Tuesday, January 6, 2015

धम्मपद





प्राक्कथन
भगवानबुद्धको अमरबाणी धम्मपदको भाषानुवाद तपाई समक्ष प्रस्तुत गर्न पाउँदा मलाई साहै हर्ष लागेकोछ । यो भाषानुवाद विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूको पाली हिन्दी बाट नेपालीमा अनुवाद गर्ने कोशिश गरेकोछु। हुन त म भाषा बिज्ञ होईन तथापी नेपालीमा बौद्ध ग्रन्थको अभाव खट्केकोले यो धम्मपदलाई प्रस्तुत गर्न आवश्यक ठानी प्रस्तुत गरेकोछु । यो ग्रन्थ विश्वभरीको ग्रन्थहरुमा अन्य धर्म ग्रन्थहरुको जस्तै उच्च स्थान रहेकोछ । विपश्यनाको प्रचार प्रसारको साथ साथै यसको लोकप्रियता पनि बढदै जानेछ । यस्मा अलि कति पनि शंका छैन । विश्वविपश्यनाचार्य पुज्य सत्यनारायण गोयन्काज्यूले दश दिनको विपश्यना शिविरहरुमा साधनालाई राम्रो संग बुझाउनकोलागि वहाँले धेरै उदाहरण दिनुहुन्छ । यसैले पनि थाहा हुन्छ कि यसको महत्व कति धेरै छ । ध्यानले विचार गरेर हेर्नेहोभने साधनालाई बलीयो बनाउने अगाध प्रेरणा जगाउने खालकोछ ।
धम्मपदमा बुद्धवाणीको साँचो नै उपलव्धछ भन्दापनि हुन्छ ।

यथापि रुचिरं पुफ्फं वण्णवन्तं अगन्धकं
एवं सुभासिता जाचा अफला होति अकुब्बतो
                             (गाथा ५१)
यथापि रुचिरं पुफ्फं वण्णवन्तं सुगन्धकं
एवं सुभासिता जाचा सुफला होति कुब्बतो ।।
                             (गाथा ५२)
जसरी कुनै फूल सुन्दर बर्णयुक्त सगन्ध रहितहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ । फल रहित यदि कोहि तदनुसार आचरण नगरोस ।
जसरी कुनै फूल सुन्दर बर्णयुक्तहोस सुगन्धवालाहोस त्यसरी नै राम्ररी भनिएको
बुद्ध वाणी हुन्छ फल सहित यदि कोहि तदनुसार आचरण गर्नेवाला होस ।
यसप्रकार बुद्धवाणी फलप्रद तब मात्रै हुन्छ जब कोहि यसको अनुसार आचरण गरोस । यसलाई अनुभुतिमा उतारोस । यहि बुद्धवाणीको साँचोहो ।
उदाहरणः
   सब्बे संखारा अनिच्चाति यदा पञ्ञाति पस्सति ।
   अथ निब्बिदन्ति दुक्खे एस मग्गो विसुद्धिया ।।‘’
                                 (गाथा २७७)
सबै संस्कार अनित्य छ (अर्थात जे उत्पन्न हुन्छ त्यो नष्ट हुन्छ) यस (सत्य)लाई जब कोहि (विपश्यना) प्रज्ञा व्दारा देख्छ जान्दछ तब यस्को दुःखको निर्वेद प्राप्त हुन्छ । (अर्थात दुःख क्षेत्रको प्रति भोक्ताभाव टुट्छ) । यस्तै नै यो विशुद्धी (विमुक्ति)को मार्ग!’’

यदि कसैले यस गाथालाई कसैले १०।२० पचास वा एकसय पटक नै पाठ गरिराखोस तापनि यसलाई कुनै लाभ पाउने होईन केवल बुद्धीको कायित्कि चित्त परिष्कार हुन्छ । जब यसैलाई अनुभुतिमा उतारोस तब अपरिमित कल्याण हुन थाल्छ । सबै दुःखबाट मुक्त हुने बाटो पाउँछ ।
धम्मपद यस्तै गाथाहरुको भण्डार हो ।यसैले विपश्यना विशोधन विन्यासले बुद्धवाणीबाट सर्बप्रथम यसै ग्रन्थको भाषानुवाद गर्ने जमर्को गरेको हो ।
ध्यान रहोसकि सबै बुद्धवाणीलाई त्रिपिटक नामले जानिन्छ । त्रिपिटकलाई तीन भागमा बाँडेकोछ । एक विनय पिटक दुई सुत्त पिटक र अभिधम्मपिटक । यसम्धय सुत्तपिटक अन्तरगत पाँच निकायछन् ज्ञ दीघनिकाय २ मज्झिम निकाय ३ संयुक्त निकाय ४ अङ्गुत्तर निकाय र ५औं खुद्दक निकाय । खुद्दक निकाय अन्तरगत १९ गर्न्थछन् यि १९ ग्रन्थ मध्य एक धम्मपद हो ।

धम्मपद नेपाली अनुवाद
१ यमक वग्ग
     मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पटुठ्ठेन, भासति वा करोति वा ।
ततो नं दुक्खमन्चेति, चक्कं व वहतो पदं ।।

मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै व्यक्ति आफ्नो मनलाई मैलो गरेर कुनै वचन बोल्छ अथवा शरीरले कुकर्म गर्छ तब दुःख उस्को पछि पछि लाग्छ । जसरी गोरु पाईलाको पछि पछि चक्का आउँछ ।


     मनोपुब्बङ्गमा धम्मा, मनो सेठ्ठा मनोमया ।
मनसा चे पसन्नैन, भासति वा करोति वा ।
ततो नं सुखमन्वेति, छाया व अनपायिनि ।।

मन सबै धर्म प्रबृत्तिहरुको अगुवा हो मन नै प्रधान सबै धर्म मनोनय छ ।
जब कुनै व्यक्ति आफ्नो मनलाई उज्यालो बनाइ कुनै वचन बोल्छ अथवा शरीरले सकर्म गर्छ तब सुख उस्को पछि पछि लाग्छ । जसरी कहिल्यै साथ नछोड्ने छायाँ उस्को पछि आउँछ ।
     अक्कोछिमं अवधि मं अजिनि मं अहासि मे ।
     ये च तं उपन्हयन्ति वेरं तेसं न सम्मति ।।
     
      मलाई गाली गर्यो मलाई पिट्यो मलाई हरायो मलाई लुट्यो
जस्ले मनमा यस्तो गाँठो बाँधिरहन्छ उस्को वैर शान्त हुँदैन ।
     
     अक्कोछिमं अवधि मं अजिनि मं अहासि मे ।
     ये च तं नुपन्हयन्ति वेरं  तेसुपसम्मति ।।

