एक अनौठो
यात्रामा म निस्कन्छु । मान्छे सित धेरै शास्त्र छन, तर अष्टावक्र—गीता जस्तो शास्त्र छैन । वेद पनि
फीका छ। उपनिषद धेरै मधुर स्वरमा बोल्छन । गीतामा पनि यस्तो गौरव छैन; जस्तो अष्टावक्रको संहितामाछ । केहि कुरा नै अनौठो छ !
सबै भन्दा ठूलो कुरा त यो हो कि न समाज, न राजनीति, न जीवनको कुनै अरु व्यवस्थाको कुनै प्रभाव अष्टावक्रको वचनहरुमा छ । यति
शुद्ध भावातीत वक्तव्य, समय र काल सित अतीत, अरु छैन । शायद त्यसैले अष्टावक्रको गीता,अष्टावक्रको संहिताको धेरै प्रभाव भएन ।
कृष्णको
गीताको धेरै प्रभाव भयो। पहिलो
कारण : कृष्णको गीता समन्वय छ। सत्यको त्यति चिन्ता छैन जति समन्वयको चिन्ता छ।
समन्वयको आग्रह यति गहिरो छ कि यदि
सत्यअलिकति हराए पनि कृष्ण राजी छ ।
कृष्णको
गीता खिचड़ी जस्तैछ त्यसैले सबैलाई ठीकलाग्छ किनकि सबैको केहि न केहि त्यस्मा मौजूद छ । यस्तो कुनै सम्प्रदाय
खोज्नु गाह्रो छ जुन गीतामा आफ्नो वाणी नखोजोस। अष्टावक्र समन्वयवादी होईन —सत्यवादी हो । सत्य जस्तोछ त्यस्तै छ—बिना कुनै लटरपटरको। सुन्नेलाई चिन्ता छैन । सुन्नेले बुझ्नेछ, बुझ्दैन यस्को पनि चिन्ता छैन ।
सत्यको यस्तो शुद्धतम वक्तव्य न पहिले भयो, नकहिले
पछि हुनसक्यो ।
कृष्णको
गीता मान्छेको प्रिय हो, किनकि आफ्नो अर्थ निकाल्नु धेरै सुगम छ ।
कृष्णको गीता काव्यात्मक हो : दुई र दुई पांच पनि हुनसक्छ, दुई र दुई
तीन पनि हुन सक्छ । अष्टावक्रको साथ कुनै
खेल सम्भव छैन । त्यहाँ दुई र दुई चार नै हुन्छ।
अष्टावक्रको वक्तव्य शुद्ध गणितको वक्तव्य हो। त्यहाँ काव्यलाई अलिकता पनि स्थान छैन। त्यहाँ कविताको लागि अलिकति पनि छूट छैन। जस्तो छ त्यस्तै भनेकाछन । कुनै किसिमको समझौता छैन। कृष्णको
गीता पढ़्यो भने भक्त आफ्नो अर्थ निकाल्छ,किनकि कृष्ण ले
भक्तिको कुरा भनेकाछन, कर्मयोगी आफ्नो अर्थ निकाल्छ, किनकि कृष्णले कर्मयोगको पनि कुरा भनेकाछन;ज्ञानी आफ्नो अर्थ निकाल्छ, किनकि कृष्णले ज्ञानको पनि कुरा गरेकाछन्। कृष्ण कहीं भक्तिलाई सर्वश्रेष्ठ भन्छन, कहीं ज्ञानलाई
सर्वश्रेष्ठ भन्छन, कहीं कर्मलाई सर्वश्रेष्ठ भन्छन।
कृष्णको
वक्तव्य धेरै नै राजनैतिक छ। तिनि
राजनेता थिए—कुशल राजनेता
थीए! केवल राजनेता थिए, यति नै भन्नु उचित होईन—कुटिल राजनीतिज्ञ थिए, डिप्लोमैट थीए।
उनको वक्तव्यमा धेरै कुराको ध्यान राखिएकोछ। त्यसैले सबैले
गीता बुझ्छन। त्यसैले त गीतामा
हजारों टीकाहरुछन्; अष्टावक्रमा कुनै चिंता गर्दैन । किनकि अष्टावक्रको
साथमा राजी हुनेभए तिमीले आफूलाई छोड़नुपर्छ। बिनाशर्त!
तिमी आफूलाई लैजान सक्तैनौ। तिमी पछाडी भए त जानसक्छौ। कृष्णको
साथ तिमील आफूलाई लैजानसक्छौ । कृष्णको साथ तिमीलाई बदलने कुनै आवश्यक पर्दैन। कृष्णको
साथ तिमी मौजूंद हुनसक्छौ ।
त्यसैले सबै सांप्रदायिकहरुले कृष्णको
गीतामा टीकाहरु लेखे—शंकरले, रामानुजले, निम्बार्क ले, वल्लभ ले, सबैले। सबैले आफ्नो अर्थ निकाले।
कृष्णले केहि यस्तो कुरा
भनेकाछन जुन बहु—अर्थी छ। त्यसैले मैले भन्छु काव्यात्मक छ। कविताबाट मनले चाहेको अर्थ निस्कन सक्छ ।
कृष्णको
वक्तव्य यस्तो छ जस्तो कि वर्षामा बादल घेरिएको हुन्छ । जे चाह्यो हेर्यो। कसैले देख्छ हात्तीको सूंड़; कोहि
चाहे गणेशजीलाई देखोस। कसैलाई केहि देखिन्न—उ
कहता भन्छ, कहाँ वाईहात कुरा गर्दैछौ? बादल छ! धुआँ—यस्मा कस्तो आकृतिहरु देखिरहेकाछौ ?
