Tuesday, November 12, 2013

घरेलु अनेक उपचारहरु




                                                                                      लेखक एवं संकलनकर्ताःजीवनकुमार शाक्य
हाम्रो घर आँगन वरिपरि तथा छिमेकमा भएको घरेलु जडिबुटिहरुबाट पनि बिभिन्न उपचार हुन सक्छ अज्ञानताको कारण हामी डाक्टरको महङ्गो फिसको मारमा पर्छौं
तुलसी एक घरेलु उपचार अनेक । हेर्दा तुलसीको बिरुवा सामान्य लाग्तापनि यो अमृत सरह छ भनेमा अत्युक्ति नहोला । एक तुलसीले २१६ तरिकाकव उपचार हुने कुरा आयुर्वेदाचार्य कविराज पूर्णचन्द्र शर्मा बताउनुहुन्छ ।

१ तुलसीको पात १० ग्राम र बराबर मरीच पिसेर खानाले वा चपाएर खानाले धेरै प्रकारको ४२ प्रकारको ज्वरो निवारण हुन्छ ।
२ अल्काईको लागि तुलसीको गेडा पानीको साथमा खानाले निवारण हुन्छ ।
३ नियमित तुलसीको पात ५ ।७ पात दैनिक चपाएर पानी सित निल्नाले अल्काई लगाएत धेरै रोग निवारण हुन्छ ।
४ १० ग्राम तुलसीको पातको रस गाईको दुधको साथमा पिउनाले मुत्ररोग निको हुन्छ ।
५ दाँत दुखेकोछ भने तुलसीको पात मरीच पिसेर दाँतमा च्यापनाले सन्चोहुन्छ ।
६ तुलसीको पातको रस अदुवाको रस बराबर मिसाएर दिनमा दुईपटक चाटनाले रुघा आराम हुन्छ ।
७ तुलसीको नजिक बसेर नियमित केहि समय साँस फेरनाले फोक्सो सम्बधी रोग निको हुन्छ ।
८ तुलसीको पातको रस वा तुलसीको पातको नस लिनाले पिनासलाई राम्रो हुन्छ ।
९ तुलसीकी रसमा मह मिसाएर दिनको ३ पटक सेवन गर्नाले दमको रोलाई आराम हुन्छ ।
१० तुलसीको गेडाको धुलो पानमा हालेर खाएमा शिघ्रपतन सुधार हुन्छ ।
मूलाबाट उपचार
११फियोको रोगिको लागि मूला अति नै लाभ दायक छ । मूला पाचनको लागि अति नै हत्वपूरर्ण छ । मूलाको बिए पिंधेर २५० मिली पानिमा मिसाएर पिउनाले रोकिएको पिसाब खुल्छ भनेर आयुवेदाचार्यृ भन्नुहुन्छ ।
१२अल्काइ भएमा मूलाको पात सुकाएर बराबर मिश्री मिसाएर धुलो बनाएर दैनिक १० ग्राम पानी सित खानाले ४० दिन भित्र निको हुन्छ ।
१३ मिर्गौलाको पत्थरी  व्यथामा १०० ग्राम मूलाको रसमा मिश्री मिसाएर  बिहान पिउने  लाभ हुन्छ ।
१४ मूलाको रस वा मूलाको पातको रस आँखामा नियमित हाल्नाले आँखाको ज्योति बढछ ।
१५ कान दुखेमा ५० ग्राम मूलाको रस झिकेर २५ ग्राम तीलको तेल हालेर मन्द आँचमा पकाउने तेल मात्रै बाँकि भउमा छानेर शिशीमा हाल्ने तेल मन तातो गरेर चार थोपा कानमा हाल्ने लाभ हुन्छ ।
१६ खोकि लागेको मा १५० ग्राम मूलाको रसमा मिश्री मिसाएर बाक्लो पकाउने ३० ।३० ग्राम बिहान बेलुका खाने लाभ हुन्छ ।
१७ दमको रोगमा ३० ग्राम मूलाको रसमा मह मिसाएर बिहान बेलुका खाने लाभ हुन्छ ।
१८ मूलाको बिउ महको साथमा पिंधेर नसा मा लेप गर्ने साधारण दोष वात नष्ट हुन्छ ।
१९ महिलाको मासिक धर्म बिग्रेकोमा ६० ग्राम मूलाको बिउ पूरानो शख्खर २० ग्राम पानीमा पकाएर आधा भएपछि तात्तातै रोगिले ४ दिन पिउने मासिक धर्म ठीक हुन्छ ।
२० बिच्छीले डसेको बिषलाई मूलाको झोलमा डुबाउने ठीक हुन्छ अथवा मूलाकव झोलमा डुबाएको हातले बिछी साँप समातेमा डस्दैन ।
२१ मूला नियमित धेरै खानाले बिच्छिले टिक्दैन । खानाकव अन्तमा मूला खानाले खाना पचाउँछ ।
२२ मूलाको बिउ लाई अचार बनाएर खानाले भोग जगाउँछ ।

