Friday, April 18, 2014

बुद्ध चित्रावली





१ तापस सुमेध

अनेक कल्प पूर्व भगवान दिपंकर सम्यक सम्बुद्ध हुनुहुन्थ्यो । उनले दिपंकरको स्वागतमा हिलोमा घोप्टो परेका श्रद्धालु ब्राह्मण तपस्वी सुमेधको मनोकामना जानेे र उनको भविष्य हेरेर भविष्यवाणी गरे कि कल्पौं सम्म आवश्यक पारमिताहरु पूरा गरेपछि उनि शाक्य कूलबाट गौतम बुद्धको नामले चिनिनेछन् ।



भगवान दिपंकरको यो मङ्गलमयी घोषणा धर्ती आकाशमा गुन्जीयो र धेरै समय सम्म प्रतिध्वनीको लहर चलिरह्यो । यसै समयमा सुमित्रा नामको ब्राह्मणपुत्रीको पनि मनोकामना जानेर भविष्यवमणी गरे कि उ यस युवकको साथ रहेर हरेक जन्ममा यसको जीवनसंगिनी बन्नेछ र अन्तमा जब यो शाक्य कूलमा सिद्धार्थ गौतम नामले जन्मनेछ र तब उ सम्यक सम्बुद्ध हुनेछ र यशोधरा नामो राजकुमारी सहधर्मी बन्नेछ र यसबाट विपश्यना विद्या प्राप्त गरेर जन्ममरणबाठ मुक्त हुनेछ ।

महामायाको गर्भाधानको सपना ।
अब उनलाई अन्तीम जन्म लिनुछ । यस्को लागि उनले पुण्यमयी आमा महामायालाई चुने । शुद्धोधनको दरबारमा महामायाले आफ्नो शयन कक्षमा गहीरो निद्रामा थीइन् उनले एक सपना देखिन् । एक अत्यन्त सुन्दर स्तो हात्ती आफ्नो सुँडमा सेतो कमलको पूल लिएर प्रकट भयो। त्यसले माता महामायालाई नमन गर्यो र उनको कोखमा पस्यो । यहि बोधिसत्वको अन्तिम गर्भप्रवेश थियो ।




३ बोधिसत्व सिद्धार्थको जन्म
महामायालाई प्रशव समय नजिक आएकोले माईति देवदहमा बच्चालाई जन्म दिने ईच्छा हुन्छ । उनि कपिलवस्तुबाट देवदहको यात्राको लागि सेविकाहरुको साथमा निस्किइन् । बाटोमा अति सुन्दर मनमोहक लुम्बिनी वनलाई देखेर केहि समय आराम गर्ने विचार गरिन । रथबाट ओर्लेर उत्तरतिर घुम्दै जसै एक सालको रुखको हाँगा समातिन छोराको जन्म भयो । यि बालक नै सबै पारमताहरुको परिपूर्ण हुनाले लोकमा अग्र थियो लोकमा जेष्ठ थियो लोकमा श्रेष्ठ थियो । यहि उन्को अन्तिम जन्म थियो । अब उस्को अरु जन्म हुँदैन ।




४ ऋषि कालदेवलको उपस्थिति
महामाया आफ्नो नवजात पुत्रलाई लीएर कपिलवस्तु फर्किन्छिन्  । चारै तिर प्रशन्नता छाएकोथियो । शाक्यहरुको र कोलीयहरुको राजगुरु  ऋषिकालदेवल शुद्धोधनको दरबारमा बोधिसत्व बालकको जन्म भएको थाहा पाएपछि हेर्नलाई आए । राजा शुद्धोधनले बालकलाई ऋषिको दर्शनार्थ ल्याए। यकायक बवधिसत्व बालको खुट्टा ऋषिको जटा टाउकोमा लाग्यो । ऋषि हर्षले बिभोर भयो र आँसु पनि बग्यो । यो देखेर शुद्धोधनलेले सोध्यो किन हाँस्नुभयो रुनु भयो केहि अनर्थ त छैन ? ऋषिले भने कि प्रशन्नता यस कारण कि यो बालक पछि गएर सम्यक सम्बुद्ध बनेर धेरैनै लोक कल्याण गर्नेछ र दुःखि म यस मानेमाछु कि त्यतिबेला सम्म म जिवित हुनेछैन । तैपनि भान्जा नालकलाई खबर गरे कि जब पनियो बालक सम्यक सम्बुद्ध बन्ला  तब उसित धर्मको भिख मागेर मुक्त अवस्था बनाउनु ।