पश्चिममा
वैज्ञानिक मनको परिक्षणको लागि मसीको दाग ब्लटिंग पेपरमा राख्छन र मान्छेलाई भन्छ ,हेर, यस्मा के देखिन्छ? मान्छेले गहीरिएर हेर्छ, उसेलाई केहि देखिंदैन। त्यहाँ केहि पनि छैन, केवल ब्लटिंग पेपरमा मसीको दाग—फ्याँकिएको मसी, सोंच—विचारि फ्याकिएको होईन, त्यतिकै मसीको बोतलले मसी हालिदिएको मात्रै। तर हेर्नेहरु केहि न केहि खोजिहाल्छन। जो देखनेले खोज्छ त्यो उसको मनमा छ, त्यो आरोप लगाईहाल्छ ।
तिमीले देखेका होलाउ भित्तामा वर्षाको पनी हुन्छ, लामो
धर्का हुन्छ। कहिले मान्छेको अनुहार जस्तो पनि देखिन्छ,कहिले घोडाको जस्तो अनुहार। तिमी जे हेर्न चाहन्छौ, आरोपित गरिहाल्छौ ।
रातको
अंधेरोमा लुगा झुण्डिएकोछ— भूत—प्रेत देखिन्छ।
कृष्णको
गीता यस्तै छ—जुन तिम्रो मनमा छ, देखिनथाल्छ। त शंकर ज्ञान देख्छ , रामानुज भक्ति देख्छ, तिलक कर्म देख्छ—र सबै आफ्नो घर प्रसन्नचित्त फर्कन्छ कि ठीक, कृष्ण त्यहि हो जुन हाम्रो मान्यता छ।
इमर्सनले लेखेका छन कि कि एक पटक एक
छिमेकीले प्लेटोको किताबहरु उसित मागेर लग्यो। अब प्लेटो दुई
हजार साल पहिले थिए—र दुनियाँको थोड़ै — अनौठो विचारकहरुमा एक। केहिदिन पछि इमर्सन ले भन्यो, किताब पढ़िसकेकोभए फिर्ता गरिदेउ। छिमेकीले फिर्ता गर्यो । इमर्सन ले सोध्यो,कस्तो लाग्यो? उस्ले भन्यो कि ठीक। यस मान्छे, प्लेटोको विचार मसित मिल्दोजुल्दोछ। कतिपटक त मलाई यस्तो लाग्यो कि यस मान्छेलाई मेरो विचारोहरु कसरी थाहापायो! प्लेटो दुईहजार बर्ष पहिला थिए; यसलाई शङ्का लागिरहेकोछ कि मेरो विचार चोरेन!
कृष्णमा पनि यस्तो शंका धेरै पटक हुन्छ। त्यसैले कृष्णमा, सताब्दि बीत्यो, टीकाहरु चल्दैरहन्छ। हरेक सताब्दि आफ्नो अर्थ खोज्छ; हरेक मान्छे आफ्नो अर्थ खोज्छ। कृष्णको
गीता मसीको दाग जस्तै हो। एक कुशल राजनीतिज्ञको वक्तव्य हो।
अष्टावक्रको गीतामा तिमी कुनै
अर्थ खोज्न सक्दैनौ। तिमी आफूलाई छोड़ेर जान्छौ तब मात्रै अष्टावक्रको गीता स्पष्ट होला।
अष्टावक्रको सुस्पष्ट संदेश छ। त्यस्मा अलिकति पनि तिमी आफ्नो व्याख्या राख्न सक्दैनौ। त्यसैले मान्छेहरुले टीका लेखेनन। टीका लेख्ने ठाउँ छैन; ; तिम्रो मनको लागि सुविधा छैन कि तिमी केहि थप। अष्टावक्रले यस प्रकार वक्तव्य दिए सदियौं बित्यो, त्यस वक्तव्यमा कुनै केहि जोड़न पाएन, घटाउन पनि पाएन। धेरै कठिन छ यस्तो वक्तव्य दिन।
शब्दको साथ यस्तो कुशलता बड़ो कठिन छ।
त्यसैले मैले भन्छु एक अनौठो यात्रा तिमी गर्दैछौ।
अष्टावक्रमा राजनीतिज्ञहरुको कुनै उत्सुकता
छैन—न तिलकको, न अरविंद को, न गांधी को, न विनोबा को, कसैको कुनै उत्सुकता छैन। किनकि तिमी आफ्नो खेल खेल्न पाउँदैनौ। तिलकलाई उक्साउनुछ देश— भक्ति, उठाना छ
कर्मको ज्वार—कृष्णको गीता सहयोगी बन्छ।