मलाई गाली गर्यो मलाई पिट्यो मलाई हरायो मलाई लुट्यो
जस्ले मनमा यस्तो गाँठो बाँधिरहन्न उस्को वैर शान्त हुन्छ ।
     
           न हि वेरेन वेरानी सम्मन्तीध कुदाचनम् ।
अवेरन च सम्मन्ति यस धम्मो सनन्तनो ।।

यहाँ (यस लोकमा) वैरले वैर कहिल्यै शान्त हुँदैन ।
बरु अवैरले शान्त हुन्छ यहि नै सनातन धर्महो ।
          
परे च न विजानन्ति, मयमेत्थ यमामसे ।
ये च तत्थ विजानान्ति, ततो सम्मन्ति मेधगा ।।

अनाडिहरुयो जान्नैनन्कि हामी यहाँ (यस संसार)बाट जानेवाला छौं ।
जो यसलाई जान्दछन् सबै झगडा शान्त हुन्छ ।
 
           सुभानुपस्सिं विहरन्तं इन्द्रियसु असुवुतं
भोजनम्हि च मत्तञु सद्धं आरद्धवीरियं ।
तं वे नप्पसहति मारो वातो सेलंव पब्बतं ।।

राम्रो लाग्ने चीजहरुलाई शुभ नै शुभ देख्दै विहार गर्ने
इन्दीयहरुमा असंयत भोजनको मात्रा अजानकार अल्छी र उद्योग
हीनलाई मारले यस्तो सताउँछ जस्तो कि दुर्बल रुखलाई हावाले ।।


    असुभानुपस्सिं विहरन्तं, इन्द्रियेसु सुसंवुतं    
भोजनम्हि च मत्त`ञ्ञु, सद्धं आरद्धवीरियं ।
तं वे नप्पसहति मारो, वातो सेलंव पब्बतं ।।

    
            अशुभलाई अशुभ जानेर साधना गर्ने इन्द्रीयहरुमा सुसंयत
भोजनको मात्राको जानकार श्रद्धावानर उद्योगरतलाई मारले
त्यस्तै प्रकारले केहि हल्लाउन सक्तैन जसरी हावाले शैल पर्बतलाई ।
     
                 अनिक्क सावो  कासावं यो वत्थं परिदहिस्सति ।
            अपेतो दमसच्चेन न सो कासावनमरहति ।।
           
जसले काषायहरु (चित्तमल)हरुलाई परित्याग गरेकोछैन तर कास्याय बस्त्र
धारण गरेकोछ । उ संयम र सत्य भन्दा टाढाछ । उ कास्याय बस्त्र धारण
गर्ने योग्यछैन ।
  
 १०         यो च वन्तक सावस्स सीलेसु सुसमाहितो ।
उपेतो दमसच्चेन स वे कासावमरहति ।।

जसले काषायहरु चित्तमलहरुलाई बाहिर निकालेकोछ शीलहरुमा प्रतिष्ठितछ
संयम र सत्य युक्त छ उ निसन्द्ह काषाय बस्त्र धारण गर्ने अधिकारीछ ।

११           असारे सारमतिनो, सारे चासारदस्सिनो ।
            ते सारं नाधिगच्छन्ति, मिच्छासंकष्पगोचरा

                      जो निसारलाई सार सारलाई निसार बुझ्दछ यस्तो गलत
चिन्तनमा लागेको व्यक्तिलाई सार प्राप्त गर्न सक्तैन ।

१२          सारञ्च सारतो ञत्वा, असाञ्च असारत्व ।
ते सारं अधिगच्छन्ति, सम्मासंकप्पगोचरा ।।

सारलाई सार निसारलाई निसार जानेर शुद्ध चिन्तन गर्ने व्यक्ति सारलाई प्राप्त गर्दछ ।
१३          यथा अगारं दुछन्न वुट्ठी न समति बिज्झति ।
एवं अभावितं चित्तं रागो समति बिज्झति ।।

जसरी नराम्रो संग छाएको घरमा बर्षाको पानी
पस्छ त्यसरी नै अभावित चित्तमा राग पस्छ ।


१४          यथा अगारं सुछन्न वुट्ठी न समति बिज्झति ।
एवं सुभावितं चित्तं रागो समति बिज्झति ।।

जसरी राम्रोसंग छाएको घरमा बर्षाको पानी पस्न सक्तैन
त्यसरी नै समथ र विपश्यना राम्रोसंभावित चित्तमा राग पस्दैन ।

१५          इधं सोचति पेच्च सोचति, पापकारी उभयत्थ सोचति ।
सो सोचति सो बिहञ्ञति, दिस्वा कम्मकि लिट्ठमत्तनो ।।

यहाँ (यस लोकमा) शोक गर्छ मरणोपरान्त (परलोकमा) शोक गर्छ ।
पाप गर्ने (व्यक्ति) दुबै ठाउँमा शोक गर्छ । उ आफ्नो कर्मको मलिनता
देखेर शोकापन्न हुन्छ सन्तापित हुन्छ ।

१६          इध मोदति पेच्च मोदति, कतपुञ्ञो उभयत्थ मोदति ।
            सो मोदति सो पमोदति, दिस्वा कम्मविसुद्धिमत्तनो।।

                      यहाँ (यसलोकमा) प्रशन्नहुन्छ मरणोपरान्त (परलोकमा) प्रशन्न हुन्छ ।
पुण्य गरेको व्यक्ति दुबै ठाउँमा प्रशन्नहुन्छ । उ आफ्नो कर्मको शुद्धता
(पुण्यकर्मसम्पति) देखेर मुदित हुन्छ प्रमुदित हुन्छ ।

१७          इध तप्पति पेच्च तप्पति, पापकारी उभयत्थ तप्पति ।
            पापं मे कतन्ति तप्पति, भिय्यो तप्पति दुगतिं गतो ।।

                      यहाँ यस लोकमा सन्तप्त हुन्छ प्राण छोडेपछि परलोकमा सन्तप्त हुन्छ ।
पापकारी दुबै ठाउँमा सन्तप्त हुन्छ । मैले पाप गरें यस चिन्तनबाट सन्तप्त
हुन्छ र दुर्गति प्राप्त गरेरअरु धेरै सन्तप्त हुन्छ ।
१८          इधं नन्दति पेच्च नन्दति, कतपुञ्ञ उभयत्थ नन्दति ।
            पुञ्ञ मे कतंन्ति नन्दति, भिय्यो न्दति सुग्गति गतो ।।

                      यहाँ (यसलोकमा) आनन्दित हुन मरणोपरान्त परलोकमा आनन्दित हुन्छ ।
पुण्यकारी दुबै ठाउँमा आनन्दित हुन्छ । मैले पुण्य गरेकोछु यस चिन्तनमा
आनन्दित हुन्छ । र सुगति प्राप्त भएर अझ (धेरै) आनन्दित हुन्छ ।

