Sunday, November 23, 2014

मथुरा कलाकृतिहरुमा प्रस्तुत कथा दृश्य






शाक्यमुनी बुद्ध जीवनको दृश्य
 जातकहरुकै जस्तो भारतको मथुराको कलाकृतिहरुमा शाक्यमुनी बुद्धको जीवन सित सम्बन्धित अनेकौं घटनाहरु अंकित गरिएकोछ। त्यस मध्य अधोलिखित विशेष रुपबाट उल्लेखनीय रहेकोछ।
(
१) जन्म (सं. सं. ००. एच १; ००, एन २ इत्यादि, चित्र ४९)
यि दृश्यहरुमा एक छायादार बाक्लो रुखको तल एक महिला उभिएको देखिन्छ जुन आफ्नो उठेको दाहिने हातले रुखको हाँगा समातेको छ र बायाँ हाततिर उभिएकि अर्कि महिलाको सहारा लिएकि छिन। उनको दाहिनेतिर एक मुकुटधारी देवता नवजात शिशु  लिनकोलागि दुबै हात थापेको देखिन्छ । यस दृश्यको मूलकथा निम्नानुसार छ ।
गौतमबुद्ध जस्लाई पहिला  कुमार सिद्धार्थ भनिन्थ्यो, कपिलवस्तुको राजा शुद्धोदनको छोरा थिए । यिनको जन्मदै मान्छेहरुको सबै इच्छाहरु सिद्ध भएकोथियो । यसैले यिनलाई सिद्धार्थ भनिन्थ्यो।
१ यिनको आमाको नाउँ महामाया थियो जो कुमारको जन्मको समय लुम्बिनी (रुम्मनदेई-नेपाल)को उद्यानमा एक शालवृक्षको तल उभिएको थियो । उन्ले आफ्नो दाहिने हातले रुखको हाँगा समातेकी थिईन। दैवी प्रभावको कारण बोधिसत्त्वले साधारण मनुष्यहरु जस्तै जन्म लिएको थिएन तसर्थ महामायाको  दाहिने कोखबाट प्रकट भयो । सर्वप्रथम उन्लाई शक्र र ब्रह्माले आफ्नो हातमा लियो दुबै देवता महामायाको निजकै उभीएको थियो । महामाया सितै देखिने अर्कि महिला सम्भवत: उन्को बहिनी महाप्रजापति गौतमी हुन।
नोटः यहाँ निर अबैज्ञानिक कुरा दर्शाएको देखिन्छ जुन सामान्य मान्छेलाई पत्याउने गाह्रो हुन्छ कि महिलाको काखिमा कुनै प्वाल नभएपनि त्यहाँबाट बोधिसत्व बालकको जन्म भएको चित्रांकन गरिएकोछ । भन्न त औलोकिक व्यक्तित्वहरुहरुको सामान्य मान्छेको भन्दा चम्तकारिक रुपले औलोकिक नै हुन्छ ।
(
२) प्रथम स्नान (सं. सं. ००. एच २)
यस विशालखण्डमा जुन दृश्य बनेकोछ त्यस माथिको आसनमा एक नाङ्गो मान्छे उभिएकोछ र उस्को दायाँ बाँया दुईजना मनुष्याकृति हात जोडेर बसेको देखिन्छ बिल्कुल माथितिर शंख, बांसुरी, मृदंग, र ढोल येि पांच वाद्य बनेकोछ जो पंचतूर्यको नामले जानिन्छ। स्पष्टत: येि वाद्य स्वर्गीय संगीत को प्रतिनिधित्व गर्कछ। कथाको रुप यस प्रकार छ :
बोधिसत्त्वको जन्महुने बित्तिकै त्यहाँ एक कमल उत्पन्न भयो जस्मा उभीयो । तत्पश्चात् नंद र उपनन्द नामको दुई नाग राजाहरुले आकाशमा चीसो र तातो पानीको दुई धाराहरु उत्पन्न गरे जस्ले बोधिसत्त्वलाई प्रथम स्नान गराईयो।२ यहाँनिर ओलोकिक अवस्था देखिन्छ ।
(३) जम्बूरुख मुनी कुमार सिद्धार्थ
यस दृश्यलाई अंकित गर्ने शिलाखण्ड यस सम्य दिल्लीको संग्रहालयमा छ।३ कथा निम्नांकित छ :
