वीरेन्द्रनगर सुर्खेत
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका उपकूलपती प्रा डा पदमलाल देवकोटाले विश्वविद्यालयकोलागि कुनैपनि जग्गा नभएकोले निर्माणा कार्यको लागि रु दुई करोड एकहत्तर लाख छुट्याईउकोले त्यसकोलागि सुर्खेत उपत्यका नगर विकास समितिबाट प्तिबद्धता गरिएको र भवक अधिकार समेत दिईएको जग्गमा यथाशिघ्र म प वि विको नामा जग्गा दर्ता गरी पुर्जा दिन ढीलाई भएको कुरा एक अन्तरकृयामा व्यक्त गर्नुभयो । यस म प वि वि को २०६७ सालको रु ६०००००००। ६ रोड बजेट विकाश गरी निकासा भएको बताउनुभयो । उक्त अवसरमा बिभन्न राजनैतिक पार्टीका प्रतिनीधिहरुले प्रतिबद्धता व्यक्त गरेकाथिए । यसरी व्यक्तगर्ने हरुमा ए नेकपा माओवादीका ईन्चार्ज गम्भीर नेकपा एमालेका शिवप्रसाद गौतम, रा प्र पा नेपालका प्रतिनीधि, नेपाली कांग्रेसका प्रतिनीधी श्याम भारती,, राष्ट्रीय जनमोर्चाका प्रतिनीधी नेमकिपाका जनक सुनार, राजपाका बसन्त थापाले गर्नुभएको थियो ।पूर्व जिविस सभापती गोबिन्दबहादुर मल्ल तथा बालकृष्ण बिसी र पूर्व नगर प्रमुख बालाराम शर्माले पनि बोल्नुभएको थियो ।सो अवसरमा पूर्व सांसद हृदयराम थानी,पूर्व स्वास्थ्य राज्यमन्त्री सभासद खड्गबहादुर बस्यालले पनि बोल्नुभएको थियो ।
मप वि. वि.को एन २०६७को दफा ३२को प्रावधान अनुसार म प वि विको एउटा छुट्टै कोष स्थापना गर्नु पर्ने उपकूलपतीले बताउनु भएकोथियो । गा वि स जिविस तथा मालपोतबाट उठ्ने रकम गुमी क्याम्पस तथा पश्चिमको क्याम्पसहरुलाई पनि उपलव्ध गराउनुपर्ने उक्त अन्तरकृयामा सहभागिहरुले विचार व्यक्त गरेकाथिए । मप वि. वि.को लागि धनधान्य महायज्ञ बाट उठेको रकम १०करोडको बारेमा कुनै जानकारी भएन र जग्गादान अहिले सम्म वि.वि.को नाममा नामसारी नभएको बुझिएकोछ।
No comments:
Post a Comment