१९          बहुम्पि चे संहितं भासमानो न तक्क रोहोति नरो पमत्तो ।
            गोपोव गावो गणयं परेसं न भागवा सामञ्ञस्स होति ।।

धर्म ग्रन्थहरु  त्रिपिटक को जति नै पाठ गरोस तर यदि प्रमादको
कारण मान्छेले त्यस धर्म ग्रन्थ अनुसार आचरण गर्दैन भने अरुको
गाई गिन्ने गोठालो जस्तै श्रमणत्वको भागि हुँदैन ।

२०          अप्पम्पि चे संहितं भासमानो, धम्मस होति अनुधम्मचारी ।
            रागञ्च दोसञ्च पहाय मोहं, सम्मप्पजानो सुविमुत्तचित्तो ।
अनुपादियानो इध वा हुरं वा, स भागवा साञ्ञस्स होति ।।
           
धर्म ग्रन्थहरु बरु थोरै पाठ गरोस, तर त्यो व्यक्ति धर्मको आचरण गर्ने होस,
राग व्देष र मोह त्याग गरेर सम्प्रज्ञानी बनेर, राम्रोसंग विमुक्त चित्तवाला भएर,
इहलोक अथवा परलोकमा केहिपनि आसक्ति नगरि श्रमणत्वको भागि हुन्छ ।
                       


२ अपमाद वग्ग
पालीः
२१ अपमादो अमतपदं, पमादो मच्चुनो पदम ।
   अपमत्ता न मीयन्ति, ये पमत्ता यथा मता ।।

अर्थःनेपाली
    प्रमाद नगर्नु अमृत निर्वाण को पद हो प्रमाद मृत्युको पद ।
    प्रमाद नगर्ने कहिल्यै मर्दैनन प्रमादी त मरे समान हो ।

२२ पालीः एवं बिसेसतो ञत्वा अप्पमादम्हि पण्डिता ।
       अप्पमादे पमोदन्ति अरियानं गोचरे रता ।

ज्ञानीहरु अप्रमादको बारेमा यस प्रकार बिशेषरुपले जानेर
      आर्यहरुको गोचर भूमिमा रमण गर्दै अप्रमादमा प्रमुदित हुन्छन् ।

२३    ते झायिनो सातिका निच्चं दव्हपरक्क मा ।
      फुसन्ति धीरा निब्बानं योगक्खेमं अनुत्तरं ।।
     
ति सतत ध्यान गर्नेहरु नृत्य दृढ पराक्रम गर्नेहरु धीर पुरुष उत्कृष्ट
योग्यक्षेमहरु निर्वाणलाई प्राप्त अर्थात यस्को साक्षात्कार गर्छन ।

२४।
उट्ठावतो सतिमतो सुचिकम्मस्स निसम्मकारिनो ।
अञ्ञतस्स धम्मजिविनो अप्पमत्तस्स यसो भिवड्ढीति ।।

उद्योगशील, स्मृतिमान, सूचि दोष रहितपवित्र कर्म गर्ने, सोच-विचार गरेर काम गर्ने संयमी,
धर्म अनुसार जीविका चलाउने अप्रमादी व्यक्तिको यश खूब बढ़छ ।




- २५   उट्ठानेनप्पमादेन, संयमेन दमेन च ।
      दीपं कयिराथ मेधावी, यं ओघोनाभीकारिती ।।.

बुद्धिमान व्यक्ति उद्योग, अप्रमाद, संयम र इन्द्रियहरुलाई दमन* व्दारा
आफ्नो लागि यस्तो व्दीप बनाउ जसले बाढ़ीले डुबाउन नसकोस ।
२६ ।।
पमानुञुजन्ति, बाला सुमेधो जना ।
अपमादञ्च मेधावी, धनं सेट्ठव रक्खति ।।

मुर्ख एवं दुर्बुद्धिहरु प्रमादमा लागिरहन्छन् ।
बुद्धिमान व्यक्ति श्रेष्ठ धन जस्तै अप्रमादको रक्षा गर्छ ।

२७ ।।
मा पमानुयुञ्जेथ मा कामरतिसन्थनवं ।
अपमत्तो हि झायन्तो पप्पोति विपलं सुखं ।।

      प्रमाद नगर न काम भोगमा लिप्त होउ।
      किनकि अप्रमादी ध्यान गर्दै अपूर्व सुख (निर्वाण) प्राप्त गर्छ ।
२८ ।।
      पमादं अप्वमादेन यदा नुदति पण्डितो ।
       पञ्ञापासादममरुय्ह असोको सोकि नि पजं ।
      पब्बतट्ठोव भूमट्ठे धीरो बालेअवेक्खति ।।

जब कुनै बुद्धिमानले अप्रमादीलाई प्रमादले धकेल्छ,
 तब त्यो प्रज्ञा-रूपी प्रसाद(महल)मा चढेको शोकरहित हुन्छ ।
यस्तो शोक रहित धीर व्यक्तिलाई करुण भावले त्यस्तै देख्छ,
जस्तै पर्वतमा उभीएको मान्छे धरती मा मान्छेहरुलाई देख्छ ।

 २९ ।।
अप्पमत्तो पमत्तेसु, बहुजागरो ।
अबलस्संव सीघस्सो, हित्वा यातिसुमेधसो ।।

प्रमाद गर्नेमा अप्रमादी, अज्ञानको नींदमा सुति रहनेलाई प्रज्ञावान, अतिसचेत,
 प्रज्ञा भएको व्यक्ति छोडेर अघि बढ्छ ।जस्तै शक्तिशाली दगुर्ने घोड़ा दुर्बल घोड़ालाई छोड़ेर अघि निस्कन्छ ।

३० ।।
अप्पमादेन मघवा देवानं सेट्ठतं गतो ।
अप्पमादं पसंसन्ति पमादो गरहितो सदा ।।

अप्रमादको कारण नै इन्द्र देवताहरुमा श्रेष्ठता प्राप्त गरे ।
पंडितहरु सँधै अप्रमादको प्रशंसा गर्छन र प्रमादको सँधै निंन्दा हुन्छ ।

*यहाँ पंडितको अर्थ बुद्धिमान हो. न कि जन्मले ब्राम्हण हो या संस्कृत पढेको व्यक्ति । 
३१ ।।
      अप्पमादरतो भिक्खु, पमादे भयदस्सि वा ।
संयोजनं अणु थुलं डहं अग्गीव गच्छति ।।