कुमार सिद्धार्थ आफ्नो साथीहरुको साथमा कृषिग्राम गए। त्यहाँ उन्ले एक सुन्दर जम्बूरुख देखे जस्को शीतल छायाँ बडो मनमोहक थियो त्यहि समय उन्ले एक मुट्ठी- घाँस लेिएर रुखमुनी आसन बनाएर बसे र ध्यानमा लीन भए।
  (४) गृह परित्याग
मथुरा कलामा यस दृश्यको अंकन कमै स्थानहरुमा भएकोछ एक त मथुराको संग्रहालयमा छ (सं. सं. ००. एच ३) जुन अब धेरै घिसि सकेकोछ । अर्को लखनऊ संग्रहालयमाछ(लखनऊ सं. सं. बी ८४)। परन्तु यस्को सबै भन्दा राम्रो उदाहरण त्योछ जुन डॉ. फोगलले आफ्नो सुप्रसिद्ध ग्रंथमा प्रकाशित गरेकाछन।
संसारको दु:खहरुको कारण पता लगाउने तीव्र इच्छा ले कुमार सिद्धार्थले एक राती आफ्नो प्रासाद, सुंदरी पत्नी, नवजात शिशु र सबै प्रकारको  भोगविलासहरुको परित्याग गरिदिए। आफ्नो कंथक नामको  घोड़ामा सवार भएर सेवक छंदकको साथमा उनि चुपचाप शहरबाट बाहिर गए । लगभग छ योजन (  चार कोशको एक योजन )गए पछि उ घोडाबाट ओर्लिन्छ । आफ्नो राजकीय पोषाक र सबै आभूषण उन्ले छंदकलाई दिएर घोड़ा लिएर फर्कने आज्ञा दिए। कुमारलाई यस प्रकार प्रव्रजित भएको देखेर केवल छंदकको मात्रै होईन बरु त्यस घोड़ाको मनपनि रोयो तैपनि आज्ञा पालन गर्नको लागि उस्ले फर्कनै पर्यो ।



(
५) बुद्धले मुट्टी भरी घाँस लिएर बोधिवृक्ष नजिक पुग्नु (सं. सं. १८.१३८९)

ढोका निर बनेको एक दृश्यमा बुद्धको आवक्ष मूर्ति देखिन्छ । जुन उठेको बायाँ हातले रुखको हाँगा समातेकोछ । उस्को वक्षस्थल नजिक सम्म उठेको दाहिने हातमा कुनै वस्तुको एक गहिरो जस्तैछ । दृश्यको पार्श्व भूमि यस प्रकार छ :
सुजाताले दिएको खीर भोजन गरेपछि जब कुमार सिद्धार्थले ध्यानस्थ हुने विचार गरे तब उनि आसन को लागि घाँस खोज्न थाले । यस्तैमा बाटोको दाहिने तिर उन्लाई स्वस्तिक नामको घाँसी देखीयो । उसित उनले एकमुट्ठी- घाँस मांगेर उ बोधिवृक्ष तिर गए ।
(६) मारको आक्रमण (सं. सं. ०० एच. १; ००.एन २ इत्यादि)
बुद्धको जीवनको प्रमुख घटना हुनुको कारण मथुरा कलामा यस्को अंकन धेरै स्थानमा पाईन्छ । भूमिस्पर्श मुद्रामा बोधिवृक्ष मुनी सिद्धार्थ
कुमार सिद्धार्थलाई सत्य ज्ञान पाउने प्रयास गर्दै देखेर मारले तिनको मार्गमा बाधाहरु उठाउने निश्चय गरे । पहिला त उस्ले अनेक प्रकारको शस्त्र धारण गर्ने डरलाग्दो मुखभउको सैनिकहरुको सेनाहरु पठाए तर सिद्धार्थ निश्चल रहे। मारको प्रयत्नलाई देखेर दाहिने हातले भूमिलाई छोएर प्रतिज्ञा गरेर भने, हे मार ! यस पक्षपातविहीन, चर-अचरलाई समानले सुख दिने पृथ्वीलाई साक्षी बनाएर प्रतिज्ञा गर्छु कि म आफ्नो निश्चय र प्रतिज्ञाले कहिलै हट्दिन ।'
