Sunday, February 15, 2015

शाक्यमुनी बुध्दले यस्तो धम्मंलाई जन्म दिनुभयो

शाक्यमुनी बुध्दले यस्तो धम्मंलाई जन्म दिनुभयो जस्मा ईश्वरको कुनै ठाउँ छैन । जस्मा परमात्मालाई कुनै स्थान छैन । बुध्दले संदेहबाट यात्राको सुरु गर्नुभयो र शून्यमा पूरा गर्नभयो । संदेह र शून्यको बिचमा बुध्दको सारा बोध छ । संदेहलाई धम्मंको आधार बनाउनभयो र शून्यलाई धम्मंको उपलब्धि। बाकी सबै धर्म विश्वासलाई आधार बनाउँछन र पूर्णलाई उपलब्धि। बुध्द धम्मंलाई बुझ्नको लागि जिज्ञासा चाहिन्छ । बुद्ध भन्नुहुन्छ, मान्नुले चल्दैन । गहीरो खोज गर्नुपर्छ । अरु धर्म भन्छ की, पहिला पाईला बस तिम्रो भरोसाको कुसरा हो, उठाउ, यसभन्दा बढि तपाईले केहि गर्नु पर्दैन । तर बुध्दको धम्मं त तिमी सित पहिलो पाईलामा पुग्नलाई पनि लामो यात्रा गर भन्नुहुन्छ । वहाँ भन्नुहुन्छ, संदेहको प्रगाढ़ अग्निमा जल्नुपर्छ, किनकि तिमी जुन भरपर्छौ त्यो तिम्रो बुध्दीमा भर हुन्छ ।  यदि बुध्दी  मा नै रोग छभने त्यस रोगबाट जन्मेको विश्वास विश्वास पनि विरामी हुन्छ ।
विश्वासको पछाडी सबै तरिकाको झूठो चल्छ ।  धर्म पाखण्ड हो किनकि शुरुवातमा नै चूक्छन ।  किनकि पहिलो पाईलामा नै तिमी कमजोर हुन्छौ । तिम्रो विश्वास तिमीलाई पारी लैजान सक्छ त्यसैले बुध्दले भन्नुभयो तोड विश्वास, छोड विश्वास सबै धारणाहरु भत्काउनुछ । सन्देहको अग्नि आगोमा ओर्लनुछ । दुस्साहसी चाहिन्छ, खोजी चाहिन्छ, अन्वेषक चाहिन्छ, चुनौती स्विकार गर्ने साहस निर्माण हुनुपर्छ ।
🌐
शाक्यमुनी बुध्द भन्नुहुन्छ, आश्वासन केहि छैन । किनकि कस्ले तिमीलाई आश्वासन दिन्छ ? यहाँ कोहि छैन जस्ले तिम्रो हात समावस । एक्लै जानुपर्छ मर्दा सम्म ।  बुध्दले भन्नुभयो अत्त दीपो भव ! आफ्नै दीप बन । म मरे नरुनु ।  म को हुँ ? मैले तिमीलाई धेरै दिशा दिन सक्छु । हिँड्नु त तिमीले नै पर्छ ।  म भए पनि तिमीले हिँड्नुपर्छ, नभएपनि तमीले हिडनै पर्छ । नझुक्नु, सहारा नलेउ , किनकि सबै सहारा अंततः अपाङ्ग बनाईदिन्छ । सबै सहारा तिमीलाई दृष्टिबिहिन बनाईदिन्छ । सहाराले बिस्तारै तिमीलाई कमजोर बनाउँछ । बैसाखि बिस्तारै बिस्तारै तिम्रो खुट्टाको परिपूर्ति गरिदिन्छ ।  अनि तिमी खुट्टाको चिन्ता गर्न छोडिदिन्छौ
🌐
शाक्यमुनी बुध्द भन्नुहुन्छ, संदेह गर, बुध्दको धम्मं वैज्ञानिक छ । सन्देह विज्ञान प्राथमिक चरण हो । त्यसैले भविष्यमा जसै जसै लोकमानस वैज्ञानिक हुन्छ, त्यसै त्यसै समय बुध्दको अनुकूल हुनजान्छ ।  जसै जसै मान्छेहरु सोच्न र विचार गर्न गहनतामा ओरेलिन्छ र उधारो र विश्वास गर्दैन, हरेक कुनै कुरालाई मान्न राजी हुँदैन, बिद्रोह बढ़छ, मान्छेहरु हिम्मती हुन्छ, विद्रोही हुन्छ,त्यसै त्यसै बुध्दको कुरा मान्छेहरुको नजिक आउन थाल्छ ।
