अनु. दुण्डबहादुर वज्राचार्य
भगवान् परिनिर्वाण भएपछि परिनिर्वाणको साथ-साथै सहम्पति ब्रहृमाले यो
गाथा प्रकट गरे(
"लोकका सबै प्राणीहरूले एकन एकदिन छाडेर जानेछन्, जहाँ
कि लोकका अद्वितीय शास्ता दशविधज्ञान-बल प्राप्त तथागत सम्बुद्ध जस्ता पनि
परिनिर्वाण हुनुभयो ।"
भगवान् परिनिर्वाण भएपछि परिनिर्वाणको साथ-साथै शक्र देवेन्द्रले यो
गाथा प्रकट गरे(
"अनिच्चा वत सङ्खारा, उप्पादवय
धम्मिनो ।
उप्पज्जित्वा निरुज्झन्ति, तेसं
वूपसमो सुखो'ति ।।"
"सबै संस्कारहरू अनित्य हुन्, उत्पन्न
हुनु र विनाश हुनु( स्वभावधर्म हुन्, उत्पन्न भई निरुद्ध हुन्छन्, ती
संस्कारहरूको उपशान्त हुनु नै सुख हो ।"
भगवानको परिनिर्वाणको साथ-साथै आयुष्मान् अनुरुद्धले यी गाथाहरू
प्रकट गर्नुभयो(
"नाहु अस्सासपस्सासो,
ठितचित्तस्स तादिनो ।
अनेजो सन्तिमारब्भ, चक्खुमा
परिनिब्बुतो ।।
"असल्लीनेन चित्तेन,
वेदर्न अज्झवासयि ।
पज्जोतस्सेव निब्बानं,
विमोक्खो चेतसो अहू'ति ।।"
"स्थितचित्त तथा अचल हुनुभएका -तथागत) को आश्वासप्रश्वास भएन,
तृष्णारूपी रजबाट मुक्तभई अनेज -निर्मल) हुनुभएका चक्षुमान् शान्तिको
कारण परिनिर्वाण हुनुभयो ।"
"निर्लिप्त प्रफुल्ल चित्तद्वारा वेदनालाई अधिवासन गर्नुभयो,
प्रद्योत निभ्नेझै चित्त पनि विमुक्त भयो ।"
भगवान् परिनिर्वाण भएपछि परिनिर्वाणको साथ-साथै आयुष्मान् आनन्दले यो
गाथा प्रकट गरे (
"तदासि यं सनकं,
तदासि लोमहंसनं ।
सब्बाकारव रूपेता, सम्बुद्ध
परिनिब्बुते'ति ।।"
"सबै प्रकारले श्रेष्ठतामा पुग्नुभएका सम्बुद्ध परिनिर्वाण भएको
बेलामा रोमाञ्चित भएको थियो, लोमहर्षा भएको थियो ।"
भगवानको परिनिर्वाण हुनासाथै अवीतरागी भिक्षुहरू दुवै हातले बाहु
समातेर रोइरहेका थिए । काटेको रुख ढलेझै
जमिनमा लडेर यताउति लडेर विलाप गरिरहेका थिए( 'यति
चाँडै भगवान् परिनिर्वाण हुनुभयो । यति चाँडै सुगत परिनिर्वाण हुनुभयो । यति चाँडै
चक्षुष्मान् -बुद्ध) लोकबाट अन्तर्धान हुनुभयो । परन्तु जो ती भिक्षुहरू वीतरागका
थिए उनीहरूले स्मृतिसम्प्रजन्य राखी (धैर्य धारण गरी) सहन गरिरहेका थिए( 'संस्कार
अनित्य छ, अतः कसरी सधैँ पाउन सकिएला -'
अनि आयुष्मान्
अनुरुद्धले भिक्षुहरूलाई आमन्त्रणा गर्नुभयो( "भैगो, आवुसो !
शोक नगर, नरोओ । आवुसो ! भगवान्ले पहिले नै भन्नुभएको थियो( सबै प्रिय मनापसित
बिछोड हुनुपर्छ, छोड्नुपर्छ, सधैँ
कहिले सँगै बस्न पाउँला – जति पनि उत्पन्न -जन्मेका) छन्,
त्यी सबै भूत संस्कारका हुन्, ती सबै
नाशवान हुन् । हाय् ! त्यो नाश नहोस यो कुरो सम्भव छैन । आवुसो ! -भगवान्को
परिनिर्वाण हुनाले यस बेला) देवताहरू पनि विलाप गर्दैछन् ।
"आवुसो आनन्द !