२३ मूला काटेर पुष महिनाको बासी पानीमा डुबाएर रातभरी सीतमा दिनभरी घाममा ६। १५ दिन राख्नाले चूक हाल्नै नपर्ने गरी चुकिलो अचार बन्दछ ।
कागती एक रसामृत
 कागती हाम्रो घरमा हुनु नित्तान्त आवश्यकछ । नियमित कागतिकव रस पानीको साथमा पिउनाले बिभिन्न रेगको लागि लाभ हुन्छ भनेर आयुर्वेदाचार्यहरु सल्लाह दिनुहुन्छ ।
२४ कागतिकी रसमा रहरको दाल पिसेर कपालमा दल्नाले कपाल झर्न बन्द हुन्छ ।
२५ कागतिको रसले मात्रै कपाल धुनाले कपाल सफा हुन्छ ।
२६ कागतिको रसमा चीनी मिसाएर कपाल केहि घण्टा पछि धुनाले चाँया नष्ट हुन्छ र कपाल नरम हुन्छ ।
२७ कागतिको रस १० ग्राममा सिधेनून मिसाएर १५ दिन नियमित सेवन गर्नाले पत्थरी रोगलाई लाभ हुन्छ ।
२८ राती सुत्ने बेला कागतिको आधा फक्लेटा अनुहारमा दल्ने र सुकाउने बिहान मनतातो पानीले राम्रो असली साबुनले मुख धुनु डण्डीफोर र मुखको पोतो बेपत्ता हुन्छ ।
२९ १० ग्राम कागतिको रसलाई १० गुणा अथवा एक १०० मिलीलिटर पानीमा पिउनाले बोसो घट्छ ।
३० खाना खाई सकेपछ कम्तिमा एक वा आधा कागति नियमित सेवन गर्नाले बोसो निश्चित घट्छ ।
३१ कागतिको बोक्रा छोडाएर उसिनेर चीनीको चाश्नीमा हालेर मुरब्बा बनाउने । दैनिक एक मुरब्बा खानाले रङ्गटा लाग्ने र पित्त बिकार सम्बन्धी रोगलाई लाभ हुन्छ ।
३२ कागतिको रस चीसो पानीमा दिनमा ५।७ पटक एक एक सेवन गर्नाले रुघा चट हुन्छ ।
३३ दाँत र मुखको शुद्धी गर्न कागतिको रस पानीमा मिसाएर कुल्ला गर्नाले जिभ्रोको मल ठिक हुन्छ मुखको खटीरा गिजा सुन्निएको सन्चो हुन्छ ।
३४ कागतिको रस मिसाएर नुहाउनाले छालाकव रङ्ग सफा हुन्छ र अरु छालाको रोगहरु पनि ठीक हुन्छ ।
३५ पित्तलको भाँडा सफा गर्न पनि कागतिकव बोक्रा नूनमा मिसाएर दलेर सफा गर्ने दाग हराउँछ ।
३६  चाँडै दही बनाउनु परेमा एक लिटर दुध पकाएर सेलाएपछि २० ग्राम कागतिको रस मिसाउने ५ मिनेटमा दहि जम्छ ।
३७ कागतिको सुकेको बोक्रा धुलो बनाएर त्यस्को धुव गर्नाले वातावरण शुद्ध हुन्छ ।
३८ कागतिको जराको रस १० ग्राम २५० मिली लिटर चौलानी पानीमा मिसाएर पिउने तीन दिन दुबैले पिएर सम्भोग गरेमा छोरा गर्भ रहन्छ ।
३९ कागतिको नम्कीन बनाएर भोजनको साथमा रुचिकर हुन्छ । कागतिको दानालाई बोक्राको भाग ढुङ्गामा दलेर चिल्लो पार्ने त्यसपछि धुलो नून छर्केर दैनिक घाममा राखे केहि दिन पछि नून भित्र पसेर खाने हुन्छ ।
४० कमगतिको बोक्रा सुकाएर राख्ने सुन्तलाको बोक्रा पनि सुकाएर राख्ने पिसेर धुलो बनाउने मह मिसाएर सुत्ने बेला अनुहारमा लेप लगाएर १।२ घण्टा पछि मुख धुने अनुहारको चाँया पोतो ड्ण्डीफोरको लागि लाभदायक हुन्छ ।
गतिको प्रयोजन १२७ रोगको लागि लाभदायक हुन्छ भनेर कविराजहरु भन्नुहुन्छ ।


