Saturday, May 18, 2013

पुत्र राहुललाई भगवानबुद्ध व्दारा विविध बिज्ञान बारे उपदेश



धातु भावना सम्बन्धी उपदेश भगवान बुद्धले आयुष्मान राहुललाई दिनुभएको मज्झिमनिकायको महाराहुलोवाद सुत्तमा यसरी उल्लेख भएकोछः
राहुल! पृथ्वी समान भावनाको (ध्यान)गर पृथ्वी समान हुने भावनाको भावना गर्दा राहुल! तिम्रो चित्तमा स्पर्शले थाहाहुने बलियो गरेर समातेर राख्न सकिदैन जस्तैकि राहुल! मान्छेले शुद्ध वस्तु पनि फाल्दछन अशुद्ध पनि फाल्नेगर्दछन् । पिसाब, मल, कफ, सिंगान, रगत ईत्यादि सबै फाल्ने गर्दछन् । यसो गर्यो भनेर पृथ्वी दुखि हुंदैन ग्लानी पनि गर्दैन र घृणा पनि गर्दैन । त्यसै गरेर राहुल! तिमीले पृथ्वी समान हुने भावना राख । तिम्रो चित्तमा थाहापाउने स्पर्श बलीयो गरि समातीराख्न सक्तैन ।
 राहुल! कति शरीर (अध्यात्म)  प्रति शरीर (शरीर बाहिर प्रत्यात्म) बलीयो चाम्रो साह्रो भैराख्ने पदार्थको स्वभावछ । जस्तै किः कपाल, आखि भौं, नङ्ग, छाला, मासु  बस्तु ईत्यादि छन् । राहुल!  यस्तो सबैलाई अध्यात्म पृथ्वी धातु भनिन्छ । जतिपनि अध्यात्म पृथ्वी धातु छन् अनि जतिपनि शरीर बाहिर भैराख्ने कडा स्वभाव भएको बस्तु छन् सबै बाह्य पृथ्वी धातु हो । अध्यात्म बाह्य पृथ्वी धातु दुबै नै पृथ्वी धातु हुन । यसलाई  यो मेरो होईन, यो म होईन, यो मेरो होईन यस प्रकार पाएर हेर्नुपर्छ । यथार्थपुर्वक राम्ररी बुझेर हेर्ने गर्दा । पृथ्वी धातु तिरबाट उदास हुन्छ  ( आकर्षक नहुने हुन्छ) पृथ्वी तर्फबाट चित्त बिरक्त ( टाँसिएर काम नगर्ने) हुन्छ ।
 राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने पानी र पातलो पदार्थछ त्यो सबै जल धातु ।जस्तै कि पित्त,खकार,घाउमा हुने पिप,पसिना इत्यादि जतिपनि शरीर भित्र भैराख्ने हो त्यो सबै आध्यात्मिक जल धातु । शरीर बाहिर हुने बाह्य जल धातु आध्यात्म बाह्य जल धातु दुबै जल धातु हो । यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ । राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने तातो र तताउने स्वभाव हुनेछ  सबै अग्नी धातु हुन । जस्ले पोलेको नपोलेको अनुभव भएर आत्तिनेहुन्छ । जिर्ण  मसीनो गरेर खाएर पिएको वस्तुलाई पचाउने काम गरिरहन्छ यस्तो स्वभाव भएको सबै अग्नी धातु हो । यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ ।
राहुल ! जतिपनि शरीर प्रति शरीरमा भैराख्ने वायु छ त्यो सबै वायु धातु । जस्तै कि माथिबाट(मुखबाट)निस्कने वायु तलबाट निस्कने वायु पेटमा बस्ने वायु । शरीरको ठाउं ठाउंबाट चलाएमान भैरहने वायु सबै वायु धातु ।शरीर भित्रको अध्यात्म वायु धातु शरीरको बाहिरको वायु धातु हो यसलाई मेरो होईन, यो म होईन. यो मेरो आत्मा होईन यसप्रकार यथार्थपुर्वक बुझेर हेर्नुपर्छ ।
यसरी सम्झाएको कुरालाई सम्झेर भावना गर्ने कामले निपूर्ण भएमा रुप,शव्द,गन्ध,रस,स्पर्श,धर्म आरम्मण र रुप,वेदना,संज्ञा,संस्कार,विज्ञान र स्कन्धमा टाँसिएर बस्ने दुःख उत्पन्न गराउन हो भन्नेलाई बुझ्नसक्ने हुन्छ । आम्मरण र उपादान स्कन्ध तर्फबाट चित्तलाई प्रभावित गर्न नदिई आफ्नो शरीर धातु स्वभावले रचना भएको हो भनेर बुझेर म,मैले,मेरो भाव आत्मभाव अलग्ग भएर साक्षिभाव क्रियाभावले काम गर्न सक्ने पनि हुन्छ ।