पृथ्वी संज्ञी देवताहरू आकाशमा आ-आफ्ना केश फिंजारेर रोइरहेका छन् । दुवै हातले
बाहु समातेर रोइरहेका छन् । काटेको रुख ढलेझैं जमिनमा लडेर बसिरहेका छन् । यता उति
लडेर गुडेर भनीरहेका छन्( 'यति चाँडै भगवान् परिनिर्वाण हुनुभयो ।
यति चाडै सुगत परिनिर्वाण हुनुभयो । यति चाँडै चक्षुष्मान् लोकबाट अन्तर्धान
हुनुभयो । आबुसो आनन्द ! पृथ्वी संज्ञी देवताहरू पृथ्वी (जमीन) मा आ-आफ्ना केश
छाडी रोइरहेका छन् । दुवै हातले बाहु समातेर रोइरहेका छन् । काटेको रुख ढले झै
जमिनमा लडेर बसिरहेका छन् । यताउति लडेर, गुडेर भनीरहेका
छन्( 'यति चाँडै भगवान् परिनिर्वाण हुनुभयो । यति चाँडै सुगत परिनिर्वाण
हुनुभयो । यति चाँडै चक्षुष्मान् लोकबाट अन्तर्धान हुनुभयो ।' 'परन्तु
जो ती देवताहरू वीतरागका छन् उनीहरूले स्मृति सम्प्रजन्य राखी सहन गरिराखेका छन्(
सङ्खार -संस्कार) अनित्य छ, अतः कसरी सधैँ पाउनु सकिएला -' आयुष्मान्
अनुरुद्धले र आयुष्मान् आनन्दले अवशिष्ट रात्रिपर्यन्त (बाँकी रात भर) धार्मिक कथा
सुनाउँदै बिताउनुभयो ।
अनि आयुष्मान्
अनुरुद्धले आयुष्मान् आनन्दलाई यस्तो भने( जाऊ, आवुसो
आनन्द ! कुसीनारामा गई कुसीनाराका मल्लहरूलाई खबर गर( "वाशिष्ठ हो ! भगवान्
परिनिर्वाण हुनुभयो । अब जस्तो उचित सम्झ समय हेरी गर ।" "हवस्, भन्ते
!" भनी आयुष्मान् आनन्दले आयुष्मान् अनुरुद्धलाई प्रत्युत्तर दिएर पूवाण्ह
समय चीवर पहिरी पात्र चीवर धारण गरी अर्को एकजना भिक्षु साथ कुसीनारामा प्रवेश
गर्नुभयो । त्यस बेला कुसीनाराबासी मल्लहरू केही (विशेष अर्थात् त्यही) कामले
संस्थागारमा एकत्रित भईरहेका थिए । अनि आयुष्मान् आनन्द जहाँ कुसीनाराको मल्लहरूको
संस्थागार हो, त्यहाँ जानुभयो । त्यहाँ जानुभई कुसीनारावासी
मल्लहरूलाई यसो भन्नुभयो( "वाशिष्ठ हो ! भगवान् परिनिर्वाण हुनुभयो । अब
जस्तो उचित सम्झ समय हेरी गर । आयुष्मान् आनन्दको कुरा सुनी मल्लहरू, मल्लपुत्रहरू,
मल्लवधूहरू, मल्लप्रजापतिहरू दुःखित दुमना, दुःख
समर्पित-चित्त राखी कोही कोही त केश छाडी रोइ रहेका थिए । दुवै हातले बाहु समातेर
रोइरहेका थिए । काटेको रुख ढलेझै जमिनमा लडेर यताउति लडेर, गुडेर
विलाप गरिरहेका थिए( 'यति चाँडै भगवान् परिनिर्वाण हुनु भयो । यति चाँडै सुगत परिनिर्वाण हुनुभयो ।
यति चाँडै चक्षुष्मान् (बुद्ध) लोकबाट अन्तर्धान हुनुभयो ।'
बुद्धको शरीर पूजाः अनि
कुसीनाराका मल्लहरूले (केही) मानिसहरूलाई काम अर्हाए( 'भणे !