७ आफ्नो पहिलो प्रयासमा यस प्रकार प्रभाव पाएर मारले आफ्नो छोरीहरु अर्थात् स्वर्गको अप्सराहरु बोलायो र बोधिसत्वको मनलाई चंचल गर्न उनलाई पठाए । कामको यि साथीहरुले बत्तीस प्रकारको  मायाँको प्रदर्शन गरे र बिभिन्न तरिकाले बोधिसत्वको चित्त चंचल गर्ने प्रयास गर्यो तर ति पनि असफल नै रहे ।
यस प्रकार आफ्नो सबै प्रयत्नमा असफलता पाएर आफ्नो पराजयले अति दु:ख भयो र झोक्राएर बसे ।
() दुई श्रेष्ठिहरु व्दारा भोजनदान
यो कलाकृति राष्ट्रीय संग्रहालय दिल्लीमा छ । बुद्धको सम्बोधि प्राप्त गरेको सात हप्ता पछि तपुष र भल्लिक नामको दुई व्यापारी आफ्नो अनुयायिहरुको साथमा त्यस प्रदेशमा आए । काशाय् वस्त्र लगाएका सम्बुद्ध कुमार सिद्धार्थलाई, जुन महापुरुषको बत्तीस लक्षणहरुले सुशोभित थिए, देखेर दुबैले उन्लाई अभिवादन गरे र बुद्धलाई प्रथम भोजन दिएर सम्मान प्राप्त गरे ।१०
() लोकपालहरुबाट भिक्षापात्रको दान (सं. सं. ००.एच १२)
यस शिलाखण्डमा एक आसनमा बुद्ध बिराजमानछन् , उन्को चारैतिर मुकुटधारी चार भद्र पुरुष छन् जस्को हातमा एक-एक मात्र छ। बौद्ध ग्रन्थहरुको अनुसार यि लोकपाल हुन ।
अभिसंबुद्ध कुमार सिद्धार्थको प्रथम भोजन गर्ने समय नजिक आएको थाहा पाएर वैश्रवण, धृतराष्ट्र, विरुधक र विरुपाक्ष नामको चार लोकपाल त्यहाँ आए । प्रथम त तिनले सुनको पात्र ल्याएका थिए । जस्लाई बुद्धले स्विकार गरेनन् । यसपछि क्रमश: ति वैडूर्य, स्फटिक र मसारगल्ल नामको रत्नहरुको  पात्र ल्याएका थिए ति सबै अस्वीकृत हुँदै गयो । अन्तमा ति शिलामय पात्रहरु ल्याए जुन भिक्षुको लागि उपयुक्त थियो । बुद्धले आफ्नो प्रभावले यि चार शिलापात्रहरुलाई एक पात्रमा परिणत गरिदिए जस्को उपयोग उनिहरुले तपुष र भल्लिकले दिएको भोजनको लागि गरे।११
यहाँ निर पनि औलोकिक कार्यहरु भएको देखिएकोछ ।
(९) महाब्रह्मा र इन्द्रको आगमन (सं. सं. ३६.२६६३, चित्र २७)
धेरै पटक बोधिवृक्षको मुनी बुद्धको कुनै प्रतीक चिन्ह जस्तो उन्को प्रभामण्डल अथवा स्वयं बुद्ध बनिरहन्छ र दायाँ बाँया मुकुटधारी इन्द्र र जटाधारी ब्रह्मा नमस्कार मुद्रामा देखिन्छ । ललितविस्तर हामीलाई भन्छ कि सम्बोधि प्राप्त गरेपछि महा-ब्रह्मा र शक्र कैयौं पटक  बुद्ध कहाँ यो प्रार्थना गर्न आए कि उनि आफ्नो नयाँ ज्ञानको उपदेश मानिसहरु लाई गर्नुहोस बड़ो  कठिनाइहरु पछि बुद्ध व्दारा यो प्रार्थना स्वीकार गरियो ।१२
(१०) धर्म-चक्र-प्रवर्तन (सं. सं. ००. एच १५९.४७४०, चित्र ५२)
बुद्धले धर्मचक्रको प्रवर्तन देखाउने दृश्य अन्य स्थानहरको समान मथुरामा पनि रहेकोछ । यस्मा आसन भउको बुद्ध व्याख्यान-मुद्रामा देखाईएकोछ, या सही अर्थमा धर्मचक्रलाई चलाउँदै गरेको देखिन्छ । धेरै नै उहि शिष्यहरले घेरिएकाछन् । बौद्ध कथाहरुले हामीलाई जानकारी दिन्छ शक्र र महाब्रह्माको प्रार्थना लाई स्विकार गरेर बुद्ध वज्रासनबाट उठे र वाराणसी तिर गए । त्यहाँ सारनाथमा, जसलाई त्यसताक इसिपतन भनिन्थ्यो, उनलाई उहि पुराना पांच साथीहरु भेटीए जुन पछि गएर पंच भद्रवर्गीय भिक्षु कहलिए । यि भिक्षुहरुलाई उन्ले सर्वप्रथम 'बहुजनहिताय बहुजनसुखाय' आफ्नो अमूल्य उपदेश दिए र यस प्रकार आफ्नो धर्मचक्रलाई गति दिए।
