भगवान् बुद्धलाई प्राचीन सन्दर्भहरुमा ध्यानशील तथा न र एकान्त प्रेमी भनिएकोछ । वहाँको दया र बुद्धिस्वातंत्र्य विश्वविदित छ । वहाँ अंधश्रद्धाको कट्टर विरोधी हुनुहुन्थ्यो र प्रत्यात्मवेदनीय सत्यको उपदेश गर्नुहुन्थ्यो । वहाँको देशनामा जातिवाद र कर्मकांडको स्थान थिएन । विद्या र आचरणले सम्पन्न पुरुषलाई नै वहाँले सच्चा ब्राह्मण मान्नुहुन्थ्यो । वहाँको देशना समाजको सबै वर्गहरुको लागि ग्राह्य थियो र बौद्धिकता, नैतिकता एवं आध्यात्मिकताको प्रगतिमा एक विशिष्ट नया चरण थियो ।
बुद्ध देशना
भगवान् बुद्धको मूल देशना के थियो, यसमा प्रचुर विवाद छ भन्छन् विव्दानहरु । बौद्धहरुमा कालान्तरमा बिभिन्न संप्रदायहरुको जन्म र विकास भयो र ति सबै आफूलाई बुद्ध सित अनुप्राणित मान्छन । बुद्धवचन पनि विभिन्न संप्रदायहरमा समान रूपले संरक्षित देखिदैन र जति वहाँको नामले संरक्षित छ, विभिन्न भाषाहरु र संप्रदायहरुमा, हीनयान ( थेरवार ) र महायानमा, ति सबैलाई बुद्धप्रोक्त कुनैपनि इतिहासकार मान्न सक्तैन । स्पष्ट नै बुद्धवचनको संग्रह र संरक्षणमा बिभिन्न परिवर्तन र परिवर्धन अवश्य स्विकार गर्नुपर्छ र त्यस्को निष्पन्न रूपलाई एक दीर्घकालीन विकासको परिणाम मान्नुको अतिरिक्त ऐतिहासिक आलोचनाको समक्ष र युक्तियुक्त विकल्प छैन । महायानिहरुले यस समस्याको समाधानको लागि एक र दुई या तीन धर्मचक्रप्रवर्तनहरुको कल्पना गरे र अर्कोतिर "विनयभेदान् देशनाभेद:" यस सिद्धान्तको कल्पना गरे । अर्थात् भगवान् बुद्धले स्वयम् उपायकौशल्यबाट बिभिन्न प्रकारको धर्म देशना गर्नुभयो । अधिकान्श आधुनिक विद्वान् पालि त्रिपिटकको अन्तर्गत विनय र सुत्त पिटकहरुमा संगृहीत सिद्धांतहरुको मूल बुद्धदेशना मानन्छन् । केहि विद्वान् सर्वास्तिवाद अथवा महायानको सारांशलाई मूल देशना स्विकार गर्न चाहन्छन् । अन्य विद्वान् मूल ग्रंथहरुको ऐतिहासिक विश्लेषणबाट प्रारंभिक र उत्तरकालीन सिद्धांतहरुमा अधिकाधिक विवेक गर्न चाहन्छन, जस्को विपरीत केहि अन्य विद्वान् यस प्रकारको विवेकको प्रयासलाई प्राय: असम्भव मान्छन । मतभेद भएर पनि बिभिन्न सांप्रदायिक र ऐतिहासिक परिवर्तनहरुको पछि मूल देशनाको खोज नितान्त आवश्यक छ किनकि यस मूल संलग्नतामा नै आध्यात्मिक प्रामाणिकता निर्भर छ ।
भगवान् बुद्धले प्रचलित मागधी (पाली) भाषामा उपदेश दिनुभयो र सबैलाई यस्को अनुमति दिनुभयो कि ति उपदेशहरुलाई आआफ्नो बोलीमा सम्झना राखोस । यस्तो स्थितिमा बौद्ध दर्शन को प्रादेशिक प्रसारको साथ यो अनिवार्य थियो कि बुद्धवचनको क्रमश: अनेक संग्रह प्रस्तुत होस। यसमा केवल पालिको संग्रह नै अब पूर्ण छ । अन्य संग्रहहरुको केहि अंश मूलमा एवं केहि अनुवादहरुमा नै पाईन्छ । यस प्रकार पालि त्रिपिटिकको महत्व निर्विवाद छ । यस्को प्राचीनता पनि असंदिग्ध छ किनकि ई.