Tuesday, January 22, 2019

प्रजापती गौतमी परिचय




प्रजापती गौतमी को हुन यिनि महान नारी बुद्धकालीन महान महिलाहरु मध्य प्रजापती गौतमी जो राजकुमार सिद्धार्थकि सानीआमा हुन अर्थात कपीलवस्तुका राजा शुद्धोधनका कान्छि महारानीहुन् । महामाया सिद्धार्थलाई जन्म दिएपछि सातौ दिनमा दिवगत भएकाथिए । महामाया र प्रजापती साख्खै दुई दिदि बहिनी थिईन । त्यसताक पुरुषार्थी राजाहरुलाई दुई वा दुई भन्नदा बढि विवाह गर्ने अनुमती थियो । महामाया तथा प्रजाती गौतमी राजा अञ्जन शाक्यको छोरीहरु थिईन । त्यति वेला नै भविष्यवाणी गरिएको थियो कि यि दुबै राजकुमारीहरुको कोखबाट जन्मिने वालक चक्रवती सम्राट हुनेछन् । कालान्तरमा महामायाबाट सिद्धार्थको जन्मभयो जो लोकमा सम्यक सम्बुद्ध भए । महाप्रजापती गौतमीले पनि त्यहि समयमा एक छोरालाई जन्म दियो जस्को नाम नन्द रहन गएकोथियो । दिदी महामायाँको मृत्यु भएपछि आफ्नो छोरा लाई ड्ढाई आमाको जिम्मा लगाएर सिद्धार्थलाई आफूले जिम्मालिएकि थिईन । राजा शुद्धोधनले प्रजापतीलाई राज महिषीको पदमा प्रतिष्ठित गरे ।
समय आएपछि राजकुमार सिद्धार्थ सम्यक सम्बुद्ध भएपछि शुद्धोधनको निमन्त्रणमा गृहत्याग गरेको सात बर्ष पछि कपीलवस्तु आउनुभयो । भोलीपल्ट विहानै नगरवासीहरुलाई सँघदानको पण्यबाट लाभान्वित गर्न भगवान भिक्षु सँघ सहित घर घर भिक्षाटन गर्दै निस्कँदा राजा शुद्धोधनले आफै गएर बुद्धलाई सँघ सहित राजमहलमा ल्याए । त्यस दिन भगवानबाट धर्मोपदेश सुनेर स्रोतापन्न अवस्था प्राप्त गरे । अर्को दिन भाई नन्दलाई प्रवज्जित गरिदिनुभयो र सात बर्षीय पुत्र राहुललाई पनि प्रवज्जित गरिदिनुभयो र बैशाली तिर प्रस्थान गर्नुभयो ।
दिदि महामायाँको दिवगत भएपछि राजा पनि दिवँगत भयो एक छोरा बुद्ध भए अर्को पनि प्रवज्जित भए बुद्धको पछि लागे । बिस्तारै राजमहल खाली भयो । प्रजापती गौतमीको मनमा निर्वेद र वैराग्य जाग्यो र उनले पनि तथागत व्दारा उपदिष्ट धर्म वनयमा प्रवज्या लिने निश्चय गरिन तर भगवानलाई यो स्विकार्य भएन । कारण स्पष्ट थियो कि जब भिक्षुणिरुलाई यात्रा गर्नुपर्छ तब केहि भिक्षुहरुलाई पनि साथमा जानुपर्ने हुन्छ जुन अनुचित हुन्छ कवहि एक्ली भिक्षुणी वन प्रदेशमा तपीरहेकव हुनेछ तब कुनै गृहस्थ युवकमा सवार भएर मारले उस्लाई दूषित गर्ने प्रयत्न गर्न सक्छ र सफल पनि हुन सक्छ । मारको कुनै रुप हुँदैन उस्ले कसैको रुपमाथि सवार भएर उबाट दूष्कर्म गराउँछ । जस्तो सुकै तपश्विहोस उसमाथि सवार हुने अन्त सम्म भरमग्दूर प्रयत्न गर्छ । मार भनेको अदृष्य बाधकहो । सकृय कृयाशील मान्छेलाई अल्छि बनाईदिने ध्यान गरिरहेकोहरुलाई निद्रामा मस्त पारिदिने । आ..केको ध्यान आनन्द सित निदाउन छोडेर जाडोमा सास्ती भन्ने भावना जगाईदिने हुन्छ ।
क्रमशः…….