कृष्ण सबैलाई काँध दिन तयार छैन। चाहे जस्ले उस्को काँधमा राखेर गोली, उ राजी छ। काँध उस्को, पछाडी
लुक्ने तिमीलाई सुविधा छ, र उस्को पछिबाट गोली चलाउ त गोली पनि
बहुमूल्य महशुश हुन्छ।
अष्टावक्र कसैलाई काँधमा हात राख्न दिँदैन। त्यसैले गांधीलाई कुनै उत्सुकता छैन, तिलकलाई कुनै उत्सुकता छैन; अरविंद, विनोबालाई कुनै लिनु—दिनु छैन। किनकि तिमी केहि थोप्न सक्दैनौ। राजनीतिको
सुविधा छैन। अष्टावक्र राजनीतिक पुरुष होईन ।
यस्तो सुस्पष्ट, खुला आकाश जस्तो
वक्तव्य, जस्मा बादल छँदैछैन, तिमीले कुनै आकृर्ति देख्न पाउँदैनौ। आकृति छोड़्छौ सबै, बन्छौ निराकार, अरूपको
साथ जोड़्छौ सम्बंध तब
अष्टावक्र बुझ्न सक्छौ। अष्टावक्रलाई बुझ्न चाहे ध्यानको गहिराईमा जानुपर्छ, कुनै व्याख्याले हुनेवाला छैन।
र ध्यानको लागि पनि अष्टावक्र भन्दैन कि तिमी बसेर राम—राम जप। अष्टावक्र भन्छ : तिमी जेगर, त्यो ध्यान न होला। कर्ता जहां छ त्यहाँ ध्यान कस्तो? जबसम्म गर्नुछ तब सम्म भ्रांति छ।
जब सम्म गर्नेवाला मौजूद छ तब सम्म अहंकार मौजूद छ।
अष्टावक्र भन्छन्हैं : साक्षी हुनु ध्यान—जहां कर्ता छूट्छ, तुम केवल हेर्ने रहिजान्छ, द्रष्टा—मात्र! द्रष्टा—मात्र
हुनुमा नै दर्शन हो। द्रष्टा—मात्रै हुनुले नै ध्यान हो। द्रष्टा—मात्रै हुनु मानै ज्ञान हो।
यो भन्दा पहिला हामी सूत्रमा जाउँ, अष्टावक्रको सम्न्बंमा केहि कुरा बुझ्नु जरूरी छ। धेरै थाहा छैन, किनकि न त ति सामाजिक पुरुष थिए, न राजनीतिक, त इतिहासमा कुनै उल्लेख छैन। बस अलिकति— घटनाहरु ज्ञात छ—ति पनि बड़ो
अजीब,भरोसा गर्ने योग्य छैन, तर
बुझेमा त
बड़ो गहीरो अर्थ खुल्छ।
पहिलो
घटना—अष्टावक्र जन्म्यो त्यो भन्दा पहिलाको; पछिको केहि थाहा छैन—गर्भको घटना। पिता—ठूलो
पंडित थिए। अष्टावक्र—आमाको
गर्भमा। पिता दैनिक वेदको
पाठ गर्छन र अष्टावक्र गर्भमा सुन्छ ।
एक दिन अचानक गर्भबाट आवाज आउँछ कि पर्ख ! यो सबै बकवास हो। ज्ञान यस्मा केहि पनि छैन—बस शब्दहरको संग्रह हो। शास्त्रमा ज्ञान कहां? ज्ञान स्वयंमा छ।
शब्दमा सत्य कहां? सत्य स्वयंमा छ।
पिता स्वभावत: रिसाए । एक त पिता, अनि ठूला पंडित! र गर्भमा लुकेको छोरा यस प्रकारको कुरा भन्ने ! अहिले त जन्मेको पनि छैन ! एकदम रिसाए, रिसले आगो भए। पिताको अहंकारलाई
चोट पर्यो । अनि ठूला पंडितको
अहंकार! ठूला पंडित थिए जो, बड़ो
विवादी थी, शास्त्रार्थी थीए। क्रोधमा
अभिशाप दियो कि जब जब जन्मन्छौ त आठ अंगले बाङ्गो होलास। त्यसैले नाम—अष्टावक्र। आठ ठाउँमा कुप्रो भएर जन्म्यो। आठ ठाउँ ऊंट जस्तै बाङ्गो तिङ्गो ! पिताले
क्रोधमा शरीरलाई विक्षत गरिदिए। यस्तै अरु कथा पनि छन ।