रुपकात्मक भाषाको प्रयोग गर्दै ललितविस्तर भन्छ कि यस प्रकार बाह्र  तिल्लिहरु भएको, तीन रत्नहरुले सुशोभित धर्म चक्रलाई कौडिन्य, पंच भद्रवर्गीय, छ करोड़ देवता तथा अन्यान्य हरुको सम्मुख भगवान बुद्ध व्दारा चलाया गया।१३ यहाँको अवस्था लाई विचार गर्दा त्यस ताक पनि जनसंख्यको कमी थिएन ।
(११) श्रावस्तीको चमत्कार (सं. सं. १३.२९०)
यस प्रतिमामा बुद्ध उभिएकाछ र उन्को काँधबाट ज्वालाहरु निस्किरहेकोछ । स कला-कृतिमा शाक्यमुनी बुद्धको प्रातिहार्यको चित्रण छ जुन उन्ले श्रावस्ती (आजको सहेत-महेत)मा गरेका थिए । बौद्ध कथाहरुको अनुसार१४  अन्य मतहरुका आचार्यों व्दारा चुनौती दिएकाले भगवान बुद्धले पनि आफ्नो प्रभाव देखाउनको लागि श्रावस्तीमा प्रातिहार्य गर्ने निश्चय गरे । पूर्व-निश्चित समयमा सारा जनसमूहको अगाडी उन्ले चार प्रातिहार्यं  चमत्कार देखाए । यि चार प्रातिहार्य ज्वलन, तपन, वर्षण र विद्योतन को नामले चिनिन्छ । आकाशमा स्थित बुद्धको शरीरबाट जनताले ज्वालाहरु, गर्मी, जल र प्रकाश निस्केको देखे । प्रस्तुत प्रतिमामा ज्वलन प्रातिहार्य देखाईएकोछ।
(१२) शाक्यमुनीबुद्ध दर्शनको लागि इन्द्रको आगमन अथवा इन्द्रशिला गुफाको दृश्य (सं. सं. ००. एच ११; ००. एन ३)
मथुरा कलामा यस दृश्यको चित्रण विपुलतापूर्बक पाईन्छ । अन्यत्र यथा बुद्ध-गया, साची, अमरावती एवं स्वातनदीको घाटीमा पनि१५  यसको अंकन पाईन्छ। मथुराको कलाकृतिहरुमा अधिकांस गरेको गुफाको अंकन दिव्यावदानको वर्णनबाट धेरै नै मिलेको देखिन्छ।१६ पर्वतको गुफा त्यस्मा बिराजमाना बुद्ध, वन को प्रातिनिध्य गर्ने सिंह र मयूर, वीणा मा गायन गर्ने गन्धर्व तथा ऐरावतको साथ इन्द्रको लेखन धेरै राम्रो प्रकारले भएकोछ । कथा निम्नांकित छ :

एक समय बुद्ध राजगृह निजक एक गुफा मा बसेकाछन् वहाँ उनको पूजा गर्नको लागि देवराज इन्द्र आए। उस्को साथमा ऐरावत हात्ती तथा अन्त:पुरको अन्य रमणियहरु पनि थियो । बुद्ध समाधिमा थियो । त्यस समय  त्यहाँ गन्धर्वराज पंचशिखले मधुर गायनगरे तथा देवराजले तथागतको पूजन गरे । यस कथा अनुसार बुद्ध धर्म हिन्दु धर्मको शाखा होईन भन्ने स्पष्ट छ यो जानकारी बिशेष गरि बुद्ध धर्म हिन्दु धर्मको शाखाहो भन्नेहरुको लागि हो ।
(१३) नालागिरि हात्तीको दमन

