२०३४ सालमा मैले पञ्चायत तालीम
सहायकको तालीम पूरा गरेपछि म बझाङ्ग जाँदै थिएँ । एक दिन नेपालगन्जका बरिष्ठ
पत्रकार पूर्ण चुकेज्यू धम्वोजी चोकमा भेटिनुभयो । मलाई भन्भनुयो निष्पक्ष ध्वनि
साप्ताहिकको सम्बाददाता पनि भएर जानुहोस । मैले खोजेको काम पाएँ । बझाङ्गको लागि
सम्बाददाता नियुक्ति दिनुभयो । भाद्रमहिना तिर म परिवार सहित ग्जहाजबाट बझाङ्ग विमानस्थल पुग्दा यस्तो लाग्यो कि त्यहाँका
ग्रामिण जनता मलाई स्वागत गर्न भिड लागेका थिए । अचम्म मानेँ कसैलाई चिन्दिन थिएँ
। गुण्टा गान्टी वोकाएर कान्छा छोरा बोकेर चैनपुर बजार पुगीयो । डेरा जिल्ला
कार्यालय नजिकै व्यवस्था भयो मासिक रु ९०।
जिल्ला कार्यालयमा हाजीर भएँ ।
जिल्ला कार्यालयको साथै जिल्ला पञ्चायत कार्यालय पनि थियो । त्यो दिन त्यत्तिकै
आराम गरेँ । राती भुईचालो आयो ।
भोली पल्ट मलाई प्रगति चार्ट बनाउने
काम दिईयो यद्यपि मेरो काम त्यो थिएन । मेरो तत्कालिन हाकिम सानो विकास परियोजनाका
प्रमुख बलराम अधिकारी हुनुहुन्थ्यो । वहाँ पनि पञ्चायत तालीम अधिकृतबाट बढुवा
हुनुभएको रहेछ । त्यसवेला प्रमुख जिल्ला अधिकारी रुपबहादुर स्वाँर हुनुहुन्थ्यो ।
मेरो चौतर्फि कामको सीपले म सबै सित झयाम्मिएँ ।
पहिलो शनिबारको दिनमा बजारको
वस्तुस्थिति बुझ्न बजार घुमे बजार सँगै सेती नदी रैछ । नदीमा मान्छेका लाश देखेँ ।
त्यहाँ को चलन दाउराको अभावमा पुरै नजलाएर नदीमा हुत्याईदिने चलन थियो । मलाई यो
चलन मन परेन समाचारको लागि राम्रो मसला बन्यो ।
बझाङ्गमा पसेको केहि दिनमा नै
निष्पक्ष ध्वनि साप्ताहिक १० प्रति भैरहवाबाट आईपुग्यो । प्रति पत्रिका २ रुपैया
मात्रै थियो सबैले सित्ति मै लिएर पढे मैले बानी बसाल्न सित्तिमै पढन दिएँ ।
पत्रिकामा मेरो रचनाहरु र समाचारहरु पनि आउन थाल्यो । पत्रिका बझाङ्ग आईपुग्दा
मासिक भैसकेको हुन्थ्यो हुलाकबाट आउँदा ।
त्यसताक स्नातकोत्तर गर्न १ बर्ष राष्ट्रिय विकास सेवाको स्वयम् सेवक भएर जिल्लामा
खटिनुपर्ने हिसाबले रबिमोहन कोपिला र राजाराम सुवेदीज्यूहरु सित मेरो राम्रै
हिमचीम भयो ।
मलाई एकदिन सिडियो साहेबले कड्केर
भन्नुभयो ए शाक्यजी सरकारी कर्मचारी प्रेस सित सम्बन्ध गर्न पाईन्न भन्ने थाहा छैन
? मैले सोझो उत्तरदिएँ थाहा छैन हजूर । ल ठिक ठिक समाचार लेख्नु ।
रुपबहादुर स्वाँरज्युको सरुवा भएर अगाडीकव नाम बिर्सेँ रायमाझी सिडीयो भएर आउनु
भयो । उहाँ त झन रमाईलो मान्छे शनिवारकव दिन रमाईलो गर्ने पत्रकारजी भनेर तास
खेल्न वोलाउनुहुन्थ्यो । अरु सुब्बा खरिदार सीडीयोको अगाडी आउन पनि डराउँथे ।