भनिन्छ कि, बुद्ध जब जन्मनुभयो त उभि—उभिइ जन्मनुभयो। आमा उभिनुभएको थियो रुखको तल। उभि उभि आमा थिईन उभि उभि जन्मनुभयो। भुईंमा खस्नुभएन कि हिंडनुभयो, सात पाईला हिंडनुभयो। आठौं पाईलामा पर्खिएर चार आर्य—सत्यहरको घोषणा गर्नुभयो, कि जीवन दुख छ—अहिले सात पाईला मात्रै चाल्नुभाको थियो पृथ्वीमा—कि जीवन दुख हछ; कि दुखबाट मुक्त हुने सम्भावना छ; कि दुख—मुक्तिको उपाय छ; कि दुख—मुक्तिको अवस्था छ, निर्वाणको अवस्था छ।
लाओत्सुको सम्बन्धमा
कथा छ कि लाओत्सु बूढ़ो जन्मिए, अस्सी वर्षको जन्मीए; अस्सी वर्ष सम्म गर्भ मै
रहे। केहि गर्ने चाहना नै थिएन त गर्भबाट निस्कने की चाहना पनि भएन। कुनै
वासना थिएन त संसारमा आउने पनि वासना भएन। जब जन्मीए त सेतै कपाल थिए; अस्सी वर्षको बूढ़ा थिए। जरथुस्त्रको सम्बंन्धमा
कथा छ कि जब जरथुस्त्र जन्मीए त जन्मिने बित्तिकै खित्का छोडेर हाँसे। तर यि सबैलाई मात गरिदिए अष्टावक्रले। यि त जन्मिने कुरा हुन । अष्टावक्रले आफ्नो पूरा वक्तव्य दिए जन्मिनु भन्दा अगावै ।
यि
कथाहरु महत्वपूर्ण छन्। यि
कथाहरुमा यि व्यक्तिहरुको जीवनको सबै सार—सम्पदा हो, निचोड़ हो। बुद्धले जुन जीवन भरिमा भन्नुभयो त्यसको निचोड. बुद्धले आष्टांगिक मार्गको दिनुभयो. त सात पाईला हिंडनुभयो, आठौमा
रुक्नुभयो। आठ अंग छन जम्मा। पुग्ने अंतिम अवस्था हो
सम्यक समाधि। त्यस समाधिको अवस्थामा नै थाहा हुन्छ जीवनको
पूरैको। ति चार आर्य—सत्यहरुको घोषणा गरिदिनुभयो ।
लाओत्सु बूढ़ो जन्मिए। मान्छेहरुलाई अस्सी बर्ष लाग्छ, तब पनि बुझ्न सक्तैन । बूढ़ो भएर पनि मान्छेहरु कहाँ बुद्धिमान हुन सक्छन र! बूढ़ो हुनु र बुद्धिमान हुनु पर्यायवाची त होईन। कपाल त घाममा पनि पाक्न सक्छ ।
लाओत्सुको
कथा यति नै भन्छ कि यदि
जीवनमा
त्वरा भए, तीव्रता भए त जुन अस्सी बर्षमा घट्छ त्यो एक क्षणमा घट्न सक्छ। प्रज्ञाको तीव्रता भए त एक क्षणमैन सक्छ। बुद्धि मलिन भए अस्सी बर्षमा पनि कहाँ घट्छ र !
जरथुस्त्र जन्मना साथ हाँसे।
जरथुस्त्रको धर्म एक्लो धर्म हो संसारमा जस्ला हाँस्दै गरेको धर्म भन्न सकिन्छ। अतिपार्थिव, पृथ्वीको
धर्म हो! त्यसैले त पारसी अरु
धार्मिकहरुलाई धार्मिक मान्दैनन्। नाच्दै—गाउँदै, प्रसन्न! जरथुस्त्रको धर्म हांस्दै गरेको धर्म हो; जीवनको स्विकारको धर्म हो; निषेध छैन, त्याग छैन। तिमीले कुनै
पारसी साधु देखेका छौ—नांङ्गै—भुतुङ्गै उभिएको,घाममा उभिएको धूनी बालेर बसेको? छैन, पारसी—धर्ममा जीवनलाई
सताउने, कष्ट दिने कुनै व्यवस्था छैन।
जरथुस्त्रको सारा संदेश यहि हो कि जब हाँस्दै परमात्मालाई पाउन सकिन्छ भने त रुँदै किन पाउने ?जब
नाच्दै पुग्न सकिन्छ त्यस मन्दिर सम्म भने अनर्थको किन काँडा रोप्ने? जब फूलहरु सित साथै
जान सकिन्छ भने यो
