अत्त
दिपो भव ! र अत्त व्दीपो भव!
बौद्ध दर्शनमा एक सूत्र वाक्य
छ ‘अत्त
दीपो भव’ र अर्को अत्त व्दीपो भव’ म यो शव्दमा व्दिबिधामा भैरहन्थें विपश्यनाको महासतिपठानको ८
दिनको अभ्यास गर्ने मौका पाएपछि बल्ल बुझें । दीप र व्दीपको भिन्नता
अर्थात आफ्नो प्रकाश स्वयं बन आफ्नो व्दीप स्वयं बन । शाक्यमुनी
बुद्धको उपदेशको अर्थ यो हो कि अरु कसैको आसा गर्नु भन्दा आफै प्रकाश र आफै सागरको
व्दिप बन्नु। आफै त प्रकाशित हुनु र आसाको व्दिप बन्नु, अरुको लागि पनि एक प्रकाश स्तम्भ झैं
जगमगाउंदै रहनु अनि सागरमा आपतकालिनहरुको लागि व्दिप बन्नु।
शाक्यमुनी बुद्धले आफ्नो शिष्य आनन्द सित उस्ले यो
प्रश्न सोध्दा जब सत्यको मार्ग देख्नको लागि तपाईं या तपाईंको जस्तो कुनै पृथ्वीमा
छैन तब मैले कसरी आफ्नो जीवनलाई दिशा दिन सकूंला तब भगवान बुद्धले यो उत्तर
दिनुभएकोथियो - "अत्त दीपो भव" अर्थात आफै दीयो बन
कोहि पनि कसैको मार्गको लागि सँधै मार्ग प्रशस्त गर्न
सक्तैन
केवल आत्मज्ञान र अन्तरात्माको प्रकाश बाट नै हामी सत्यको मार्गमा अघि बढ़न
सक्छौं।
भगवान बुद्धले भन्नुभयो कि, तिमीले
मलाई आफ्नो टेक्ने लौरो नबनाउ । तिमी यदि खुट्टा टेक्न नसक्ने छौ, र मेरो सहारा लिएर हिंडछौ भने कति टाढा सम्म हिंडौला ?गन्तब्य
सम्म पुग्न सक्छौ र । आज पो म तिम्रो साथमा छु, भोली म साथ नहुँला, अनि
तिमि त आफ्नै भरमा हिंड्नुपर्छ । मेरो प्रकाशको सहाराले न हिंड, किनकि
थोरै समय साथ साथै भएँ अँध्यारोमा । तिमी मेरो प्रकाशले थोरै समय प्रकाशित हुन्छौ; अनि
फेरि हाम्रो बाटो फरक हुन्छ । मेरो प्रकाश मेरो साथमा हुन्छ, तिमी
अँध्यारोको साथमा हुन्छौ । आफ्नो प्रकाश आफै उत्पादन गर। अत्त दीपो भव !
- अत्त
दीपो भव :
जस्ले देख्यो, उस्ले जान्यो ।
जस्ले जान्यो, उस्ले पायो ।
जस्ले पायो, उ बदलीयो,
यदि बदलिएन भने बुझ्नु कि
उस्ले जान्नमा कुनै गल्ति गर्यो ।
जस्ले जान्यो, उस्ले पायो ।
जस्ले पायो, उ बदलीयो,
यदि बदलिएन भने बुझ्नु कि
उस्ले जान्नमा कुनै गल्ति गर्यो ।
संसार भरीको इतिहाँसमा बुद्ध
एक मात्र यस्तो धम्म प्रचारक हुनुहुन्छ जो व्यक्तिलाई तर्क र विज्ञानको विपरीत कुनै
कुरामा पनि विश्वास विश्वास नगर्न भन्नुभएकोछ | भगवान
बुद्ध भन्नुहुन्छ , जस्लाई ईश्वर भनिन्छ उ सित
मेरो कुनै लिनु -दिनु (सम्बन्ध ) छैन ? कुनै कुरालाई केवल यसकारण स्विकार नगर किनकि मैले भनेकोहुँ I प्रत्येक कुरा आफ्नो
तर्कबुद्धिले परिक्षण गरेर हेर , अन्यथा तिमी तर्कशक्ति
भएको मान्छे होईन | बुद्ध
को जस्तो स्वतन्त्रता कुनै अन्य धर्मले दिएको छैन भनेमा अत्युक्ति नहोला | बुद्धले स्वयमलाई मार्ग