एक समयमा भगवान कपीलवस्तुको निग्रोधाराममा विहार गर्दै हुनुहुन्थ्यो । तब महाप्रजापती गौतमी भगवानको नजिक पुगेर अभिवादन गरेर एकातिर उभिई । हमाप्रजापतीले भनिन् भन्ते ! यो राम्रव होला कि तथागच व्दारा उपदिष्ट धर्मविनयमा महिलाहरुलाई पनि प्रवज्जति हुने अवसर प्राप्त होस ।
गौतमी ! हुन सक्छ तपाईलाई तथागत व्रा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या पाउनु रुचिकर नहोस ।
 तब प्रजापतीले दोश्रो र तेश्रो पटक पनि अनुरोध गरिन । भगवानले तीनै पटक निवेदन अस्विकार गर्नुभयो । तब गौतमी महिलाहरुले प्रवज्या नपाउने भएर दुखि भईन रुँदै भगवानलाई अभिवादन गरेर फर्किन । भगवान कपीलवस्तुबाट चारिका गर्दै वैशालट्ठ पुग्नुभयो । भगवान वैशालीको महावनमा कुटागारमा विहार गरिरहनुभएकोथियो । तब प्रजापती गौतमी धेरै नै शाक्य महिलाहरुको साथमा कपाल मुण्डन गरि काश्यायवस्त्र धारण गरि वैशाली हमवन कूटागारमशालामा पुगिन । उनको पाईला सुन्निएको अवस्था थियो शरिर धूलोले रङ्गिएकोथियो उनि दुखि हुँदै कू६गारको ढोकामा उभिईन । तब आयुष्मान आनन्दले देखेर के हो भनेर सोधे । उनले भगवान सित धर्म विनयमा प्रवज्याको अनुमति प्राप्त नभएको कुरा बताईन । आनन्दले सान्तवना दिँदै भगवानको नजिक गएर यो समचार सुनाए ति महिलाहरुलाई धर्म विनयमा प्रवज्जित हुने ईच्छा अवगत गराए। तब भगवानले भन्नुभयो कि आनन्द ! हुन सक्छ कि तिमीलाई महिलाहरुलाई तथागत व्दारा उपदिष्ट धर्म विनयमा प्रवज्या दिनु ठिक नलाग्ला ।
 आनन्दले तीन पटक अनुरोध महिलाहरुलाई पनि धतथागतकव धर्म विनयमा प्रज्जित हुन पाउन अनुरोध सिफारीशका साथ अनुरोध गरे । भगवानले पनि महिलाहरुले प्रवज्जित हुने अनुचित ठहराएको कुरा व्यक्त गर्नुभयो । आनन्दले कुनै पनि तरिकाले महिलाहरुलाई तथागत व्दारा निर्दिष्ट धर्म विनयमा प्रवज्जित गराउन अनुरोध गर्नुपर्ने सोँचे । आनन्दले भगवान सित हात जोडेर अनुरोध गर्दै भने- भन्ते ! के तथागत व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छन?
