Thursday, August 30, 2012

वास्तुशास्त्रः संक्षिप्त परिचय



वास्तुशास्त्र एक प्राचीन विज्ञान हो। यसले घर कसरी निर्माण गर्नुपर्छ भन्ने ज्ञान सिकाउँछ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ| वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ।
वास्तुशास्त्रको आधार
प्रवेशव्दार
प्रमुख प्रवेशद्वार अत्यन्त सुशोभित हुनुपर्छ। यसले प्रतिष्ठा बढाउँछ। प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ। प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ। यसो गर्दा देवी-देवता खुसी भै घरमा शान्ति छाउँछ। पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ। ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ। घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन। नैऋत्य वायव्य कोणमा द्वार बनाउनुपर्छ। ढोका आफै खुल्ने-बन्द हुने हुनुहुँदैन।
पूर्व दिशा
यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान-सम्मान तथा सुख-शान्ति प्राप्त हुन्छ। यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ। बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ। बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ। पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ। सूर्यलाई अर्घ दिनुपर्छ। सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ।
दक्षिण-पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ। यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ। किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ। यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ। यसमा वास्तु दोष भए मङ्गलका लागि ढोकामा मङ्गलकारी यन्त्र राख्नुपर्छ। गणेशको पूजा गर्नुपर्छ। ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गर्नुपर्छ।
दक्षिण दिशा
यो दिशामा खुलापन हुनुपर्छ। यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन। यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ। यो दिशा धन राख्न उपयुक्त मानिन्छ। दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मङ्गलकारी तोरण झुन्डाउनुपर्छ। यहाँ सुड भएको गणेश पनि झुन्डाउन सकिन्छ।
दक्षिण-पश्चिम दिशा
यो दिशालाई नैऋत्य भनिन्छ। परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरू बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन। मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ। यो दिशालाई खुल्ला छाड्नुहुँदैन। यहाँ झ्याल बनाउनुहुँदैन। वास्तु दोष भए घरमा राहु यन्त्र स्थापना गरी पूजा गर्नुपर्छ। प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ। य
पश्चिम दिशा
यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन्। भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ। पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ। शनिबार व्रत बस्नुपर्छ।
उत्तर-पश्चिम दिशा
यसलाई वायव्यकोण पनि भनिन्छ। वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ। काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ। वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ। घरमा चन्द्रयन्त्र राख्नुपर्छ।
पूजास्थल
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ। यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ। पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन। यसबाट पुण्य प्राप्त हुन्छ। घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन। पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन। पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन।
भान्सा
भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन। यसले घरमा झगडाको वातावरण निम्त्याउँछ। भान्सामा कहिल्यै रुनुहुँदैन। यसो गर्दा बिरामी पर्न सकिन्छ। खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ। यदि भान्सा आग्नेय वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए वर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ। भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन। यसो गर्दा माता अन्नपूर्णको कृपा सधैं रहन्छ। भान्सा घरको दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा पनि निर्माण गर्न सकिन्छ।
भोजन कक्ष
खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ। पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ। दक्षिण फर्केर खाना खाँदा प्रेतत्त्व प्राप्ति हुन्छ। पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ। उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ।
सयन कक्ष
सयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन। शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ। यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ। धन-सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन। अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन। शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ। घरका अग्रजहरूको कोठा पश्चिम-दक्षिणतर्फ बनाउनुपर्छ। आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ। यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ। सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ। पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ। दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ। पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ। उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ।
शौचालय
इशान कोण शौचालयका लागि अशुभ मानिन्छ। यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ। शाचालयमा मार्बल लगाउनुहुँदैन। शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्न सकिन्छ।
घरमुली भएघरको नैऋत्य कोण शयनकक्षका लागि शुभ मानिन्छ। यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ। सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ। घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ।
बाल बालिका कक्षबालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ।
पाहुना कोठापाहुनाका लागि बनाइने स्थान उत्तर-पश्चिम वा त्यसको आसपास हुनुपर्छ।
ब्यक्तिगत कक्षसंगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण-पूर्वमा बनाउनुपर्छ। मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजीक बनाउनुपर्छ।