 




५ बोधिसत्व बालकको प्रथम ध्यान
 जब बोधिसत्व बालक सात बर्षको भयो त्यतिबेलाको शाक्य देशको नियमानुसार प्रत्येक बर्ष बर्षायामको खेतिउत्सवमा राजाले प्रथम हलो जोत्नुपर्ने भएकोले जोतेर बडो रमाईलो उत्सव मेला भयो । सबै आनन्दित हुन थाले तर बालक सिद्धार्थलाई यस प्रति एक रत्तिपनि रुचि थिएन । बालकलाई जामुनाको रुख मुनि राखिएको थियो उ पलैटी कसेर ध्यान बस्न थाले । राजा हलो जोतेर फर्कंदा देख्छन त बालक ध्यान बसिरहेका त्यति बेला श्रद्धा जाग्यो र आफ्नो छोरालाई अभिवादन गरे ।




६ हिंसक देवदत्त सित विवाद
राजकुमार देवदत्त मामाका छोरा भाई थिए । उस्को र सिद्धार्थको स्वभाव आकास धर्ति बराबर फरक थियो । देवदत्त शिकारी थियो उ उडिरहेको पंक्षिलाई बाण हानेर खसाल्थ्यो तर सिद्धार्थ करणा बर्साउँथ्यो । एक दिन देवदत्तले उडिरहेको हाँसलाई बाँण हानेर खसाल्छ । सिद्धार्थले घाईते हाँसलाई देखेर काखमा राखेर बाँण निकालेर उपचार गर्छ । देवदत्तले आफुले तीर हानेर खसालेको हाँसमा अधिकारछ देउ भनेर माग्यो तर सिद्धार्थले भन्यो कि जस्ले बचाउँछ त्यो मालिक हुन्छ नकि ज्यान लिने मालिक हुन्छ । यहि विवाद भयो ।



७ अतुलनीय तीरंदाज
राजकुमार सिद्धार्थले तीर चलाउने विद्या पूर्णता प्राप्त गरेका थिए तर कुनै पंक्षिलाई हत्या गर्नु त परै जावस तीर चलाएर कुनै रुखलाई पनि घायल बनाउन चाहन्थिएन । त्यस रुखमा सुकेको काठको पटरा हालेर मात्रै तीर चलाउँथ्यो यसरी यस विद्यामा निपूर्णता प्राप्त गरेकोथियो ।
राजकुमार प्रति मान्छेहरुको शंका थियो कि युद्धकला जान्दैनन यस्ताले के रापाठ सम्हाल्लान । राजा शुद्धोधनलाई चिन्ताथियो आफ्नो छोराको आचरण प्रति राजकुमारले गर्नुपर्ने केहि गर्दैनन जान्दैनन । यसको लागि सिद्धार्थको परिक्षा लिइयो तर पूर्ण सफल भयो सबै हर्षित भए । एक पराक्रमी योद्धा राजकुमारहरुलाई घुड सवारी तथा तरवार चलाउन जान्नु आवश्यकछ । यस्मा पनि यस्को परिक्षा लिइयो एक जङ्गली क्रोधित घोडालाई प्रेमपूर्वक थपथपाएर शान्त गरेर आफ्नो वशमा गरेर शान्त पारेर घोडा सवारीमा पनि सफल भयो सबै राजकुमार सिद्धार्थ प्रति हर्षितभए ।

पराक्रमी योद्धा सिद्धार्थको अचम्मको घुडसवार
मान्छेहरुलाई शका थियो कि राजकुमार सिद्धार्थ युद्धकला जान्दैनन त्यसैले उस्लै देशको राजपाठ कसरी सम्हाल्छ ? यस्को बारेमा यस्को परिक्षा लिइयो तर सबै परक्षामा सफल भयो सबै अचम्भित भए ।
एक पराक्रमी योद्धाको लागि घुडसवारी त अत्यन्त आवावश्यक हुन्छ । यस्मा पनि परक्षा लिईयो एक जङ्गली रिसाहा घोडालाई बडो प्रेमले थपथपाएर आफ्नो वशमा गरे । यो देखेर सबै अचम्म माने र हर्षित पनि भए ।

