Monday, January 27, 2014

अहंकारी अम्बष्ठ माणवकलाई भगवानको उपदेश




शाक्यमुनी बुद्धको पालामा शाक्य राजकुमारहरुक एक सेवक हजाम उपाली थियो । इक्षवाकु कुलका शाक्य अनि कोलीएहरुको जाती गर्व कम थिएन यिनिहरुको जात्यभिमान रौं रौंमा भरिएको थियो ।
भगवान शाक्यु कूलबाट बुद्ध हुनुभएकोले सबेको घर परिवारबाट एक जना शाक्यकुमारहरु प्रवज्जित हुने निर्णय भएअनुसार शाक्य कुमारहरु भगवान समक्ष प्रवज्जित हुन पुगेका थिए  हजाम पनि आफ्ना मालिकहरुनै प्रवज्जित हुने भएपछि कस्को सेवा गर्ने म पनि हुन्छु भन्ने विचार व्यक्त गरे । हुन्छ भनेर शाक्यकुमारहरुले स्विकृति दिएर साथ लगे । प्रवज्जित भएपछि कस्तो देखिन्छ भन्ने मनसायले भगवान समक्ष पहिला उपालीको प्रवज्या गर्न निवेदन गरे । भगवानले अग्र प्रवज्जितलाई नमन गर्नुपर्ने नियम बताउनुभएकोले शाक्यकुमारहरु भन्दा अघि उपाली हजामको प्रवज्या भयो त्यसपछि शाक्य कुमारहरुको । सबै प्रवज्जित भएपछि शाक्यकुमारहरुलाई बडो गाह्रो भयो आफ्नो सेवक हजामलाई नमन गर्न । तर भगवानको शिक्षाको यस्तो प्रभाव पर्यो कि जक जब भद्दीय ,अनिरुद्र, आनन्द, भृगु, किम्मिल अनि देवदत्त यि ६ शाक्य राजकुमारहरु आफ्नो हजाम सेवक उपालीको संगमा प्रवज्जित हुनकोलागि भगवानको शरणमा आएका यस कारण कि प्रवज्यामा अग्र भएको कारण शाक्य कुमारहरुले उसलाई नमन गर्नुपर्नेछ र यसो गर्दा उनिहरुको अहंकार टुट्नेछ । धन्य छ भगवानको चातुर्वणी शुद्धीको शिक्षा जसले जातिको गहीरो नशामा डुबेका शाक्यकुमारहरुको अभिमान तोड्नमा सहायक बन्यो । हजाम उपाली अन्तमा विनयपिटकधारी भएको देखिन्छ । तर बिरोधभास पनि भयो कसै कसैलाई भगवानको यो चातुवर्णी शुद्धीको महत्व स्विकार गर्न कठिनाइ आयो । यदि वास्तवमा कर्महरुको आधारमा वर्णहरको अवस्थित मानिएमा उनिहरुलाई ठूलो चोट लाग्थ्यो । किन कि आफ्नै सेवक हजामलाई नमन गर्नु पर्ने अवस्था थियो  शुद्र धर्मको चर्चा कसैले चाहे जति नै किन नगरोस लौकिक व्यवहार क्षेत्रमा त ब्राम्हण त अनि क्षत्रीय नै पुज्य थिए  चाहे शील गुणहीन नै किन नहोउन । अतः यस्ता स्वार्थान्ध व्यक्तिहरुलाई सुधार्नका लागि अथक परिश्रम गर्नुपर्यो  धर्मबाट भएका यस्ता व्यक्तिहरुका उपरमा भगवानको विशेष करुणा उर्ल्यो । तत्कालिन भारतीय नेपाली समाजमा ब्राह्मण वर्णका अनेक व्यक्तिहरुमा जातिगत अभिमान चरम सीमासम्म पुगेको थियो । अन्य वर्णका प्रति उनिहरुको