तब भगवानले आनन्दलाई भन्नुभयो आनन्द ! महिलाहरुले पनि तथागत व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छिन ।
भंते यदि महिलाहरुले पनि भगवान व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या लिएर महिलाहरु स्रोतापतिफल,सकदागामीफल,अनागामिफल,अरह्त फलको साक्षात्कार गर्न सक्छिन भने महाप्रजापति गौतमीले त हजूरको उपकार गरेकि हुन हजूरको सानीआमा हुन क्षीरदायिका हुन पोषिका हुन् । भंते हजूरको आमाले शरिर त्याग्नुभएपछि भगवानलाई दुध खुवाईन । यो राम्रव होला कि यदि महिलाहरुलाई तथागच व्दारा उपदिष्ट धर्म विनयमा घरबाट बेघर भएर प्रवज्या प्राप्तहोस ।
अनि भगवानले भन्नुभयो आनन्द ! यदि महाप्रजापति गौतमी यि आठ गूरुधर्महरु स्विकार गरेमा उपसम्पदा हुनसक्छ ।
१ चाहै भिक्षुणी १०० बर्षकिले उपसम्पदा प्प्त गरेको होस चाहे भिक्षुले त्यसैदिन उपसम्पदा प्राप्त गरेको किन नहोस भिक्षुणीले भिक्षुलाई अभिवादन प्रत्युत्थान,अञ्जलीकर्म हात जोड्नुपर्ने हुन्छ यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ उसलाई मान्नप्ने हुन्छ पुज्नुपर्ने हुन्छ जीवनभरि पालन गर्नुपर्ने हुन्छ ।
२ भिक्षुहणले यस्तो आवासमा बर्षावास नगर्नुपर्ने हुन्छ जहाँ भिक्षु रहन्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
३ प्रत्येक १५ दिनमा भिक्षुसँघबाट दुई धर्महरुको आसा राख्नुपर्छ भिक्षु सम्मुख धर्म श्रवणको लागि आगमन तथा उपोसथ संबन्धि प्रश्नको उत्तरको लागि आगमन । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
४ बर्षावास भैसकेपछि भिक्षुणीले भिक्षुसँघ तथा भिक्षुणी सँघमा  दृष्ट तथा श्रुत संदिग्ध तीनै प्रकारको दोषलाई लिएर प्रवाणना गर्नुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
५ संघादिषेक नामक गम्भीर अपराध भएमा भिक्षुणीले दुबे संघहरुमा   पक्ष भरको प्रायश्चित गर्नुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
६ दुई बर्षावास सम्म ६ धर्ममा अभ्यासिनी भिक्षुणीले दुबै संघमा उपसम्पदा हुनुपर्छ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
७ भिक्षुणीले कुनै पनि स्थितिमा भिक्षुको अपमान गर्न पाईनेछैन । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
८ आजको दिन पछि भिक्षुणीहरुलाई केहि पनि भन्ने ९का बन्द भयो यद्यपि भिक्षुहरुलाई केहि पनि भन्न ढोका भने खुलेको हुनेछ । यस धर्म विनयलाई स्विकार गर्नुपर्ने हुन्छ मान्नुपर्ने हुन्छ जीवनभरि पालना गर्नुप्ने हुन्छ ।
आनन्द !  यदि प्रजापति गौतमी यि आठ गुरु धर्महरुलाईस्विकार गरेमा यो उस्को उपसम्पदा भयो । तब आनन्दले भगवानबाट प्राप्त यि आठ धर्म महाप्रजापति गौतमीलाई भने कि ल गौतमी यदि यि ड धर्महरु सव्कार भएमा यो तिम्रो उपसम्पदा हुन्छ ।
भन्ते आनन्द! जसरी कुनै शदकिन महिला पुरुष अल्पवयस्क या तरुण सिरबाट स्नान गरेर उत्पल माला जूही माला अथवा मोतीहरुको माला दुबै हातले लिएर स्विकार गरेर धारण गर्छ त्यसै प्रकार भन्ते मैले यस गम्भिर धर्महरु जीवनपर्यन्त पालन गर्ने सव्कार गर्छु ।
 आनन्दले भगवानलाई यो कुराको निवेदन गरे ।
भगवानले आयुष्मान आनन्दलाई भन्नुभयो आनन्द ! यदि महिलाहरुलाई तथागत व्दारा उपदिष्ट धर्मविनयमा घर बाट बेघर भएर यफ धर्म विनयमा महिलाहरु एक हजार बर्ष सम्म स्थिर रहन्छ । तर अब यो धर्म विनय महिलाहरुलाई अनुमती हुनाले सद्धर्म केवल पाँचसय बर्ष मात्रै स्थिर रहनेछ ।
