- भगवान बुद्ध को परिनिर्वाण को अनन्तर बुद्धवचनहरुमा प्रक्षेप (अन्य वचनहरुलाई राख्नु) र अपनयन (केहि बुद्धवचनहरु निकाल्नु) नहुन दिनको लागि क्रमश: तीन संगीतिहरुको अर्थात सम्मेलन आयोजन गरीयो । प्रथम संगीति बुद्धको परिनिर्वाणको तत्काल पछि प्रथम वर्षावासको कालमा नै राजगृहमा महाकाश्यपकोमा संरक्षकत्वमा सम्पन्न भयो। यसमा आनन्दले सूत्र (यसमा अभिधर्म पनि सम्मिलित छ) र उपालिले विनयको संगायन गरे । यस प्रकार यस संगीतिमा सम्मिलित पाँचसय अर्हत भिक्षुहरुले प्रथम पटक बुद्धवचनहरुलाई त्रिपिटक विभाजन गरे । भगवान बुद्धको परिनिर्वाणको एकसय वर्ष बीत्दा-बीत्दै आयुष्मान यशले वैशालीको वज्जिपुत्तक भिक्षुहरुलाई विनय विपरीत दस वस्तुहरुको आचरण गरेको देखे, जस्मा सुन-चाँदीको ग्रहण पनि एक थियो। अनेक भिक्षुहरुको दृष्टिमा उस्को यो आचरण अनुचित थियो । यस्को निर्णय गर्नको लागि द्वितीय संगीति बोलाईयो । महास्थविर रेवतको अध्यक्षता सम्पन्न यस संगीतिमा सम्मिलित सातसय अर्हत भिक्षुहरुले ति (वज्जिपुत्तक भिक्षुहरु)को आचरण विनयविपरीत निश्चित गरे।
- वैशालीको वज्जिपुत्तक भिक्षुहरले महास्थविरहरको यस निर्णयलाई अमान्य गरिदिए र कौशाम्बी मा एक पृथक् संगीति आयोजित गरे जस्मा दस हज़ार भिक्षु सम्मिलित भएकाथिए। यो सभा 'महासंघ' या 'महासंगीति' भनियो तथा यस सभालाई मान्नेहरुले 'महासांघिक' भने।
- यस प्रकार बौद्ध संघ दुई भाग या निकायमा बाँडियो, स्थविरवादी र महासांघिक। पछि गएर भगवानको परिनिर्वाणको २३६ वर्ष पछि सम्राट अशोक को कालमा आयोजित तृतीय संगीतिको समय सम्म बौद्ध संघ अठारह निकायहरमा विकसित भयो।
- महासांघिक भी कालान्तर में दो भागों में विभक्त हो गए-
१
एकव्यावहारिक र
२
गोकुलिक।
- गोकुलिकबाट पनि दुई शाखाहरु विकसित भयो-
१
प्रज्ञप्तिवादी
२
बाहुलिक या
बाहुश्रुतिक।
- बाहुलिक सबाट चैत्यवादी नामक एक अर्को शाखा प्रकट भयो । यस प्रकार महासांघिकबाट पाँच शाखाहरु निस्कियो जुन महासांघिकको साथ जम्मा ६ निकाय हुन्छ ।
- अर्कोतिर स्थविरवादी पनि पहिला दुई भागमा विभक्त भए, यथा- वज्जिपुत्तक र महीशासक। वज्जिपुत्तक ४ भागमा विभक्त भए, यथा-
१
धर्मोत्तरीय,
२
भद्रयाणिक,
३
छन्रागरिक
(षाण्णागरिक) र
४
सम्मितीय।
- महीशासकबाट पनि दुई शाखाहरु विकसित भयो, यथा-
१
धर्मगुप्तिक र
२
सर्वास्तिवादी।
- सर्वास्तिवादिहरुबाट क्रमश: काश्यपीय, काश्यपीय बाट सांक्रान्तिक र सांक्रान्तिक बाट सूत्रवादी सौत्रान्तिक निकाय विकसित भयो । यस प्रकार स्थविरवादी निकाय बाट ११ निकाय विकसित भयो, जुन स्थविरवादी निकायको साथ जम्मा १२ हुन्छन् । दुबै प्रकारको निकाय भेद मिलेर जम्मा अठारह निकाय हुन्छन।