व्यवहार अनुदार मात्रै हैन कि वरु उदण्ड तथा अभद्र पनि थियो  यस्को स्पष्ट उदाहरण हामीले ब्राह्मण माणवक अबष्ठव्दारा भगवान बुद्धका प्रति प्रदर्शित अशिष्ट व्यवहारमा देख्दछौं । त्यो व्यवहार भगवानले शुद्रहरुलाई कल्याण गरेको रीसको कारण ब्राह्मणहरुले आज सम्म पनि भारतीय समाजमा शाक्यहरुलाई शुद्रको रुपमा निच जाती मान्ने चलनछ ।
अम्बष्ठ माणवक को हुन त
भगवान भिक्षुसंघका साथ कोश देशको चारिका गर्दै इच्छानंगल नामक ब्राह्मण ग्राममा पुग्नुभयो अनि इच्छानंगल वनखण्डमा बस्नुभयो । इच्छानंगलका प्रमसुख ब्राह्मण पौष्करसातिले जब यो सुने कि बत्तीस महापुरुष लक्षणहरुले परिपूर्ण भगवान बुद्ध यस्का प्रदेशमा आउनुभउकोछ तब उस्ले आफ्नो युवा शिष्य अम्बष्ठ माणवकलाई भगवानका सामु यो हेर्नकालागि पठाए कि जस्तो उनको कीर्ति फैलिएको छ के त्यस्तै हो त भनेर जाँच गर्न -
यदि वा सो भवं गोतमो तादिसो, यदिवा न तादिसो-
उनी गौतम त्यस्तै हुन वा होईनन्  यसलाई राम्ररी जाँच ।
तथा मयं तं भवन्त गोतम वेदिस्साम - जसले गर्दा कि गौतम जस्तो हुनुहुन्छ हामीले उनलाई त्यस्तै जानौ । दी नि १।२५७
 जब जाँच गर्नवाला अमबष्ठ अहं भाव लिएर त्यहाँ पुगे जहाँ भगवान बस्नुभएकोथियो । भगवान आफ्नो कुटीमा एकान्तवासी हुनुहुन्थ्यो । अम्बष्ठले उहाँको कुटीको ढोका ढकढक्यायो  भगवानले ढोका खोलिदिनुभयो । यसले भगवान संग वार्तालाप गर्न थाल्यो । जब भगवान बसेको हुनुहुन्थ्यो तब उठी उठी अनि जब भगवान उठेको हुनुहुन्थ्यो तब बसी बसी प्रश्न गर्न थाल्यो ।
भगवानले उसलाई समान्य शिष्टाचार याद गराउँदै सोध्नभयो -हे अम्बष्ठ के बुद्ध आचार्य प्राचार्य ब्हह्मणहरुका साथमा तिमी यसरी नै कथा संलाप हुने गर्छ जस्तो कि यस समय तिमीले मसंग गरिरहेकाछौं ?
अम्बष्ठले भने होईन हे गौतम हिंडदो ब्राम्हणसंग हिंडदै बसेका ब्राम्हण संग बसेर उभिएका संग उभिएर अनि पल्टेकासंग पल्टेरै कुराकानी गर्नुपर्दछ । तर-
ये च खो ते,भो गोतम ,मुण्डका समणका, इब्भा कण्हा बन्धुपादापच्चा,- हे गौतम ,जो टाउको खौरेका श्रमण छन जो नीच हुन काला छन् ब्रम्हाका पाउबाट पैदा भएकाहुन् - तेहिपे सद्धिं एवं कथासल्लापो होति - उनिहरुसंग यस्तै गरिकन कथा संलाप हुन्छ,यथरिव भोता गोतमेन-जस्तो कि तपाई गौतमका साथ भैरहेको छ । (दी नि १। २६३ अम्बष्ठ सुत्त)
यो सुनेर भगवानले भन्नुभयो कि जे कामका लागि तिमी आउका हौ त्यसैमा ध्यान दियौ भने राम्रो होला कि कि शिष्टाचार सम्बन्धी तिम्रो शिक्षा अधुरो छ ।