कोलीयराज सुप्पबुद्धको छोरीको विवाह
हाल लुम्बिनी अंचलको नवलपरासी जिल्ला देवदहका शाक्यवंशी कोलीय राजा सुप्पबुद्धले आफ्नो छोरी यशोधराको विवाह गरिदिन आतुर थिए । उसलाई राजकुमार सिद्धार्थ मन त पर्थ्यो तर उस्को राजकुमारमा हुनुपर्ने योग्यतामा सन्देह थियो । उस्ले सिद्धार्थलाई परिक्षा लिन चाहन्थ्यो । सबै परिक्षामा सिद्धार्थ सफल भएकोले विवाह गरिदिए ।

१० चार निमित्तहरुमा
 एक पहीलो निमित्त
राजकुमार सिद्धार्थ युवा भयो तर उसलाई राजसी आमोद प्रमोदमा कुनै रुची थिएन । एक पटक आफ्नो देशको कपिलवस्तु नगर निरिक्षणको लागि रथमा निस्क्यो तब धर्म सम्बेग जाग्ने चार निमित्त देखे -
पहिला एक मान्छे बिमारी अवस्थामा देखे र सोध्यो यो के भएको सारथी ? सारथीले भन्यो यो बिरामी हो राजकुमार ! यस्तो अवस्था सबैको हुन्छ ।

११ दोश्रो निमित्त
अगाडी गएपछि देखेकि एकजना बुढो लट्ठी टेकेर हिंडिरहेको कम्मर झुकेको थियो । सारथीले भन्यो कि राजकुमार बुढ्यौली अवस्था हो यो सबैको अवस्था हुन्छ ।

१२ तेश्रो निमित्त
अगाडी बढ्यो । देखे कि केहि लाश लिएर जलाउन घाट तिर मलामी जाँदैछन । सारथीले भन्यो कि हे राजकुमार यो मान्छेको मृत्यु भएको हो यसलाई जलाउन लगिंदैछ । यस प्रकार एक दिन सबैले मर्नु नै पर्छ ।

१३ चौथो निमित्त
अगाडी गएर राजकुमार सिद्धार्थले एक श्रमण भिक्षु रुखको फेंदमा बसेर ध्यान गर्दैछ । त्यस पछि राजकुमारलाई वैराग्य जाग्यो । म पनि यसरी नै ध्यानमा प्रवीण भएर सम्यक सम्बोधि प्राप्त गर्छु । यस निर्णयको साथमा उ राजमहल फर्क्यो ।
 १४ गृह त्याग

राजकुमार सिद्धार्थ जब नगरको निरिक्षण गरेर फर्के तब उस्ले सुने कि यशवधराले पुत्रलाई जन्म दिईन । यो सुनेर उस्ले तत्काले निर्णय गरे कि मलाई अहिले नै गृह त्याग गरेर तपस्यामा लाग्नुपर्छ । तर घर छोड्नु भन्दा पहिला उ नवजात आफ्नो छोराको मुख हेर्न चाहान्थ्यो । यसैले शयनकक्ष तिर गयो र त्यहाँ देख्यो कि यशोधराले आफ्नो छोराको टाउकोमा हात राखेर गहीरो निद्रामा सुतेकि थिईन । यशोधरालाई उठाउनु उचित लागेन यसकारण छोराको मुख देख्न सकेन । अतः निर्णय गर्यो कि म जब सम्यक सम्बुद्ध भएर कपिलवस्तु फर्कन्छु तब आफ्नो छोराको अनुहार हेर्छु । यो सोंचेर उ गृहत्याग्न उत्सुक भयो ।


१५ श्रामण वेश धारण
आफ्नो प्रिय घोडा  कन्थकमा सवार भएर आफ्नो सेवक तथा मित्र छन्दकको साथमा उ राजमहलको मात्रै होईन कपिलवस्तुबाट पनि बाहिर निस्क्यो । अगाडि बढेपछि अनोमा नदी पार गरेर रोकीयो । उस्ले आफ्नो राजसी भेषभुषा निकालेर गृहत्यागिहरुको गेरुवा वसत्र लगाए र आफ्नो केशलाई आफ्नो तरवारले स्वयं काटे । छंन्दकलाई र कन्थकलाई विदा गरेर तपस्याको लागि यात्रामा निस्के ।