धम्मपद हिन्दी नेपाली


(धम्मपद ०१ )

मन सबै प्रवृत्तिहरुको प्रधान हो । सबै धर्म (राम्रो वा नराम्रो) मनबाटै उत्पन्न हुन्छ । यदि कोहि दूषित मनबाट कुनै कर्म गर्छ भने त्यस्को परिणाम दुख नै हुन्छ । दुख उस्को अनुसरण उसकै प्रकारले गर्छ जसरी गोरुले ताने गाडीको चक्का गोरुको खूरको पछि लाग्छ ।
।। धम्मपद - ०२ ।।
मन सबै धर्मको प्रधान हो । । पुण्य र पाप सबै धर्म मनबाटै उत्पन्न हुन्छ । यदि कोहि प्रशन्न मनले केहि भन्छ वा केहि गर्छ भने त्यस्को फल सुख नै हुन्छ । सुख उस्को पछि त्यसरी छोड्दैन जसरी मान्छेको छायाँले नमरुन्जेल छोड्दैन (यहाँ धर्मको अर्थ "विचार" हो कृपया गलत अर्थ नलगाउं है)

।। धम्मपद - ०३ ।।
उस्ले मलाई पिट्यो, उस्ले मलाई हरायो, उस्ले मलाई गाली गर्यो, उस्ले मलाई खराब गर्यो - जो यि कुराहरु सम्झिरहन्छ उस्को जीवनबाट वैरको अन्त हुँदैन  

।। धम्मपद - ०४ ।।
उस्ले मलाई पिट्यो, उस्ले मलाई गाली गर्यो, उस्ले मलाई खराब गर्यो - जो यिकुराहरुलाई जीवनमा सम्झिन्न उस्को जीवनबाट वैरको अन्त हुन्छ ।

।। धम्मपद - ०५ ।।
घृणा को अन्त घृणाबाट हुंदैन । घृणाको अंत हुन्छ प्रेम, दया, करुणा एवं मैत्रीले ।

।। धम्मपद - ०६ ।।
मुर्खहरु बुजदैनन् कि एकदिन संसार छोडेर जानुपर्छ अवश्य जो यि कुरालाई बुझ्छन् उनको सबै झगडा शान्त हुन्छ ।
।। धम्मपद - ०७ ।।
जो व्यक्ति काम भोगमा लीन रहन्छ, जस्को इन्द्रियहरु उस्को अधीनमा छैन, जसलाई भोजनको ठीक मात्राको ज्ञान छैन, जो अल्छीछ र परिश्रम गर्दैन, मार उस्लाई त्यसैगरी पछार्छ जसरी हावाले सुकेको ठूलै रुखलाई ढलाईदिन्छ ।.
।। धम्मपद - ०८ ।।

जो व्यक्ति काम भोगमा लीन रहँदैन,जस्को इन्द्रियहरु उस्को अधीन छ,जसलाई भोजनको सही मात्रामा ज्ञान छ, जो अल्छि छैन, मार उस्लाई त्यसै प्रकार हल्लाउन सक्तैन जसरी हावाले एक चट्टानलाई केहि गर्न सक्तैन ।.
।। धम्मपद - ०९ ।।

जिसने अपने मन को स्वच्छ नहीं किया है और कषाय वस्त्र* धारण करता है, सत्य और संयम हीन ऐसा व्यक्ति, कषाय-वस्त्र धारण करने का अधिकारी नहीं** है ।
*कषाय वस्त्र - यहाँ पर प्रतिक है दुनिया में अलग-अलग संप्रदाय में सन्यासी आदि अलग-अलग वस्त्र धारण करते है और किसी-किसी में वस्त्र धारण भी नहीं करे है यहाँ पर सभी को गिनना चाहिए ।
** अधिकारी नहीं - आज कल अधिकांश अनधिकारी लोग कषाय वस्त्र* धारण करते है इस लिए दुनिया में अशांति, इतने सारे झगड़े और अनावश्यक विभाजन है ।
।। धम्मपद - १० ।।