🌐

अहिले ससारमा बुद्धको त्यो बेलाको उपदेश कुराहरु सार्क हुँदैछ र बुध्दको आदर बढ़्दैछ । मूर्खहरु मात्रै वास्ता गर्दैनन, विचारक  चिन्तक हुन, वैज्ञानिक हुन, उनको मनमा बुध्दको आदर दिनकै बढदैछ । बुध्द नलडी जितिरहेकाछन । बुद्ध कहिल्यै कसैसित झगडा गरेनन । बुध्द भन्नुहुन्छ, म तिमीसित मान्ने कुरा भन्दिन, खोज्न भन्छु । जब खोज्छौ तब मान्छौ, न खोजी कसरी मान्छौ यो बिज्ञानको सुत्रहो।
🌐
शाक्यमुनी बुद्ध भन्नुहुन्छ सत्य यति सस्तो छैन की नखोजी भेटीयोस। सत्य कुनै सम्त्ती पनि तहोईन, जस्तै बाबुको सम्पत्ती छोराहरुलाई पाईन्छ   भगवान बुद्ध भन्नुहुन्छ, सत्यलाई खोज्नुपर्छ. भ्रमजाल तथा मायालाई भुलेर खोज्नुपर्छ र तिम्रो भित्र पनि धेरै कमजोरीहरुछन । थाक्छौ भने कहिलेल भरोसागरेर रोकिन सक्छौ कुनै मन्दिरको अगाडी, थाकि हारी शिर झुकाउन सक्छौ, यस कारण होईन कि तिमीलाई कुनै ठाउँ भेटीयोस, जहा शीर निहुराउने ठाउँ आयो, बस यस कारण कि अब तिमी थाकि सकेकाछौ, अब अरु खोज्न सकिन्न. बुध्द तिमीलाई कुनै ठाउँ दिदैनन, तिम्रो कमजोरीको लागि उनि कुद्दै ठाउँ दिन्नन।  बुध्द भन्नुहुन्छ, ज्ञान त मिलाउँछ, आत्म परिष्कारबाट, शास्त्र सित होईन, सत्य कुनै धारणा होईन। सत्य कुनै सिध्दान्त होईन । सत्य त जीवनको सुन्दरता हो । सत्य त यस्तो हो, जस्तै सुनलाई कसैले आगोमा पोल्छभने सुनको सुन्दरता बढछ, सुन जल्छ अनि पग्लन्छ  व्यर्थ जल्छ, सार्थक बच्छ ।  सत्य त तिमीमाछ, फोहोरमा च्यापीएकोछ र जबसम्म तिमी आगोबाट नजाउ, तिमीले त्यस सत्यलाई कसरी खोज्न सक्छौ.?
🌐
भगवान बुध्द भन्नुहुन्छ, चाँडो नगर भरोसा गर्ने, भरोसा तब गर्नु जब सन्देह गर्ने ठाउँ नरहोस, तर सन्देहको विपरीत श्रध्दा गर्ने अरुले सल्लाह उपदेश दिन्छन ।  तर बुध्द सन्देह गर्ने पूरै छूट दिनुहुन्छ । यति सन्देह गर्नु कि, आखिमा तिम्रो सन्देह नष्ट होस र केवल परिणाम बचोस, जसलाई खोजिरहेकाछौ   बुध्द भन्नुहुन्छ, च्यापिएको कुहिउको बाहिर निकाल, त्यसबाट छुटकारा पाउने एकै उपाय हो,त्यसलाई प्रकाशमा ल्याउ
🌐
भगवान बुध्दले सन्देहलाई जन्म दिनुभएकोछ । बुध्दको युग कहिल्यै पनि बुद्धिवादी थिएन ।  केवल बुध्द मात्रै बुध्दिवादी थिए ।  उहाँले लामो र कठिन मार्गबाट यात्रा गर्नुभउकोथियो । छोटो बाटोको कुनै उपाय थिएन ।  तिमी जसलाई श्रध्दा मान्छौ, त्यो छोटो बाटो हो । तिमी नहिडी गयौ, नभनि पुग्यौ, केहि नगरि श्रध्दा गरिहाल्छौ ।  यस्तो श्रध्दा नपुसकता  बाहेक अरु केहि होईन। बिजारोपण बिना उत्पत्ती हुनु असम्भव तर अन्य शास्त्रमा यहि उल्लखछ, नास्तिकहरको कुरा नसुन, नास्तिकले केहि भने कानमा औला केच्नु ।  यो त डर त्रास भयो नि ।  