जीवनकुमार शाक्य
हरेक प्राणी एक दिन
मर्नै पर्छ ।
तैपनि अनावश्यक
घमण्ड किन गर्छ ।
चाहे धनले सम्पन्न
होउ या बलले ।
बाँधेर लैजान्छ
एकदिन कालले ।
हरेक प्राणी एक दिन मर्नै पर्छ ।
जगत जित्ने नेता किन
नहुन एक दिन त मर्छ मर्छ ।
संगालेर राखेको सबै
अभिमान त सबै झर्छ झर्छ ।
चाहे रुपवान होस वा
रुपवती शरीर त छोड्नै पर्छ ।
ब्राम्हण होस वा
क्षेत्री वैश्य होस वा दलित ।
हरेक प्राणी एक दिन मर्नै पर्छ ।
चाहे धनले सम्पन्न होउ या बलले ।
बाँधेर लैजान्छ एकदिन कालले ।
सन्तानले भरी भराउ
होस वा निसन्तान ।
जोगी होस या भिक्षु
ज्ञानी होस या मूर्ख किन गर्छौ अभिमान ।
साङ्ग होस या अपाङ्ग
देख्ने होस या नदेख्ने ।
हरेक प्राणी एक दिन मर्नै पर्छ ।
चाहे धनले सम्पन्न होउ या बलले ।
बाँधेर लैजान्छ एकदिन कालले ।
कुनै जिव जन्तु होस
या बोट बिरुवा एक दिन त मर्छ ।
कुनै वस्तु होस वा
निर्जिव आगो होस या पानी ।
केवल केहि दिनको हो
यो नाटकीय जिन्दगानी ।
हरेक प्राणी एक दिन मर्नै पर्छ ।
चाहे धनले सम्पन्न होउ या बलले ।
बाँधेर लैजान्छ एकदिन कालले ।