१६ मगधको यात्रा
उस्को लक्ष्य मगध देश जानु थियो । त्यहाँ ।मण परम्पराको ध्यानाचार्य बस्थे । बाटवमा उ मगधको राजधानी राजगिरबाट निस्के । मान्छेहरु अचम्मको वैरागीलाई देखेर चकित भयो । घर घरबाट भिक्षा मागेर पाएको पाण्डु गुफामो नजिक विश्राम गरेर भोजन गर्न बसे । जसै भोजन समाप्त भयो देशको राजा बिम्बिसार उसित भेट्न आए । राजा बिम्बिसारले यझ जाने कि उ आफ्नो शाक्य मित्र शुद्धोधनको छोराहो तब उस्लाई सन्यासी जीवन छोडेर आफ्नो राज्यको केहि भागको अधिपति बनाउने प्रस्ताव राखे । तर सिद्धार्थ आफ्नो निर्णयमा अडिग थिए कि सम्यक सम्बुद्ध भएरै छाडने । उस्ले प्रस्ताव अस्विकार गर्यो र यात्रामा अघि बढ्यो ।





१७ आचार्य आलारकालाम
त्यसताकश्रमण परम्पराका दुई प्रशिद्ध ध्यनाचार्य थिए जसमध्य आचार्य आलार कालाम हुन् । गृहत्यागि सिद्धार्थ उस्को आश्रममा पुगे र उसित ध्यान सिक्ने इच्छा व्यक्त गरे । आलार कालामले प्रसन्न भएर उसलाई सातौं लोकीय ध्यान सिकाए । उस्को क्षमता यहिं सम्म मात्रै थियो । सिद्धार्थलाई सन्तोष भएन किनकि उसलाई मुक्त अवस्थाको खोज थियो ।त्यसैले उसलाई धन्यवाद दिएर अगाडी बढे ।





१८  उद्दक रामपुत्त
त्यसताक अर्को अत्यन्त प्रशिद्ध ध्यानाचार्य थिए उद्दक रामपुत्त । सिद्धार्थले उस्को आश्रममा पुगेर आठौं ध्यान सिके लोकीय ध्यान समपन्न गरे । तैपनि उनलाई सन्तोष भएन । यस भन्दा अगाडी लोकोत्तर अवस्थाको अनुभुति प्राप्त गर्नुथियो जसले जन्म मरणको भवसंसरणबाटै मुक्त प्राप्त होस । उ आचार्य उद्दक रामपुत्तलाई पनि धन्यवाद दिएर अघि बढे ।


१९ दुष्कर चर्या
त्यसताका उरुवेलाको ठाउँ ध्यानको लागि धेरै प्रशिद्ध थियो । श्रमण सिद्धार्थ त्यहिं पुगेर ध्यानमा बस्यो । कपिलवस्तुको ब्राह्मण ज्योतिष पनि उसलाई खोज्दै त्यहाँ पुगेर उनिहरु पनि उस्को साथमा तपस्या गर्न बसे । ति ज्योतिष जो सिद्धार्थको भविष्यवाणी गरेकाथिए । त्यसबेला एक प्शिद्ध मान्यता थियो कि शरीरलाई जति कष्ट दिइयो उति कर्म संस्कारहरुको निर्जरा हुँदै जान्छ र अन्ततः मुक्त अवस्था सजिलै प्राप्त हुन्छ । सिद्धार्थले यस्को कठवर प्रयोग गरे । अन्न त्याग्दा त्याग्दै उस्ले आफ्नो शरीर सुकाएर खंग्रङ्गै पारे । उन अति दुर्बल भए त्यसमा पनि उसलाई लोकातित अवस्था प्राप्त भएन । त्यसैले आहार ग्रहण गर्नुपर्ने निश्चय गरे 





२१  बैशाख शुक्ल चतुर्दशीको राती सुत्दा पाँच
सपना देखे  
 पहिलो सपनाःवहाँले आफ्नो काया विराट हुँदै शीर नेपालको हिमालमा र अङ्गले पूरै नेपाल भारत देश ढाकीएको दाहिने हात अरब सागरको लहर । स्वप्न व्दारा नेपाल र भारतको इतिहाँसमा पहिलो पटक यि दुबैको जम्बुव्दीपको नक्सा प्रकट भयो । यस्को उद्देश्य थियो कि वहाँ सम्यक सम्बुद्ध भएर सारा जम्बुव्दीपमा छाउनुहुन्छ र वहाँको शिक्षा यहिं सम्म सिमित नभएर बरु शीरको शीर देखि उत्तरी देशहरुमा र दाहिने बायां बाहु र पाउबाट समुद्री लहरहरुको पारी टाढा टाढा देशहरु सम्म सारा विश्व भरी फैलिन्छ ।