दुखवाद किन ? त्यसैले ठीक छ, प्रतिक ठिक छ कि
जरथुस्त्र जन्मने बित्तिकै नै हाँसे
खित्का छोडेर।
यि कथाहरुमा इतिहास न
खोज्नु। यस्तो भएकोथियो—यस्तै होईन। तर यि कथाहरुमा एक ठूलै गहीरो अर्थ छ ।
तिमी सित एक बीउ छ।
जब तिमी बीउलाई हेर्छौ त यसबाट जम्मिने फूलको कुनै पनि खबर पाईदैन। यो के हुन सक्छ, यस्को अलिकति पनि थाहा हुँदैन। कमल बन्ला फुल्ला पानीमा रहला र पानीबाट अछूतो रहला, सूर्यको किरणमा नाच्ला र सूर्य पनि ईर्ष्यालु होला—यस्को सौंदर्य सित, यस्को कोमलता सित, यस्को अपूर्व गरिमा, यस्को प्रसाद सित, यस्को सुगन्ध आकाशमा उड़्ला—यो बिउ देखेर थाहा पनि हुदैन। बिउलाई देखेरयस्को कुनै कल्पना पनि गर्न सक्तैन, अलिकति अनुमान पनि गर्न
सक्दैन। तर एक दिन यो हुन्छ नै ।
त दुई तरिकाले हामी सोंच्न सक्छौ। या त हामी बिउलाई हत्केलामा राखौं कसेर म भनुँ, जुन बिउमा देखिंदैन त्यो कमलमा पनि घट्न सक्दैन। यो
भ्रम हो। यो धोखा हो। यो झूठ हो।
जस्लाई हामी तर्कनिष्ठ भन्छौं, संदेहशील भन्छौं, उस्को यहि आधार हो। ति भन्छन, जुन बिउमा देखिन्न त्यो फूलमा हुन सक्तैन कतै भ्रांति भैरहेकोछ ।
त्यसैलेए संदेहशील व्यक्ति बुद्धलाई मान्नसक्तैन; महावीरलाई स्विकार गर्न सक्तैन; जीससलाई
अंगिकार गर्न सक्तैन। किनकि ति भन्छन, मैले जाने यिनलाई ।
जीसस ङ्कफ्नो गाउँमा आए, बड़ो
हैरान भए. गाउँकाहरुलाई कुनै वास्ता छैन। जीससको वक्तव्य हो कि पैगम्बरको आफ्नो गांउँमा
पूजा हुँदैन। कारण के होला? किन हुँदैन गाउँमा पूजा पैगम्बरको? गाउँका मान्छेहरुले बचपन देखि देखेकाछन : सिकर्मी जोसेफको छोरा हो! काठ ओसारेको देखेकाछन, आरा रन्दा चलाउँदै काठ
चिर्दै गरेको देखेकाछन, पसिनाले निथ्रुक्क भएको देखेकाछन्, बाटवमा खेल्दै गरेको झगडा गरेको देखेकाछन। गाउँकाहरुले बच्चै देखि चिनेकाछन—बिउ जस्तै। आज अचानक यो कसरी हुन सक्छ परमात्माको पुत्र भयो रे!
होईन, जस्ले बिउलाई देखेकाछन, उ फूललाई मान्न सक्तैन। उ भन्छ, अवश्य धोखा होला, बेईमानी होला । यो मान्छे पाखण्डी
हो।
बुद्ध आफ्नो घर कपिलवस्तु फर्के, त बुवा । सारा दुनियाले देखि रहेकोछ तर बाउलाई देखिंदैन ! सारा दुनियाँ
अनुभव गरिरहेको छ एक प्रकाश, टाढा—टाढा सम्म खबर गैरहेको थियो, टाढा टाढाबाट मान्छेहरु आउन थालेकाछन; तर जब
बुद्धफर्केर घर आये बाह्र बर्ष पछि, त बाउले भने मैले तिमीलाई अहिले पनि क्षमा गर्न सक्छु यद्यपि तिमीले काम त ठिक गरेनौ । तर
छोरा मसित बाउको हृदय छ।
मैले माफ गरिदिन्छु। ढोका तिम्रो लागि खुलैछ। तर फ्याँक यो
भिक्षाको पात्र! फाल भिक्षुको भेष! यो सबै मेरो अगाडी चल्दैन। तिमी फर्केर आउ। यो
राज्य तिम्रै हो। , यो राज्य कस्ले सम्हाल्छ? भयो अब यो वालकपन धेरै, अब बन् गर यो सबै खेल!
