शाक्यमुनी बुद्ध जीवनको
दृश्य
जातकहरुकै जस्तो भारतको मथुराको
कलाकृतिहरुमा शाक्यमुनी बुद्धको जीवन सित सम्बन्धित अनेकौं घटनाहरु अंकित गरिएकोछ। त्यस मध्य अधोलिखित
विशेष रुपबाट उल्लेखनीय रहेकोछ।
(१) जन्म (सं. सं. ००. एच १; ००, एन २ इत्यादि, चित्र ४९)
यि दृश्यहरुमा एक छायादार बाक्लो
रुखको तल एक महिला उभिएको देखिन्छ जुन आफ्नो उठेको दाहिने हातले रुखको हाँगा
समातेको छ र बायाँ हाततिर उभिएकि अर्कि महिलाको सहारा लिएकि छिन। उनको दाहिनेतिर एक मुकुटधारी देवता नवजात शिशु लिनकोलागि दुबै हात थापेको देखिन्छ । यस दृश्यको मूलकथा निम्नानुसार छ ।
गौतमबुद्ध जस्लाई पहिला कुमार सिद्धार्थ भनिन्थ्यो, कपिलवस्तुको राजा शुद्धोदनको छोरा थिए । यिनको जन्मदै मान्छेहरुको सबै इच्छाहरु सिद्ध भएकोथियो । यसैले यिनलाई सिद्धार्थ भनिन्थ्यो। १ यिनको आमाको नाउँ महामाया थियो जो कुमारको जन्मको समय लुम्बिनी (रुम्मनदेई-नेपाल)को उद्यानमा एक शालवृक्षको तल उभिएको थियो । उन्ले आफ्नो दाहिने हातले रुखको हाँगा समातेकी थिईन। दैवी प्रभावको कारण बोधिसत्त्वले साधारण मनुष्यहरु जस्तै जन्म लिएको थिएन तसर्थ महामायाको दाहिने कोखबाट प्रकट भयो । सर्वप्रथम उन्लाई शक्र र ब्रह्माले आफ्नो हातमा लियो दुबै देवता महामायाको निजकै उभीएको थियो । महामाया सितै देखिने अर्कि महिला सम्भवत: उन्को बहिनी महाप्रजापति गौतमी हुन।
नोटः यहाँ
निर अबैज्ञानिक कुरा दर्शाएको देखिन्छ जुन सामान्य मान्छेलाई पत्याउने गाह्रो
हुन्छ कि महिलाको काखिमा कुनै प्वाल नभएपनि त्यहाँबाट बोधिसत्व बालकको जन्म भएको
चित्रांकन गरिएकोछ । भन्न त औलोकिक व्यक्तित्वहरुहरुको सामान्य मान्छेको भन्दा
चम्तकारिक रुपले औलोकिक नै हुन्छ ।
(२) प्रथम स्नान (सं. सं. ००. एच २)
यस विशालखण्डमा जुन दृश्य
बनेकोछ त्यस माथिको आसनमा एक नाङ्गो मान्छे उभिएकोछ र उस्को दायाँ बाँया दुईजना मनुष्याकृति हात जोडेर
बसेको देखिन्छ । बिल्कुल माथितिर शंख, बांसुरी, मृदंग, र ढोल येि पांच वाद्य बनेकोछ जो
पंचतूर्यको नामले जानिन्छ। स्पष्टत: येि वाद्य स्वर्गीय संगीत को प्रतिनिधित्व गर्कछ। कथाको रुप यस प्रकार छ :
बोधिसत्त्वको जन्महुने बित्तिकै त्यहाँ एक कमल उत्पन्न भयो जस्मा उभीयो । तत्पश्चात् नंद र उपनन्द नामको दुई नाग राजाहरुले आकाशमा चीसो र तातो पानीको दुई धाराहरु उत्पन्न गरे जस्ले बोधिसत्त्वलाई प्रथम स्नान गराईयो।२ यहाँनिर ओलोकिक अवस्था देखिन्छ ।
(३) जम्बूरुख मुनी कुमार
सिद्धार्थ
यस दृश्यलाई अंकित गर्ने
शिलाखण्ड यस सम्य
दिल्लीको संग्रहालयमा छ।३ कथा निम्नांकित छ :
कुमार सिद्धार्थ आफ्नो साथीहरुको साथमा कृषिग्राम गए। त्यहाँ उन्ले एक सुन्दर जम्बूरुख देखे जस्को शीतल छायाँ बडो मनमोहक थियो। त्यहि समय उन्ले एक मुट्ठी- घाँस लेिएर रुखमुनी आसन बनाएर बसे र ध्यानमा लीन भए।
(४) गृह परित्याग
मथुरा कलामा यस दृश्यको अंकन
कमै स्थानहरुमा भएकोछ एक त मथुराको संग्रहालयमा छ (सं. सं. ००. एच ३) जुन अब धेरै
घिसि सकेकोछ । अर्को लखनऊ संग्रहालयमाछ(लखनऊ सं. सं. बी ८४)। परन्तु यस्को सबै भन्दा
राम्रो उदाहरण त्योछ जुन डॉ. फोगलले आफ्नो सुप्रसिद्ध ग्रंथमा प्रकाशित गरेकाछन।
५
संसारको दु:खहरुको कारण पता
लगाउने तीव्र इच्छा ले कुमार सिद्धार्थले एक राती आफ्नो प्रासाद, सुंदरी पत्नी, नवजात शिशु र सबै प्रकारको भोगविलासहरुको परित्याग गरिदिए। आफ्नो कंथक नामको घोड़ामा
सवार भएर सेवक छंदकको साथमा उनि चुपचाप शहरबाट बाहिर गए । लगभग छ योजन ( चार कोशको
एक योजन )गए पछि उ
घोडाबाट ओर्लिन्छ । आफ्नो राजकीय पोषाक र सबै आभूषण उन्ले छंदकलाई दिएर घोड़ा
लिएर फर्कने आज्ञा दिए। कुमारलाई यस प्रकार प्रव्रजित भएको देखेर केवल छंदकको
मात्रै होईन बरु त्यस घोड़ाको मनपनि रोयो तैपनि आज्ञा पालन गर्नको लागि उस्ले
फर्कनै पर्यो ।
|
Sunday, November 23, 2014
मथुरा कलाकृतिहरुमा प्रस्तुत कथा दृश्य
Subscribe to:
Posts (Atom)