वरबाट उपचार

४१ वरको पात आलसको तेलमा डढाउने र बिहान बेलुका रौं झरेको कपालमा लगाउने केहि दिनमै रौं उम्न थाल्छ ।

४२ बँखामा जालो लागेको मा वरको दुध बिहान बेलुका  आँखामा हाल्नाले फुलो परेको लाभ हुन्छ ।

४३ नाको घाउमा वरको ताजा दुध हाल्ने घाउ ठीक हुन्छ ।
४४ वरकव दुध कपासलाई सिन्कामा लपेटेर दुध बङ्गारा दुखेकव दाँतको प्वालमा राख्ने दुर्गन्ध र दाँत दुखेको किरा लागेको ठीक हुन्छ ।
४५ दाँत हल्लिएर दुखेमा अर्को दाँतमा नपर्ने गरि वरको दुध राख्ने बिना कष्ट निस्कन्छ ।
४६ वरको जराको बवक्रा सुकाएर पिंड्ढने बिहान बेलुका १५।१५ ग्राम चौलानीवा कुवाको पानी सितपउने आउँ नष्ट हुन्छ ।
४७ वरको बोक्रा सुकाएर धुलो बनाउने बिहान बेलुका १५।१५ ग्राम दुध सित खानाले शिघ्रपतन ठीक हुन्छ ।
४८ बहुमत्र भएमा वरको गेडा मसीनो पिस्ने बिहान बेलुका गाईको दुधको साथमा १५। १५ ग्राम नियमित खाने लाभ हुन्छ ।
४९ गोडा फुटेको ठाउँमा वरको दुध भरनाले ठीक हुन्छ ।
५० गर्भ धारण नगरेको महिलालाई वरको दाह्री पिसेर २०।२० ग्राम १६ दिन नियमित खान दिएमा गर्भधारण हुन्छ ।
५१ स्तनलाई कसीलो बनाउन वरको दाह्री पिसेर पानी मिसाएर स्तनमा लेप लगाउनाले स्तन कठोर हुन्छ ।
दुबोबाट उपचार
५२ आँखा दुखेकव छ चिप्रा लाग्छ भने दुबवको रस मनतातो बनाएर आँखामा लगाउनाले चिप्रा लाग्ने नष्ट हुन्छ ।
५३ दुबवलाई पिसेर चटनी जस्तै बनाएर आँखामा लगाउनाले आँखाको रोग नीको हुन्छ ।
५४ मुखपाकेको छभने दुबोको काँढा बनाएर कुल्ला गर्नाले ठीक हुन्छ ।
५५ १० ग्राम दुबो पिसेर अल्काइमा लेप लगाउनाले अल्काई ठीक हुन्छ ।
५६ छातीमा जलन भएको छभने दुबो पिसेर मिश्री मिसाएर पिउनाले जलन ठीक हुन्छ ।
५७ पत्थरी भएको छभने ३० ग्राम दुबो पिसेर मिश्री मिसाएर पिउनाले पत्थरी आराम हुन्छ ।
५८ दाद भएकोमा दुबो र हलेदो पिसेर लगाउनाले ठीक हुन्छ ।