यस दृश्यको अंकन यहाँ कम पाईन्छ। लखनऊको राज्य-संग्रहालय१७ मा केवल एक यस्तो प्रतिमा छ जस्मा शाक्यमुनी बुद्ध उभिएकाछन् र उन्को पाउमा नालागिरि हात्तीले घुँडा खुम्च्याएर अभिवादन गरेकोछ ।यो हात्ती मदान्ध बनाएर देवदत्त व्दारा शाक्यमुनी बुद्धलाई मार्न छोडिएकोथियो, तर तथागतको करुणा र मैत्रीको प्रभावले त्यो नम्र भएर झुक्यो ।
(१४) बुद्धको स्वर्गबाट अवतरण (सं. सं. ००. एन. २; ३९.२०६८; चित्र २८)
यस दृश्यलाई चिन्ने मुख्य लक्षण तीन भर्याङ्ग बनाईन्छ, जस्मा तल्लो भर्याङ्गको तल नमस्कार मुद्रामा झुकेको एक जस्तो देखिन्छ। केहि नमूनामा यि भर्याङ्गहरमा तीन प्रतिमाहरु पनि बनेकोछ।
शाक्यमुनीबुद्धको स्वर्गावतरणको कथा यस प्रकार छ। सम्बोधि प्राप्ति पछि बुद्ध आफ्नो आमा महामायाँलाई उपदेश दिनको लागि स्वर्गमा गए। त्यहाँ तीन महीना बसेर उन्ले अनेक उपदेश दिए। तदुपरान्त उनि संक्श्य (वर्तमान संकिस्सा) नामक स्थानमार पृथ्वीतल ओर्लीए । यस समय स्वर्गबाट तीन भर्याङ्ग लगाईयो । एक सुनको, दोश्रो रत्नहरु तथा तेश्रो चाँदीको भर्याङ्ग। बीचको भर्याङ्गबाट बुद्ध ओर्लीए तथा दायाँ बाँयाको भर्याङ्गबाट शक्र र ब्रम्हा उन्को साथमा आए। उतपलवर्णा नामको भिक्षुणी ले सर्वप्रथम उन्लाई देखे र र उनको स्वागत गरे । मूर्तिहरुमा भर्याङ्ग नजिकै झुकेकि एक महिला यही उत्पलवर्णा हुन।
यो कथाको बर्णन अनुसार बुद्धको धर्मलाई हिन्दु धर्मको शाखा हो वा बुद्ध बिष्णुको नवौं अवतार हो भनेर मन गढन्ते कथा वाचन गर्नेहरुको लागि मनगढन्ते बनावटी कथा भन्न पछि पर्दैनन् ।
(१५) बालकहरु व्दारा बुद्धलाई धूलि-दान (सं. सं. ००.एच १०)

यस संग्रहालयमा अहिले सम्म संगृहीत मूर्तिहरुमा केवल एकै स्थानमा यो दृश्य अङ्कित छ। गांधार कलामा पनि यस्का नमूना देख्न सकिन्छ।१८ प्रस्तुत शिलाखण्डमा भिक्षापात्र फैलाएर उभिएका बुद्धको अगाडी नमस्कार मुद्रामा झुकेका दुई स्यानो मानव आकृतिहरु बनेकोछ। बौद्ध कथाहरुमा हामीलाई यस दृश्यलाई बुझ्न ठूलो मद्दत गर्छ ।

एकपटक बुद्ध राजगृहमा भिक्षाटन गर्दैथिए । बाटोमा उन्लाई दुई बालक जस्को नाम जय र विजय धुलो खेल्दै गरेको भेटीए । यसमध्य  एक बालकले मुट्ठी-भरी धूलो बुद्धको भिक्षापात्रमा यो भनेर राखिदिए कि यो जौ को पीठो हो, अर्को यस घटना हेर्दै गर्यो। शाक्यमुनी बुद्धले यस पांशु अंजलिलाई बड़ो प्रेमले स्विकार गरे र भविष्यवाणी गरे कि धूलिदान बालक भविष्यमा सम्राट् अशोक हुनेछ ।१९
(१६) नन्द र सुन्दरीको कथा (सं. सं. १२.१८६, लखनऊ संग्रहालय संख्या जे ५३३)
अश्वघोषको प्रमुख काव्य सौंदरानन्दको यो मुख्य कथावस्तु हो। सको अङ्कन मथुरामा हैन बरु  गांधार कलामा पनि भएकोछ। मथुरा कलामा यस्को उपयोग द्वारा स्तम्भहरु सजाउनकोलागि गरिएकोछ,जस्को सबैभन्दा राम्रो उदाहरण यस समय लखनऊको राज्य संग्रहालयमा छ।

