स्वामी विवेकानन्दको बारेमा
स्वामी विवेकानन्द (१२ जनवरी,१८६३- ४ जुलाई,१९०२) वेदान्त को विख्यात र प्रभावशाली आध्यात्मिक गुरु थिए। उनको वास्तविक नाम नरेन्द्र नाथ दत्त थियो। उन्ले अमेरिका स्थित शिकागो मा सन् १८९३ मा आयोजित विश्व धर्म महासम्मेलन मा सनातन धर्म को प्रतिनिधित्व गर्नुभएको थियो। भारत को वेदान्त अमेरिका र यूरोप को हरेक देशमा स्वामी विवेकानन्दको वक्तृता को कारणले पुग्यो। उहाँले रामकृष्ण मिशनको स्थापना गर्नुभएकोथियो जो आजपनि आफ्नो काम गर्दैछ। वहाँ रामकृष्ण परमहंसको सुयोग्य शिष्य हुनुहुन्थ्यो। रामकृष्ण जी बचपनदेखि नै एक विलक्षणा प्तिभाका सिद्ध पुरुष हुनुहुन्थयो। स्वामीजीले भन्नुभएको थियो कि जुन व्यक्ति पवित्र ढँग बाट जीवन निर्वाह गर्दछ उसैको लागि राम्रो एकाग्रता प्राप्त गर्न सम्भवछ!
विवेकानन्दजीको जन्म १२ जनवरी सन् १८६३मा भएको थियो। उहाँको घरको का नाम नरेन्द्र थियो। उहाँको पिताश्री विश्वनाथ दत्त पाश्चात्य सभ्यता मा विश्वास राख्थे । उनी आफ्नो छोरा नरेन्द्रलाई पनि अँग्रेजी पढ़ाएर पाश्चात्य सभ्यताको ढँगमा हिंडाउन चाहन्थे। तर नरेन्द्रको बुद्धि बचपन बाटै बड़ी तीव्र थियो र परमात्मालाई प्रापव्त गर्ने चाहना पनि प्रबल थियो। यस कारण वहाँ पहिला 'ब्रह्म समाज' मा जानुभयो तर त्यहाँको चित्त सन्तोष भएन। वहाँ वेदान्त र योगलाई पश्चिम सन्स्क्रुति मा प्रचलित गर्नको लागि महत्वपुर्ण योगदान दिनुभएकोथियो।
गुरु भेंट
स्वामी विवेकानन्द आफ्नो जीवन गुरुदेव स्वामी रामकृष्ण परमहंसमा समर्पित गरिसक्नुभएकोथियो। गुरुदेवको शरीर-त्यागको दिनमा आफ्नो र कुटुम्बको अवस्था दयनीयको वास्ता नगरेर, स्वयंको भोजनको पनि वास्ता नगरेरै पनि गुरु-सेवामा सतत संलग्न हुन्थे। गुरुदेव को शरीर अत्यन्त रुग्ण सकेकोथियो।
एक पटक कसैले गुरुदेवको सेवामा घृणा र लापरवाही देखाए तथा घृणाले नाक-पनि खुम्चयाए। यो देखेर विवेकानन्दलाई रीस लाग्यो। त्यस गुरु भाईलाई पाठ पढ़ाउंदा र गुरुदेवको प्रत्येक वस्तु प्रति प्रेम देखाउंदै उनको बिछौना नजिक रगत, कफ आदिले भरीएको खकार घीन नमानेरै फ्याँक्थे। गुरुको प्रति यस्तो अनन्य भक्ति र निष्ठाको प्रतापले नै वहाँ आफ्नो गुरुको शरीर र उनको दिव्यतम आदर्शहरुको उत्तम सेवा गर्न सक्नुभयो। गुरुदेवलाई वहाँले बुझ्न सक्नुभयो, स्वयंको अस्तित्वलाई गुरुदेवको स्वरूपमा विलीन गर्नसक्नुभयो। समग्र विश्वमा भारतको अमूल्य आध्यात्मिक भण्डारको सुगन्ध फिजाउन सक्नुभयो। उहाँको यसस महान व्यक्तित्वको जगमा यस्तो गुरुभक्ति, गुरुसेवा र गुरु प्रति अनन्य निष्ठा! आजभोली कहाँ देख्न पाईन्छ ।
२५ वर्षको उमेरमा नरेन्द्रले गेरुआ वस्त्र धारण गर्नुभयो। तत्पश्चात् उहाँ पैदलै पूरे भारतवर्षको यात्रा गर्नुभयो। सन् १८९३ मां शिकागो (अमेरिका) मा विश्व धर्म परिषद् भैरहेकोथियो। स्वामी विवेकानन्दजी त्यसमा भारतको प्रतिनिधिको रूपमा पुग्नुभयो। यूरोप-अमेरिकाका मान्छेहरु त्यसबेला पराधीन भारतवासिहरुलाई साह्रै हीन दृष्टिले हेर्थे तयहाँ मान्छेहरुले धेरै प्रयत्न गरे कि स्वामी विवेकानन्दलाई सर्वधर्म परिषद्मा बोल्ने समय नै नपावस। एक अमेरिकन प्रोफेसरको प्रयासले वहाँलाई थोरै समय प्राप्त भयो तैपनि वहाँको विचार सुनेर सबै विद्वान चकित भए। अनि त अमेरिकामा वहाँको अत्यधिक स्वागत भयो। त्यहाँ वहाँको भक्तहरुको एक ठूलै समुदाय नै भयो। तीन वर्षसङ्गम वहाँ अमेरिकामा बस्नुभयो र त्यहाँका मान्छेहरुलाई भारतीय तत्वज्ञानको अद्भुत ज्योति प्रदान गर्दै गर्नुभयो। उहाँको वक्तृत्व-शैली तथा ज्ञानलाई देखेर त्यहाँको संचार माध्यमले उहाँलाई साइक्लॉनिक हिन्दू को नाम दिए। "आध्यात्म-विद्या र भारतीय दर्शनको बिना विश्व अनाथ हुन्छ" यो स्वामी विवेकानन्दजी को दृढ़ विश्वास थियो। अमेरिकामा उहाँले रामकृष्ण मिशन को थुप्रै शाखाहरु स्थापना गर्नुभयो। कैयौं अमेरिकन विद्वानहरुले उहाँकोका शिष्यत्व ग्रहण गरे । ४ जुलाई सन् १९०२मा वहाँ देह-त्याग गर्नुभयो। उहाँ सदा आफूलाई गरीबहरुको सेवक भन्नुहुन्थयो। भारतको गौरवलाई देश-देशान्तरहरुमा उज्ज्वल गर्न उहाँले धेरै सदा प्रयत्न गर्नुभयो। जहिले पनि वहाँ कहि जानुहुन्थ्यो त्यहाँका मान्छे साह्रै खुसि हुन्थे।
No comments:
Post a Comment