५९ खोकि लागेर कफ निस्केको छैन भने मरीच पिसेर महमा मिसाएर चाट्नाले कफ निस्कन्छ ।

६० मरीचको धुलो गाईको घ्यूमा मिसाएर लगाउनाले छाला रोगलाई लाभ हुन्छ ।
६१ अङ्ग नचलेर पक्षघात भएको छभने मरीत पिसेर तोरीको तेलमा मिसाएर नचल्ने अङ्गमा दल्ने लाभ हुन्छ ।
६२ दाँत दुखेको छभने मरीच र कागतिको अमीलो पानी मसनई तताएर कुल्ला गर्नाले लाभ हुन्छ ।
६३ दाँत दुखेमा आच्छिउँ झार पिंधेर तताएर गालामा लेप लगाउने लाभ हुन्छ ।
६४ गानो गउकोछ भने आच्छिउँ झार शख्खरमा मिसनएर खानाले लाभ हुन्छ ।
६५ दादमा आच्छिउँ झार पिसेर महमा मिसाएर लेप लगाएमा दाद नष्ट हुन्छ ।
६६ जोर्नीहरु देखेकोमा आच्छिउँ झार पानी पिसेर तताउने  जोर्नी दुखेको ठाउँमा लगाउने पक्षघात समेत ठीक हुन्छ ।
६७ ४० ग्राम आच्छिउँ झार  पानी हालेर पिस्ने २५० मिली तीलको तेलमा पकाउने पकाउने। तील मात्रै बाँकि रहेपछि छानेर लगाउने कटीवातलाई लाभ हुन्छ ।
६८ जोर्नी वातमा नाग्श्वरीको गेडाको तेल मर्दन गर्नाले जोर्नी वातलाई लाभ हुन्छ ।
६९ लिङ्गमा नाग्शरिको अत्तरकव मालिश गर्नाले काम शक्ति बढ्छ । पानमा अलिकति हालेर खानाले
लाभ हुन्छ तर गरम प्रबृत्तिकाले नखाने ।
७० श्वेत प्रदर लागेको महिलाले नागेश्वरीको धुलो  मवहीमा मिसाएर पिउनाले श्वेतप्रदर ठीक हुन्छ ।
७१ गर्भपात हुने महिलाले २० ग्राम नागेश्वरीको फुलको धुलो मिश्री मिसाएर दुध सित खानाले गर्भ स्थिर हुन्छ ।
७२ ज्वरो खोकी हुनेलाई सुन्तलाको बिजुलामा मिश्री मिसाएर खानाले ज्वरो खवकी नष्ट हुन्छ ।
७३ वान्ता हुनेलाई २० ग्राम सुन्तलाको बोक्राको धुलो बनाएर खानाले लाभ हुन्छ ।
७४ पेटमा जुका परेको बेला १० ग्राम सुन्तलाको बोक्रा काढामा लाल हिङ्ग मिसाएर खानाले जुका नष्ट हुन्छ ।
७५ चिलाउने भएमा वा साना साना खटीरा आएमा सुन्तलाको ताजा बोक्रा मल्नाले आराम हुन्छ ।
७६ महिलाको हिस्टिरुयाको लागि सुन्तलाको अर्क पिउनाले स्नायु जाल ऐठन हिस्टीरीयालाई लाभ हुन्छ ।
७७ सुन्तलाको बोक्रा सुकाएर धुलो बनाउने महमा फीटेर अनुहारमा लेप लगाएर सुकाउने १घण्टा पछि पानीले मुख धुनाले केहि दिनमै अनुहारको पोतो चाँया हराउँछ ।