 यो सुनेर अम्बष्ठ धेरै रिसायो तिलमिलायो अहंकारी ब्राम्हण न थियो ।
कुपितो अनत्तमनो - कुपित भयो,अप्रसन्न भयो ।
भवन्तंयेव खुसेन्तो -भगवानलाई हेप्दै,
भवन्तंयेव वम्भेन्तो -  भगवानका प्रति नै घृणा प्रकट गर्दै ,
भवन्तंयेव उपवदमानो - भगवानलाई नै अपशव्दव्दारा अपमानित गर्दै,
समणो च मे,भो गतमो पापितो भविस्सति- श्रमण गोतम मेरा लागि पापी हो,दुष्ट हो,यस्तो प्रकारले सोंच्दै आफ्नो क्रोध समस्त शाक्यजातिका उपर निकाल्दै भन्यो-चण्डा, भो गोतम,सक्यजाति-हे गौतम शाक्य जाति चंड हो,
फरुसा भो गोतम, सक्यजाति-शाक्यजाति कठोरभाषी छ,
लहुंसा ,भो गोतम सक्यजाति-हे गौतम शाक्य जाति सानो हो, शूद्रहो,
भस्सा, भो गोतम सक्यजाति- हे गौतम शाक्यजाति बकवास गर्नेवाला हो,
इब्भा सन्ता इब्भा समाना - शाक्य नीच अनि निकृष्ट हुँदा हुँदै पनि
न ब्राम्हणे सक्करोन्ति, ब्राम्हणे गरुँ करोन्ति, ब्राम्हणे मानेन्ति, ब्राम्हणे पुजेन्ति, ब्राम्हणे अपचायन्ति ।
-उनिहरुले न त ब्राम्हणहरुको सत्कार गर्दछन, उनिहरुलाई गुरु नै बनाउँदछन, न त उनिहरुलाई सम्मान नै गर्दछन, नत त उनिहरुलाई पुज्दछन् , न त उनको आदर गर्दछन् ।
अतः हे गौतम,यो न त उचित हो न योग्य छ,किनकि शाक्य नीच तथा निकृष्ट हुँदा हुँदै पनि ब्राम्हणहरुलाई आदर सत्कार न गरुन -
ब्राम्हण नै महान हुन् यो अन्धमान्यताको नशामा उ यति डुबेको थियो कि उदण्डता पूर्वक भन्यो- चत्तारोमे,भो गोतम ,वण्णा-खत्तिया ,ब्रह्मणा,वेस्सा,सुद्दा - हे गौतम, वर्ण चार हुन्छन - इत्रीय ब्राम्हण,वैश्य अनि शूद्र ।
इमेसं हि,भो गोतम,चतुन्न बण्णानं तयो बण्णा-खत्तिया च वेस्सा च सुद्दा च-अञ्ञदत्थु ब्राह्मणस्सेव परिचारिका सम्पजन्ति । (दी नि १.२६६ )अम्बष्ठ सुत्त
-हे गौतम,यि चार वर्णहरुमा क्षत्रीय,वैश्य अनि शूद्र - यी तीन वर्ण निश्चित रुपले ब्राह्मणको सेवा परिचारिकाका लागि हुन् ।
वर्ण वादीहरुको यो दूषित,मिथ्या मान्यता व्यक्तिहरुका मनमा गहीरो सम्म घुसेकोथियो भने अहिले सम्म पनि त्यहि मिथ्या आचरणले छोडेको छैन । बिशेष गरी ब्राह्मणहरको त्यो एउटा अबुझ समुदायले,जो यस मिथ्या मान्यताका कारण मन मनै गौरव महसुस गर्दथ्यो युवा ब्राह्मण अम्बष्ठले त्यस वर्गलाई नै प्रतिनिधित्व गर्दथ्यो । भगवानले करुणापुर्वक उस्को अभिमानलाई मर्दन गर्नका लागि सोध्नुभयो कि उस्को गोत्र के हो?