जाऔ, कुसीनाराका सबै सुगन्ध, माला तथा बाजाहरू जम्मा गर ।' अनि
कुसीनाराका मल्लहरूले सुगन्ध, माला, सबै
प्रकारका बाजाहरू तथा ५०० थान दोसल्ला वस्त्र लिएर जहाँ मल्लहरूको उपवत्तन शालवन
हो, जहाँ भगवान्को शरीर राखिएका छ, त्यहाँ
गए । त्यहाँ पुगेपछि उनीहरूले भगवान्को शरीरलाई नृत्य, गीत
वाद्य, माला, सुगन्धद्वारा सत्कार गर्दै, गौरव
राख्दै, मान राख्दै, पूजा गर्दै (रंगी विरंगी कपडाको)
चँदुवा बनाउँदै, मण्डल बनाउँदै पूरा दिनभर बिताए ।
अनि कुसीनाराका
मल्लहरूलाई यस्तो भयो( 'भगवान्को शरीर दाह संस्कार गर्नलाई आज धेरै नै
अबेर भयो । अब भोलि (मात्र) हामी भगवान्को शरीर दाह संस्कार गर्नेछौ । अनि कुसीनाराका मल्लहरूले भगवान्का
शरीरलाई नृत्य, गीत, वाद्य, माला,
सुगन्धद्वारा सत्कार गर्दै, गौरव राख्दै,
मान राख्दै पूजा गर्दै, चँदुवां बनाउँदै, मण्डप
बनाउँदै, दोस्रो दिन पनि बिताए ।
तेस्रो दिन पनि । चौथो दिन पनि
। पाँचौं दिन पनि । छैठौं दिन पनि बिताए ।'
त्यसपछि सातौं दिन
कुसीनाराका मल्लहरूलाई यस्तो भयो( 'हामी भगवान्को शरीरलाई नृत्य, गीत,
वाद्य, माला, सुगन्धद्वारा
सत्कार गर्दै, गौरव राख्दै, मान
राख्दै पूजा गर्दै नगरको दक्षिणको दिशाको बाहिरै बाहिरबाट लगेर नगरको दक्षिण
दिशामै भगवान्को शरीर दाह-संस्कार गरौं ।'
अनि मल्लहरूका आठजना प्रमुख मल्लहरू शिर नुहाई नयाँ वस्त्र लाएर
भगवान्को शरीरलाई उठाउन खोजे -परन्तु) उनीहरूले उठाउन सकेन । अनि कुसीनाराका
मल्लहरूले आयुष्मान् अनुरुद्धलाई भने( "भन्ते अनुरुद्ध ! के कारण र के प्रत्यय होला जसले गर्दा हामी आठ
प्रमुख मल्लहरूले भगवान्को शरीर उठाउन खोज्दा उठाउन नसकेको -"
"वाशिष्ठ हो !
तपाईंहरूको विचार अर्कै छ, देवताहरूको विचार (अभ्रि्राय) अर्कै छ
।"
"भन्ते !
देवताहरूको के विचार छ -"
"वाशिष्ठ हो !
तपाईंहरूका विचार हो( हामी भगवान्को शरीरलाई नृत्य पूजा गर्दै नगरको दक्षिण दिशाको
बाहिरै बाहिरबाट लगेर नगरको दक्षिण दिशामै भगवान्को शरीर संस्कार गर्ने -भन्ने
हो) । देवताहरूको विचार हो( हामी भगवान्को शरीरलाई दिव्य नृत्य, गीत,
वाद्य, माला, सुगन्धद्वारा
सत्कार गर्दै, गौरव राख्दै, मान
राख्दै, पूजा गर्दै नगरको उत्तर दिशाबाट उत्तर लगेर उत्तरद्वारबाट प्रवेश
गर्राई नगरको मध्य भागमा लगेर पूर्वद्वारबाट बाहिर लगेर नगरको पूर्व दिशातिर
(जहाँ) मुकुटबन्धन भन्ने मल्लहरूको चेतिय हो त्यहाँ भगवान्को शरीर दाह संस्कार
गरौं -भन्ने रहेको छ) ।"
"भन्ते !