दर्शक भन्नुभएकोछ र कहिल्यै पनि विशेष उपाधी
दिएकोछैन | बुद्ध
धम्ममा बिशेष गरि नैतिकतामा बल दिनुभएकोछ ।
कूटदंत सुत्तमा बुद्धले शासकहरुलाई
शिक्षा दिनुभयो कि नवयुवकहरुको लागि रोजगार को साधन खोजियोस, उनलाई रोजगार योग्य
शिक्षा दिईयोस, स्यना व्यापारिहरुलाई
न्यूनदरमा पूँजी दिइयोस, किसानहरुलाई राम्रो र
उन्नत बीउ, उर्वरा र सिंचाईको साधनहरुको
व्यवस्था गरीयोस । उनका उत्पादनहरु उचित मूल्य दिइयोस । यस प्रकार यदि
गरीबी र बेरोजगारी समाधान गरीयोभने कसैले हिंसा गर्दैन, चोरी र बेईमानी गर्दैनन, कानून-व्यवस्था राम्रो
हुन्छ । सबैलाई समुचित विकासको अवसर
हुने र देश समृद्ध हुन्छ । कसैलाई सोझै भोजन दिनाले उसको पेट त केहि समयलाई हुन्छ तर तिनलाई आत्मनिर्भर बनाउनाले न केवल स्वयम्का पेट भर्ला बरु पुरै देशको भलो गर्छ |
बुद्धले भन्नुभएकोछ : 'दुई अतिहरुबाट बच्नुपर्छ
। एक हो काम भोगमा लिप्त हुने इच्छा, जो कमजोर बनाउने काम हो
। दोश्रो हो स्वयमलाईई पिड़ा दिने प्रवृत्ति, जो दुखद र ब्यर्थ छ । वहाँले
भन्नुभएकोछ, हाम्रो
मन र शरीर संधै बाहीरी घटनाहरुबाट प्रतिक्रिया गर्छ । अचेतन
मन निरन्तर राग-व्देष जगाउँछ र त्यस्तै नै
संस्कार पनि बनाउँदै गर्छ । यि संस्कार तीन प्रकारको बन्छ : पहीलो प्रकारको
संस्कार पानीमा लेखीएको धर्कौ समान हुन्छ । ति तत्कालै मेटीन्छ । दोश्रो प्रकारको
संस्कार भुईं अथवा बालुवामा लेखिएको जस्तै हुन्छ, जो
मेटाउन अलि समय लाग्छ। तेश्रो किसिमको संस्कार ढुङ्गामा लेखिएको वा कुँदीएको जस्तो
हुन्छ जो
अंतर्मनको गहराइ सम्म छाप हुनछ र जस्लाई समाप्त हुन धेरै लामो समय लाग्छ । अज्ञानको
कारण हामी यि प्रति बज्ञानतामै लिप्त जन्माउँछौं र मन त्यसैमा भौंतारिरहन्छ ।
बुद्धले भन्नुभयो, सारा दुःख हाम्रो यो
साढेतीन हातको शरीर र चित्तमा भैरहेकोछ । सबै परिवर्तनशील छ, केहि
पनि नित्य अर्थात स्थायी भन्ने छैन । जीवनको
अनित्यता दुःखको कारण हो। दुःख केवल बिमारी, बुढ़्यौली या मृत्यु सित
मात्रै होईन, बरु
दिन-प्रतिदिनको विफलताहरु, कुण्ठाहरु र अभावबाट
पनि उत्पन्न भैरहेको हुन्छ । वहाँले चारआर्य सत्य र आठ आष्टांगिक
मार्ग बताउनुभयो जस्को मार्गमा जाँदा जो भएपनि मान्छे बुद्धत्व प्राप्त
गर्न सक्छ । बुद्धत्वको मार्ग सबैको लागि खुल्ला छ । हरेक मान्छेको भित्र बुद्धत्वको
अंकुर विद्यमान हुन्छ । शाक्यमुनी बुद्धले आफ्नो गुरु स्वयं बनेर आफ्नो मार्ग खोज्नुभयो
।
सनदर्भ सामग्रि...समयबुद्धा बौद्ध धम्ममार
बौद्ध दार्शनिक एव गुरु समयबुद्धाको धम्म देशना "बौद्ध धम्मको शिक्षा" को एक भाग बाट
जीवनकुमार शाक्य
No comments:
Post a Comment