Thursday, September 19, 2013

चित्त




                                                                              जीवनकुमार शाक्य

मानिसको चित्त चंचल चपल छ यो संसारलाई चित्तले नै नियन्त्रण गरि राखेकोछ चित्तले नै तान्दै लगिराखेकवछ । यहि चित्तले नै सबैलाई बसमा पारेकोछ । चित्ते नीयति लोको चित्तेन परिक्स्ती । जुनसुकै अवस्थामा पनि
 मन पूर्वगामी हुन्छ मन श्रेष्ठ छ मनले नै सबै व्याप्त भएकोछ अथवा यो संसार मनोमय छ मनो पुब्बङ्गमा धम्मा मनोसेठ्ठा मनोमया ।
भगवान बुद्ध भन्नुहुन्छ मैले अर्को कुनै एउटा धर्मलाई देखेको छैन जसलाई दमन नगरेपछि नसम्हाले पछि रक्षा नगरेपछि अत्यन्त अनर्थकारी हुन्छ त्यो धर्महो चित्त । भिक्षुहरु दमन गरेपछि सम्हालेपछि रक्षा गरेपछि संयम गरेपछि यो चित्त महान अर्थकारीहुन्छ।
बुद्धको शासन सबै प्रकारको अकुशल त्रपाप कर्मलाई छोड्नको निम्ति सबै किसिमका कुशल कर्म गर्नको निम्ति आफ्नो मनलाई शुद्ध निर्मल गर्नको निम्ति नै हो सब्ब पापस्स अकरणं कुसलस्स उपसम्पदा । सचितपरियोदनमं एतं बुद्धासासं ।
चित्तलाई शुद्ध र निर्मल गर्नको निम्ति समथ र विपश्यना ध्यानको अभ्यास गर्नुपर्छ । चित्तको स्थिति बुझ्न चित्तलाई नियन्त्रण गर्न चित्तलाई नै तालीम दिन अरुकुनै उपाय कसैमा कुनैमा ५न केवल विपश्यना व्दारामलाई कफा मात्रै चित्तलाई शुद्ध निर्मल गर्न सकिन्छ । साबुन पानीले शरीरको मैलो धुने जस्तै चित्तलाई ध्यानले नै धुनुपर्छ । फलामकै करौंती वा धारीलो छडीले काट्ने जस्तै चित्तलाज्ञ चित्तले नै अनुसन्धान खोज गरी चित्तको बिकारहरु मैलाहरु सफा ग विधि नै ध्यान हो जो अरुकुनै आलम्बनको ध्यान नभै आफ्नै चित्तले नै अर्थात मनले नै मनलाई बिगार्छ मनले नै शुद्ध गर्छ । संसारमा मन भन्दा ठूलो कुरा अरु केहि छैन ।
यहि मनले नै मानिसलाई असल बनाउँछ यहि मनले खराब बनाउँछ । चित्तमा क्रोधको बिकार जागृत नभए सम्मकसैले पनि अरु प्रति हानी कार्य गर्न सक्तैन । चित्तलाई क्रोधमा जागृत गराउने साधन कि आँखा हो कि स्रोत अथवा कान हो। आफ्नो चित्तको व्देष उत्पन्न नभै क्रोध उत्पन्न हुँदैन । त्यसतै वासना पनि हो वासना चित्तमा  उत्पन्न हुन स्पर्श वा दृष्यले कार्य गर्छ । अभिधम्मअनुसार चित्तलाई १२१ प्रकारले बिभाजन गरेकोछ । यसो हेर्दा चित्त त एउटै जस्तो देखिन्छ । भगवान बुद्धले अंगुत्तर निकायमा भन्नुभएको छकि चित्त स्वभावैले प्रभायवरछ । यसलाई बाहिरको उपक्लेशले उपक्लिष्ट गरेको हुन्छ । चित्तको बारेमा बुझ्न सरलछैन । चैतसिकहरु कुशल वा अकुशल स्वभावका हुन्छन । श्रद्धा लज्जा पापदेखि त्रास प्रज्ञम आदि कुशल चैतसिकहरु मिलेको चित्तलाई पनि कुसल चित्त भनिन्छ । अभिधर्म पिटकको पहिलो ग्रन्थ धम्मसङ्गणी मा चित्तलाई कुशल अकुशल र अव्याकृत रुपले विभाजन गरिएकाछन् ।
धम्म पदमा यसरी भनिएकोछ ।
मन सबै प्रवृत्तिहरुको प्रधान हो। सबै धर्म (असल या खराब) मन बाटै उत्पन्न हुन्छन् । यदि कोहि दूषित मनबाट कुनै कर्म गर्छ भने त्यसको परिणाम दुःख नै हुन्छ । दुःख त्यसको अनुसरण त्यस्को प्रकारले गर्छ जुन प्रकारले बयलगाडी चक्का गोरुको खुरको चिन्हको पछि पछि लाग्छ ।
मन सबै प्रवृत्तिहरुको प्रधान हो। पुण्य र पाप सबै धर्म मनबाटै उत्पन्न हुन्छन् । यदि कोहि प्रसन्न मनबाट केहि भन्छ वा केहि गर्छ भने त्यसको फल पनि सुख नै हुन्छ । सुख उस्को पछि लाग्छ त्यसै छोडदैन जुन प्रकारले मान्छेको छायाँ उस्को साथ कहिल्यै छोडदैन । यहाँ धर्मको अर्थ "विचार" हो कृपया गलत अर्थ नलिनुहोला ।
धम्मपदको चीत्तवग्गमा यसरी उल्लेखछ ।