जिसने अपने मन को स्वच्छ कर दिया है और तब वह कषाय वस्त्र* धारण करता है, सत्य और संयम युक्त ऐसा व्यक्ति कषाय वस्त्र धारण करने का अधिकारी है.
*कषाय वस्त्र - यहाँ पर प्रतिक है दुनिया में अलग-अलग संप्रदाय में सन्यासी आदि अलग-अलग वस्त्र धारण करते है और किसी-किसी में वस्त्र धारण भी नहीं करे है यहाँ पर सभी को गिनना चाहिए
।। धम्मपद - ११ ।।

जो सार को निःसार और निःसार को सार समझता है ऐसे गलत चिंतन वाले व्यक्ति को सार प्राप्त नहीं होता.

।। धम्मपद - १२ ।।

जो सार को सार और निःसार को निःसार समझता है ऐसे शुद्ध चिंतन वाले व्यक्ति को सार प्राप्त हो जाता है

।। धम्मपद - १३ ।।

जैसे यदि घर की छत ठीक न हो तो उसमें वर्षा का पानी घुस जाता है, उसी प्रकार असंयमित मन मे राग घुस जाता है.
।। धम्मपद - १४ ।।

जसरी छाना ठीक नभएकोबाट बर्षाको पानी सजिलै छिर्छ र चुहिन्छ त्यसै सजग मनबाट राग चुहिंदैन त्यस्तै बलीयो छानाबाट पानी चुहन सक्दैन, त्यस्तै गरेर संयमित मनमा राग चुहुन सक्दैन ।

।। धम्मपद - १५ ।।

त्यो लोकमा शोक गर्छ तथा मरणोपरान्त परलोकमा पनि शोक गर्छ । पापी दुबै ठाउंमा शोक गर्छ । उ आफनो कर्महरको पाप फललाई देखेर शोकग्रस्त तथा पीड़ित हुन्छ ।