अंबष्ठले भन्यो- कण्हायनं यानी कृष्णायन ।
 यसमा भगवानले पुरानो ऐतिहाँसिक घटनाको उल्लेख गर्दखै भन्नुभयो कि गोत्रको आदि पुरुष काण्ह यानी कृष्ण शाक्यहरुका आदिपुरुष सूर्यवंशी महाराज इक्ष्वाकुको दासीबाट उत्पन्न पुत्र थिए । अंबष्ठले पनि यो सत्यलाई राम्ररी जान्दथ्यो कि उस्को गोत्रको आदि पुरुष दासीपुत्र थिए । अमिलो मनले उसले यस तथ्यलाई स्विकार गर्यो । स्विकार गर्नासाथ उस्का साथमा आएका अन्य माणवक ब्राह्मण विद्यार्थृहरुले अंबष्ठलाई धिक्कार्न लागे-
-दुदुज्जातो किर,भो अम्बट्ठो माणवो- अंबष्ठ माणवक दुरजात हो ।
अकुलपुत्तो किर भो, अक्बट्ठो माणवो सक्यानं- अंबष्ठ शाक्यहरुको दासीपुत्र हो ।
अय्यपुत्ता किर,भो, अम्बट्ठस्स माणवस्स सक्या भवन्ति । ( दि नि १.२७३
- शाक्य अंबष्ठ माणवकका स्वामी पुत्र हुन ।
आफ्नै संगी साथीहरु व्दारा यस प्रकार धिक्कारिंदा हतप्रभ भएका अंबष्ठलाई देखेर भगवानका मनमा उस्का प्रति अपार करुणा जाग्यो ।
अतिवाल्हं खो इमे माणवका अम्बटठं माणवं दासिपुत्तवादेन निम्मादेन्ति,
-यी माणवकले अंबष्ठलाई दासीपुत्र भनेर धेरै नै तल्लो जातको देखाउँदैछन्
यंनूनाहं परिमोचेय्यं-यसलाई न किन नबचाउँ,किन न छोडाउँ ।
तब भगवानले अन्य माणवकहरुलाई यस्तो गर्नबाट रोक्दै भन्नुभयो कि कण्हा (कृष्ण)कुनै साधारण व्यक्ति थिएनन् । उनि महान योगी थिए  उनले योगबल व्दारा महाराज इक्ष्वाकुलाई निष्प्रभ पारेर उनकी पुत्री संग विवाह गरेका थिए  उनैका सन्तान यी कृष्णायन गोत्री ब्ह्मणहरु हुन् ।
मा खो तुम्हे, माणवका अम्बट्ठं माणवं अतिबाल्हं दासिपुत्तवादेन निम्मादेथ ।
- हे माणवकहरु, तिमीहरुले अम्बष्ठ माणवकलाई दासीपुत्र भनेर धेरै तल नझार ।
उत्तारो सो इसि अहोसि- ती कृष्ण महान ऋषि थिए । ( दि नि १.२७४ अम्बट्ठ सुत्त  ) त्उसपछि जातिवाद,गोत्रवादलाई गलत,साबित गर्दै भगवानले ब्रह्मा सनतकुमारको पुरातन भनाइ उदृत गर्नुभयो र त्यस्को समर्थन गर्नुभयो ।
खात्तियो स्ट्ठो जतन्स्मिं ये वऊत्तपटिसारिनो
- जो गोत्रको आधार लिएर हिंडछन् तिनमा क्षत्रीय श्रेष्ठ हुन ।
जब कि अर्कोतिर ब्राह्मणहरुले आफूले आपैलाई इत्रीयहरु भन्दा अधिक श्रेष्ठ मान्दथे । जो जोसुकै गोत्रका हुन अनावश्यक अहंकार गर्नु व्यर्थ छ ।