पू. प्रथम शताब्दीमा यस्को सुदूर सिंहलमा लिपिबद्ध गरीएको थियो । तथापि यो स्विकार गर्नु गाह्रो छ कि पाली मागधी हो, साथै ही अभिधर्म पिटकको बुद्धोत्तरकालीनता आधुनिक विद्वानहरुमा प्राय: निर्विवाद छ । विनय एवं सुत्त पिटकहरुमा प्राचीन र अर्वाचीन अंशहरको भेद सर्वदा उपेक्षणीय छ । उदाहरणको लागि विनयमा प्रातिमोक्ष प्राचीन छ, संगीति विवरण अपेक्षाकृत अर्वाचीन, सुत्तपिटकमा सुत्तनिपातको अट्टक र पारायण वग्ग प्राचीन छ, दीर्घको महापदान सुत्त अपेक्षाकृत अर्वाचीन छ। यो कल्पना गर्नु उपयुक्त हवला कि भगवान् बुद्ध ले गम्भीर आध्यात्मिक सत्य तिर सरल, व्यावहारिक र मार्मिक रीतिबाट परिस्थितिको अनुकूल संकेत गर्नुभयो र यि सांकेतिक उक्तिहरुको संग्रह, व्याख्या, परिभाषा, वर्गीकरण आदि द्वारा बिभिन्न सांप्रदायिक सिद्धान्तहरुको विकास भयो ।
बुद्धको युगमा अनेक श्रमण परिव्राजक संसारलाई एक दु:खमय चक्र मान्थे । यस दृष्टिबाट बुद्ध सहमत हुनुहुन्थ्यो र अनित्य संसारको द्वण्द्वात्मक दु:खबाट युक्त भएर आत्यंतिक शांतिलाई वहाँले स्वयम् आफ्नो पर्येषणाको लक्ष्य बनानुभयो । ध्यान द्वारा वहाँले धर्मरूप परम सत्यको साक्षात्कार अथवा सम्बोधि प्राप्ति गर्नुभयो । यह पारमार्थिक धर्म तर्कको अगोचर थियो र त्यस्को दुई रूप निर्दिष्ट छ - प्रतीत्यसमुत्पाद र निर्वाण। प्रतीत्यसमुत्पादमा दु:ख प्रपंचको परतंत्रता संकेतित छ र निर्वाणमा परम शांति। अनित्य र परतंत्र नाग रूप (चित्त र शरीर)लाई आत्मस्वरूप सम्झना नै मूल अविद्या हो र त्यहिबाट तृष्णा एवं कर्म द्वारा संसारचक्र अनवरत गतिशील रहन्छ । यस्को विपरीत शील अथवा सत्कर्म, वैराग्य, एवं प्रज्ञा संसारको हेतुपरम्पराको निराकरण द्वारा निर्वाण तिर लैजान्छ । प्रज्ञा साक्षात्कारात्मक हुन्छ । चार आर्य सत्यहरुमा मूलत: यही सन्देश प्रतिपादित छ ।
एकातिर भगवान् बुद्धले कर्मतत्वलाई मनोवैज्ञानिक विश्लेषण द्वारा चित्तप्रसूत भनेर यो प्रदर्शित गरिदिनुभयो कि संसारवृक्षको बीउ मन नै हो - "मनोपुब्बंगमा धंम्मा मनोसेट्ठा मनोमया" र अर्कोतिर मनको अनित्यता र परतन्त्रता द्वारा त्यस्को अनात्मता र हेयताको वहाँले स्पष्ट प्रतिपादन गरिदिनुभयो। संसार चित्तमा प्रतिष्ठित छ र चित्त दु:ख, अनित्य एवं अनात्मको लक्षणहरुबाट परिगृहीत। मूलत: चित्तमा नैरात्म्य बोध द्वारा चित्तोपशम नै निर्वाण हो ।
प्रथम आर्य सत्यको मीमांसा गर्दै बौद्धहरुले त्रिविधदु:खताको प्रतिपादन गरेकवछ - दु:ख दु:खता जुन संवेदनात्मक स्थूल दु:ख हो, परिणाम दु:खता जुन कि सुखको अन्यथाभावबाट व्यक्त हुन्छ, एवं संस्कारदु:खता जुन संस्कारहरुको संचलनात्मकता हो। यस संस्कारदु:खताको कारण नै "सर्वं दु:खम्" यस लक्षणको कतै पनि व्यभिचार हुँदैंन । दु:खको सूक्ष्म एवं विराट् रूपको सम्यग्बोध आध्यात्मिक संवेदनशीलताको विकसितहुँदा नै सम्भव हुन्छ । बौद्धहरु अनुसार दु:ख सत्यको साक्षात्कार हुँदा पृथग्जनको स्थिति छूटेर आर्यत्वको उन्मेष हुन्छ ।