बुद्धले भन्नुभयो । कृपा गरेर मलाई त हेर्नुस! अब जे भयो त्यो फर्केर आउको छैन। यो कोहि अर्कै आएकोछ। जो तपाईको घर जन्मेको थियो त्यहि फर्केर आएको हवईन । यो कोहि अर्कै आएकोछ। बिउ
फूल भएर आएकोछ ।राम्ररी हेर्नुस।
बुवा शुद्धोधनले भन्यो, तिमी
मलाई सिकाउन आएकाछौ? जब
देखि जन्मेका थियौ तिम्रो बारे सबै थाहाछ। अरुलाई धोखा दिनु बाउलाई होईन । मैले अझे भन्छु। मैले तिमीलाई राम्ररी जान्दछु। मलाई केहि सिकाउनु पर्दैन। क्षमा गर्न तयारछु ।
बुद्धले भन्नुभयो : तपाई,
मलाई जान्नु हुन्छ ! म आफूले आफैलाई थाहा पाएकव थिईन। भर्खरै भर्खरै किरण आएकोछ र स्वयंलाई
जानेको छु। क्षमा गर्नुस! तर मैले यो भन्नैपर्छ कि जस्लाई तपाईले देख्नु भएको थियो,त्यो म होईन। र जहां सम्म तपाईले देख्नुभयो, त्यो म होईन। बाहिर—बाहिर तपाईले देख्नुभयो, भित्र तपाईले कहां देख्नुभयो ? म
हजूरबाट जन्मेको हुँ तर तपाईले मलाई निर्मित गर्नुभएन। म तपाईबाट आएको हुँ जसरी एक बाटोबाट कुनै बटुवा आएँछ, तर बाटो र बटुवाको के लिनुदिनुछ ? भोली बाटोले भन्ला कि मैले तिमीलाई चिन्छु तिमी म सित भएर आएको हो—त्यस्तै तपाई भन्दै हुनुहुन्छ। तपाई भन्दा अघि पनि म थिएँ। जन्मौं— जन्मौं देखि
मेरो यात्रा
यात्रा चलिरहेकोछ। तपाईबाट आएकव अवश्य हुँ म अरुबाट पनि आएकोछु। अरु पनि मेरो बुवा थिए, अरु पनि मेरो आमा थिए। तर मेरो हुनु बडो फरक— फरक हुन।
कठिन छ साह्रै कठिन, अति कठिन छ! यदि बिउलाई देखे त
फूलमा भरोसा लाग्दैन।
एक त ढंग हो अश्रद्धालुको, तर्कवादीको, संदेहशीलको, कि उ भन्छ कि बिउलाई मैले चिन्दछु, त फूल हुनै सक्तैन। मैले हीलोलाई थाहाछ, त्यस हीलोबाट कमल कसरी हुन सक्छ? सबै गलत! सपना होला। भ्रांति होला। कुनै मोह—जालमा फस्यो होला । कसैले धोखा दियो। एक
टो छ श्रद्धालुको—प्रेमीको, भक्तको, सहानुभूतिले भरिएको हृदयको—त्यो फूललाई
देख्छ र फूलको पछिबाट यात्रा गर्छ। उ भन्छ, जब फूलमा यस्तो सुगंध भयो, जब फूलमा यस्तो विभा प्रगट भयो, जब फूलमा यस्तो प्रतिभा, जब फूलमा यस्तो कुंआरापन देखे, त अवश्य बीउमा पनि थियो होला। किनकि जुन
फूलमा भयो त्यो बीउमा न होस, त यो हुनै सक्तैन।
यि सारा कथाहरु भएकाछन, यस्तो
होईन।जस्ले अष्टावक्रकोके फूललाई
देखे । म सित कोहि सोध्छन कि तपाई सित बचपनमा धेरैले पढ़े होंला—स्कूलमा, कलेजहरुमा—ति देखिंदैन! ति कसरी देखिएला! ति भरोसा गर्न सक्तेन। अति कठिन छ तिनिहरुलाई।
सबै महापुरुषहरुको जीवन—कथाहरु दुई तरिका लेखिन्छ । जुन उन्का विपरीत छन्, ति बचपन देखि यात्रा शुरू गर्छन; जुन उन्का पक्षमा छन, ति अंत बाट यात्रा शुरू गर्छन र बचपन तिर जान्छन। दुबै एक
अर्थमा सही हो। तर जुन बचपन देखि यात्रा गरेर अंत तिर जान्छन, ति वंचित हुन्छन। उन्को
सही हुनु उन्को लागि आत्मघाती हो, जो अंत देखि यात्रा गर्छन र पछाडी तिर जान्छन, ति धन्यभागी हुनकिनकि धेरै कुराहरु तिनलाई अनायास मिल्छ, जुन कि पहिला तर्कवादिहरुलाई पाउँदैन।
अब जस्ले
अष्टावक्रको कथालाई हेर्ला, उ सुन्दै : 'गलत! असंभव!' यह कथा जस्ले पनि लेख्यो उस्लाई पनि थाहानहोला कहीं कोहि गर्भबाट
बोल्छ! ति तयति भनिरहेकोछ कि जो आखिर मा प्रगट भयो त्यो गर्भमा
मौजूद थियो होला । जुन
वाणी आखिरमा आयोत्यो कुनै न कुनै गहीरो तलमा
गर्भमा पनि मौजूद थियो होला, अन्यथा आउँथ्यो कहाँबाट, ? शून्यबाट थोरै केहि आउँछ! हरेक चीजको पछाडी कारण छ। देख्न सकेन हामीले तर किन थियो त मौजूद। यि सारा कथाहरु यसैको सूचना दिन्छ।