जो व्या र आचरणमा अर्थात शील सदाचारमा अनि प्रज्ञा- विपश्यनामा सम्पन्न होस, त्यो सबै देव मनुष्यहरुमा श्रेष्ठ हुन्छ । आजभोली पनि ब्राह्मणहरुले आफूलाई श्रेष्ठ नै ठानिरहेका हुन्छन् यद्यपि शील सदाचार प्रज्ञा सुन्य हुन्छन् । यदि त्यसताक भगवानलाई अपहेलना गरेजस्तै अम्बष्ठलाई व्यवहार गरेको भए सायद भगवान माथि आक्रमण हुन्थ्यो । भगवान त सर्बज्ञ हुनुहुन्थ्यो करुणाका खानी हुनुहुन्थ्यो पटक्क क्रोध नगरेर अम्बष्ठलाई दया गरेर ज्ञानको चक्षु खोलीदिनुभयो । भगवानले सम्झाउनुहुँदै भन्नुभयो- हे अम्बष्ठ कुनै व्यक्ति जातिवाद,गोत्रवाद,विवाह वारी अनि अहं मान्यताको धङ्गधमीलाई छडेर,श्रेष्ठ विद्याचारणलाई साइत्कार गर्न सक्छ  यी सबै धङ्गधङ्गीहरु धर्मका क्षेत्रमा बाधकहुन् । तदनन्तर भगवानले विद्याचरणको अर्थात शील समाधी अनि प्रज्ञाको विशद वर्णन गर्नुभयो अनि पुरानो जमानाको विद्याचरण सम्पन्न ब्राह्मणहरुको अनेक कुरा बताउनुभयो,जस्लाइ सुनेर अम्बष्ठ जस्तो उद्दण्ड व्यक्ति पनि नतमष्तक भयो । उसले भगवानका शरीरमा बत्तीस महापुरुष लक्षण देख्यो अनि फर्केर आफ्ना आचार्य पौष्करसातिलाई भगवानको सही सही विवरओण दियो  त्यस बखत देशमा जहाँ अमब्ष्ठ जस्ता अनुदार ठाडा अनि अहंकारी ब्राह्मण थिए,त्यहिं समझदार ब्राह्मण पनि प्रयाप्त संख्यामा थिए, जव शुद्ध धर्मको नैसर्गिक सही अनि सार्वनीन व्याख्या सुनेर,त्यसतर्फ तत्काल आकर्षित हुन्थे । ब्राह्मण पौष्करसाति तिनिहरु मध्यका एक थिए, जस्ले आफ्नो माणवक अंबष्ठको भगवानसंग भएको वार्ताको पूर्ण विवरण सुनेर बहुतै प्रभावित भए । प्राचफनकालका ब्राह्मणहरुको ष्ठताको वर्णन सुनेर आचार्य पौष्करसाति बर्तमान ब्राह्मणहरकोझ दयनीय दशा देखेर बडो लज्जित भए । उनले भने- अहो वत रे अम्हाक पण्डितक, अहो वत रे अम्हाकं बहुस्सुत्तक,अहो वत रे अम्हाकं तेविज्जक ।
_अरे वा हरे हाम्रा तथाकथित पण्डित अरे वाह रे हाम्रा बहुश्रुत विव्दान, अरे वाह रे हाम्रा त्रैविद्य (तीनै वरेदलका ज्ञाता)
धिक्कार छ हाम्रो यो त्रैविद्यतालाई । यदि हामीले विद्या अनि आचरणको अभ्यास गरेनौं भने त मरणोपरान्त हाम्रो दर्गति निश्चित छ । यो भनेर ब्राह्मण पौष्करसाति भगवान कहाँ गए । माणवक अंबष्ठको भगवान संग जुन कथा संलाप भएको थियो,त्यो भगवान कै मुखबाट पनि उनले सुने,तब उनले बडो दीन भावले भगवानसंग प्रार्थना गरेकि-
बालो,भो गोतम,अम्बट्ठो माणवो-हे गौतम, बाल हो यानी अज्ञानी हो अम्बष्ठ माणवक ।
खमतु भव गोतमो अम्बट्ठस्स माणवस्स - क्षमा गर्नुहोस, हे गौतम अम्ष्ठ माणवकलाई ।
आफ्नो शिष्यको उद्दणडताका कारण गूरले उस्को तरफबाट भगवानसंग क्षमा मागे । भगवानको विद्या यानी प्रज्ञाले गुरु शिष्यका मनको सत्यलाई जान्यो अनि उहाँकोझ बचरण यानी करुणाले क्षमादान दिंदै भन्नुभयो ।
सुखी होतु,ब्राह्मण, अम्बष्ठ माणवफ ।
-हे ब्राह्मण, तिम्रो शिष्य अम्बष्ठ माणवक सुखी होस ।
( दि नि १.२९३ अम्बष्ठ सुत्त्तण)
विश्वविपश्यनाचार्य व्दारा लिखित त्रिपिटकमा सम्यक सम्बुद्धबाट आधार