म बझाङ्गको चर्चित १ मात्रै पत्रकार
पो भएछु । रासस प्रतिनीधि त थिए तर जाशुश जस्तै मात्रै मैले चिन्दिन थिएँ ।
म पञ्चायत सम्बन्धि तालीम चलाउन
गाउँ गाउँ १२ गाउँ पुगेर तालीम दिने मौका पाएँ । प्रधानपञ्च उप प्रधान पञ्च
सदस्यहरुलाई पञ्चायत व्यवस्था अपरिहार्य आधार ,सर्बोपरि साध्य
राज व्यवस्था, परिवfर नियोजन ,योजना तर्जुमा लगाएतका विषयहरु ३
दिनको तालीम दिनुपर्थ्यो । तालीमको साथै मैले समाचार सङ्कलन गर्ने पनि मौका पाएँ ।
म एक पत्रकार पनि भएकोले खरिदार
सरहको कर्मचारी भएपनि जिल्लाका अधिकृतहरु मेरो साथी सरह भए ।
कान्छा छोराको भातख्वाई गर्न खीर
बनाउन दुधको आवश्यक पर्यो तर दुध किन्न कतै पाईएन दुध बेच्ने चलन नै थिएन वल्लतल्ल
एकमाना दुध निशुल्क पाईयो । साथीहरुलाई सामान्य जलपान गराईयो । तोरीको तेल जिरा
किन्न नपाईने फलको नामा केरा पाईन्थ्यो ५ रुपैया कोशा त्यति बेला । गाउँ ठाउँ
जताततै बाबुसाहेबहरुको रवाफ मात्रै । त्यहाँ बस्दा पृथ्वी जङ्गबहादुर सिँहका
परिवार तथा राजा देवीजङ्ग सिँहका परिवार सित हेलमेल भएर ईतिहाँसको जानकारी लिने
मौका पाईयो । २२से २४से राज्य मध्य बझाङ्ग पनि एक ठूलै शक्तशाली राज्य थियो ।
एकिकरण भएपछि एकिकरण हुन नमानेर गोर्खाली सेना सित लडाई भएर तत्कालिन राजाको
मृत्यु भएको रैछ । बझाङ्गि राजाको छोरा सित स्व.राजाको वीरेन्द्रको बहिनी शान्तिको विहे भएकोले त्यहाँको सिँह परिवारको राजपरिवार सितको ठाट
बाँट थियो । छोरा बिरामी भएर श्रीमतीको साथमा नेपालगन्ज पठाएँ ।
बझाङ्गको समाचारहरु रमेशनाथ
पाण्डेको सम्पादनमा नयाँ सन्देश साप्ताहिकमा मा पनि सम्प्रेषण गर्न थालेँ । मेरो
समाचार लेख्ने तरिकाको सुधार हुँदैगयो ।
बझाङ्गमा १० महिना बसाई पछि तालीमको
लागि नेपालगन्ज जानु पर्यो आधा सामानहरु छोडेर बााकि सामान आफै बोकेर हवाई टिकटको अभावमा पैदलै ४ दिन हिँडेर बैतडी पुगेर त्यहाँबाट झुलाघाट पिथौडागढ हुँदै रेलबाट रुपैडिहा पुगीयो अनि पञ्चायत विकास
प्रशिक्षण केन्द महेन्द्रनगर नेपालगन्ज ।
पत्रकारिता निरन्तर चल्यो २०४०
सालमा हाकिम सित जहिल्यै झगडा भैरहने हुँदा मलाई व्यवस्था विरोधी राजद्रोही
शङ्कास्पद व्यक्ति सजग हुनुपर्ने कर्मचारी भन्ने आरोप लगाएर सुर्खेत सरुवा भयो ।
सुर्खेत आएपछि रासस प्रतिनीधी, देशान्तर साप्ताहिक, मातृभुमि साप्ताहिक, समीक्षा साप्ताहिक, जाआस्था साप्ताहिक, घटना र विचार साप्ताहिक, लगाएत जनमत अर्द्ध साप्ताहिक, कान्तिपुर दैनिक, त्यसपछि त सुर्खेतका साथीहरुलाई
थाहै छ मैले के के गरेँ ।
भवतु सब्ब मङ्गलम्