।। धम्मपद - १६ ।।

सकारात्मक सोंच राखौं




        
                                           जीवनकुमार शाक्य

हामी अलि नकारात्मक कुरा बढी गर्छौं कि जस्तो लाग्यो । भारतीय केहि शासकहरुले हाम्रोदेशमा बक्र दृष्टि राखेको होईन भन्न नमिल्ने ठाउं धेरै छ । चाहे त्यो दक्षिणी सिमाना मिच्ने सन्दर्भमा होस चाहे बुद्धको जन्म स्थान सम्बन्धमा होस । भारतीय केहि विव्दानहरुले शाक्यषमुनी बुद्ध भारतमा जन्मेकाहुन भनेर झुठो कुरा बोल्नु र भारतमा जन्मेकाहुन भनेर विश्वलाई प्रमाणित गरेर देखाउन नक्कली लुम्बीनी निर्माणको बारेमा चर्चा होस । अब त्यसो भन्ने होभने भारतका अशोक सम्राट शाक्यकूलका हुन भन्ने हो भने तिनिहरुको टाउको दुखाईको कुरा हुन सक्छ तर टाउको दुखाएर सत्यकुरा असत्य त हुन सक्तैन । अशोक सम्राट शाक्यकूलका हुन भन्ने धेरै आधार प्रमाणहरुछन् ।
यहाँ चर्चा गर्न खोजिएको कुरा सकारात्मक सोंच र नकारात्मक सोंचको बारेमा हो । भारतले नेपाललाई धेरै नराम्रो गरेको होला धेरै राम्रो पनि गरेको ईतिहाँसले स्पष्ट पारेकोछ । भारतका कतिपय वेभसाईडहरुमा नेपालको बारेमा प्रशंसा गरेकोछ भने बुद्ध भारतमा होईन नेपालमा जन्मेकाहुन भनेर उल्लख गरेको पनि पाईन्छ । भारतमा जन्मेको हो भनेर मात्रै पढने तर नेपालमा जन्मेकाहुन भनेर लेखेको किन पढन नसकेको ।  ल हेर्नुस भारत कोश भन्ने वेभ साईडमा यसरी उल्लेख गरेकोछः
 बौद्ध धर्म भारत की श्रमण परम्परा से निकला धर्म और दर्शन है। इसके संस्थापक भगवान बुद्ध, शाक्यमुनि (गौतम बुद्ध) थे। बुद्ध राजा शुद्धोदन के पुत्र थे और इनका जन्म लुंबिनी नामक ग्राम (नेपाल) में हुआ था। वे छठवीं से पाँचवीं शताब्दी ईसा पूर्व तक जीवित थे। उनके गुज़रने के बाद अगली पाँच शताब्दियों में, बौद्ध धर्म पूरे भारतीय उपमहाद्वीप में फ़ैला, और अगले दो हज़ार सालों में मध्य, पूर्वी और दक्षिण-पूर्वी जम्बू महाद्वीप में भी फ़ैल गया। आज, बौद्ध धर्म में तीन मुख्य सम्प्रदाय हैं: थेरवाद, महायान और वज्रयान। बौद्ध धर्म को पैंतीस करोड़ से अधिक लोग मानते हैं और यह दुनिया का चौथा सबसे बड़ा धर्म है। अब शुद्धोधनको थिए त भन्दा आर्यमूलका शाक्यवंशकाहुन् । शाक्य गणराज्यका राजा शुद्धोधन ।
साँच्चै शाक्यमुनी बुद्ध भारतमै जन्मेको भए भारतमा बौद्ध विश्व विद्यालय थुप्रै हुनेथिए र बौद्ध दर्शनमा विद्यावारीधी तथा स्नातकोत्तरको पढाई हुनेथियो होला । धेरै जसो नामको बौद्ध विश्व विद्यालय तर अन्य बिषयहरुमा प्राथमिकता दिएर पठनपाठन हुन्छ । नाम गौ.तम बुद्ध कालेज तर बुद्धीज्ममा स्नातक पढन व्यवस्थाछैन । यो बुझन् धेरै टाढा जानुपर्दैन नेपागंज संग जोडीएको भारतीय क्षेत्र रुपैडिहामा जानुस गौतम बुद्ध डिग्री कालेज छ तर बुद्धीज्ममा B.A. वा बुद्ध फिलोसफीमाB.A. M.A पढने व्यवस्था छैन । नेपालमा मात्रै बुद्धीज्ममा B.A. M.A. पढने व्यवस्था भएकोछ ।
वेभसाईडमा यसरी पनि उल्लेख गरेको हेर्न सकिन्छः
सम्राट अशोक को अपने विस्तृत साम्राज्य के बेहतर कुशल प्रशासन तथा बौद्ध धर्म के प्रचार के लिए जाना जाता है। जीवन के उत्तरार्ध में अशोक गौतम बुद्ध के भक्त हो गए और उन्हीं (महात्मा बुद्ध) की स्मृति में उन्होंने एक स्तम्भ खड़ा कर दिया जो आज भी नेपाल में उनके जन्मस्थल-लुम्बिनी में मायादेवी मन्दिर के पास अशोक स्त म्भ  के रूप में देखा जा सकता है। उसने बौद्ध धर्म का प्रचार भारत के अलावा श्रीलंका, अफ़ग़ानिस्तान, पश्चिम एशिया, मिस्र तथा यूनान में भी करवाया। अशोक के अभिलेखों में प्रजा के प्रति कल्याणकारी द्रष्टिकोण की अभिव्यक्ति की गई है।
अब यो अशोक स्तम्भ हेर्न भारतमा नभएर नेपालको लुम्बीनीमा गएर मात्रै हेर्न सकिन्छ । यदि यहाँ हमारे भारतके उत्तर प्रदेशके ...जिलाके लुमीनी मे भनेको भए नकारात्मक सोंचेको पनि भन्न मिल्थ्यो । भारतमै प्रकाशित धेरै बौद्ध ग्रन्थका पुस्तकहरुमा बुद्ध भारतको ..... ठाउँमा भनेर उल्लेख गरेकोछैन । केवल हाम्रो देशका ठूलो राजनैतिक दलका छोटा बुद्धी भएका नेताहरुले भारतको बिरुद्धमा नबोलेर चाकरी मात्रै बजाएकाहुन भनेमा अत्युक्ति नहोला । अध्ययन अनुसन्धान राम्रै गरेर बिरोध गर्नु जाती हुन्छ । होईन भने नेपालकै ठूला विद्वानहरुले नै लेखेर पाठ्यपुस्तकहरुमा समावेश गरे हुन्छ नि ।
भवतु सब्ब मङ्गलम्