धम्मपद चित्त वग्ग
३४ जसरी पानीबाट निकालेर भुईमा फालिएको माछा छटपटाउँछ
   त्यस्तै मारको फन्दाबाट उम्कनको लागि यो चित्त छटपटाउँछ ।

३५ यस्तो चित्तको दमन गर्नु राम्रो हो जसलाई बसमा गर्नु कठीनछ
जो शिघ्रगामी छ र जहाँ चाह्यो यता उति जान्छ दमन गरिएको चित्त सुख दिने हुन्छ ।

३६ जो बडो दुर्दशछ कठीनाईपुर्वक देखिने बडो चलाकछ
जहाँ चाह्यो त्यहिं पुग्छ बुझ्नेलाई चाहिन्छ कि यस्तो चित्तको रक्षा गरोस
सुरक्षित चित्त बडो सुखदायि हुन्छ ।

३७ जो कोहि पुरुष महिला गृहस्थ वा प्रवज्जित दूरगामी एक्ले हिंड्ने
शरीर रहित गुहाशायि चित्तलाई संयमित गर्छ उ मारको बन्धबाट मुक्त हुन्छ ।

३८ जस्को चित्त अस्थिरछ जो सद्धर्मलाई जान्दैन ।
 जस्को श्रद्धा असन्तुलनछ उस्को प्रज्ञा परिपूर्ण हुन सक्तैन ।

३९ जस्को चित्तमा राग छैन जस्को चित्त व्देष रहितछ ।
जो पा पुण्य विहिन छत्यस सजग क्षिणासब रहनेलाई कुनै भय हुन सक्तैन ।

४० यस शरीरलाई घैंटो समान भङ्गुर जानेर र चित्तलाई गढको समान रक्षित र दृढ बन्यो
 प्रज्ञारुपी सस्त्रको साथमा मार सित युद्ध गरेर त्यसलाई जितेर पनि चित्तको रक्षा गर्यो अनाशक्त भैरह्यो ।


 भवतु सब्ब मङ्गलम् ।


धम्मपद



प्राक्कथन
भगवानबुद्धको अमरबाणी धम्मपदको भाषानुवाद तपाई समक्ष प्रस्तुत गर्न पाउँदा मलाई साहै हर्ष लागेकोछ । यो भाषानुवाद विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूको पाली हिन्दी बाट नेपालीमा अनुवाद गर्ने कोशिश गरेकोछु। हुन त म भाषा बिज्ञ होईन तथापी नेपालीमा बौद्ध ग्रन्थको अभाव खट्केकोले यो धम्मपदलाई प्रस्तुत गर्न आवश्यक ठानी प्रस्तुत गरेकोछु । यो ग्रन्थ विश्वभरीको ग्रन्थहरुमा अन्य धर्म ग्रन्थहरुको जस्तै उच्च स्थान रहेकोछ । विपश्यनाको प्रचार प्रसारको साथ साथै यसको लोकप्रियता पनि बढदै जानेछ । यस्मा अलि कति पनि शंका छैन । विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूले दश दिनको विपश्यना शिविरहरुमा साधनालाई राम्रो संग बुझाउनकोलागि वहाँले धेरै उदाहरण दिनुहुन्छ । यसैले पनि थाहा हुन्छ कि यसको महत्व कति धेरै छ । ध्यानले विचार गरेर हेर्नेहोभने साधनालाई बलीयो बनाउने अगाध प्रेरणा जगाउने खालकोछ ।
धम्मपदमा बुद्धवाणीको साँचो नै उपलव्धछ भन्दापनि हुन्छ ।