वास्तु शास्त्र र शुभ वनस्पतिहरु



हाम्रो संस्कृतिमा रुख बिरुवाको अति महत्वछ ।

हाम्रो संस्कृतिमा रुख विरुवाहरुको  आफ्नो अलग्गै महत्वपूर्ण स्थान रहेकोछ मी हिंडने बाटो घाटोमा बर पिपल लगाउने चलन सबैलाई थाहै छ । आयुर्वेदका जनक महर्षि चरकले पनि  वातावरणको शुद्धताको लागि विशेष रुखहरुको महत्व भनेकाछन। अंततोगत्वा भूमिमा उत्पन्न हुने रुखहरुको आधारमा भूमिको छनोट गरिन्छ ।
काँढा भएको रुख विरुवाहरु घरको नजिक हुनु शत्रु भय हुने मानिन्छ। दूध भएको रुख घरको नजिक हुनाले धनकोव नाश नाश हुन्छ भनिन्छ। फल भएको रुख विरुवा घरको नजिक हुनाले सन्ततिको नाश हुन्छ रे । यसका काठ पनि घरमा राख्नु अशुभ रे । काढा भएको रुख विरुवा काटेर त्यस ठाउंमा अशोक राम्रो हुन्छ भनिएकोछ।
 गूलर, आँप, नीम, तथा कांढा भएको रुख, पीपल, अगस्त, ईमली यो पनि सबै घरको नजिक राम्रो हुन्न भनिन्छ ।
* भवन निर्माण गर्नु भन्दा पहिला यो पनि हेर्नु पर्छकि रुख विरुवा, , झाड़ी, घाँस, काँढा भएको रुखहरु नहोस
* जुन  भूमिमा मेवा, अमला, बेलौती, अनार, पलाश आदिको रुख विरुवा धेरै राम्रो शुभ मानिन्छ त्यो भूमि, वास्तु शास्त्रमा अति राम्रो भनिएकोछ ।
जुन रुखमा फूल फुलिररहन्छ र लहरा हुन्छ वनस्पतिहरु सरलताले वृद्धि गर्छ यस प्रकारको भूमि पनि वास्तु शास्त्रमा उत्तम भनिएकोछ।
* जुन भूमिमा कांढाभएको रुख, सूखेको घाँस,बयर आदि रुख उत्पन्न हुन्छ। त्यो भूमि वास्तुमा निषेध भनिएकोछ।
* जो व्यक्ति आफ्नो भवनमा सुखी रहन चाहन्छ उस्ले कहिल्यै पनि त्यस भूमिमा घर निर्माण गर्नु उपयुक्त हुंदैन, जहां पीपल वा बर को रुख छ ।
* भवनको नजिक कम भन्दा कम दूरीमा हुनुपर्छ ताकि दिउंस रुखको छाँया घरमा नपरोसभवन पर न पड़े।
* सीताफल (शलिफा)को रुख भएको स्थानमा पनि त्यसको नजिक भवन बनाउनु उचित हुंदैन। यसलाई पनि वास्तु शास्त्रले उचित मानेकोछैन, किनकि सीताफलको रुखमा हरेक समय जहरीलो जीव-जन्तुले वास गर्छ ।
* जुन भूमिमार तुलसीको विरुवा लागेको होला त्यहाँ भवन निर्माण गर्नु उत्तम हो। तुलसीको विरुरवा आफ्नो घरको चारै तिर भएको ५० मीटर सम्म वातावरण शुद्ध राख्छ, किनकि शास्त्रमा यो विरुवा अति नै पवित्र र आयुरवेदको हिसाब लाभदायक रहेकोलेपनि पुजनीय मानिन्छ ।
यि कुराहरुमा हामी कतिपय कुरा अन्ध विश्वास मान्छौं पनि । कतिपय विरुवाहरु मानिसको लागि प्रत्यक्ष र अप्रत्यक्ष हानी हुने हुनाले पनि अशुभ मानिएको होला । तरआज भोली सुन्दरताको लागि कांढा भएको क्याक्टसलाई सजावट गर्ने चलनछ । घरमा मनी प्लान्ट लगाउनु घर नजिक नीम को रुख हुनु कोहि कोहि उचित मानिन्छ । वास्तु शास्त्रलाई वि१न संग जोडेर हेर्ने हो भने अन्धविश्वास हट्न सक्ने धेरै बाटोहरु देखिन्छ ।