डराउने धम्काउने बाहेक अरु केछ । यस्तो शास्त्रहरुले कमजोरी सिकाउँछ, अमुक मन्दिरमा भाकल गर सबै समस्या केहि नगरि पार हुन्छ यति डरपोक छ कि नास्तिकको कुराउन नै डराउँछ ।  यस भन्दा त नास्तिक ठिक भएन र, कम से कम उनका शास्त्रमा कतै लेखेन कि आस्तिकको कुरा सुन्न डराउनु। नास्तिक कहिल्यै डराउँदैन, तर आस्तिक सँधै डराउँछ।एक सत्य घटना तराईमा एक को विवाह भएको थियो । त्यो थाहा पाएर तराईवासी तेस्रोलिङ्गिहरु ढोलक बजाएर नाचेर पैसा माग्छन भनेको जति दिएन भने सराप दिएर जान्छन भनेर डराउँछन अन्ततः ५ हजार लिएर गयो । ५००।रुपैया दिदा मानेन महिलाहरु कराउन थाले यिनिहरुको चित्त नदुखाउनु भनेको जति दिनु । डराएर ५हजार निकालेर दिए ।
🌐
भगवान बुध्दले सन्देहलाई जन्माउनु भएकोछ, सन्देह गर्दै गर्दै तिमीले सन्देहबाट मुक्ति पाउँछौ।  जहाँ सन्देह सिद्धिन्छ त्यहाँ सूर्य उदाउँछ। परमात्मा असहाय अवस्थाको पुकार हुन्छ । जस्लाई तिमीले झुकनु बुझ्यौ, त्यो कतै तिम्रो कांपेको र भयभीत पाईलाको कमजोरी त होईन ।जस्लाई तिमीले समर्पण बुझेकाछौ, त्यो तिम्रो कायरता त होईन ?
🌐
शाक्यमुनी बुध्दले तिमीसित परमात्मा छिनेको छैन, उहाँले तिमीसित तिम्रो विचारी छिन्नु भएकोछ। बुध्दले तिमीसित मन्दिर छिन्नु भएकोछैन, तिम्रो कमजोरीको शरणस्थल छिन्नु भएकोछ । बुध्दले भन्नुभयो, तिमी आफै हिडनुपर्छ, बुध्दले तिम्रो खुट्टालाई सैयो हजारौ बर्ष पछि रगत दिनुभएकोछ । तिम्रो आफ्नो खुट्टामा उभिन हिम्मत दिनुभएकोछ ।  बुध्द त्यसैलाई सद्धर्म भन्नुहुन्छ, जुन तिमीलाई  तिम्रो भित्र लुकेको सत्य सित परिचित गराउनुभयो । झूठो आस्थाहरुमा होईन, धाराणाहरुमा होईन, शास्त्रहरुमा होईन, व्यर्थको शब्दजालमा होईन। बुद्धम् शरणम् गच्छामी । जब तिमी आफै जाँदै जाँदैनौ भने कसरी गच्छामी हुन्छ गच्छामी अर्थ जान्छु हो । बसि बसि गच्छामी कसरी होला ।
🌐
बुध्दले आत्माको स्वरूपलाई शून्य भन्नुभयो । उहाँले आत्मा शब्दमा खतरा देख्नुभयो किनकि उहाँलाई लाग्यो कि तिमी कुनै वस्तुको खोजमा छौ, जुन भित्र राखेको छ । जब तिमी भन्छौ तिमी भित्र आत्मा छ, जस्तो कि तिम्रो घरमा कुर्सी राखेकोछ, तिम्रो भित्र आत्मा राखेकोछ, आत्मा कुनै वस्तु हो र कि गयो भित्र र पायो । बुध्दले आत्मा शब्दको शब्दप्रयोग गर्नुभएन किनकि आत्मा सित जडको थाहा हुन्छ । आत्मा शब्दको मतलब यो भयो कि केहि तिम्रो भित्र पर्खेकोछ, रुका हुवा है, केहि तिम्रो भित्र मदजूद छ ।  त जुन मौजूद छ भने, त्यो जड हो।
🌐
बुध्दले भन्नु भएकोथियो, तिमी नै तिम्रो शास्ता हौ, तिमी नै तिम्रो गुरु हौ, तिमीनै तिम्रो शास्त्र हौ र तिम्रो चैतन्यको शिवाय अरु कवहि छैन । बुद्धको कुरा लाई काट्ने अहिले सम्म कोहि निस्केको छैन र निसन्न पनि किन कि हजारौ बर्ष अघि भनेका कुराहरु अहिले पनि सान्दर्भिक भएकोछ बैज्ञानिक भएकोछ ।
भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि ४५ बर्ष सम्म गाउँ गाउँ गएर मानवले सुखिहुने उपाय सिकाउनुभयो बिभिन्न उपायले भन्नु भयो त्यो भनिएको उपदेशहरुलाई सुत्तपिटक भनियो । सुत्त पिटक एउटा स्याना एकसय पानाको पुस्तक सम्झनु नासमझको विचार हुन्छ ।


भविष्यको धर्म एक ‘कॉस्मिक रिलिजन’ बौद्ध धर्म नै हुनेछ




————————————————-
नैतिकता सर्वोच्च प्राथमिकताको चीज होतर केवल हाम्रो लागि, ईश्वरको लागि होईन ।
आखिर यो ससार कसरी बन्यो, यो प्रश्न हाम्रो मष्तिश्कमा घूमिरहन्छ । यहि प्रश्नमा  दुनियाको विभिन्न धर्महरले मात्रै होईन,वैज्ञानिकहरुले पनि मन्थन गरेकाछन । चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई पनि यो प्रशनले मन्थन नगरेको कहाँ हो र । उनको यस बारेमा निम्न विचार रहेकाछन -
मैले यो जान्न चाहन्छु कि यो दुनियालाई आखिर भगवानले कसरी बनायो । मेरी रुचि कुनै यो वा या त्यो धार्मिक ग्रन्थमा लेखेको कुरामा आधारित कुनै यस्तो वा त्यस्तो अदभुत र चमत्कारिक घटनाहरुलाई बुझ्नमा होईन । मैले भगवानको विचार बुझ्न चाहन्छु ।
(कुनै व्यक्तिगत भगवानको आइडिया एक एंथ्रोपोलॉजिकल कॉन्सेप्ट हो, जसलाई मैले गंम्भीरता पूर्वक लिदिन ।
() यदि मान्छेहरु केवल यसकारण भद्र छन्, किनकि उ सजाय सित डराउँछन, उहाँलाई आफ्नो भलाईको बदलामा कुनै दैवी ईनामको आसा छ, त यो जानेर मलाई साह्रै निराशा हुन्छ कि मानव सभ्यतामा दुनियाभरीको धर्महरुको बस यहि योगदान रहेकोछ । म यस्तो कुनै व्यक्तिगत ईश्वरको कल्पना पनि गर्न सक्तिन भने कुनै व्यक्तिको जीवन र उस्को दैनिक कामकाजलाई निर्देशित गर्दा हुन, या फेरि त्यो, जुन सर्बोच्च न्यायाधीश जस्तै कुनै स्वर्ण सिंहासनमा विराजमान होस र आफ्नै हातले रचेकोए प्राणिहरुकोबारेमा फैसला लिदो हो । म यस्तो यस सत्यको भएतापनि गर्न सक्तिन कि आधुनिक विज्ञानको कार्य-कारणको मशीनी सिद्धान्तलाई धेरै हदसम्म शन्देहको फायदा भएकोछ ( आइन्स्टीन यहाँ क्वान्टम मैकेनिक्स र ढलेको नियतिवादको बारेमा भनिरहेकाछन)। मेरो धार्मिकता, त्यस अनन्त उत्साहको विनम्र प्रशंसामा छ, जुन हाम्रो कमजोर र क्षणभंगुर बुझेपछि अलिकति हामीमा मदजुदछ । नैतिकता सर्वोच्च प्राथमिकताको चीज होतर केवल हाम्रो, भगवानको लागि होईन ।
() यस्तो कुनै चीज ईश्वर कसरी हुन सक्छ, जुन आफ्नै रचनालाई पुरस्कृत गरेर या फेरि त्यस्को बिनाश हुन तयार हुने । म यस्तो ईश्वरको कल्पना गर्न सक्तिन जस्को उद्देश्यमा म आफ्नो कामनाहरुको प्रतिरूप खोज्छन, संक्षेपमा ईश्वर कुनै अरु होईन, बरु छुद्र मानवीय इच्छाहरु को नै प्रतिबिम्ब हो। मैले यो पनि मान्दिनकि  कोहि आफ्नो शरीरको मृत्यु पछि पनि बाँचिरहन्छन्है, यद्यपि अरुप्रति गुनासो पोख्ने केहि गर्वले भरोस डरलाग्दो धार्मिक विचार आत्माहरुको भउको साबित गर्नमा पूरै शक्ति लगाईदिन्छन्।