२२ दोस्रो सपनाः वहाँले अर्को सपना देख्नुभयो नाभीबाट एक बिरुवा उत्पन्न भएर आकाश सम्म पुग्यो । यस्को सत्यको प्रतिक थियो कि वहाँ पृथ्वीको मनुष्यहरुलाई मात्रै नभएर बरु आकाशको देवताहरुलाई पनि धर्म सिकाउनुहुनेछ ।



२३ अर्को तेस्रो सपनाः वहाँले देख्नुभयो कि धेरै संख्यामा कालो केशधारी र सेतो वस्१धारीहरु वहाँको नजिक आएर वहाँलाई नमस्कार गर्दछन । यस कुराको संकेत थियो कि अनगिन्ति गृहस्त वहाँको अनुयायी हुनेछन् ।



२४ चौथो सपनाः वहाँले देख्नुभयोकि भिन्न भिन्न दिशाहरुबाट चार रङ्गको पंक्षिहरु वहाँको काखमा आएर बस्छ। यस्को संकेत थियो कि ब्राह्मण क्षेत्री वैश्य र शुद्रह यि चार बर्णकाहरु वहाँको शरणमा आएर वर्ण भेद बाट मुक्त हुनेछन् ।



२५ पाचौं सपनाः वहाँले देख्नुभयो कि सारा पृथ्वी
फोहोर भरीएकोछ र वहाँ विचरण गर्दै हुनुहुन्छ ।तैपनि पृथ्वीको यो फोहोर वहाँको चरणलाई छुन सकेकोछैन । वहाँ सांसारिक अपवित्रताको विच सदा परम पवित्र बनिरहनुहुनेछ । सर्बथा निर्दोष र निर्मल बनिरहनुहुनेछ ।


२६ सुजाताको खीर

भाग्यशालिनी सुजातालाई उरुवेलको बिशाल वरकोरुख प्रति धेरै श्रद्धा थियो । हरेक बैशाख पूर्णिमामा उनि यस वृक्ष देवताको पुजा गर्थिन । उस्लाई विश्वास थियो कि यहि देवताको आशिर्वाद स्वरुप उसलाई पुत्र प्राप्त भयो । उस्को विवाह पनि गरिदिईन् । तर सांसारिक प्रति उस्लाई अलिकति पनि रुचि थिएन । उनि चाहन्थिन् कि वर देवताले उस्को छोराको रुचि सुधार गरोस । यहि उद्देश्यको कारण उनि बैशाख पूर्णिमाका दिन वरको रुखलाई पूजा गर्न तयार थिईन । दासीलाई पठाएर वरको रुखको फेंदमा सफा गर्न पठाइन् । ताकि आफूले बनाएको ताजा शुद्ध खीर आफ्नो वर देउतालाई अर्पण गर्न सकियोस । दासीले त्यहाँ त्यहाँ जाँदा वरको रुखको फेंदमा स्वयम् वरदेवता सशरीर विराजमान छ । उस्ले दौडेर गएर मालकिन सुजातालाई खबर गरिन् । मालकिन पनि प्रशन्न चित्त भएर त्यहाँ आइन उनि बडी बुद्धिमानी थिइन । देख्ने बित्तिकै थाहा पाईन वरदेवता होईन कोहि युवा गृहत्यागि हुन जो तपस्याको लागि यस पबित्र स्थानमा आएकोछ । उस्को मनमा बात्सल्य जाग्यो । जुन खीर वर देवतालाई चढाउन चाहन्थिन् त्यो यस तपस्वीलाई अर्पण गरेर उसलाई आशिर्वाद दिइन् कि तिम्रो तपस्या सफल होस ।
सुजाताको यो खीर दान अत्यन्त महत्वपूर्ण थियो किनकि बोधिसत्वको यो अन्तिम भोजन थियो। । यस पछि बोधिसत्व सम्यक सम्बुद्ध बन्नेछन् । यसकारण जुन भोजनको आहारले उस्लाई सम्यक सम्बोधि प्राप्त भयो त्यसको महत्वको के बयान गर्ने ।