७८ नीमको तेल मालिश गर्नाले सन्धिवात रोग ठीकहुन्छ ।

७९ नीमको तेल पक्षघात भएको ठाउँमा मालिश गर्नाले विस्तारै ठीक हुँदै जान्छ ।
८० नीमको पात पिसेर गोली बनाएर राख्ने र पानी सित १० ग्रा नियमित खाएमा लिङ्ग भित्रको खटीरा ठीक हुन्छ ।८१ नीमको पात पोलेर खरानी बनाएर  १० ।१० ग्राम पानी सित खाएमा पत्थरी गल्छ र नीको हुन्छ ।
८२ कुष्ठरोगमा नीमको पात खाने नीमको दतिउन गर्ने बिहान निमको रस दैनिक ५० ग्राम पिउने। नीमको पातको रस पानीमा मिसाएर नुहाउने  नीमको खरानी मलहम बनाएर कुष्ठ घाउमा लगाउनाले रोग निर्मूल हुन्छ ।
८३  नीमको पात पिसेर दहीमा मिसाउने दाद ठीक हुन्छ ।
८४ धनियाको धुलो कागतिको चुकमा मिसाएर लेप गर्नाले खल्वाटमा रौं उम्रन्छ ।
८५ फर्सिको बिउ १२ गोटा पानीमा भिजाएर पिसेर मिश्री मिसाएर पिउनाले छाती पोल्ने पिसाब पोल्ने ठीक हुन्छ ।
८६ फर्सीको बिउ पिसेर ओंठमा लगाउनाले निको हुन्छ ।
८७ कुभिण्डोको तरकारी नियमित क्षय रोगिलाई खुवाउनाले राम्रो हुन्छ ।
८८ कमलको जरा पिसेर दुधको साथमा पिएमा वीर्य गाढा हुन्छ र अनेच्छिक वीर्य पतन हुँदैन ।
८९ करेलाको रस र द्रोणपुष्पी गाण्टेझारकव रस मिसाएर १०।१० ग्राम खानाले कमल पित्त अर्थात जोण्डीस ठीक हुन्छ ।
९० १० ग्राम करेलाको पातको रसमा हर्रो घोटेर पिउनाले जोण्डीस ठीक हुन्छ ।
९१ ज्वानो चिलिममा हालेर धुम्रपान गर्नाले दमको रोलाई लाभ हुन्छ ।
९२ अदुवाको रस मनतातो बनाएर कानमा हाल्नाले राम्रो हुन्छ ।
९३ चम्सुरको गेडा दुधमा पकाएर बच्चालाई दुध ख्वाउने महिलाको दुध बढ्छ ।
९४ ज्वानो पड्काएर चिउरा भिजाएर रसदार पकाएर खानाले बच्चालाई दुध ख्वाउने महिलाको दुध बढ्छ ।
९५ काँचो मेवाको तरकारी बनाएर खाएमा बच्चालाई दुध ख्वाउने महिलाको दुध बढ्छ ।
९६ दाद खुजुलीमा मेवाको चोप लगाउनाले चिलाउने रोग निको हुन्छ ।
९७ गाईको दुधमा घ्यू र मह मिसाएर खाएमा मोटाईन्छ । तर घ्यू र मह बराबर नहोस घ्यू १०० ग्राम भएर मह ५० ग्राम बराबर भए बिष बन्छ ।

९८ गाईको दुधमा ५ गुणा पानी मिसाएर पकाउने दुध मात्रै बाँकि भएपछि पिउने रक्त पित्तलाई लाभ हुन्छ ।
९९ गाईको दुधको खुवा बनाएर पेंडा बनाएर खानु स्वास्थ्यलाई धेरै राम्रो हुन्छ ।
१०० दहीले अनुहारमा दल्नाले अनुहारकव चायाँ हराउँछ ।
१०१ दिसा सफा नभएमा १५ ग्राम ज्वानो वीरेनून मिसाएर गाईको मवही पिउनाले सफा हुन्छ।
१०२ गाईको मोहिमा ५ ग्राम पिप्लाको धुलो मिसाएर पिउनाले वायु गोला ठीक हुन्छ ।
१०३ नून पानीले कुल्ला गरेमा दाँत दुखेको आराम हुन्छ ।
१०४ मिर्गी कसैलाई आएमा हातमा नून हाल्ने ठीक हुन्छ ।
१०५ तातो नून पानीमा सुनिएको अङ्ग डुबाएमा ठीक हुन्छ ।
१०६ हिंडेर थकाई लागेमा तातो नून पानीले गोडा मलेर धोएमा आराम हुन्छ ।
१०७ महमा अमीलो मिसाएर दाँत माझ्नाले दाँत सफा र बलीयो हुन्छ ।
१०८ १० ग्राम महमा मरीच मिसाएर चाट्नाले खोकी आराम हुन्छ ।
१०९ तातो पानी सेलाएर मह २० ग्राम मिसाएर नियमित पिउनाले अनावश्यक बोसो घट्छ ।
११० दुधमा मह मिसनएर नियमित पिउनाले पुरुषत्व बढछ । विर्य दोष हट्छ ।
१११ मैन पगालेर गोडा फुटेकोमा भर्नु आराम हुन्छ ।
११२ तीलको तेल राम्रै सित तताएर पानी हालेर घोट्नु हलुवा जस्तै भएमा मलहम तयार हुन्छ । जस्तै खटीरामा यो मलहम लगाउनाले खटीरा निको हुन्छ ।


