानका सदर्भमा कलात्मक ढुङ्गाहरुलाई जोडेर बिशाल बनाउन ढुङ्गामा प्वाल पारेर फलामको छड हालेर जोडीएको अवस्था रहेकोछ ।
१) जगद्गुगुरु शंकराचार्यले बुद्ध धर्मको व्यापकतालाई निस्तेज गर्न बौद्ध गुम्बा,बिहारहरु तथा स्तुपहरु नष्ट गर्दै भारतबाट यहि बाटो भएर तिब्बत प्रस्थान गरेका थिए  । अतः बाटोमा पर्ने यो कांक्रेबिहारलाई पनि नष्ट गरे र जुम्लामा भएको गुम्बालाई दत्तात्रयको मन्दिरमा परिवर्तन गरे ।
       २)  हिन्दु मतका भनाई अनुसार मुश्लिमहरुले मन्दिर तथा  बौद्ध बिहार भत्काएका हुन भन्ने प्रमाण नपुग भएको देखिन्छ । कारण मुश्लिमहरुले भत्काएको भए समकक्षको शिवालय नष्ट गरेका छैनन् । 
       हिन्दु मन्दिर नभएको अर्को तथ्यः सबै भन्दा पहिलो प्रमाण बिहार नामाकरण गरिएकोछ । काठमाण्डौको स्वयम्भुमा हारतीमाताको मन्दिर भएकै कारणले स्वयम्भुलाई हिन्दु चैत्य भन्न मिल्दैन । त्यसै गरि पाटनको बिभिन्न बिहारहरुमा शिखर शैलीको बिहारहरु देख्न सकिन्छ । भारतको पटना बौद्ध गयामा शिखरशैलीमा बिहारहरु हुनु हिन्दु मन्दिर होईन ।
३) बौद्ध धर्मावलम्बीहरु  हिन्दु धर्मका केहि संस्कारलाई अंगिकार गरेकै भरमा हिन्दु भन्न मिल्दैन । बौद्धहरुले सरस्वती ,गणेश,भैरव,विश्वकर्मालाई आराध्य देव तथार् इष्ट देवताका रुपमा मान्दछन् । गणेशको अर्थ बौद्ध विश्वासमा पार्वती पुत्रको रुपमा नभएर गणको देवता समान बुद्धि विवेक भएको हात्तीको समान टाउको,धेरै कुराहरु विचारहरु ग्रहण गर्न सक्ने ठूलो कान,कामको सिद्धिमा पारंगत नायकका रुपमा पुजा गर्दछन् ।त्यसैले पनि गणेशको पर््रार्थना गर्दा गुरु गणेश सिद्धि बिनायक पनि भनिन्छ ।
शाक्यमुनी बुद्धले वेदलाई स्विकार गरेका थिएनन् यद्यपी बुद्धलाई हिन्दु धर्ममा बिष्णुका नवौं अवतारका रुपमा मान्ने गरेको पाईन्छ । यदि बुद्ध सांच्चै बिष्णुका नवौं अवतार भएको भए किन बुद्धको बिहार निर्माण लगाएत बुद्ध जयन्ति मनाउन सरकारी पक्षपात  हुन्छ ।  शाक्यमुनी बुद्धले आफ्नो मुखबाट कतै पनि आफु कसैको अवतार हुं भनेको पाईदैन । बुद्ध धर्तिमा अनगिन्ति अवतरण भईसके शाक्यमुनी बुद्ध गिन्तीमा २८औं बुद्ध हुनुहुन्छ । कांक्रेबिहारमा बुद्धका थुप्रै आसनका कलात्मक प्रश्तर मुर्तिहरु रहेकाछन जो जानाजान मतिभ्रष्ट भएकाहरुले नष्ट गर्ने कार्य भएकोछ । सुरक्षाको लागि सरकारका तर्फबाटखासै चानसो लिएको देखिंदैन जबकि हिन्दु मन्दिरहरुको सुरक्षा व्यवस्था गरिन्छ ।देशमा धर्मनिरपेक्षाताको नाममा हिन्दुपन लादीएको अवस्था स्पष्टछ  कलात्मक ढुङ्गाका मुर्तीहरुकै कारण सुर्खेतमा पुरातत्व बिभागको संग्राहालय रहेकोछ तर कुनै काम छैन केवल कर्मचारी पाल्ने काम मात्र भएकोछ । यसको पुनरनिर्माणाको लागि अन्तर्राष्ट्रिय सहयोगको खांचो रहेकोछ । यो जे भए पनि जस्तो थियो भरिसक्य त्यस्तै पुनर्निर्माण भएमा सुर्खेतको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुने निर्विवाद सत्यछ ।