()। मैले यस्तो ईश्वरलाई सम्मान गर्न सक्तिन जो हामी मानव जस्तो नै अनुभूतिहरु र क्रोध-अहंकार- रीस राग जस्तो थुप्रै नराम्रोले भरीएको होस । मैले आत्माको विचारलाई कहिल्यै मान्न सक्तिन र न ही मैले यो मान्न चाहन्छु कि आफ्नो भौतिक मृत्यु पछि पनि कोहि अस्तित्वमा होस । कोही आफ्नो वाहियात अभिमान या कुनै धार्मिक डरको कारणले यदि यस्तो मान्न चाहन्न, त न मानोस। मैले त मानवीय चेतना, जीवनको चिरन्तन रहस्य र वर्तमान विश्व जस्तो होस, उस्को विविधता र संरचना बाट नै खुशि छु । यि सृष्टि एक मिलीजुली कोशिशको परिणाम हो, सूक्ष्म भन्दा सूक्ष्म कणले पनि नियमबद्ध भएर धेरै तार्किक ढंगले एकसाथ सम्मिलित भएर यस अनन्त सृष्टिलाई रचनामा आफ्नो पूरा योगदान दिएकोछ । यो दुनिया-यो ब्रह्मांड यस्कै मिलीजुली कोशिश और कुछ प्राकृतिक नियमों का उदघोष भर है, जिसे आप हर दिन अपने वरिपरि बिल्कुल सफा हेर र छोएर महसूस गर्न सकिन्छ ।
()। वैज्ञानिक शोध यस विचारमा आधारित हुन्छन कि हाम्रो  वरिपरि र यस ब्रह्मांडमा जो केहि पनि घट्छ त्यस्को लागि प्रकृतिको नियम नै जिम्मेवार हुन्छन । यहां सम्म कि हाम्रो क्रियाकलाप पनि यहि नियमहरु बाट निर्धारित हुन्छ । यसैले, एक अनुसन्धान बेज्ञानिक शायदै कहिले यो विश्वास गर्न तयार होस कि हाम्रो वरि परिको दिनचर्याको जिन्दगीमा घट्ने घटनाहरु कुनै प्रार्थना या फेरि कुनै सर्वशक्तिमानको इच्छाबाट प्रभावित हुन्छ 
()। सत्य त यो हो कि मेरो धार्मिक विश्वासहरुको बारेमा तपाई जे पढनुहुन्छ, त्यो झूठो बाहेक अरु केहि होईन । एक यस्तो झूठो जसलाई पटक पटक योजनाबद्ध तरीकाले दोहराईन्छ । म दुनियाको कुनै पंथ या समूहको व्यक्तिगत ईश्वरमा विश्वास गर्दिन र मैले कहिल्यै यसबाट नाहि गरिन, बरु हरेकपटक अरु पनि जोरदार तरीकाले यस्को घोषणा गरेकोछु । यदि ममा धार्मिकताको कुनैपनि अंश छ भने त्यो यस दुनियाको लागि असीमित प्रेम र सम्मान छ, जस्को केहि रहस्यहरुको विज्ञान अहिले सम्म बुझ्न सफल रहेकोछ ।
()कॉस्मिक रिलिजनको यो महसुस  कुनै व्यक्तिलाई गराउनु साह्रै गाह्रो छ जो दुनिया वी धर्मिको दलदलमा घाँटी सम्म पुरेको होस र जो पीढ़ियौ पुरानो आफ्नो धार्मिक विश्वासलाई छोड़ेर, कुनै अरु सुन्न सम्म तैयार न होस । यस्तै नै धार्मिक अडिगता, हरेक युगको शिखर धर्म-पुरुषहरु को पहिचान रहेकोछ, जस्को विश्वास तर्क आधारित हुँदैन, त्यो आफ्नो वरिपरि घटने घटनाहरुको लागि कारण खोज्दैनन, यहां सम्म कि कति धर्म-नेताहरुलाई त यस्तो ईश्वर पनि स्विकार्य छैन  जस्को आकार मानव जस्तो होस । हामी सबै