मह
 (स्वास्थ्यको लागि अमृत )
कैयौं पटक हामी साधारण बीमारीमा पनि आत्तिन्छौं तर यदि हामीलाई अलिकति घरेलू उपचारको बारेमा थाहा भए सरल तरिकाले तत्कालै लाभ हाँसिल गर्न सकिन्छ । हाम्रा बुढापाकाहरुले सिकाउनुभएको सुन्नुभएकै होला बुढापाकाको कुरामा विशवास नगर्नु त आफैमा विश्वास नगर्नु हो सजिलो उपचाका तरिकाहरु मैले संकलन गरेकोछु प्रस्तुतछ :
* अदुवाको रसमा या  काढ़ामा मह मिसाएर खानाले खोंकि सन्चोहुन्छ । यो मेरो अनुभव पनि हो ।
* पाकेको आँपको रसमा मह मिसाएर जोण्डीसको रोगिलाई खुवाउनाले लाभ हुन्छ ।
 जुन बच्चालाई  चीनी खानु हुंदैन, उस्लाई चीनीको ठाउंमा मह दिन सकिन्छ ।
*बान्ता (वमन) को समय पुदीनाको रसको साथमा महको प्रयोग लाभकारी हुन्छ ।
* शुष्क त्वचामा मह, दूधको तर क्रीम र बेसन मिसाएर लगाउने। यस्ले त्वचाको शुष्कता हटाउंछ र लावण्यता प्राप्त हुन्छ ।
* एक गिलास दूधमा मह मिसाएर राती पीउनाले दुबलोपन हटेर शरीर सुडौल, पुष्ट र बलशाली बन्छ ।
* मह नित्य सेवन निर्बल आमाशय र आँतलाई बल प्रदान गर्छ ।
* प्याजको रस र मह बराबर मिसाएर चाट्नाले कफ निस्कन्छ र आंतमा जमेको विजातीय द्रव्यहरु हटाएररा नष्ट गर्छ । यसलाई पानीमा घोलेर एनीमा लिनाले लाभ हुन्छ ।
* हृदयको धमनीको लागि मह बड़ो शक्तिवर्द्धक हुन्छ। सुत्ने बेला महर कागतीको रस मिसाएर एक ग्लास पानी पीउनालेकमजोर हृदयमा शक्तिको संचार हुन्छ ।
* पेट को स्यानो स्यानो  घाउ र शुरुवातको स्थितिको अल्सर महलाई दूध वा चियाको साथमा पिउनाले ठीक हुन सक्छ ।
* सुख्खा खोकिमा मह र कागतीको रस बराबर सेवन गर्नाले लाभ हुन्छ ।
* महले मांसपेशिहरु बलवती हुन्छ ।
* बढ़ेको रक्तचापमा महको सेवन लहसुनको साथ गर्नु लाभप्रद हुन्छ ।
* अदुवाको रस र मह बराबर मात्रामा मिसाएर  चाटेर खानाले श्वास कष्ट टाढा हुन्छ र बाडुली पनि बन्द हुन्छ ।
* सुन्तलाको बोक्रालाई सुकाएर धुलो चूर्ण बनाएर दुई मह चम्मच ट्ट्यस्मा फीटेर तयार गरेर छालामा दल्ने। यस्ले छाला चम्कीन्छ र कान् छाउंछ ।
* कब्जियतमा टमाटर वा सुन्तलाको रसमा एक चम्मच मह हालेर खानाले लाभ हुन्छ ।
भवतु सब्ब मङ्गलम्
 



 

क्रमशः
 



No comments:

Post a Comment