त्यस्तो भए जस्तो देवताहरूको विचार (अभ्रि्राय) हो त्यस्तै होस् ।"
त्यसबेला कुसीनारामा
घुँडा सम्म मन्दार -पारिजात) पुष्प वृद्धि भयो । अनि देवताहरू र कुसीनाराका
मल्लहरूले भगवान्को शरीरलाई दिव्य नृत्य, गीत, वाद्य,
माला, सुगन्धद्वारा सत्कार गर्दै गौरव राख्दै,
मान राख्दै, पूजा गर्दै नगरको उत्तर दिशाबाट उत्तर
लगेर उत्तरद्वारबाट प्रवेश गर्राई नगरको मध्य भागमा लगेर पूर्वद्वारबाट बाहिर लगेर
नगरको पूर्व दिशातिर -जहाँ) मुकुटबन्धन भने मल्लहरूको चेतिय हो त्यहाँ भगवान्को शरीर ल्याएर राखे ।
अनि कुसीनाराका
मल्लहरूले आयुष्मान् आनन्दसँग सोधे( "भन्ते आनन्द ! हामीले तथागतको शरीरलाई
के गर्नुपर्छ -"
"वाशिष्ट हो !
जस्तो चक्रवर्ती राजाको शरीरलाई गर्नु पर्ने हो त्यस्तै नै तथागतको शरीरलाई पनि
गर्नु पर्छ ।"
"भन्ते !
चक्रवर्ती राजाको शरीरलाई कसरी गर्नुपर्छ -"
"वाशिष्ठ हो !
चक्रवर्ती राजाको शरीरलाई नयाँ वस्त्रले वेर्नँ पर्छ । त्यसपछि राम्ररी धुलाइ
गरिराखेको रुवा कपास राखेर फेरि नयाँ वस्त्रले बेर्नुपर्छ । यसरी रुवा-कपास र नयाँ
बस्त्रले पाँचसय पटक बेरेर चक्रवर्ती राजाको शरीरलाई तेल भरिएको सुवर्णरोणीमा राखी
अर्को सुवर्णफलाम) को खाली द्रोणीले छोपी सबै चन्दन आदि सुगन्धित काष्ठादि दाउराको
चिता बनाई चक्रवर्ती राजाको शरीरलाई जलाइन्छ । चतुमहापथ (ठूलठूला चौबाटो) मा
चक्रवर्ती राजाको स्तूप बनाइन्छ । वाशिष्ठ हो ! जसरी चक्रवर्ती राजाको शरीर-क्रिया
गरिने हो त्यसरी नै तथागतको शरीर-क्रिया गर्नुपर्छ । चतुमहापथमा तथागतको स्तूप
बनाउनुपर्छ । त्यहाँ जो कोहीले माला, गन्ध, चूर्ण
चढाउँछ अथवा चित्त प्रसन्न पार्छ उसको निमित्त दीर्घकाल सम्म हित सुख हुन्छ
।"
अनि कुसीनाराका
मल्लहरूले मानिसहरूलाई काम अर्हाए( "जाओ, भणे !
राम्ररी धुलाइ गरिराखेको कपास जम्मा गर । अनि कुसीनाराका मल्लहरूले भगवान्को
शरीरलाई नयाँ वस्त्रले बेरे त्यसपछि राम्ररी धुलाई गरिराखेको रुवा कपास राखेर फेरि
नयाँ वस्त्रले बेरे । एवं रीतले पाँचसय पटक बेरेर भगवान्को शरीरलाई तेल भरीएको
सुवर्णरोणीमा राखी अर्को सुवर्णफलाम) को खाली द्रोणीले छोपी सबै चन्दन आदि
सुगन्धित काष्ठादि दाउराको चित्ता बनाई भगवान्को शरीरलाई चितामा राखे ।"
महाकश्यपद्वारा दर्शनः त्यसबखत
आयुष्मान् महाकश्यप पाँचशय (५००) महान् भिक्षुहरूका साथ पावाबाट कुसीनगर
जाँदैहुनुहुन्थ्यो । अनि आयुष्मान् महाकश्यप बाटाको छेउ लागी एक रुखमुनि बस्नुभयो
। त्यसबखत एक आजीवक कुसीनगरबाट मन्दार फूल लिई पावा जाँदै थियो । आयुष्मान्
महाकश्यपले सो आजीवकलाई टाढैबाट आइरहेको देख्नुभयो । अनि सो आजीवकलाई यसो
भन्नुभयो( "आवुसो ! हाम्रा शास्तालाई जान्दछौ के -"
"आवुसो !