२७ मार पराजितः
 तल अवीचि नरकलोक देखि माथि अरुप ब्रह्मलोकको सबै क्षेत्र मारको नै हो मृत्युको मात्रै होईन । यहाँ जो प्राणी जन्म लिन्छ देर सबेर मृत्यु भैनि हाल्छ । जब सम्म को तपस्वि देवलोकलाई अमर मानेर तपस्या गर्छ अथवा रुप या अरुप ब्रह्मलोकलाई अमर मानेर तपस्या गर्छ तब सम्म मारक्षेत्रको यो सम्राट मृत्युदेव मार प्रशन्न हुन्छ । तर जब कोहि व्यक्ति अनित्यधर्मा अरुप ब्रह्मलोकबाट पर नित्य शाश्वत लोकातित अवस्थालाई प्राप्त गर्नको लागि तपस्या गर्छ तब यो विचलित हुन्छ । उ चाहँदैन कि कोहि व्यक्ति उस्को साम्राज्य क्षेत्र भन्दा बाहिर निस्कोस । त्यसैले जब उस्ले देख्यो कि बोधिसत्व बोधिबृक्षको मुनी बसेर यसै उद्देश्य ले तप गरिरहेकोछ तब उस्को तप भङ्ग गर्नको लागि उ आफ्नो विशाल भयानक सेनाको साथमा आफै पनि आईपुग्यो । बोधिसत्वलाई विचलित गर्नकोलागि उस्ले अनेकौं प्रयत्न गर्यो तर उ नित्तान्त अविचल रह्यो । त्यसैले मार पराजित भएर फर्केरगयो ।


२८ सम्यक सम्बोधि
अब वातावरण शान्त भैसकेको थियो । बैशाख पूर्णिमाको राती चन्द्रमाको शितलता चारैतिर फैलिएको थियो । बोधिसत्व आफ्नो साधनामा लीन थियो । उर् त्यसको खोजीमा थियो जुन लोकीय क्षेत्र भन्दा पर छ । जहाँ जन्म छैन मृत्यु छैन त्यसको साक्षात्कार कसरी हुन्छ ? के बिधि अपनाउने ? खोज्दा खोज्दा मन सित जोडिएको शारिरीक सम्बेदनाहरुको अनुभुति हुनथाल्यो । विपश्यना जाग्यो । यहि बोधिसत्वको सम्यक सम्बोधि हो ।कल्पौं सम्म पारमिताहरुलाई पूरा गर्दै गर्दै प्राप्त गर्नु थियो अन्ततः सफल भयो । बोधिस्त्व सम्बुद्ध भयो । यस्को राग,व्देष र मोहको सम्पूर्ण संसकार भग्न भयो । अतः भगवान भनियो ।


२९ मार कन्याहरुको दुष्प्रयत्न विफल
सम्यक सम्बुद्ध बोधिवृक्षको मुनी अमरत्वको सुखमा शान्त बसि रहे । उता हारेका मारलाई धेरै नै उदास देखेर उस्का छोरीहरुले आश्वासन दिए कि बुवा सफल नभएपनि हामी सफल हुन्छौं तपस्वीको तपस्या विचलित गरिदिन्छौं । तिनि सम्यक सम्बुद्धको अगाडी पुगे । बिभिन्न प्रकारको आकर्षक श्रङ्गार पटार नक्कल गरेर बाजा बजाएर नाचगान गरेर आकर्षित गर्ने प्रयत्न गरे तर तिनिहरुको केहि लागेन असफल भएर निराश भएर आफ्नो बुवा मार कहाँ फर्के ।


३० तप्पुस र भल्लिक
सम्यक सम्बुद्ध बोधिमण्डको बाहिरनै सात हप्ता सम्म मोक्ष सुखको अनुभव गर्दै विराजमान रहे । त्यस समय ब्रह्म देशको सौभाग्य जाग्यो । त्यस देशको व्यापारी तप्पुस र भल्लिक व्यापारको शिलशिलामा भारत आएकोथियो र यसै प्रदेशबाट गइरहेकोथियो । तिनले सम्यक सम्बुद्धलाई देखेर श्रद्धाविभोर भएर उनलाई नमन गरे र साथमा ल्याएको म्यंमाको चामल महबाट बनेको लड्डु उहाँलाई अर्पित गर्यो । सुजाताको खीर पछि सात हप्ता बितेपछि सम्यक सम्बुद्धको यो पहिलो भोजन थियो । तप्पुस र भल्लिक भाग्यशाली भए । तिनिहरुलाई पंचशील दुनुभयो र उनिहरुकव अनुरोधमा टाउकोको आठ गुच्छा कपाल दिनुभयो जसलाई लिएर आफ्नो देश फर्के । त्यहाँका शासक र जनताहरुले अत्यन्त श्रद्धापुर्वक त्यसलाई श्वे -डगोन पर्वत मा सतूप बनाएर सन्निधानित गरे । म्यंमाको भाग्य जाग्यो ।