  धन्यवाद। भवतु सब्ब मङ्गलम । भवतु सब्ब मङ्गलम । भवतु सब्ब मङ्गलम ।










मध्यपश्चिम विश्वविद्यालयलाई जग्गा छैन


 वीरेन्द्रनगर सुर्खेत
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकूलपती प्रा डा पदमलाल देवकोटाले विश्वविद्यालयकोलागि कुनैपनि जग्गा नभएकोले निर्माणा कार्यको लागि रु दुई करोड एकहत्तर लाख छुट्याईउकोले त्यसकोलागि सुर्खेत उपत्यका नगर विकास समितिबाट प्तिबद्धता गरिएको र भवक अधिकार समेत दिईएको जग्गमा यथाशिघ्र म प वि विको नामा जग्गा दर्ता गरी पुर्जा दिन ढीलाई भएको कुरा एक अन्तरकृयामा व्यक्त गर्नुभयो । यस म प‌ वि वि को २०६७ सालको रु ६०००००००। ६ रोड बजेट विकाश गरी निकासा भएको बताउनुभयो । उक्त अवसरमा बिभन्न राजनैतिक पार्टीका प्रतिनीधिहरुले प्रतिबद्धता व्यक्त गरेकाथिए । यसरी व्यक्तगर्ने हरुमा ए नेकपा माओवादीका ईन्चार्ज गम्भीर नेकपा एमालेका शिवप्रसाद गौतम, रा प्र पा नेपालका प्रतिनीधि, नेपाली कांग्रेसका प्रतिनीधी श्याम भारती,,  राष्ट्रीय जनमोर्चाका प्रतिनीधी नेमकिपाका जनक सुनार, राजपाका बसन्त थापाले गर्नुभएको थियो ।पूर्व जिविस सभापती गोबिन्दबहादुर मल्ल तथा बालकृष्ण बिसी र पूर्व नगर प्रमुख बालाराम शर्माले पनि बोल्नुभएको थियो ।सो अवसरमा पूर्व सांसद हृदयराम थानी,पूर्व स्वास्थ्य राज्यमन्त्री सभासद खड्गबहादुर बस्यालले पनि बोल्नुभएको थियो ।
मप वि. ‌वि.को एन २०६७को दफा ३२को प्रावधान अनुसार म प वि विको एउटा छुट्टै कोष स्थापना गर्नु पर्ने उपकूलपतीले बताउनु भएकोथियो । गा‌ वि स जिविस तथा मालपोतबाट उठ्ने रकम गुमी क्याम्पस तथा पश्चिमको क्याम्पसहरुलाई पनि उपलव्ध गराउनुपर्ने उक्त अन्तरकृयामा सहभागिहरुले विचार व्यक्त गरेकाथिए । मप वि. वि.को लागि धनधान्य महायज्ञ बाट उठेको रकम १०करोडको बारेमा कुनै जानकारी भएन र जग्गादान अहिले सम्म वि.वि.को नाममा नामसारी नभएको बुझिएकोछ।


Thursday, October 27, 2011

नेपाल सम्बत् आफ्नो सम्बत

नेपाल सम्बत मात्रै संसारको यस्तो मौलीक सम्बत हो जुन आफ्नै देशको नामले संचालितछ । यो सम्बत चन्द्माको स्थिति अनुसार हुन्छ बैज्ञानिकछ । हामी सम्पूर्ण नेपालीले गौरब गर्नु पर्छ । नेपाल सम्बत भारत र चीनमा पनि चलाउने गरिन्छ । अंग्रेजी ईस्वी सम्बत अनुसार तीथि मिल्दैन बुद्ध जयन्ती अर्थात बैशाख पूर्णीमा हरेक बर्ष एउटै दिनमा हुने गर्दैन । अर्को कुरा नेपालकै एक साधारण नागरिकले दुनियाँको ऋणमोचन गरेर यो सम्बत चलाएको हो । हामीले आफ्नो देशको सबै भाषा लिपी संस्कृतिको सम्मान गर्नु पर्छ । यस पटक देशको प्रधानमन्त्रीले गैर नेपाली भाषामा सम्बोधन गर्नुभयो यद्यपी वहाँलाई गाह्रो भयो होला ससुरालीको भाषा भएपनि तैपनी देशको प्रमुख व्यक्तीले सार्बजनिक ठाउंमा बिशेष समारोहमा नेपाल भाषामा बोल्नुभयो वहाँलाई धेरै धेरै धन्यवाद ।
पुनः एक पटक सम्पूर्ण नेपालीलाई नयाँ बर्ष ११३२को उपलक्ष्यमा हार्दिक शुभकामना ।