जान्दछु । श्रमण गौतम परिनिर्वाण भएको आज सातदिन भइसक्यो । मैले यो मन्दार फूल
त्यहाँबाट ल्याएको हुँ । -यो सुनेर) त्यहाँ जो ती अवीतरागी भिक्षुहरू थिए
तिनीहरूमध्ये केही टाउको समाती भुइमा लडीबुडी गर्दै रुनथाले । "चाँडै नै
भगवान् परिनिर्वाण हुनुभयो, चाँडै नै सुगत परिनिर्वाण हुनुभयो र
चाँडै नै लोकबाट आँखा बिलायो ।" जो ती बीतरागी भिक्षुहरू हुन् तिनीहरू होश र
र्धैयराखी बसे । "संस्कारहरू अनित्य हुन्, ती कहाँ पाउन
सकिन्छन् र ! "
त्यसबखत सुभद्र भन्ने
वृद्ध प्रव्रजित त्यस परिषद्मा बसेका थिए । अनि सुभद्र वृद्ध प्रव्रजितले ती
भिक्षुहरूलाई यस्तो भने( "आवुसो ! भइहाल्यो शोक नगर, न रोओ ।
अब हामी उहाँ महाश्रमणबाट सुविमुक्त भयौं । उहाँ छँदा 'यो
गर्नुहुन्छ, यो गर्नुहुन्न' भन्ने
कुराबाट हामी पीडित थियौं । अब जे चाहन्छौ त्यही गर्न सक्नेछौ । जे चाहदैनौं
त्यो गर्नेछैनौं ।"
अनि आयुष्मान्
महाकश्यपले भिक्षुहरूलाई सम्बोधन गर्नुभयो( "आवुसो ! भइहाल्यो न रोऊ, शोक
नगर । आवुसो ! भगवान्ले हामीहरूलाई पहिले नै सबै प्रियवस्तुबाट सबै मनपर्ने
वस्तुबाट नानाभाव, विनाभाव तथा अन्यथाभाव हुन्छ भनी बताउनुभएको छ,
होइन त -" आवुसो ! अब त्यो कसरी पाउन सकिन्छ र ! जो जन्मिन्छ,
देखिन्छ र संस्कारित हुन्छ त्यो विनाश स्वभावको हुन्छ । त्यसैले
तथागतको शरीरलाई छुन नसकोस् भनी कसरी भन्न सकिएला र ।"
त्यसबखत चारजना
प्रमुख मल्लहरूले शिर नुहाई नयाँ वस्त्र लगाई ( "हामी भगवान्को चितामा आगो
लगाउँछौ" भनी आगो लगाउँदा आगो बाल्न सकेनन् । अनि कुसीनगरका मल्लहरूले
अनुरुद्धलाई भने( "भन्ते अनुरुद्ध ! के कारण र के प्रत्यय होला जसले गर्दा यी
चारजना मल्लहरूले भगवान्को चितामा आगो बाल्न नसकेका -"
"वासे !
देवताहरूको विचार अर्कै छ ।"
"भन्ते !
देवताहरूको के विचार छ त -"
"वासे !
देवताहरूको विचार ( यी आयुष्मान् महाकश्यप पाँचशय महान भिक्षुहरूका साथ पावाबाट
कुसीनगर आउँदै हुनुहुन्छ । जबसम्म आयुष्मान् महाकश्यपले भगवान्को श्रीचरणमा ढोग्ने
छैनन् तबसम्म भगवान्को चिताको आगो बल्नेछैन ।"
"भन्ते !