३१ कृतज्ञ संबुद्ध उपक
सम्यक सम्बुद्धको मनमा कृतज्ञता जाग्यो र विपश्यनाको यो अनमोल रत्न आफ्नो दुई आचार्यहरु आलार कालाम र उद्दक रामपुत्तलाई दिन चाहे तर दृष्टि चित्तबाट देखे कि ति दुबै मृत्यु भएर अरुप ब्रह्मलोकमा जन्मेकाछन् । त्यहाँ शरीर हुँदैन केवल चित्त हुन्छ । विपश्यनाको लागि शरीर र चित्त दुबेकव संयोग आवश्यक हुन्छ। त बयो कल्याणकारी विद्या कसलाई दिउँ त? कृतज्ञताको भाव ति पाँच ब्राह्मण ज्योतिषहरुको प्रति जाग्यो जो पछिल्लो छ बर्ष सम्म उस्को थमा तपस्या गर्दै सेवा गर्दै गरे । कुनै भ्रमवश अन्तमा उनलाई छोडेर गए । ध्यानले हेरे त पाए कि ति बाणारसीको इसिपत्तनमृगदावमा बसेकाछन् । त्यसैले उतै तिर गए सम्बुद्ध ।
 बाटोमा उपक नामो एक नग्न आजिवक भेटीयो जो उन्को अनुहारको आभा देखेर धेरै प्रभावित भयो र यो थाहा पाएर खुशि भयो कि यो व्यक्ति जिन भयो सम्यक सम्बुद्ध भएकवछ । उस्ले सोध्यो कि कुन गुरुको शिक्षाले तपाई सम्यक सम्बुद्ध भएको ? भगवानले उत्तर दिनुभयो मेरो कुनै गुरु छैन जो स्वयम् बुद्ध हुन्छ त्यहि सम्बद्ध भनिन्छ । उस्को कुनै गुरु हुँदैन । उपकलाई यो कुरा बुझ्न गाह्रो भयो त्यो मुख घुमाएर गयो तर धेरै बर्ष पछि फेरि भगवानको नजिक आयो र उस्ले विपश्यना सिकेर मुक्त अवस्था प्राप्त गर्यो ।


३२ धर्मचक्रप्रवर्तन
भगवानले पाँच साथीहरुलाई धर्म बाँड्नको लागि मृगदाव अर्थात आजको सारनाथ पुग्नुभयो। एकपटक त ति साथीहरुलो मनमा आयोकि यो व्यक्ति तपभ्रष्ट भैसक्यो । यो सित के सिक्ने? तर नजिक आउँदा उहाँको अनुहारको अपूर्व तेजस्विता देखेर विश्वास भयो कि उनलाई अवश्य सम्यक सम्बोधि प्राप्त भएकोछ । तब भगवानले तिनिहरुलाई धर्म देशना दिनुभयो । अषाढ पूर्णिमाको सुनौलो साँझको समय थियो । त्यसबखत जो पहिलो पटक धर्म प्रकाशन गरीयो त्यो धर्म चक्रप्रवर्तन भनियो । भगवानले सम्झाउनुभयो कि कसरी अतिहरु सित बचेर उहाँले मध्यम मार्ग अपनाउनुभयो त्यसैबाट मुक्तिको मार्ग स्पष्ट भयो । शील समाधि प्रज्ञाको आठ अङ्गको विपश्यना मार्ग प्रकट भयो । जसलाई धारण गरेर कुनै पनि जन्म मरणको भव संसरणबाट मुक्त हुन सक्छ । भगवानको पाँचै साधक यहि विपश्यनाको मार्गमा हिंडदै अरहन्त भए मुक्त भए ।