 आनन्द! जुन घरमा पूरुष कम रमहिला धेरै छ त्यषो घर चोरहरु तथा भाँडहरु व्दारा चोरी गर्ने योग्य हुन्छ त्यसै प्रकार आनन्द! जुन धर्म विनयमा महिलाहरुको प्रवेष भएर घरबाट निस्केर प्रवज्या लिन्छ त्यहाँ ब्रह्मचर्य चिरस्थायी रहँदैन ।
आनन्द ! जसरी कुनै पाकेको धानखेतमा सेतो रोग लाग्छ र त्इ धान खेत चीरस्थायी नभएर चाँडै नै नष्ट भएर जान्छ त्यसै प्रकार जुन धर्म विनयमा महिलाहरुलाई घरबाट निस्केर प्रवज्जित हुने अनुमती पाउँछ त्यहाँ ब्रह्मचर्य स्थायी हुँदैन ।
आनन्दलाई बिभिन्न उदाहरण दिएर भन्नुभयो कि महिलाहरुले प्वज्जित भएमा भविष्यमा धर्म विनय चीर स्थायी हुँदैन जस्तै कि कुनै पुरुषले पानीको रोकथामको लागि पहिलै बाट कुनै ठूलो तलाउको चारैतिर बाँधको व्यवस्था गर्छ त्यसै प्रकार मैले पहिल्यै भिक्षुणीहरु व्दारा जीवनपर्यन्त पालन गर्ने यि कठिन ८ धर्म हरुलाई प्रज्ञप्त गरिदिएकोछु । 
क्रमशः     

Wednesday, January 9, 2019

धम्म अनित्य-संज्ञाको भावना



एक समय भगवान श्रावस्तीको अनाथपिंडिकको जेतवनाराममा विहार गर्दै हुनुहुन्थ्यो। तब भिक्षुहरुलाई संबोधन गर्नुभयो -
भिक्षुहरु ! अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेरजान्छ । सबै अहंकार र अभिमान समूल नष्ट हुन्छ ।
भिक्षुहरु ! जस्तै, शरदकालमा कृषक राम्रो हलोले जोतदै सबै जड़ मूललाई छिन्न-भिन्न गर्दै जोत्छन त्यस्तै नै भिक्षुहरु ! अनित्य- संज्ञाको भावना गर्नाले सबै कामराग, रूपराग, भवराग, अविद्या तथा अहंकार र अभिमान छिन्न-भिन्न हुन्छ ।
भिक्षुहरु ! जस्तै, घाँसी घासलाई गोरेर, माथिको झारपात यता उति फ्याँक्छ । भिक्षुहरु !त्यसरी नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग.....छिन्न भिन्न हुन्छ ।
"
भिक्षु ! जस्तै, कुनै आँपको हाँगा काट्नाले त्यस्मा भएको सबै आँपहरु खस्छ । भिक्षुहरु ! त्यस्तै नै, अनित्य-संज्ञाको भावना गर्नाले सबै कामराग...... छिन्न भिन्न हुन्छ ।
भिक्षुहरु ! जसरी, सबै मूल-गन्धहरुमा कालानुसारी उत्तम मानिन्छ । भिक्षुहरु !त्यस्तै नै, अनित्य संज्ञाको भावना।
भिक्षुहरु ! जस्तै, सबै सार गन्धमा लाल चन्दन उत्तम मानिन्छ । भिक्षुहरु त्यस्तै नै, अनित्य-संज्ञाको भावना ।
भिक्षुहरु ! जस्तै, सबै पुप्प-गन्धहरुमा जूही उत्तम मानिन्छ ! भिक्षुहरु ! त्यस्तै नै, अनित्यसंज्ञाको भावना।
जस्तै, सबै स्याना तिना राजा सबै चक्रवर्ती राजाको अधीन रहन्छ, र चक्रवर्ती राजा तिनका प्रधान मानिन्छ ! भिक्षुहरु ! त्यसरी नै, अनित्य-संज्ञाको भावना हो ।
जस्तै, सबै सबै ताराहरको उज्यालो प्रकाश चन्द्रमाको उज्यालो १६औँ भाग पनि हुँदैन, र चन्द्रमा ताराहरुमा प्रधान मानिन्छ। भिक्षुहरु ! त्यसरी नै अनित्य-संज्ञाको भावना मानिन्छ ।
"भिक्षुहरु ! अनित्य-संज्ञाको कसरी भावना र अभ्यास गर्नाले सबै कामराग.....समूल नष्ट भएर जान्छ ?
यह रूप है, यह रूप की उत्पत्ति है; यह रूप को अस्त हो जाना है। वैसे,
यो वेदना,यो  संज्ञा, यो संस्कार, यो विज्ञानलाई अस्त हुनु छ।
भिक्षुहरु ! यस प्रकार अनित्य-संज्ञाको भावना र अभ्यास गर्नाले सबै कामराग, रूपराग, भवराग र अविद्या हटेर जान्छ; सबै अहंकार र अभिमान समूल नष्ट भएर जान्छ।
भवतु सब्ब मङ्गलम् !