अष्टावक्रको संम्बंन्धमा अर्को कुरा जुन
ज्ञात छ, त्यो जब उ बाह्र
वर्षका थिए। बस दुई कुरा ज्ञात छ। तेस्रो उन्को
अष्टावक्र—गीता हो; या केहि मान्छे भन्छन 'अष्टावक्र—संहिता'। जब ति
बाह्र वर्षका थिए त
एक ठूलै विशाल शास्त्रार्थ जनकले रच्यो।
जनक सम्राट थिए र उनले सारा
देशभरिका पंडितहरुलाई निमंत्रण गरे। र उन्ले एक
हजार गाई राजमहलको ढोकामा उभ्याईदिए र ति गाईको
सींङ्गमा सुनले मोडी दियो हीरे—जवाहरात लट्ईदिए र भने, 'जो जित्ला उस्ले यि गाईहरु लैजाउ।’
बड़ो
विवाद भयो ! अष्टावक्रको बाउ पनि त्यस विवादमा गयो। खबर आयो
सांझ हुँदै गर्दा बाउ
हारिरह्यो। सबै सित जिति सकेको थियो, वंदिन नामको एक पंडित सित हारिरहेकोथियो। यो खबर सुनेर अष्टावक्र पनि राजमहल पुग्यो। सभा सजीएको थियो। विवाद अन्तिम चरम अवस्था मा थियो। निर्णायक समय नजिक आएको थियो। बाउको हार्ने स्थिति बिलकुल निश्चित भैसकेको थियो। अब हारेयो तब हार्यो की
अवस्था थियो।
अष्टावक्र दरबार भित्र गयो। पंडितहरुले उस्लाई देख्यो। महापंडित जम्माथिए! उस्को आठ अंङ्गहरुले बाङ्गो तिङ्गो शरीर! उ हिंडदा पनि मान्छ्लाई हाँसो लाग्थ्यो । उस्को हिंडनु पनि बड़ो
हास्यास्पद थियो। सारा सभा हाँस्न थाल्यो। अष्टावक्र पनि खित्का छोडेर हाँस्यो। राजा जनकले सोधे. ' सब हाँस्छन, ट्ट्यो त मैले बुझ्छु किन हाँस्दैछन भनेर, तर छोरा तिमी किन हाट्ठ्दै छौ ?'
अष्टावक्रले भन्यो. 'म यसकारण हाँसिरहेकोछु कि यि
चमारहरुको सभामा सत्यको
निर्णय भैरहेकोछ!' बड़ो...
मान्छे अनौठो थिए होला! 'यि
चमार यहां के गरिरहेका छन?'
सुनसान छायो सभा!.. चमार! सम्राटले सोध्यो. 'तिम्रो मतलब?' उस्ले भन्यो: 'सोझै कुरा छ। यिनलाई छाला देखिन्छ, म देख्याछैन। म भन्दा सोझो मान्छे पाउनु गाह्रो छ, त्यो त यिनलाई देखिंदैन; यिनलाई बाङ्गो तिङ्गो शरीर देखिन्छ। यी
चमार हुन ! यि छालाका जानकार हुन्। राजन, मंदिर को
टेढ़ो हुनाले कहीं आकाश टेढ़ो हुन्छ? घड़ा
फूटेको हुनाले कहीं आकाश फूट्छ? आकाश त निर्विकार छ।
मेरा शरीर टेढ़ा—मेढ़ो छतर म
त होईन। यो जुन भित्र बसेको छ यस तर्फ त हेर! यसले तिमी सीधा—सादा र केहि खोज्न सक्तैनौ।’
यो ठूलो झस्किन घोषणा थियो, सुनसान
छायो होला।
जनक प्रभावित भयो, झटका खायो। निश्चित नै कहां चमारहरुको भीड़ जम्मा भएर बसेकोछ ! स्वयम df पश्चाताप भयो, अपराध लाग्यो कि म पनि हाँसे। त्यस
दिन त केहि भन्नै पर्ने होला, तर अर्को दिन विहान जब सम्राट घूम्न निस्केकाथिए त बाटोमा अष्टावक्र देखियो। घोड़ाबाट ओर्ल्यो, खुट्टामा
पड्यो । सबैको अगाडी हिम्मत गर्न सकेन, एक दिन पहिले।
एक दिन पहिले भनेका थिएकि, 'बाबु, तिमी किन हाँस्छौ?' बारह बर्षको केटो थियो । उमेर बुझेको थियो। आज उमेर बुझेन। आज घोड़ाबाट ओर्ल्यो र खुट्टामा ढोग्न थाल्यो—साष्टांग
दंडवत! र भन्यो : आउनुहोस राजमहल, मेरो जिज्ञासाहरुको समाधान गरिदिनुहोस! हे प्रभु, आउनुहोस मेरो घर! कुरा मैले बुझें! रात भरि म सुत्न सकिन। ठीकै भन्यौ : शरीरलाई जस्ले चिन्छ यस्को पहिचान गहीरो कहाँ उस्को पहिचान
गहीरो कहां! आत्माको बारेमा विवाद गरिरहेकाछन, र अहिले पनि शरीर मा रस
र विरस उत्पन्न हुन्छ, घृणा, आकर्षण उत्पन्न हुन्छ! मर्त्यलाई देखिरहेकोछ, अमृतको
चर्चा गर्छन! धन्यभाग मेरो कि तपाई आउनुभयो र मलाई झस्काई दिनुभयो! मेरो नींद्रा भङ्ग गरिदिनुभयो! अब आउनुहोस!
