कर्म विपाक
भगवानको जीवनकालमा अन्य सम्प्रादायहरुको ब्राह्मण उनको अगाडी आउने गर्थे । ति उन्का शिष्यहरु सित पनि भेट गर्थे धर्मको बारेमा तिनिहरु भगवान सित या उन्का शिष्यहरु सित चर्चा गर्थे । यस्तै एकपटक निगन्थ नाटनाटको श्रावक शाक्य वप्प आयुष्मान महा मोग्गलान सित भेट्यो दुबैमा धर्म चर्चा हुंदै गर्यो । अन्तमा महा मोग्गलानले कर्मफलको बारेमा उसित एक प्रश्न गरे जस्को उत्तर वप्पले ठिक तरिकाले दिन सकेन । ध्यानबाट उठेर शास्ता पनि त्यसैबखत त्यहाँ आउनुभयो । वहाँले जान्ने चाहना गर्नुभयो कि दुबैमा के के वार्ता भैरहेको थियो। भगवानले सोध्नु भएपछि आयुष्मान मोग्गलानले सबै वार्तालाप भगवानलाई सुनाए । भगवानको यो ठूलो बिशेषता थियो कि जहिलेपनि आफ्नो कुरा या सिद्धान्त कसै प्रति थोपर्नु हुन्थेन। त्यसलाई तर्क विचार विमर्श र अनुभवको आधारमा स्वयम् निर्णय लिने पूरा अवसर प्रदान गर्नुहुन्थ्यो यहि उहाँले वप्व सित गर्नुभयो । भन्नुभयो " वप्प " जुन कुरा तिमीलाई स्विकार्य छैन तिमीले त्यसलाई मान्नु र जुन स्विकार्य छैन त्यसलाई छोडिदिनु । यदि कुनै कुरा बुझेनभने मसित आसय सोध्नु । " निगन्ठ श्रावक वप्पले भगवानको निर्देशन स्विकार गर्यो । धर्म चर्चा सुरुभयो शुद्ध धर्मको आधारमा भगवानले सोध्नु भयो " वप्प"के तिमीले यस्तो मान्छौ कि व्यक्तिको कायिक कर्मको परिणाम स्वरुप जुन दुखद आस्रव उत्पन्न हुन्छन ति कारयिक कर्मको परणामस्वरुप जुन दुख आस्रव उत्पन्न हुन्छन ति कायिक कर्मले विरत रहनाले उत्पन्न हुँदैन के उ नयाँ कर्म गर्दैन र पूरानो कर्महरुलाई तथस्त भावले देखि देखि क्षीण गरिदिन्छ ? के यो क्षीण गर्ने कृया प्रत्यक्ष छ तत्काल फलदायी छ, यो हेर र स्वयम् हेर भन्ने योग्य छ र विज्ञजनहरु व्दारा साक्षात्कार गर्ने योग्यछ ? के तिमीलाई यस्तो लाग्छ कि त्यस व्यक्तिको पूर्वजन्म दुखद आस्रवहरुको उस्लाई प्रप्ति हुन्छ ?"
होईन भन्ते , मलाई यस्तो लाग्दैन अनि अगाडी शास्ताले भन्नुभयो के तिमी ययस्तो मान्छौ कि व्यक्ति वाचिक कर्मको परिणामस्वरुप जुन दुखद आस्रव उत्पन्न हुन्छन ति प्राणीको क्रियाहरु बाट विरत रहनाले उत्पन्न हुँदैनन् ? के तिनले नयाँ कर्म गर्दैन र पूरानो कर्महरुको तजन्य वेदनाहरुलाई तथस्ट भावले हेरि हेरि क्षीण गरिदिन्छ? के यो क्षीण गर्ने क्रिया प्रत्यक्ष हो तत्काल फलदायी छ , बए र आफै हेर भन्न योग्य छ र विज्ञजनहरु व्दारा साक्षात्कार गर्न योग्य छ ? तब वप्प के तिमीलाई यस्तो लाग्छ कि त्यस व्यक्तिको पूर्वजन्महरुको दुखद आस्रवहरुको उस्लाई प्राप्ती हुन्छ ?
होईन भन्ते प्राप्ति हुँदैन । यसै प्रकार शास्ताले मनको कृयाहरुको परिणाम स्वरुप उत्पन्न हुने दुखद आस्रवहरुको बारेमा प्रश्न गर्नुभयो यस्को पनि पहिला जस्तै वप्पले नकारात्मक उत्तर दियो ।
श्रावक शाक्य वप्प सित निषेधात्मक उत्तर पाएपछि तथागतले भन्नुभयो । "वप्प" ! जुन भिक्षुको चित्त सम्यक रितिले विकार मुक्त भएकोछ यस्लाई ६ प्रकारले शान्ति प्राप्त हुन्छ । मन सहित ६ ईन्द्रियहरुको तिनका बिषयहरु सित स्पर्श हुँदा नत उसलाई प्रशन्नता उत्पन्न हुन्छ । मन सहित ६ ईन्द्रियहरुको तिनको बिषयहरु सित स्पर्श हुँदा उस्लाई प्रशन्नता हुन्छ न अप्रसन्नता आँखाले रुप नत उ प्रसन् हुन्छ न अप्सन्न उ उपेक्षायुक्त स्मृतिमान र संप्रज्ञानी भैरहन्छ । ऐस्तै कानले शव्दा सुनेर न प्सन्न न अप्रसन्न हुन्छ । उ उपेक्षायुक्त स्मृतिमान र सम्प्रज्ञानी भैरहन्छ ।यसै प्रकारले जिभ्रोले रस चाख्नाले, नाकले गन्ध सुँघ्नाले, छालाले स्प्रतव्य स्पर्श, मनले धर्मको बिषयमा जान्नाले न प्रसन्न न अप्सन्न हुन्छ । उ उपेक्षायुक्त समृतिमान र संप्रज्ञानी भैरहन्छ जब सम्म उ पञ्च ईन्द्रियहरुले अनुभव गरिने सुखद र दुखद वेदनाहरुको अनुभव गरिरहेकोछु उ यो पनि जान्दछ कि शरिर नरहनाले जीवनको समाप्ती हुँदा पनि सबै वेदनाहरु सबै राम्रो नराम्रो लाग्ने अनुभुतिहरु चीसो भैजान्छ ऐस्तै नै मनेन्द्रियबाट अनुभव गरिने वेदनाहरुको बिषयमा पनिजान्दछ ।
यस्तो उपदेश सुनेर निगण्ठ श्रावक वप्प सन्तुष्टि अनुभव गर्दै वोले भन्ते ! अहिलेसम्म धर्मको अभिवृद्धि को कामनाले म केवल क्लेश र तनावपूर्ण जीवन बाँचिरहेको थिएँ । निगण्ठ प्रति मेरो जुन श्रद्धा थियो। आजबाट मैले तिब्रगामी नदीको स्रोतमा बगाईदिन्छु । भगवन, जीवन प्रयन्त मलाई आफ्नो उपासक स्विकार गर्नुहोस ।"
भगवान बुद्धके अग्रश्रावक महा मोग्गलान बाट अनुवाद
No comments:
Post a Comment