अश्वघोष द्वारा वर्णित कथा _  २० धम्मपदमा भएको टीकामा केहि भिन्नछ। शाक्य वंशको एक कुमार  नाम नंद थियो । सुन्दरी उसको श्रीमती थियो । एक समय आफ्नो महलको माथिल्लो तलामा जब दुबै श्रिमान श्रीमती घुमफिर गर्दैथिए, त्यस बेला बुद्धले नन्दको प्रासादमा भिक्षार्थ प्रवेश गरे । सेवकहरुले त्यताकुनै ध्यान दिएन न उनको आगमनको कुनै सूचना दियो। फलत: केहि समय पर्खेर बुद्ध बाहिर निस्किए । उनको यस प्रकार असम्मानित भइर जानु महलको छतबाट एक सेविकाले देखिरहेकि थिईन । उस्ले नन्दलाई यो कुरा बताईन । तत्काल नन्दले आफ्नो प्रियतमाको आज्ञा लिएर माथिबाट ओर्ल्यो र बुद्धको पछि पछि गयो । बाटोमा नै उसले बुद्धलाई प्रणाम गर्यो र त्यस अपराधको लागि क्षमा-याचना गरे । बुद्धले नन्दलाई आफ्नो ठाउँमा लगे र उस्को इच्छा  विरुद्ध नै उनले उसलाई प्रव्रजित पनि गरे । उ पटक पटक त्यस भौतिक सुखहरुको परित्याग गर्ने उपदेश दिन्थे ।तर नन्दमा यि उपदेशहरुको कुनै प्रभाव भएन, उ सँधै चिन्ति नै रहन्थ्यो तब एक दिन बुद्धले आफ्नो साथमा स्वर्ग लगे  र त्यहाँ को अनिंद्य सुन्दरिहरुको उस्लाई देखाए ।अब उस्को अगाडी नन्दलाई सुन्दरीको सौन्दर्य फीका देखीयो र त्यसलाई पाउने इच्छा जाग्यो । बुद्धले उन्लाई बदले कि त्यसलाई पाउनको लागि घोर तप गर्नुपर्छ । नन्दले तपस्या गर्यो । बिस्तारै बुद्धको प्रमुख शिष्य आनन्दले वैराग्यको भावना जगायो। अन्ततोगत्वा सबै प्रकारको ऐहिक र पारलौकिक सुखहरुको परित्याग गरेर नन्द सच्चा विरक्त भिक्षु बन्यो ।

(
१७) तपस्वी ब्राह्मण बावरीको कथा  (सं. सं. ०० ज. २, ऊपरी भाग)
एक वेदिका स्तम्भको माथिल्लो भागमा यो दृश्य अंकित छ । यहाँ एक छत्रधारी व्यक्ति श्रोताहरुको बिचमा कुनै भाषण गरिरहेकाछन। डॉ. वासुदेव शरण अग्रवालको मतानुसार यो निम्नांकित कथाको चित्रण हो :२१

गोदावरीको किनारमा आफ्ना सोह्र शिष्यहरको साथमा बावरी नामको एक तपस्वी ब्राह्मण बस्थ्यो । उसित एक दिन एक ब्राह्मण आयो र ५०० मुद्राको याचना गर्यो । त्यस धनराशिलाई न पाएर उस्ले बावरीलाई यसमा घोर दु:खभयो तर कुनै दयालु देवताले उसेलाई बुद्धकोमा जाने सुझाव दियो। आफ्नो सबै शिष्यहरु लिएर उ बुद्धकहाँ पुग्यो जहाँ प्रत्येकले बुद्ध सित एक-एक प्रश्न सोध्यो। सबैलाई समाधानकारक उत्तर दिएर बुद्धले सन्तुष्ट गरे ।

(
१८) बुद्धको महापरिनिर्वाण (सं. सं. ००. एच ७, ०० 'एच ८, ००' एच २, इत्यादि)