यथापि रुचिरं पुफ्फं वण्णवन्तं अगन्धकं
एवं सुभासिता जाचा अफला होति अकुब्बतो
                             (गाथा ५१)
यथापि रुचिरं पुफ्फं वण्णवन्तं सुगन्धकं
एवं सुभासिता जाचा सुफला होति कुब्बतो ।।
                             (गाथा ५२)
जसरी कुनै फूल सुन्दर बर्णयुक्त सगन्ध रहितहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ । फल रहित यदि कोहि तदनुसार आचरण नगरोस ।
जसरी कुनै फूल सुन्दर बर्णयुक्तहोस सुगन्धवालाहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ फल सहित यदि कोहि तदनुसार आचरण गर्नेवाला होस ।
यसप्रकार बुद्धवाणी फलप्रद तब मात्रै हुन्छ जब कोहि यसको अनुसार आचरण गरोस । यसलाई अनुभुतिमा उतारोस । यहि बुद्धवाणीको साँचोहो ।
उदाहरणः
   सब्बे संखारा अनिच्चाति यदा पञ्ञाति पस्सति ।
   अथ निब्बिदन्ति दुक्खे एस मग्गो विसुद्धिया ।।‘’
                                 (गाथा २७७)
सबै संस्कार अनित्य छ (अर्थात जे उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ) यस (सत्य)लाई जब कोहि (विपश्यना) प्रज्ञा व्दारा देख्छ जान्दछ तब यस्को दुःखको निर्वेद प्राप्त हुन्छ । (अर्थात दुःख क्षेत्रको प्रति भोक्ताभाव टुट्छ) । यस्तै नै यो विशुद्धी (विमुक्ति)को मार्ग!’’

यदि कसैले यस गाथालाई कसैले १०।२० पचास वा एकसय पटक नै पाठ गरिराखोस तापनि यसलाई कुनै लाभ पाउने होईन केवल बुद्धीको कायित्कि चित्त परिष्कार हुन्छ । जब यसैलाई अनुभुतिमा उतारोस तब अपरिमित कल्याण हुन थाल्छ । सबै दुःखबाट मुक्त हुने बाटो पाउँछ ।
धम्मपद यस्तै गाथाहरुको भण्डार हो ।यसैले विपश्यना विशोधन विन्यासले बुद्धवाणीबाट सर्बप्रथम यसै ग्रन्थको भाषानुवाद गर्ने जमर्को गरेको हो ।
ध्यान रहोसकि सबै बुद्धवाणीलाई त्रिपिटक नामले जानिन्छ । त्रिपिटकलाई तीन भागमा बाँडेकोछ । एक विनय पिटक दुई सुत्त पिटक र अभिधम्मपिटक । यसम्धय सुत्तपिटक अन्तरगत पाँच निकायछन् ज्ञ दीघनिकाय २ मज्झिम निकाय ३ संयुक्त निकाय ४ अङ्गुत्तर निकाय र ५औं खुद्दक निकाय । खुद्दक निकाय अन्तरगत १९ गर्न्थछन् यि १९ ग्रन्थ मध्य एक धम्मपद हो ।

धम्मपद नेपाली अनुवाद
१ यमक वग्ग
    मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पटुठ्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्चेति, चक्कं व वहतो पदं ।।

मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै व्यक्ति आफ्नो मनलाई मैलो गरेर कुनै वचन बोल्छ अथवा शरीरले कुकर्म गर्छ तब दुःख उस्को पछि पछि लाग्छ । जसरी गोरु पाईलाको पछि पछि चक्का आउँछ ।

     मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पसन्नैन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनि ।।

मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै व्यक्ति आफ्नो मनलाई उज्यालो बनाइ कुनै वचन बोल्छ अथवा शरीरले सकर्म गर्छ तब सुख उस्को पछि पछि लाग्छ । जसरी कहिल्यै साथ नछोड्ने छायाँ उस्को पछि आउँछ ।
     अक्कोछिमं अवधि मं अजिनि मं अहासि मे ।
      ये च तं उपन्हयन्ति वेरं तेसं न सम्मति ।।
     
      मलाई गाली गर्यो मलाई पिट्यो मलाई हरायो मलाई लुट्यो
जस्ले मनमा यस्तो गाँठो बाँधिरहन्छ उस्को वैर शान्त हुँदैन ।
     
     अक्कोछिमं अवधि मं अजिनि मं अहासि मे ।
      ये च तं नुपन्हयन्ति वेरं  तेसुपसम्मति ।।

मलाई गाली गर्यो मलाई पिट्यो मलाई हरायो मलाई लुट्यो
जस्ले मनमा यस्तो गाँठो बाँधिरहन्न उस्को वैर शान्त हुन्छ ।
     
           न हि वेरेन वेरानी सम्मन्तीध कुदाचनम् ।
अवेरन च सम्मन्ति यस धम्मो सनन्तनो ।।

यहाँ (यस लोकमा) वैरले वैर कहिल्यै शान्त हुँदैन ।
बरु अवैरले शान्त हुन्छ यहि नै सनातन धर्महो ।

क्रमशः