प्रकृतिको संतानहरु हौ, जस्को जन्म प्रकृतिको नै केहि नियमहरुको मातहत भएकवछ, तर अब हामी प्रकृतिको ति नियमहरुलाई नै आफ्नो ईमान बनाउँन चाहँदैन । कुनैपनि चर्च यस्तो छैन, जस्को आधारभूत उपदेशहरुमा यि नियमहरुको कुरा गरीएको होस । मेरो विचारले यस सृष्टिलाई रच्ने प्राकृतिक नियमहरु प्रति मान्छेहरुमा सम्मान को भावना उत्पन्न गर्नु र यसलाई आउने पीढ़िहरु सम्म प्रसारित गर्नु नै कला र विज्ञानको सबैभन्दा ठूलो जिम्मेवारी हो ।
()। म एक पैटर्न हेर्छु त त्यस्को सुन्दरतामा हराउँछु , म त्यस पैटर्नको रचयिताको चित्रको कल्पना गर्न सक्तिन । यसै तरिकाले दिनकै यो जान्नको लागि म आफ्नो घड़ी हेर्छु कि, यस बेला कति बजेकोछ ? तर दिनकै यसो गर्दा एक पटक पनि मेरो विचारमा त्यस घड़ीसाजको चित्र आउँदैन जस्ले फैक्ट्रीमा मेरो घड़ी बनायो होला । यस्तो यसकारण किनकि मानव मस्तिष्क फोर डायमेंशन्स (चार विमाएं लंबाई, चौड़ाई, ऊंचाई या गहराई र समय)लाई एकसाथ बुझ्न सक्षम छैन, यसैले त्यो ईश्वरको अनुभव कसरी गर्न सक्छ, जो सित हजारौं साल र हजारौं डायमेंशन्स एक मा समहित हुन्छ ।
()। यति प्रगति र यति आधुनिक ज्ञान पछि पनि हामी ब्रह्मांडको बारेमा केहि पनि जान्दैनौ। मानव विकासवादको शुरुआतबाट लिएर अहिलेसम्म अर्जित हाम्रो सारा ज्ञान कुनै स्कूलको बच्चाको जस्तैछ। संभवत: भविष्यमा यस्मा केहि अरु थपिएला, हामी कयौ नया कुरा जानौला, तरपनि चीजहरको असली प्रकृति, केहि यस्तो रहस्य छ, जस्मा हामी शायद कतैपनि जान नसकौला, कहिले हवईन ।
(१०)। मैले पटक पटक भन्दै गरेको हुँ कि मेरो विचारले व्यक्तिगत ईश्वरको अवधारणा बिल्कुल बच्चाको जस्तै हो। तर म व्यावसायिक नास्तिकहरुको त्यस दिग्विजयकारी उत्साहमा भागीदारी हुन चाहँदिन जुन आफ्नो कुरा मनाउने विचारले भरेर युवाहरु सित तिनका धार्मिक विश्वासहरुलाई छुटाउनको लागि केहिपनि हदसम्म जान तैयार रहन्छ। बरु, प्रकृतिलाई बुझ्न आफ्नो बौद्धिक र मानवीय कमिहरुको साथ साथ म विनम्रता भरेको व्यवहारलाई प्राथमिकता दिन्छु ।
भविष्यको धर्म एक कॉस्मिक रिलिजनहोला । यो दुनियाभरीको व्यक्तिगत ईश्वरको ठाउँ लिनेछ र बिना तर्कको धार्मिक विश्वासहरु र थुप्रै धार्मिक क्रिया-कलापहरु, कर्म-काण्डहरुलाई बेमानी गर्ला । यो प्राकृतिक पनि हुन्छ र आध्यात्मिक पनि, यो ति अनुभवहरु बाट बनेको तर्कहरुमा आधारित होला कि सबै प्राकृतिक र आध्यात्मिक चीजहरु यस प्रकार एक छ जस्को बुझाउन सक्ने एक अर्थ छ। यो जे केहि पनि मैले भनि रहेकोछु, यस्को उत्तर बौद्ध धर्ममा छ। यदि कुनै यस्तो धर्म छ जुन भविष्यमा आधुनिक वैज्ञानिक आवश्यकताहरुको साथ पाईलामा पाईला मिलाएर हिडन सक्छ, त त्यो बुद्ध धर्म नै हुनेछ ।
-महान वैज्ञानिक, अल्बर्ट आइंस्टीइन