जो साधक अप्रमाद(सत्य, अहिंसा, प्रेम, दया इत्यादि श्रेष्ठ गुण)मा रहन्छ या प्रमाद(असत्य, हिंसा, घृणा, इत्यादि दुर्गुण)मा भय देख्छ, त्यो आफ्नो स्यानो-७लो सबै कर्म-संस्कारोहरुको बंधनलाई आगोले जस्तै जलाउँदै जान्छ  

३२ ।।  अप्पमादरतो भिक्खु पमादे भयदस्सि वा ।
      अभब्बो परिहानाय निब्बानस्सेव सन्ति के ।।

जो भिक्षु,  अप्रमादी हुन्छ (सत्य, अहिंसा, प्रेम, दया, पुरुषार्थ असल गुण), प्रमाद(असत्य, हिंसा, घृणा, अल्छि दुर्गुण)ले भयभीत हुन्छ त्यस्को पतन हुँदैन । त्यो त निर्वाण (मुक्ति, मोक्ष )को समीप पुगेको हुन्छ  


चित्त वग्ग

 ३३ ।।            फन्दनं चपलं चित्तं दूरक् दून्निवारयं ।
      उजुं करोति मेधावी उसुकारोव तेजनं ।।

      चित्त चंचल छ, चपल छ, कठिनाईबाट यस्को संरक्षण हुन्छ र कठिनाईबाट यस्को निवारण हुन्छ ।
      मेधावी पुरुष यसलाई त्यसै प्रकार सीधा गर्छ जसरी बाण बनाउनेले बाणलाई ।


३४    वारिजोव थले खित्तो ओक मोक तउब्भतो ।
      परिफन्दतितदं चित्तं मारधेय्यं महातवे ।।              

जसरी पानीबाट निकालेर भुईमा फालिएको माछा छटपटाउँछ
         त्यस्तै मारको फन्दाबाट उम्कनको लागि यो चित्त छटपटाउँछ ।

३५      दुन्निग्गहस्स लहुनो यत्थकामनिपातिनधो ।
       चित्तस्रस दमथो साधु, चित्तं गुत्तं दन्तं सुखावहं ।।
             
        यस्तो चित्तको दमन गर्नु राम्रो हो जसलाई बसमा गर्नु कठीनछ
जो शिघ्रगामी छ र जहाँ चाह्यो यता उति जान्छ दमन गरिएको चित्त सुख दिने हुन्छ ।

३६       सुदुद्दसं सुनिपुणं,यत्थकामनिपातिनं ।
       चित्तं रक्खेथ मेधावी,चित्तं गुत्तं गुत्तं सुखावहं ।।
             
       जो बडो दुर्दशछ कठीनाईपुर्वक देखिने बडो चलाकछ
जहाँ चाह्यो त्यहिं पुग्छ बुझ्नेलाई चाहिन्छ कि यस्तो चित्तको रक्षा गरोस
सुरक्षित चित्त बडो सुखदायि हुन्छ ।

३७      दूरंगमं एकचरं,असरीरं गुहासयं ।
       ये चित्तम संयमेस्सन्ति, मोक्खन्रति मार बन्धना ।।
      
       जो कोहि पुरुष महिला गृहस्थ वा प्रवज्जित दूरगामी एक्ले हिंड्ने
शरीर रहित गुहाशायि चित्तलाई संयमित गर्छ उ मारको बन्धबाट मुक्त हुन्छ ।

३८       अनवट्ठितचित्तस्रस,सद्धम्रं अविजानतो ।
       परिप्लवपसादस्स,पञ्ञा न परिपूरति ।।

जस्को चित्त अस्थिरछ जो सद्धर्मलाई जान्दैन ।
जस्को श्रद्धा असन्तुलनछ उस्को प्रज्ञा परिपूर्ण हुन सक्तैन ।

३९       अनवस्सुत चित्तस्स, अनन्वाहत च्तसो ।
      पुञ्ञपापहिनस्स,नत्थि जागरतो भयं ।।।

जस्को चित्तमा राग छैन जस्को चित्त व्देष रहितछ ।
जो पाप पुण्य विहिन छ त्यस सजग क्षिणासब रहनेलाई कुनै भय हुन सक्तैन ।



४०    कुम्भूपमं कायमिमं विदित्वा, नगरूपमं चित्तमिदं टपेत्वा ।
      योधेथ मारं पञ्ञावुधेन, जितञ्च रक्खे अनिवेसनो सिया ।।

यस शरीरलाई घैंटो समान भङ्गुर जानेर र चित्तलाई गढको समान रक्षित र दृढ बन्यो
      प्रज्ञारुपी सस्त्रको साथमा मार सित युद्ध गरेर त्यसलाई जितेर पनि चित्तको रक्षा गर्यो अनाशक्त भैरह्यो ।

४१    अचिरं वतयं कायो, पथविं अधिसेस्रसति ।
       छुद्धो अपेतविञ्ञाणो,निरत्थं कलिंगरं ।।

अहो ! यो तुच्छ शरीर चाँडै नै चेतना रहित भएर
निर्थक काठ टुक्रा जस्तै भुईंमा लडि रहन्छ ।

४२    दिसो दिसं यं तं कयिरा, वेरी वा पन वेरिनं ।
      मिच्छापणिहितं चित्तं, पापियो नं ततो करे ।।

शत्रु शत्रुको अथवा वैरी वैरीको जति हानि गर्छ
त्यो भन्दा बढी कुमार्गमा लागेको चित्तले हानि गर्छ ।

४३    न तं माता पिता कयिरा,अञ्ञे वापि च ञाताका ।
सम्मापणिहितं चित्तं,सेय्यसो नं ततो करे ।।

जति भलो आमा बुवा न दाजुभाइले गर्न सक्छ
त्यो भन्दा बढी भलो सत्मार्गमा लागेको चित्तले गर्छ ।

पुप्फ वग्ग
४४   को इमं पथवि विचेस्सति, यमलोकञ्च इमं सदेवकं ।
      को धम्मपदं सुदेसितं, कुसलो पुप्फमिवपचेस्सति।।
         

ो छ जो स पृथ्वी र देवताहरू सहित यम लोकलाइ जित्न सक्छ ?  चतुर व्यक्ति राम्रोसित उपदिष्ट धर्म(परम सत्य)को पदलाइ जस्तै टिप्नसक्छ ?
।। पुष्प वर्ग (पुण्य पुष्पको बगचा फुलाउँ) -
स्पष्टीकरण -  एक मालाकार राम्ररो फूलहरू छानेर एक राम्रो माला बनाउँछत्यस्तै प्रकार जीवनको सत्यलाइ जानको लागि प्रयत्न गर्छ ? संसारमा जीवनको सही रहस्यलाइ कस्ले खोज्नसक्छ ? स्वर्ग र पातालको जानकारी कस्लाइ थाहा हुनसक्छ? स्तै एक मालाकारले राम्रो राम्रो फूल चिनेर टिप्छ अनि एक सुन्दर माला बनाउँछ त्यस्तै प्रकार धर्म(परम सत्य)को रहस्य सिद्धातहरू एक मालाकारले जस्तै कस्ले बुझ्न सक्छ ? 

