Saturday, August 25, 2012

जडीबुटीबाट घरेलु उपचार



हाम्रो गाउँठाउँमा पाइने विभिन्न जडीबुटीको प्रयोगबाट पनि धेरै रोगको घरेलु उपचार गर्न सकिन्छ । त्यस्ता केही जडीबुटी र तिनको प्रयोगले हुनसक्ने उपचारसम्बन्धी छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
कुरिलो
यसको सुकेको वा ताजै जरालाई पिधेर चुर्ण भए ४८ ग्राम र रस भए दुईचार चम्चामा मेथी झानेर पानीमा पकाई खानाले सुत्केरीको दूध बढ्छ । यसको जरालाई पानीमा पकाएर खानाले वा यसको जराको १०२० मि.लि. रसलाई दिनको दुई पटक दुधसँग सेवन गर्नाले नाक मुखबाट रगत बग्ने, गर्भ तुहिने, वाथरोग आदिलाई निर्मुल पार्छ । मस्तिष्कको दुर्वलतालाई हटाउँछ । पुरुषहरुमा वीर्यको मात्रा बढाउँछ । पिसाबलाई राम्रोसँग खुलाउँछ । आउँ, झाडापखाला, पेटको दुखाई, मधुमेह जस्ता रोगहरुको लागि अत्यन्त लाभप्रद छ ।
लालीगुराँस
यसको फुललाई टिपेर छायामा सुकाई धुलो पारेर बन्द भाँडोमा राख्ने र उक्त फुलको ११ चम्चा धुलोलाई मिस्रीपानी वा दुधसँग खानाले स्वर बसेको ठिक हुन्छ, आमाशयमा लाभ पु¥याउँछ । रगत सफा राख्छ, जण्डिस रोग ठिक गर्छ । गुराँसको बोक्राको २३ चम्चा धुलोलाई नियमित ५६ पटक सेवन गर्नाले पेटका सम्पुर्ण रोगहरु निर्मूल हुन्छन् । यसको फुलको रस वा चुर्णलाई मिस्री पानीमा मिलाएर सेवन गर्नाले प्रमेह, प्रदर रक्तअल्पता, रक्तचाप, आमवात, चिनीरोग जस्ता अनेकौं रोगबाट चाँडै मुक्ति मिल्छ । तर चिनीरोग लागेका बिरामीले भने शुद्ध पानीसँग मात्र सेवन गर्नुपर्छ ।
मधुमेह रोगको
घरेलु औषघि उपचारः करेलाको रस २ चम्चा बिहान बेलुका १५ दिनदेखि १ महिनासम्म दिनुपर्छ । यसले रगतको चिनी कम गर्छ । त्यस्तै बेलपत्र अथवा नीमको पातको रसले पनि काम गर्छ ।
बसन्त कुसुमाकर रस २०० मि.ली. को मात्रामा दिनको दुई पटक मह संग प्रयोग गर्नुपर्छ ।
चन्द्रप्रभावटी ५०० मि. ग्रा. हरीद्राचुर्ण ५०० मि. ग्रा., आमलकी चूर्ण ५०० मि.ग्रा. यी सबैको मिश्रण बसन्त कुसुमाकर रस १ गो ( २०० मि.ग्रा. ) र करेलाको रससंग प्रयोग गर्न सकिन्छ ।
मधुमेहारि, त्रिवंगशिला आदि योगहबरु प्नि प्रयोग गर्न सकिन्छ ।
पथ्यः  गहुको रोटी, तिते करेला, मेथीको साग, सजिउन, गाईको दूध ।
शक्ती अनुसार व्यायाम गर्नुपर्छ । योगासनहरुः पश्चिमोत्तानासन, मत्स्येन्द्रासनको अभ्यास राम्रो हुन्छ ।
अपथ्यःगुलियो र चिल्लो पदार्थ खानु हुदैन । आलु, सखरखण्ड, भात, गुलीयो फलहरु खानामा नियन्त्रण गर्नुपर्छ ।
चोटपटक हरुबाट बच्नुपर्छ ।

No comments:

Post a Comment