बुद्ध जीवनको सबै भन्दा महत्वपूर्ण घटना हुनाले यस्को अङ्कन धेरै ठाउँमा पाईन्छ । जब बुद्धको निर्वाण भयो त्यति बेला उनको आयु ८० वर्षको थियो। त्यसताक कुशीनगर (कसिया, जिला देवरिया, उत्तर प्रदेश) तिर जाँदैथिए । आफ्नो अंत निकट जानेर उन्ले आनन्द सित दुई शालरुखको बीचमा चौकी राख्न भने, र सिर उत्तर तिर गरेर दाहिने कोल्टे परे । यहि समयमा एक घुमक्कड़ साधु, जस्को नाम सुभद्र थियो, त्यहाँ आयो । यहि नै शाक्यमुनी बुद्धको अन्तिम शिष्य भयो । अंतमा आफ्नो सबै शिष्यहरुलाई निर्वाणको लागि अनन्त प्रयत्न गर्दै गर्ने आशीर्वाद दिएर भगवान बुद्धले आफ्नो पार्थिव देह त्यागे । त्यस समय त्यहाँ उन्का आफ्ना शिष्य, अन्तिम भिक्षु सुभद्र, कुशीनगरको मल्ल शासक आदिको अतिरिक्त कैयौं देवतागण पनि उपस्थित थिए ।
कलाकृतिहरुमा राजाको समान देखिने पुरुष धेरै मल्लहरको अधिपति थिए । तल तिर ध्यानस्थ सुभद्र हो तथा अन्य भिक्षु शोकमुद्रामा उभिएकाछन । रुखको माथि वृक्ष-देवता पनि देखिन्छ ।
अन्य बौद्ध दृश्य
(क) नेपालको नवलपरासीको रामग्राममा नागहरु व्दारा स्तूपको संरक्षण (सं. सं.०० जे ७१ पृष्ठ भाग)
केहि कलाकृतिहरमा एस्तै स्तूप देखिन्छ जुन नागहरु व्दारा घेरिएको हुन्छ । स प्रकारको स्तूप रामग्रामको प्रसिद्ध स्तूपको चित्रण मानिन्छ जस्मा बुद्धको पवित्र अवशेष राखिएकोथियो । कुरा यो थियो कि शाक्यमुनी बुद्धको महापरिनिर्वाणको उपरान्त उन्को अस्थि धातुहरु या पाञ्चभौतिक अवशेषहरुलाई आठ भागमा विभाजन गरेर आठ स्तूप बनाईएकोथियो । त्यसमा एक रामग्रामको स्तूप पनि थियो । अशोक सम्राटले पछि गएर यसमध्य सात स्तूपहरुलाई खोले र त्यस्मा भएको पवित्र अवशेषहरुलाई लिएर चौरासी हज़ार स्तूपहरुको निर्माण गराए यद्यपि त्यो आठौं अर्थात् रामग्रामको स्तूप खोल्न सकेन किनकि त्यसको संरक्षण नागगणले सावधानी पुर्वक गर्थे ।
(
ख) लंकाको राजा व्दारा सुमनको सहायताले बुद्ध-धातुको प्राप्ति (सं. सं. १७.१२७०) २२--एक पाषाण खण्डमा चलेको अलंकृत हात्ती बनेकोछ तथा 'शस्तख धतु' यि शब्द लेखिएकोछ । कथा यस प्रकार छ :
लंकामा बुद्धको धातु-अवशेष नहुनाले महेन्द्र लंकाको परित्याग गर्न चाहन्थे । त्यहाँको राजाले यस्तो नगर्न अनुरोध गरे तथा सुमनलाई पठाएर भारतबाट उस्ले बुद्धको धातु-अवशेष प्राप्त गर्ने निश्चय गरे सुमन भारत आए, अनि ति स्वर्ग गए जहाँबाट इन्द्र व्दारा उन्लाई बुद्धको घाँटीको दाहिने हाड (दक्खिनक्खक) पाए। लंकामा राजकीय हात्तीको मस्तकमा त्यसलाई राखेर त्यस्को विशेष सम्मान गरियो ।
पूजन दृश्य
कथा दृश्यहरुको अतिरिक्त कैयौं दृश्यहरुमा भक्तगण स्तूप, धर्मचक्र, गंधकुटी या बुद्धको निवास स्थान, बोधिवृक्षको मन्दिर या यस प्रकारको पूजनीय वस्तुहरुको पूजा गर्दै, अथवा हातमा पूजा सामग्री लिएर हिंडेको देखिन्छ । केहि दृश्यहरमा स्तूपहरको पूजा गर्ने किन्नर र सुपर्ण पनि देखिएकोछ चित्रयसलाई १२)। आकाशमा उड़दै गरेको देखाईएकोछ ।
१. ललितविस्तर, , पृ. ९६ जातमात्रेण सर्वार्था: संसिद्धा:।