 ४५  सेखो पथविं विचेस्सति,यमलोकञ्च इमं सदेवकं ।
     सेखो धम्मपदं सुदेसितं,कुसलो पुप्फमिव पचेस्सति ।।

शैक्ष्य (निर्वाणको खोजमाागेको व्यक्ति नै देवताहरू सहित स यमलोक र धरतीलाइ जीत्छ । चतुर शैक्ष्य नै           राम्रोसित उपदिष्ट धर्म(सत्य)लाइ पदहरूको फूल जस्तै चयन गर्छ
विस्तृतः जो आत्मज्ञानको चयन गर्रछ, जान्दछ, बुझ्दछ, साक्षात्कार गर्दछ अर्थात् कुशल साधक ले नै      धर्मपदहरू(सत्य वचन)को राम्ररी चयन गर्नसक्छ । जस्तै कुनै माली बगैचामा गएर अहिले नै फुलेको, कीराले खाएको,सुकेकेको तथा  छोडेर, सुगन्धित राम्रो फक्रेको फूलहरू  ्छ त्यसै प्रकार शैक्ष्य (साधक) बुद्धहरू (जस्ले परम ज्ञान प्राप्त गरे उनि) द्वारा सुकथित, बोधिपक्षीय धर्म पदहरूको प्रज्ञा द्वारा चयन गर्छ, बुझ्दछ तथा साक्षात्कार गर्छस प्रकार एक साँचो साधकनै यमलोक, स्वर्ग-लोक र धरती-लोकको विषयमा ठीक-ठीक तरिकाले बुझ्न सक्छ 
 ४६ ।। फेणुपमंकायमिमंविदित्वा,मरीचिधम्मंअभिसम्रबुधानो ।
      छेत्वानमारस्स पपुप्फकानि,अदरस्सनं मच्चुराजस्सगच्छे ।।

स शरीरलाइ फींज सामान या मरू मरीचिका  निसार सामान जान, मार(अविद्या र अज्ञान आदि) लाइ तोड़ेर यमराज(मृत्युको राजा)को दृष्टिबाट टाढा रहन्छ

धम्मपद ४७ ।।
पुप्फानि हेव पचिनन्तं,व्यासत्तमनसं नरं ।
सुत्तं गामं महोघोव,मच्चु आदाय गच्छति ।।

काम, भोग रूपी पुष्पहरु चुन्ने(स्थाई जीवन), आसक्तिमा डुबेको मनुष्यलाई मृत्यु त्यसरी नै बगाएर लैजान्छ जसरी सुतेको गाउँलाई नदीको बढ़ेको बाढ़ीले बगाएर लैजान्छ ।
।। पुष्प वर्ग (पुण्य पुष्पको बगैचा फुलाउँ ) - स्पष्टीकरण - जो मान्छे पुरै जीवन कामभोग रूपी फूल चुनिरहन्छ । यस्ता मान्छेहरुकोत्यस्तै हुन्छ जसरी सुतेको गाउँलाई बाढीले बगाएर लैजान्छ  
धम्मपद ४८ ।।
पुप्फानि हेव पचिनन्तं,व्यासत्तमनसं नरं ।
अतित्तञ्ञेव कामेसु,अन्तको कुरुते वसं ।।

काम भोग रूपी पुष्प(जीवन) चुन्ने, आसक्तिमा डूबेको मान्छेलाई, जुन अहिले सम्म कामनाहरु(ईच्छा)ले तृप्त भएकवछैन, यमराज(मृत्यु)ले आफ्नो वशमा गर्छ ।

धम्मपद ४९ ।।
यथापि भमरो पुप्फं, वण्णगन्धमहेठयं ।
पलेति रसमादाय,एवं गामे मुनी चरे ।।

जसरी भमराले कुनै पनि फूललाई हानी नपुगाई रस चुसेर जान्छ, त्यसै गरि भिक्षु, मुनि, सन्यासी आदिलाई पनि भिक्षाटन गर्नुपर्छ  

धम्मपद ५० ।।
न परेसं विलोमानि, नपरेसं कताकतं ।
अत्तनोव अवेक्खेय्य,कतानि अकतानि च ।

मान्छेले उ न त अरुको दोष देखोस र न अरुको  कृत-अकृतमा ध्यान देओस । उस्ले आफ्नो नै कृत-अकृतलाई देखोस ।
स्पष्टिकरण
धर्म(आफ्नो कर्तव्य) को विपरीत कुरामा चित्तलाई रम्न दिनुहुँदैन । यस्तो कुरबाट मन हटाएर केवल आफ्नो गर्ने योग्य कार्यमा नै ध्यान दिनुपर्छ   
*कृत-अकृतको अर्थ यहाँ  धम्मपद ले भन्दछ कि प्रायः हाम्रो जीवन अरुले के गर्यो के गरेन, उस्ले यो  गलत गर्यो वा , उ त्यहाँ गएथ्यो, उस्लै यो भन्थ्यो, उस्ले किन भन्यो आदि वाईहात कुरामै पूरा हुन्छ र हामी आफ्नो काम ठीकले पूरा गर्न सक्तैनौं र या पूरा नगर्ने बहाना खोज्छौं त्यसैले वाईहात कुरा छोड़ेर आफ्नोकामा ध्यान दिनुपर्छ        
धम्मपद ५१ ।।
यथापि रुचिरं पुप्फं, वण्णवन्तं अगन्धकं ।
एवं सुभासिता वाचा,अफला होति अकुब्बते ।।

जस्तै फूल सुन्दर होस, तर त्यो गंध रहित होस त्यसै प्रकार भने अनुसार कार्य नगर्ने को सुभाषित वाणी निष्फल हुन्छ ।
।। पुष्प वर्ग (पुण्य पुष्पको बगैचा फुलाउँ) -
यहाँ निर भनाई छ कि हामी बोल्दा त  राम्रो बोल्छौं तर हाम्रो जीवनमा हामी जुज बोल्छौं त्यसको आचरण छैन भने हामीले बोलेको के अर्थ र त्यसको कुनै परिणाम निकस्कन्ज र त्यो शव्द व्यर्थ छ ।


धम्मपद ५२ ।।
यथापि रुचिरं पुप्फं, वण्णवन्तं सुगन्धकं ।
एवं सुभासिता वाचा,सफला होति कुब्बतो ।।

