छ्ब्बीस सय वर्ष भन्दा केहि बढी समय पुर्व अवसर्पिणी कालको अन्तिम तीर्थंकर श्री महावीर स्वामीको जन्म भएको थियो | बिहार प्रान्तको वै्शाली गणराज्यको क्षत्रिय कुण्ड ग्रामको राजा सिद्धार्थको रानी त्रिशलादेवीको रत्न्कुक्षीबाट चैत्र शुक्ल त्रयोदशीको मध्यरात्रिमा प्रभुको जन्म भएको थियो | प्रभुको जन्मले त्रिलोकमा आनन्दोत्सव छायो | शिशु तीर्थंकरलाई सुमेरु पर्वतमा लगेर इन्द्रहरु र देवहरुले प्रभुको जन्म कल्याणक मनाए | विहान महाराज सिद्धार्थले पुरै जनपदको साथ मिलेर आफ्नो पुण्यपुज्ज पुत्रको जन्मोत्सव आयोजना गरे |
कुमारावस्थामा वर्धमान द्वारा गरेको महावीरोचित कार्यहरुको कारण तिनि ‘महावीर’ नामले विशेष विश्रुत भए | तीस वर्ष सम्म महावीर गृहवासमा रहे | यशोदा नामको राजकन्या सित महावीरको शुभविवाह पनि भयो | प्रियदर्शना नामकि उन्लाई एक छोरी पनि भयो | माता -पिता स्वर्गारोहण पश्चात
अग्रज नन्दीवर्द्धनको आग्रहमा महावीर दुई वर्ष सम्म घरमै बसे | आखिर तीस वर्षको उमेरमा मङ्गसीर कृष्ण दशमीमा उन्ले दिक्षा लिए |
महावीरको साधना काल बारह वर्ष छ्महीना र पन्द्र्ह दिनको रह्यो | यस अवधिमा भगवानले तप ,संयम र साम्यभावको विलक्षण साधना गरे | शुलपाणि , कटपुतना ,संगम आदि देवहरु , चण्डकौशिक आदि तिर्यंचहरु , अनार्यहरु तथा ग्वालहरु आदि मानवहरुले प्रभुलाई लोमहर्षक उपसर्ग दिए | प्रभुको कानमा कीला सम्म ठिक दिईयो | यद्यपि कष्ट –दाताहरुलाई पनि प्रभुले आफ्नो हितैषी नै मान्नुभो | समय मात्राको लागि पनि प्रभुको ह्रदयमा कष्ट दिनेहरु प्रति अन्यथा भावको उदय भएन | कैवल्य-प्राप्ति पश्चात प्रभुले तीस वर्ष सम्म धराधाममा विचरण गर्नुभयो | प्रभुको धर्मक्रान्तिले राजा देखि रंक सम्म प्रभावित भए | श्रेणिक , चेट्क , कोणिक , उदयन , प्रधोत प्रभ्रति अनेक राजा प्रभुको उपासक बने | अभय कुमार , नन्दीषेण , मेघकुमार जस्ता राजकुमार एवं शालिभद्र , धन्ना जस्ता धनाधीशहरुले अकूल वैभवलाई वास्ता नगरि प्रभुको अपरिग्रह- पथमा चरणन्यास गरि आत्माको परा-वैभव हस्तगत गरे | महावीरज्यूले अहिंसा , अपरिग्रह र अनेकान्त को उत्कट उदघोष गर्नुभयो | पशुबलि र अस्प्रश्यताको प्रबल विरोध गर्नुभयो | उहाँले भन्नुभयो-मनुष्य जन्मले होईन कर्मले महान हुन्छ | श्रेष्ठ कर्म गर्ने शुद्रकुलोत्पन्न व्यक्ति पनि ब्राह्मण हो |
७२ वर्षको उमेर सम्म विश्वलाई अध्यात्मको अमृत पान गराउनुभइ कार्तिक कृष्ण औंसीको राती पावापुरी नगरीमा प्रभुले मोक्षलाभ गर्नुभयो | प्रभुको निर्वाणको समय उपस्थित अठारह गण राजाहरुले रत्नहरुको प्रकाशले त्यस रातीलाई आलोकित गरेर प्रभुको निर्वाणोत्सव मनाए | अघतन यो दिवस दिपावलीको रुपमा भारतमा दीप मालाहरु प्रज्ज्वलित गरेर मनाईन्छ |
भगवानको चिन्हको महत्व
सिंह – चरम तीर्थंकर
भगवान महावीर स्वामीको चरण चिन्ह वनराज
सिंह हो | सिंह पराक्रम र शौर्यको प्रतिक हो | आफ्नो बलमा उ जङ्गलको राजा हुन्छ र आफ्नो क्षेत्रमा निर्भर भएर विचरण गर्छ | भगवान महावीरले भन्नभयो कि तिमी पनि सिंहको समान पराक्रमी , साहसी र निर्भयी बन | दुर्लभ , कायर र भयभीत रहने भूतहरुको भोजन बन्छ | कायर /कमजोरलाई सबैले खान चाहन्छ | कसैले पनि उस्को मद्दत गर्न आउँदैन | सिंहको बारेमा यो भनिन्छ कि उ भोकै मर्नसक्छ तर घाँस कहिल्यै खाँदैन | उस्को यस गुणबाट हामी यो शिक्षा लिन सक्छौं कि आफ्नो स्वभावको विपरीत कुनै काम नगर । खराब समयमा पनि खराब काम नगर | यस प्रकार -निर्भयव्रत्ति एवं स्वभावमा दृढ रहने शिक्षा हामी सिंहबाट लिन सक्छौं | यस प्रकार २४ तीर्थंकरहरुको चरण -चिन्हहरुबाट हामीलाई ज्ञान , प्रेरणा एवं शिक्षाको भण्डार उपलब्ध हुन्छ | यि चिन्हहरुको संकेतहरु / प्रेरणाहरुबाट हामी आफ्नो आध्यात्मिक
उत्कर्ष प्राप्त गर्न सक्छौं | सबै चिन्ह लोक मंङ्गलको प्रतिक हो |
भवतु सब्ब मङ्गलम् ।