२. जे. फोलग, The Mathura School of Sculpture, ASIR. , १९०६-७ पृ. १५२।
३. A Guide to the Galleries of the National Museum of India, New Delhi, १९५६ पृ.३।
४. मिलाउनु ललितविस्तर, ११.१९, पृ. ९३।
५. फोगल, La Sculpture De Mathura , फलक ५१ ए
६. ललितविस्तर, १९, पृ. २०७-८।
. ललितविस्तर, २१, ८८, पृ. २३३ -
इयं मही सर्व जगत् प्रतिष्ठा।
अपक्षपाता सचराचरेसमा।।
इयं प्रमाणं मम नास्ति मे मृषा।
साक्षित्वमर्जिं मम संप्रयच्छतु।।
८. ललितविस्तर (मारधर्षण परिवर्त, २१, पृ. २३३-३४) मा वर्णित यि स्री-मायाहरु मध्य केहि मथुरा कलाको वेदिकास्तम्भों पर चित्रित की गई हैं। कुछ के उदाहरण निम्नांकित है :
(क) बाहूनुत्क्षिप्य बिजृम्भमाणान् कक्षान् दर्शयन्ति (सं. सं. १५.९७७)
(
ख) उन्नतान्कठिनान्पयोधरान्दर्शयन्ति (सं. सं. १३.२८६)
(
ग) अर्धनिमिलितैर्नयनै: बोधिसत्त्व निरीक्षन्ते (सं. सं. ००. जे १२)
(
घ) शिर: स्वंसेषु च पत्रगुप्तांशुकसारिकांश्चोपविष्टानुपदर्शयन्ति (सं. सं. १७.१३०७, १२.२५८)
९. A Guide to the Galleries of the National Museum of India, १९५६, पृ. ३।
१०. ललितविस्तर, २४, पृ. २७६-७७।
११. ललितविस्तर २४, पृ. २७६-७७।
१२. ललितविस्तर २५, पृ. २८७-९२।
अभूच्च ते पूर्वभवेष्वियं मति:। तीर्ण: स्वयं तारयिंता भवेयम्।
असंशयं पारगतोऽसि सांप्रतं। सत्यां प्रतिज्ञां कुरु सत्यविक्रम:।।३२
धर्मोल्कया विधम मुनेऽन्धकारा। उच्छेपय त्वं हि तथागतध्वजम्।
अयं स काल: प्रतिलाभ्युदीरणे। मृगाधिपो वा नद दुन्दुभिस्वर:।।३३
१३. ललितविस्तर, २६, ४२-४६, पृ. ३०५।
एवं हि द्वादशाकारं धर्मचक्रंप्रवर्तितम्।
कौण्डिन्येन च आज्ञातं निर्वृत्ता रतनात्रय:।।
बुद्धो धर्मश्च संघश्च इत्येतद्रतनात्रयम्।
कौडिन्यं प्रथमं कृत्वा पंचकाश्चैवभिक्षव:।
षष्टीनां देवकोटीनां धर्मचक्षुर्विशोधितम्।।
१४. दिव्यावदान, १२ पृ. १००।
१५. वासुदेवशरण अग्रवाल, Catalogue of the Mathura Museum, FUPHS., खण्ड २३, पृ. १२५-२६।
१६. मिलाउनु--दिव्यावदान ३८, मैत्रकन्यकावदान, श्लोक ७२-७३, पृ. ५०२।
१७. लखनऊ संग्रहालय संख्या बी ३५६।
१८. एन. जी. मजुमदार, A Gudie of the Sculpture in the Indian Museum, १९३७, खण्ड २, पृ. ५८।
१९. दिव्यावदान २६ - पांशुप्रदानावदान, पृ. २३०।
२०. एन. जी. मजुमदार, A Guide to the Sculpture in the Indian Museum, १९३७, खण्ड २, पृ.५२।
२१. वासुदेवशर्ण अग्रवाल, Catalogue of the Mathura Museum, FUPHS ., खण्ड २४-२५, पृ. ४।
२२. वासुदेवशरण अग्रवाल, Catalogue of the Mathura Museum, FUPHS., खण्ड २४-२५, पृ. १५१-५२। 
साभारः इन्टरनेटको हिन्दिबाट अनुवाद
भवतु सब्ब मङ्गलम् ।
 

No comments:

Post a Comment