जस्तै फूल सुन्दर होस र त्यस्मा (सू)गंध पनि होस, त्यसै प्रकार भने अनुसार काम गर्नेको सुभाषित वाणी सफल हुन्छ ।
धम्मपद ५३ ।।
यथापि पुप्फरासिम्हा, कयिरा माला गुणे बहु ।
एवं जातेन मच्चेन, कत्तब्बं कुसलं बहुं ।।

जसरी थुप्रै फूलहरुबाट राम्रो फूल चुनेर माला बनाईन्छ, त्यसैप्रकार संसारमा उत्पन्न भएको प्राणीले त्यो धेरै शुभ कर्म गरोस ।
स्पष्टीकरण - मान्छे : शुभ कर्म गरौं किनकि जीवन छोटो छ ।

धम्मपद ५४ ।।
न पुप्फगन्धो पटिवातमेति, न चन्दनं तगरमलिका वा ।
सतञ्च गन्धो पटिवातमेति,सीलगन्धो अनुत्तरो ।।

 चन्दन, तगर, या जूही वा यि सबैको सुगन्ध हावाको विपरीत दिशामा फेलिन्छ । यि शिल सदाचारको सुगन्ध भन्दा सत्पुरुषको बढी हो ।
स्पष्टीकरण - शास्ताले तीन प्रकारको गन्धको चर्चागर्नुभएकोछ :- ०१. मुलगंध ०२. सारगंध एवं ०३. पुष्पगंध तर शास्ताले तीनै गन्धहरु भन्दा पर पनि एक गन्ध छ जसलाई शीलगन्ध भनिन्छ । जो जीवन मा हिंसा(प्राणातिपात) बाट टाढा रहन्छ, चोरी (अदत्तादान) गर्दैन, कामभोगमा गलत (व्यभिचार, मिथ्याचार) गर्दैन, असत्य भाषण (मृषावाद) बोल्दैन, सूरा, मद्यपान एवं नशालु वस्तुको सेवन गर्दैन,शीलवान झैं जीवन जिउँछ र जीवनमा शुभ कर्म गर्ने (कल्याणधर्मकर्ता) हो, दुर्गुण एवं निम्न विचारहरुबाट मुक्त चित्त ले गृहस्थ धर्मको पालन गर्छ, मुक्तहस्त(यथा योग्य) दान दिन्छ, सबै इन्द्रियहरुमा संयम राख्छ, त्यागलाई जीवनमा उचित महत्त्व दिन्छ, योगमा निष्ठावान भएर त्यस्मा स्थिर रहन्छ, त्यो व्यक्ति एक असल मनुष्य बन्छ । निश्चय नै यस्ता व्यक्तिको प्रशंसा गर्छ । यस्तो व्यक्तिको देवतागण(विद्वान र श्रेष्ठ हरु) पनि सबै दिशाहरुमा प्रशंसा गर्छ । यस्तो व्यक्तिको गुणको सुगन्ध चारैतिर फैलिन्छ, सबैले यस्को सम्मान गर्छ चारैतिर प्रशंसा गर्छन । निश्चित नै शीलगंध एक यस्तो गन्ध हो जुन हावाको दिशामा र विपरीत दिशामा फेलिन्छ  । अर्थात गुणको सुगन्ध सबै दिशामा फेलिन्छ ।


धम्मपद ५५ ।।
चन्दन तगरं वापि, उप्पलं अथवस्सकी ।
एतेसं गन्धजातानं, सीलगन्धो अनुत्तरो ।।


चन्दन या तगर, कमल या जूही - यि सबै सगन्धहरुको तुलनामा शील (सदाचार)को सुगन्ध श्रेष्ठ हुन्छ ।
।। पुष्प वर्ग (पुण्य पुष्पको बगैचा फुलाऔं) -असल मान्छे(सच्चा श्रावक या श्राविका), ब्रह्मवेत्ता ऋषि, अरिहंत, तीर्थंकर, बुद्ध, ताओ या झेन रहस्यको जानकार आदि आफ्नो कर्मको सुगन्ध सबै दिशाहरुमा फैलाउंदै हिड्छ । यसैले यस्तो भन्न सकिन्न कि 'उस्को सुगन्ध हावाको विपरीत दिशामा जान सक्तैन' । यस प्रकार हामी पाउंछौंकि सदाचार मनुष्य को सुगन्धलाई कसैले समानता गर्न सक्तैन । यो अनौठो र अद्वितीय हो । यस्को समान कुनै सुगन्ध नै छैन ।


धम्मपद ५६ ।।   
अप्पमत्तो अयं गन्धो, य्वायं तगरचन्दनं ।
यो च सीलवतं गन्धो, वाति देवेसु उत्तमो ।।

तगर र चन्दनको सुगन्ध त थोरै मात्र नै फैलन्छ । शीलवानहरु(सदाचारी = सत्य आचरण र जीवन जस्को छ त्यो) को सुगन्ध देवलोक(पुरै विश्वमा) सम्म फैलिन्छ ।
।। पुष्प वर्ग (पुण्य पुष्पको बगैचा फुलाऔं) -
 धम्मपद ५७ ।।
तेसं समपन्नंसीलानं,  अप्पमादविहारिनं ।
सम्मदञ्ञा विमुत्तानं, मारो मग्ग न विन्दति ।।
शीलवान, अल्छीबाट मुक्त, ज्ञान द्वारा मुक्त व्यक्तिहरुकोको मार्गलाई 'मार' ले जान्न सक्तैन ।
।। पुष्प वर्ग (पुण्य पुष्पको बगैचा फुलाऔं) - जो व्यक्ति धैर्यवान, सदाचारी, न्यायप्रिय, ध्यान गर्ने, सत्यवक्ता र जहाँ सम्महोस प्रिय बोल्ने, सच्चा अहिंसक, सबैसित प्रीति पूर्वक र यथा योग्य सबैको भलो चाहने  र गर्ने, सोचि सम्झेर निर्णय लिनेवाला, सबैलाई सही कुरा भन्ने र सल्लाह दिने ,कसैकोपनि निंदा नगर्ने व्यक्ति, उत्साही, उद्यमी र ज्ञान द्वारा मुक्त व्यक्तिहरुलाई मार्गमा हिंडने व्यक्तिलाई मार अर्थात खराबी, वासना, दुख, क्लेश, खराब बानी, खराब संस्कार, मन को अशान्लेति आदि छुन पनि सक्तैन ।
धम्मपद ५८-।।
यथा संङ्कारठानस्मिं, उज्झितस्मि महापथे ।
पदुमं तत्थ जायेथ, सूचिगन्धं मनोरमं ।।
५९
एवं सङ्कारभूतेसु, अन्धभूते पुथुज्जने ।
अतिरोचति पञ्ञाय,सम्मासम्बुद्धसावको ।।