त्यसोभए जस्तो देवताहरूको विचार हो त्यस्तैहोस् ।"
अनि आयुष्मान्
महाकश्यप कुसीनगरको मुकुटबन्धन भन्ने मल्लहरूको जहाँ चैत्य हो र जहाँ भगवान्को
चिता थियो त्यहाँ जानुभयो । त्यहाँ पुगेपछि चीवर एकांश गरी हातजोरी तीनपटक चिता
घुमी भगवान्को श्रीचरणमा शिरले ढोग्नुभयो । ती पाँचशय भिक्षुहरूले पनि चीवर एकांश
गरी हातजोरी तीनपटक चिता घुमी भगवान्को श्रीचरणमा ढोगे । आयुष्मान् महाकश्यप र ती
पाँचशय भिक्षुहरूले ढोगेपछि भगवान्को चितामा आफ आफ्आगो बल्यो ।
यसरी बलेपछि भगवान्को
शरीरमा जो छाला, मासु, नसा तथा लसिका
थिए तिनीहरूको न गोल देखियो न खरानी नै । शरीरहरू मात्र बाँकी रहे । जस्तै( कुनै
घ्यू वा तेल बल्दा त्यसको कुनै गोल वा खरानी देखिन्न त्यस्तैगरी भगवान्को शरीर
बल्दा पनि भएको थियो । केबल शरीरहरू मात्र बाँकी रहेका थिए । ती पाँचशयपत्र
कपडाहरूमध्ये दर्ुइ पत्र मात्र बलेका थिएनन् । सबभन्दा भित्रको र सबभन्दा बाहिरको
। भगवान्को शरीर जलिसकेपछि आकाशबाट शालवृक्षको फेदको मोठाइ बराबर, त्रि्राको
मोटाइ बराबर, पाखुराको मोटाइ बराबरको पानीको धाराले भगवान्को
चिता निभाइदियो र कुसीनगरमा मल्लहरूले पनि सुगन्धित पानीले भगवान्को चिता निभाए ।
अनि कुसीनगरका मल्लहरूले भगवान्को धातुहरूलाई सन्थागारमा राखी संगीनै संगीनले
पिञ्जरा जस्तो पारी पर्खालले घेरे झै धनुषधारीहरूद्वारा घेरी एकसातासम्म
बाजागाजासहित नाचगान तथा सुगन्धित फूलमालाहरूद्वारा सत्कार, गौरव,
मानसहित पूजा गरे ।
शरीर धातु विभाजनः
मगधराजा अजातशत्रुले सुने ( "भगवान्
कुसीनगरमा परिनिर्वाण हुनुभयो ।" अनि मगधराजा अजातशत्रुले कुसीनगरका
मल्लहरूकहाँ दूत पठाए ( "भगवान् पनि क्षत्री हुनुहुन्छ म पनि क्षत्री हूँ ।
भगवान्को शरीरधातु म पनि चाहान्छु । मैले पनि भगवान्को शरीरधातुको स्तूप -चैत्य)
बनाउने छु र महोत्सव पनि गर्नेछु
।"
वैशाली (देश) का
लिच्छवीहरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि वैशालीका लिच्छवीहरूले कुसीनगरका मल्लहरूकहाँ दूत पठाए (
"भगवान् पनि क्षत्री हुनुहुन्छ हामी पनि क्षत्री हौं । भगवान्को शरीर धातु
हामी पनि चाहान्छौ । हामी पनि भगवान्को शरीर धातुको स्तूप (चैत्य) बनाउनेछौ र महोत्सव पनि गर्नेछौ
।"
कपिलवस्तुका शाक्य
(राजा) हरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिवाण हुनुभयो ।'
अनि कपिलवस्तुका शाक्यहरूले कुसीनगरका मल्लहरूकहाँ दूत पठाए ( 'भगवान्
हाम्रा जाति (परिवार) को हुनुहुन्थ्यो । भगवान्को शरीरधातु हामी पनि चाहान्छौ ।
हामी पनि भगवान्को शरीर धातुको स्तूप
(चैत्य) बनाउनेछौ र महोत्सव पनि
गर्नेछौ ।
अल्लकप्प (देश) का