नेपाल सम्बत् ११३२ को अवसरमा एक कार्यक्रम




दृष्टीविहिनहरुको देउसी भैलौ कार्यक्रम

दृष्टिबिहिन हेरविचार केन्दबाट गत बर्ष जस्तै यस बर्ष पनि मेरा दृष्टिबिहनी सहकर्मीहरुको साथमा तिहारको दुई दिन भैलो खेलीयो रु‌ ६५००। संकलन भयो । सामग्रिहरुमा एक थान मादल र एक थान हैण्डमाईक व्यवस्था गरियो । यस पटक ब्रेललिपी तालीम दोश्रो समूहको संचालन हुनेछ । 

Wednesday, October 12, 2011

सेक्सलाई घृणा हैन प्रेम गर

संसारमा मान्छेले सेक्सलाई देखावटी रुपमा घृणा नगर्ने बिरलै होलान तर उ घृणा गर्दा गर्दै पनि सेक्सको कृया गरि रहेकै हुन्छन् । कतिपय केटाहरु उच्छंखृल तरिकाले सेक्सको आनन्द लिन्छन कोहि सभ्य तरिकाले । हरेक बच्चाहरुलाई चुम्बन साह्रै मन पर्छ चुम्बन गरिदियो भने खुसिहुन्छ । चुम्बन मन नपर्ने वयस्कहरु पनि कमै हुन्छन् । यदि झुक्किएर कसैको छोरा बुहारीले डोका बन्द गर्न बिर्सेर आलिङ्गनमा चुम्बन गरे सेक्सको आनन्द लिईरहेको सासु वा ससुराले देख्यो भने भयो त्यो घरमा उत्थल पुत्थल हुन्छ लौ बुहारी कस्ती नकचरी भनेर । छोरा नकचरो छोरा होईनकि बुहारी रे । कमै बुद्धी भएका आमा बाबाले भन्छन् होला अहा कस्तो राम्रो प्रेम हाम्रो छोरा बुहारी को । अनि कहिले झुक्किएर आमा बाबा चुम्बन वा आलिङ्गनमा बुहारीले देखिन भने उन्ले सोंच्न थाल्छिन छि कस्ति नकचरी सासु रहिछन् ससुरा पनि कस्तो छिल्लर । बुहारीले कुचो लगाउंदा वा सामान केहि दिन लाग्दा पुष्ट स्तन देखियो भने ससुराले झुलुक्क हेरेर आखा तर्ला अनि रिसाउला पनि बुहारीले अलि लाज शर्म त मान्नु पर्छ दुध ह्वाङ्गै देखाउने भनेर ।
परिवारमा सेक्सको आदान प्रदान हरेकले पनि गरेकै हुन्छन् । बाटोमा हिंडदा कुकूरकव सेक्स जोल्टीएको देखे वा घोडा घोडीको सम्भोग केटा केटी होस वा वयस्क हेरेर सेक्सको आनन्द लि रहेका हुन्छन् । आफुले हेरिरहेको अरुले त देखेको छैन भनेर यता उति हेरेर लुक्ने प्रयास गर्छन् । गाउंघरमा त भरखरकि केटीहरु बाख्रालाई बोकाको व्यवस्था गर्न लगेका हुन्छन । तिनिहरुको सम्भोगलाई लुकेर हेरिरहेका हुन्छन् । सेक्स सबैलाई चाहिन्छ चाहे दृष्टिबिहिन होस वा अरु शारिरीक अपाङ्ग ।सबैलाई नभई नहुने कृयाकलाप हो । सेक्सलाई वाईहात घृणा गरिरहेका हुन्छन । आजभोली केटीहरुको फेसनले अर्द्ध नग्नताको मजा लुटीरहेका हुन्छन् तैपनि कस्तो अश्लील भनेर कुरा काट्न छोड्दैन । कुनै खुल्ला ठाउंमा कोहि महिला नुहाउंदा शरीर लुगामा टासिएर अङ्गहरु देखिएको हेरिरहेका हुन्छन् हेर्नेले भन्छ छि कस्तो लाज नमानेकि । लुगाबाट स्पष्ट देखिने वक्षस्थलको पुष्टतालाई लोभि नजरले हेरेकै हुन्छ । इव पनि एक प्रकारको सेक्सको आनन्दै हो ।