जस्तो फोहोर मैला फ्याकिएको राजमार्गमा सुगन्धित तथा मनभावक कमलको फूल फूल्यो ........
......त्यस्तैनै फझहोर मैलाको सामान अन्धा अज्ञानीहरुमा सम्यक-सम्बुद्धको श्रावक आफ्नो प्रज्ञाबाट प्रकाशित हुन्छ ।
जहिलेपनि फोहोर हीलो मै कमलको फूल फुल्छ ।

बाल वग्गो
६०  दीपा जागरतो रत्ति, दिघं सन्तस्स योजनं ।
    दिघो बालानं संसारो, सद्धम्मं अविजानतं ।।
 जागनेको रात लामो हुन्छ, थाकेकाको बाटो योजन लामो हुन्छ हुन्छ । सद्धर्मलाई न   जान्ने    मुर्ख व्यक्तिहरको लागि संसार चक्र लामो हुन्छ ।
६१ चरञ्चे नाधिगच्छेय्य,सेय्यं सदिसत्तनो ।
   एकचरियं दल्हं कयिरा, नत्थि बाले सहायता ।।
यदि विचरण गर्दै (शील समाधी प्रज्ञामा) आफू भन्दा श्रेष्ठ वा आफ्नो सहचर पाए तब दृढताको   साथ एक्लै विचरण गर्नु । मूर्ख व्यक्ति सित सहायता नपाउन सक्छ ।

६२ पुत्ता मत्थि धनमत्थि,इति बालो विहञ्ञति ।
   अत्ता हि अत्तनो नत्थि,कुतो पुत्ता कुतो धनं ।।
मेरो छोरा , मेरो धन ! यस मिथ्या चिन्तन मा नै मूढ व्यक्ति ब्याकूल भैरहन्छ । अरे! जब यो तन र मनको आफ्नो छैन भने कहाँको मेरो छोरा कहाँको मेरो धन ?

६३  यो बालो मञ्ञति बाल्यं, पण्डितो वापि तेन सो ।
    बालो च पण्डितमानी, स वे बालो "ति" वुच्चति ।।
जो मूढ भएर आफ्नो मूढतालाई स्विकार गर्छ, उ यस अंशमा पण्डित (ज्ञानी) छ र जो मूढ      भएर आफैले आफूलाई पण्डित मान्छ त्यो मूढ नै भनिन्छ ।
६४ धम्मपद ६४ ।।
      यावजीवम्पि चे बालो, पण्डितं पायरुपासति ।
      न सो धम्मं विजानाति,दब्बी सूपरसं यथा ।।
 चाहै मूढ जीवनभरी पण्डितको सेवामा रहोस उ धर्मलाई त्यसरीनै जान्दैन जसरी कलुछी सूपरसलाई जान्दैन ।

यसकारण जो व्यक्तिलाई पंडित भएकोछु भन्ने भ्रममा छ वास्तवमा मूर्ख हो
धम्मपद ६५ ।।
      मुहुत्तमपि चे विञ्ञु, पण्डितं पयिरुपासि ।
       खिप्पं धम्मं विजानाति, जिव्हा सूपरसं यथा ।।
यदि बुझ्ने मान्छे कुनै पंडितको साथमा क्षणिक समय मात्रै रहेपनि उ ज्ञानलाई तत्काल त्यसै प्रकार जान्दछ जसरी जिभ्रोले सूपको स्वाद  तुरन्त थाहा पाउँछ  । यहाँ पण्डित ब्राह्मणलाई भनिएको होईन जो विव्दान छ अरुलाई राम्रो उपदेश दिने ज्ञानी छ उस्लाई भन्न खोजिएको हो ।
।। बाल वर्ग (सावधान ! दुर्जनबाट बच) -
ज्ञानी धर्म(सत्य र कर्तव्य)को सार तुरन्त बुझ्दछ  

धम्मपद ६६ ।।
     चरन्ति बाला दम्मेधा, अमित्तेनेव अत्तना ।
     करोन्ता पापकं कम्मं, यं होति कटु कप्फलं ।।

यदि बाल बुद्धी भएका मूर्ख व्यक्ति आफ्नै शत्रु भएर आचरण गर्छ र यस्तै पापकर्म । जस्को फल स्वयं आफ्नै लागि तीतो हुन्छ ।
।। बाल वर्ग (सावधान ! दुर्जनहरुबाट बच) -

- धम्मपद ६७ ।।
तञ्च कम्म कत साधु, य कत्वा अनुतप्पति ।
यस्स अस्समुखो सुमनो,विपाक पटिसेवति ।।

त्यो कर्म गरेको ठिक होईन जसलाई गरेर पछुताउनु परोस जस्को फल रोई रोई भोग्नु परोस
।। बाल वर्ग (सावधान ! दुर्जनहरुबाट बचौ)
बेहोशी(अज्ञानता)मा गरिएको काम काम न्तमा दु दिन्छ र पछि जीवन भरी रुनुपर्छ
मेर दृष्टिमा बेहोशी  नै अधर्म र पापको मूल ह

धम्मपद ६८ ।।
तञ्च कम्म कत साधु, य कत्वा नानुतप्पति ।
यस्स पतीतो सुमनो,विपाक पटिसेवति ।।

कर्म त्यहि शुभ हुन्छ जस्लाई गरेपछि पछुताउनु नपरोस बरु जस्को फल यस्तो होस की हामी त्यसलाई प्रसन्नचित्त भएर भोग्न सकियोस
।। बाल वर्ग (सावधान ! दुर्जनहरुबाट बचौ) -
जीवनमा जुन कर्म गरौ सोची सम्झी गरौ त्यो रूचिकर शुभ कर्म गरौुन मन र आत्मालाई प्रसन्नचित्त गरिदेवस र जीवनमा पछुताउनु नपरोस  
जीवनमा शान्ति, प्रेम तथा आनन्को वृद्धि गरौ
धम्मपद ६९ ।।
मधुव्वा मञ्ञति बाला,याव पाप न पच्चति ।
यदा च पच्चति पाप, बालो दुक्ख निगच्छति ।।
जब सम्म पापको फल पाउँदैन तब सम्म मुर्ख त्यसलाईह जस्तै मीठो मान्छ तर जब उस्लाई पापको फल मिल्छ तब उस्लाई कठोर दुःखको व्यहोर्नुपर्छ

- धम्मपद ७० ।।
मासे मासे कुसग्गेन,बालो भुञ्जेय्य  भोजन ।
न सो सङ्खातधम्मान,कलओ अग्घति सोलसि ।।
यदि कोहि मुर्ख व्यक्ति महीन-महीनाको अन्तरालमा केवल कुशको चुच्चोले भोजन गरोस, ैपनि उ धर्म क जानकारहरुको सोह्रौ भागको पनि बराबरी गर्न सक्तैन
धम्मपद ७१
न हि पाप कत कम्म, सज्जु खीरव मुच्चति ।
डडहन्त बालमन्वेति,भस्मच्छन्नोव पावको ।।