राजमहलमा बड़ो सजावट बनाएको थियो। स्वर्ण—सिंहासनमा बसालेका थिए यस बारह बर्षको अष्टावक्रलाई र उसित
जिज्ञासा गर्यो । पहिलो सूत्र जनकको जिज्ञासा हो । जनकले सोध्यो, अष्टावक्रले बझायो ।
यो भन्दा धेरै अष्टावक्रको बारेमा केहि थाहा छैन— र अरु थाहा पाउनु आवश्यक पनि छैन। यति नै प्रशस्त छ। हीरा धेरै हुँदा पनि हुँदैन, कंकड़—ढुङ्गा नै धेरै हुन्छन । हीरा एउटै भएपनि धेरै हुन्छ। यि दुई स्यानो घटनाहरुछन ।
एक त जन्मनु भन्दा पहिले :
गर्भबाट आवाज र घोषणा गर्यो 'के पागलपनमा परेकाछौ? शास्त्रमा अल्झि रहेका छौ, शब्दमा अल्झिरहेकाछौ? जाग! यो
ज्ञान होईन, यो सबै उधारो हो। यो सबै
बुद्धिको नै जाल हो, अनुभव छैन। यसमा रत्तिभरपनि सार छैन। कहिले सम्म आफूलाई भ्रममा राख्छौ ?'
दोश्रो घटना : राजमहलमा हाँस्नु पंडितहरुको र भन्नु अष्टावक्रको, कि जीवनमा
देखने दृष्टिहरु छन—एक आत्म—दृष्टि, अर्को चर्म—दृष्टि। चमार
छालालाई देख्छ। प्रज्ञावान आत्मालाई देख्छ ।
तिमीले ख्याल गर्यौ ? चमार तिम्रो अनुहार तिर हेर्दैन, उ जूतालाई देख्छ। असलमा
चमार जूता देखेर सबै थाहा पाउँछ तिम्रो बारेमा कि आर्थिक हालत कस्तो छ; सफलता पाईरहेकोछ कि विफलता , भाग्य कस्तो चलिरहेकोछ। त्यो सबै उस्ले जुत्तामा ददेख्छ । जूताको सिलाई भनिदिन्छ । तिम्रो जुत्ताको दशाले भनिदिन्छ । जूतामा तिम्रो आत्मकथा लेखेकोछ । चमारले पढिहाल्छ। जूतामा चमक, जूताको
ताजा र नया हुनु, चमार तिमीसित प्रसन्नता पुर्वक भेट्छ। जूता नै
उसको लागि तिम्रो आत्माको प्रमाण हो ।
दर्जीले कपड़ा हेर्छ। तिम्रो कोट—कपड़ा देखेर थाहा
पाउँछतिम्रो आर्थिक स्तर।
सबैको आफ्नो बाँधेको दृष्टिहरुछन्।
केवल आत्मावान मात्रै आत्मालाई
देख्छ । उस्को कुनै दृष्टि छैन।
उसित दर्शन छ।
एक स्यानो घटना अरु—जुन अष्टावक्रको जीवन सित सम्बंन्धित
छैन, रामकृष्ण र विवेकानंदको जीवन सित सम्बंन्धित
छ, तर अष्टावक्र सित उस्को जोड़ छ—अब हामी सूत्रहरुमा प्रवेश गरौं।
विवेकानंद रामकृष्ण कहाँ आयो, तब उनको नाम 'नरेंद्रनाथ' थियो।’विवेकानंद' त पछि रामकृष्णले भनेको । जब आयो
रामकृष्ण कहाँ त अति विवादी थिए, नास्तिक थिए, तर्कवादी थिए। हरेक
चीजको लागि प्रमाण चाहन्थ्यो ।
केहि
चीजहरु छन जस्को लागि कुनै
प्रमाण होईन—मजबूरी छ। परमात्माको लागि कुनै प्रमाण छैन; र प्रमाण छैन।
प्रेमको लागि कुनै प्रमाण छैन; र प्रमाण छैन। त्यस्तै सौंदर्यको लागि कुनै प्रमाण छैन ।
भनिन्छ, मजनूले भन्यो लैलालाई हेर्न मजनूको
आंखाले हेर्नुपर्छ। ठीक भन्यो। लैलालाई हेर्नेअरु कुनै उपाय छैन ।
मजनूलाई राजाले वोलाएर भन्यो तँ
बहुला छस । मैले तेरो लैलालाई जान्दछु
साधारण—केटी हो, काली—कलूटी, केहि खास त छैन। तँलाई देखेर दया लाग्छ । यि मेरो
राजमहलकि बारह सुन्दरी केटीहरुछन्, यि यस देशका सुंदरतम केटीहरु हुन, यस मध्य तिमीले कोहि छानेर लिनसक्छौ। उसले हेर्यो र भन्यो यस मध्य त कोहि पनि लैला छैन। यी लैलाको प्रतिष्पर्धामा त परै जावस, उस्को पाईलाको धूलो पनि छैन ।
सम्राटले भन्यो मजनू तँ बहुला होस ।
मजनू ने कहा : यह हो सकता है। लेकिन एक बात
आपसे कहना चाहता हूं—लैला को देखना हो तो मजनू की आंख चाहिए। ठीक कहा मजनू ने।