बुलि (राजकुमार) हरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि अल्लकप्पका बुलिहरूले कुसीनगरका मल्लहरूकहाँ दूत पठाए ( 'भगवान्
पनि क्षत्री हुनुहुन्छ हामी पनि क्षत्री हौं
भगवान्को शरीर धातु हामी पनि चाहान्छौ । हामी पनि भगवान्को शरीर धातुको
स्तूप (चैत्य) बनाउने छौ र महोत्सव पनि गर्नेछौ ।'
रामग्रामका कोलिय
-राजा) हरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि दूत पठाए ( 'भगवान् क्षत्री हुनुहुन्छ हामी पनि
क्षत्री हो । भगवान्को शरीर धातु हामी पनि
चाहन्छौ । हामी पनि भगवान्को शरीरधातुको स्तूप बनाउने छौ र महोत्सव
पनि गर्नेछौ ।'
वेठदीपका
ब्राहृमणहरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि ( दूत पठाए ( 'भगवान् क्षत्री हुनुहुन्छ, हामी
पनि ब्राहृमण हौं । भगवान्को शरीरधातु हामी पनि चाहान्छौ । हामी पनि भगवान्को
शरीरधातुको स्तूप बनाउने छौ र महोत्सव पनि
गर्नेछौ ।'
पावाका मल्ल (राजा)
हरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि दूत पठाए ( 'भगवान्
क्षत्री हुनुहुन्छ, हामी पनि क्षत्री हौं । भगवान्को शरीर धातु
हामी पनि चाहान्छौ । हामी पनि भगवान्को शरीर धातुको स्तूप बनाउने छौ र महोत्सव
पनि गर्नेछौ ।'
यी कुरा सुनेर
कुसीनगरका मल्लहरूले एकत्रित भएका स‹ र गण सभालाई यस्तो भने ( "भगवान्
हाम्रो ग्रामक्षेत्रमा परिनिर्वाण हुनुभयो, हामी
भगवान्को शरीर-धातुको भाग दिन्नौं ।"
यो कुरा सुनेर द्रोण
ब्राहृमणले त्यो सभागणलाई गाथाद्वारा यस्तो भनेः (
"तपाईंहरू मेरो
एक वचन सुन्नुहोस् ! हाम्रो बुद्ध क्षान्तिवादी हुनुहुन्थ्यो । उत्तम पुरुषको
शरीर-भागको कारणले सम्प्रहार हुनु यो राम्रो होइन ।"
"तपाईं हामी सबै
एकछन्द र एकमत भई, परस्पर प्रसन्न भई आठ भाग गरौं । धेरै जना
चक्षुष्मान् बुद्धप्रति प्रसन्न छन् । त्यसैले सबै दिशामा स्तूपको विस्तार होस् !
"
"हे ब्राहृमण !
त्यस्तो भए तपाईंले नै भगवान्को शरीर-धातु समान रूपले आठ भागमा विभाजन
गरिदिनुहोस्" भनी उपस्थित भएका सबैले भने ।
"हुन्छ"
भनी द्रोण ब्राहृमणले त्यो सभासद्लाई उत्तरदिई भगवान्को शरीरधातु आठ भागमा बराबर
विभाजित गरी स‹गणसँग यस्तो अनुरोध गरेः (
"तपाईंहरूले
मलाई यो 'तुम्ब' दिनुहोस्, म पनि यो
'तुम्ब' राखी स्तूप बनाई महोत्सव गर्नेछु ।"
द्रोण ब्राहृमणलाई 'तुम्ब'
दिए । द्रोण ब्राहृमणले पछि सो 'तुम्ब'
राखी स्तूप बनाई महोत्सव
मनाए ।"
पिप्पलीवन -नामक देश)
का मोरियो -मौर्य) हरूले पनि सुने ( 'भगवान् कुसीनगरमा परिनिर्वाण हुनुभयो ।'
अनि Ò दूत पठाए ( 'भगवान्
क्षत्री हुनुहुन्छ, हामी पनि क्षत्री हौं । भगवान्को शरीर धातु
हामी पनि चाहान्छौ । हामी पनि भगवान्को शरीरधातुको स्तूप बनाउने छौ र महोत्सव