सरी ताज़ा दध तुरन्त जम्दैन, त्यसै प्रकार कृत (गरेको) पाप कर्म तुरुन्तै आफ्नो फल ल्याउँदैनखरानीले ढाकिएको आगो जस्तै जलाउँदै त्यो मूर्खकोिछा गरिरहन्छ
धम्मपद ७२
यावदेव अनत्थाय,ञत्तम् बालस्स जायति ।
हन्ति बालस्स सुक्कसम् , मुद्धमस्स विपातयम् ।।
मूर्खको जिपनि ज्ञान हुन्छ  उस्को अनिष्ट नै गर्छ उस्को राम्रोलाई समाप्त गर्छ तथा उसो कुशल कर्महरुको नाश गर्छ
- धम्मपद ७ ।।
असन्त भावनमिच्छेय्य, पुरेक्खारञ्च भिक्खुसु ।
आवासेतु च इस्सरिय, पूजा परकुलेसु च ।।
जो मूर्खव्यक्ति छैन उस्को सम्भावना जाग्छ, भिक्षुहरुमा अग्रणी (बन्न चाहन्छ),सघको आवासहरु (विहारहरु)को स्वामित्व (चाहन्छ) र पराइ कुलहरुमा आदर सत्कारको कामना गर्छ ।
- धम्मपद ७४ ।।
ममेव कतम् मञ्ञन्तु,गिहिपब्बजिता उभो ।
ममेवातिवसा,किच्चाकिच्चेसु किस्मिचि ।
इति वालस्स सकप्पो,इच्छा मानो चवड्ढति ।।

गृहस्त र प्रवज्जित दुबै मेरै गरेको मानोस,कुनैपनि कृत्य अकृत्यमा मेरै वसवर्ती रहोस- यस्तो मूर्ख व्यक्तिको सकल्प हुन्छ । (यसले) उस्को इच्छा र अभिमानको सम्बर्द्धन हुन्छ ।

 - धम्मपद ७५ ।।
अञ्ञा हि लाभूपनिसा,अञ्ञा निब्बानगामिनी ।
एवमेत अभिञ्ञाय, भिक्खु बुद्धस्स सावको ।
सक्कारम् नाभिनन्देय्य,विववेदमनुब्रूहये ।।

लाभको मार्ग अर्कोछ र निवार्ण तिर लैजाने अर्को यस प्रकार यसलाइ राम्री जानेर बुद्धको श्रावक भिक्षु (आदर) सत्कारको इच्छा नगरोस र त्रिबिध विवेक (अर्थात काय विवेक, विक्खम्भन विवेक )लाई बढावा देओस ।

पंडित वग्गो
७६
निधीनव पवतारम्, यम् पस्से वज्जदस्सिनम् ।
निग्गय्हवादि मेधावि, तादिस पण्डितम् भजे ।
तादिसम् भजमानस्स,सेय्यो होति न पापियो ।।

जो व्यक्ति आफ्नो देष देखाईदिनेलाई (जमिन भित्र लुकेको)सम्पदा देखाउने जस्तै सम्झौ, जो सयम् कुरा गर्ने मेधावी पण्डितको सगत गर्छ, त्यस व्यक्तिको मङ्गल नै हुन्छ अमङ्गल होईन ।
धम्मपद ७७ ।।
ओवदेय्यानुसासेय्य,असब्भा व निदारये ।
सचञ्हि सो पियो होति,असत होति अप्पियो ।।

जो (सत्य) उपदेश दिन्छ, (बुद्धि र समझदारीले) अनुशासित गर्छ र गलत कर्महरु गर्न रोक्छ त्यो सज्जनहरुको प्रिय हुन्छ र दुर्जनहरुको को अप्रिय



।। पंडित वर्ग (सच्चा पंडित को ?) -
धम्मपद ७८ ।।
न भजे पापके मित्ते, न भजे पुरिसाधमे ।
भजेथ मित्ते कल्याणे, भजेय पुरिसुत्तमे ।।

न पापी मित्रहरुको सगत गर , न अधम पुरुषहरुको । सगति गर कल्याण मित्रहरुको उत्तम पुरुषहरुको ।
।। पंडित वर्ग (सच्चा पंडित कोन ?) -

।।७९।।
धम्मपिति सुख सेति, विपसन्नेन चेतसा ।
अरियम्पवेदिते धम्मे,सदा रमति पण्डितो ।।

बुद्धबाट उपदेशित धर्ममा सदा रमण गर्छ पण्डित । (नवविध लोकोत्तर) धर्म (रस)को पान गर्ने विशुद्धचित्त होस सुख पुर्वक विहार गर्छ ।
।।८०।।
उदकञ्हि नयन्ति नेत्तिका,उसुकारा नमयन्ति तेजनम् ।
दारुम् नमयन्ति तच्छका,अत्तानम् दमयन्ति पण्डिता ।।

पानी लैजाने (जता चाह्यो उतैबाट) पानी लैजान्छ,बाण बनाउनेले बाणलाई तताएर सवझ्याउँछ, काठको मिस्त्रिले आफ्ले चाहे अनुसार ताच्छ, र पण्डित (जन) आफ्नै दमन गर्छ ।
।।८१।।
   सेलो यथा एकघनो, वातेन न सीमरति ।
   एवम् निन्दा पसम्सासु, न समिञ्जन्ति पण्डिता ।।
  
  जसरी सघन शैल पर्बत हावाले प्रकम्पित हुँदैन, त्यसरी नै जान्ने बुझ्नेहरु अरुको प्रशम्सा     (वस्तुतः आठ लोकधर्महरु) बाट विचलित हादैन ।
।।८२।।
यथापि रहदो गम्भिरो,विपसन्नो अनाविलो ।
एव धम्मानि सुत्वान, विपस्सीदन्ति पण्डिता ।।

 देशना धर्मलाई सुनेर पण्डितजन गहिरो, स्वच्छ
 निर्मल, सरोवरको समान अत्यन्त प्रसन्न हुन्छ ।
।।८३।।
सब्बत्थ वे सप्पुरिसा चजन्ति ,
   न कामकामा लपयन्ति सन्तो ।
सुखेन फुट्ठा अथ वा दुखेन,
  न उच्चावचम् पण्डिता दस्सयन्ति ।।

सत्पुरुष सर्बत्र (पाँचै सक्न्धमा) छन्दराग छोड्छ .सन्तजन कामभोग चलाउँदैन । चाहे सुख मिलोस वा दुःख, पण्डित जन (आफ्नो मनको) उतार चढाव प्रदर्शित गर्दैन ।

No comments:

Post a Comment