पनि गर्नेछौ ।'
भगवान्को शरीर धातु
-अस्थ्यवशेषहरू) बाँडी सक्यो अब बाँकी छैन
-सिध्यो) । यहाँबाट गोल र खरानी लैजाओ । उनीहरूले त्यहाँबाट गोल र खरानी लगे ।
धातु स्तूप पूजाः अनि,
(१) मगधराजा अजातशत्रुले राजगृहमा भगवान्का शरीर धातुहरू राखी स्तूप
बनाएर महोत्सव पनि गरे । (२) वैशालीका लिच्छवीहरूले पनि वैशालीमा भगवान्का शरीर
धातुहरू राखी स्तूप बनाएर महोत्सव पनि गरे । (३) कपिलवस्तुका शाक्यहरूले पनि
कपिलवस्तुमा भगवान्का शरीर धातुहरू राखी स्तूप बनाएर महोत्सव पनि गरे । (४)
अल्लकप्पका बुलिहरूले पनि अल्लकप्पमा भगवान्का शरीर धातुहरू राखी स्तूप बनाएर
महोत्सव पनि गरे । (५) रामग्रामका कोलियहरूले पनि रामग्राममा भगवान्का शरीर
धातुहरू राखी स्तूप बनाएर महोत्सव पनि गरे । (६) वेठदीपका ब्राहृमणहरूले पनि
वेठद्वीपमा भगवान्का शरीरधातुहरू राखी स्तूप बनाएर महोत्सव मल्लहरूले पनि
कुसीनगरमा भगवान्का शरीर धातुहरू पनि गरे ।(७) पावाका मल्लहरूले पनि पावामा भगवान्का शरीरधातुहरू राखी स्तूप बनाएर महोत्सव
पनि गरे । (८) कुसीनगर (कुसीनारा) का राखी स्तूप बनाएर महोत्सव पनि गरे । (९)
द्रोण ब्राहृमणले पनि तुम्ब राखी स्तूप बनाएर महोत्सव पनि गरे । (१०) पिप्पलीवनका
मौर्यहरूले पनि गोल र खरानी राखी (अंगार-) स्तूप बनाएर महोत्सव पनि गरे । यसरी
भगवान्को शरीर धातु राखेर बनेका आठवटा स्तूप र नबौचाहिँ तुम्बस्तूप र दसौंचाहिँ
गोल र खरानीको अंगार-स्तूप (८११) गरी जम्मा दशवटा पूर्वकालमा थिए ।
चक्षुष्मान् (मार्ग उपदेश
तथागत) को शरीर धातु जम्मा आठ द्रोण (माप) थियो ।
तीमध्ये सात द्रोण मात्र
जम्बुद्वीपमा पूजित भईरहेछ । तथा उहाँ पुरुषोत्तम (बुद्ध) का एक द्रोण रामग्रामका
नागराजाद्वारा पूजित भईरहेको छ ।
(भगवान्का ती शरीर
धातुहरूमध्ये) एउटा दन्त र्स्वर्गलोकमा देवताहरूद्वारा पूजित भईरहेको छ, एउटा
गन्धारपुरमा र अर्को एउटा कलिङ्गराजको देशमा तथा एउटा दन्त नागराजद्वारा पूजित
भईरहेको छ । उहींकै तेजबाट यो धन धान्य रत्न खानि जस्ता समलंकृत पृथ्वी अलंकृत छन्
।
यसरी चक्षुष्मान् (बुद्ध) का
शरीर (धातु) सत्कृतभन्दा सत्कृत
मानिसहरूद्वारा राम्ररी
सत्कृत (पूजितÖसम्मानित) भयो ।
देवेन्द्र, नागेन्द्र, नरेन्द्रहरूद्वारा पूजित, तथा श्रेष्ठ
(समाजका प्रतिष्ठित)
व्यक्तिहरूद्वारा पनि पूजित भयो ।
त्यसलाई .(अगाडि पाएर) दुवै हात जोडेर प्रणाम गर,
(किनकि) बुद्धलाई पाउनु भेटाउनु
सयौं कल्पमा पनि दुर्लभ छ ।
उहाँका चालीसवटा दातहरू,
केश, लोम आदि सबै एक एक
गरी देवताहरूले नाना चक्रवाल
(ब्रम्हाण्ड)मा र्सवत्र फैलाइदिए ।
बुद्धको अन्तिम यात्रा विवरण
समाप्त ।
No comments:
Post a Comment