काठमाण्डौ ।
रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह एवपम् यूराशिया रेयूकाईको ७औं भव्यभेला समारोह यहि मंसीर २ गते तदनुसार १८ नोभेम्बर २०११का दिन आर्मी अफिसर्स क्लब काठमाण्डौमा सम्पन्न भयो ।उक्त अवसरमा यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको थियो र सदस्यहरुलाई मार्गनिर्देशन प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा यूराशिया रेयूकाई नेपालका प्रवक्ता शिबुचो श्री बिष्णुप्रसाद पौडेलले यूराशियाको अपील घोषणा गर्नु भएको थियो ।
रेयूकाईका संस्थापक महागुरु काकुतारो कुबो जयूको ६८औं पुण्य समृति समारोह एवपम् यूराशिया रेयूकाईको ७औं भव्यभेला समारोह यहि मंसीर २ गते तदनुसार १८ नोभेम्बर २०११का दिन आर्मी अफिसर्स क्लब काठमाण्डौमा सम्पन्न भयो ।उक्त अवसरमा यूराशिया रेयूकाईका संस्थापक अध्यक्ष श्री युशुन मासुनागाज्यूले पानसमा बत्ती बाली उदघाटन गर्नु भएको थियो र सदस्यहरुलाई मार्गनिर्देशन प्रदान गर्नु भएको थियो ।
उक्त अवसरमा यूराशिया रेयूकाई नेपालका प्रवक्ता शिबुचो श्री बिष्णुप्रसाद पौडेलले यूराशियाको अपील घोषणा गर्नु भएको थियो ।
यूराशिया रेयूकाईको अपील
यूराशिया रेयूकाई विशुद्ध सामाजिक संस्था हो । सबैजना एक आपसमा मिलेर समुन्नत समाज नर्माण गरी विश्वमा शान्ति ल्याउने उद्देश्य लिई यस संस्थाको स्थापना भएको हो । आफ्नो घर परिवार समाज, राष्ट्र र विश्व प्रति कृतज्ञ भई विभिन्न क्रियाकलापहरु सन्चालन गर्ने मौका प्राप्त भैरहेकोछ । यो संस्था कुनै जाति, धर्म, बर्ण, लिङ्ग एवं राजनैतिक पार्टीसंग सम्बन्धित छैन र कसैको पक्ष विपक्षमा रहेर कार्य गर्दैन । यूराशिय रेयूकाईका सदस्यहरुले आफ्नो जीवनको श्रोत पुरखाहरुको दैनिक स्मरण गर्ने मौका प्राप्त गर्दछन् । पुर्खाहरुको स्मरण गर्ने कार्यद्वारा विश्वशान्ति निर्माण गर्ने लक्ष्य लिई हाल यूराशिया महाद्वीप अन्तरगत नेपाल, भारत, बंगलादेश र म्यानमार देशहरुमा विभिन्न क्रियाकलापहरु आयोजना गरी महान रेयूकाई शिक्षाको विस्तार गर्नको लागि प्रयास गरी कारयान्वयन गररहेका छौं । त्यसैले हामी सबै मिलेर सुन्दर र समुन्नत समाज निर्माणका लागि सँगसँगै प्रयास गरौं ।
१ विश्वको वर्तमान स्थिति र जलवायु परिवर्तनप्रति चिन्ता लिई भावि सन्ततीलाई उज्वल भविष्य हस्तान्तरण गर्ने क्रियाकलापहरु गरौं ।
२ आफ्नो खुशी र आफ्नो लागि मात्र सोंच्ने नभै विश्व शान्ति स्थापनार्थ समाजका धेरै भन्दा धेरै मानिसहरुको खुशी र शान्तिको लागि समर्पित भई रेयूकाई शिक्षामा आबद्ध होऔं ।
३ यूराशिया महाद्वीपलाई समुन्नत र विकसित बनाउने लक्षय लिई बिभिन्न देशहरुमा विद्यमान प्रकृति र संस्कृति प्रति कृतज्ञताको भावना लिई त्यसको उचित सम्मान संरक्षण र समेबरद्धन गरौं ।
४ यो देशको भूमिमा जन्मन पाएकोमा गर्व गरी उतसाह लिई देश प्रति गुण फर्काउने क्रियाकलापहरु कारयान्वयन गरौं ।
५ महिलाहरु आफ्नो घर परिवार मात्र सिमित नभई अग्रसर भई नेतृत्व लिई अरुको खुशीको लागि कार्य गर्ने धेरै भन्दा धेरै महिलाहरु हुर्काऔं ।
६ आजका बच्चाहरु भविष्यका कर्णधार हुन त्यसैले बच्चाहरुलाई आजै देखि आमा बुवा समाज देश र विश्व प्रति कृतज्ञताको भावना लिन लगाई उनिहरुलाई सुमार्ग देखाऔं ।
७ समय नै जीवनहो सुमयको उचित सदुपयोग गरौं ।
८ एक आपसमा मुस्कानयुक्त अनुहारले आदरभाव प्रकट गरौं र आफू बसेको क्षेत्रलाई उज्यालो मुस्कानयुक्त्त क्षेत्र बनाऔं ।
९ मनको धनी बन्नको लागि सबैजना सँगसँगै मिलेर रेयूकाई शिक्षालाई कार्यान्वयन गरौं ।
१० स्वयम् सेवाको भावना बोकी एक आपसमा हातेमालो गर्दै आफ्नो देशलाई समृद्ध र समुन्नत बनाउंदै जाऔं ।
११ सिक्ने भावना कृतज्ञताको भावना र माफिको भावनालाई कारयान्वयन गरी अरुलाई पनि कार्यान्वयन गराउन सक्ने व्यक्ति बनौं ।
यूराशिया रेयूकाई
महिला शिक्षा मार्गनिर्देशक जिम्मेवारकर्ता स्पाउस शिबुचो दुर्गा गुरुङ्गले महिलाहरुमा अपील गर्नु भएको थियो भने यूवाहरुमा अपील यूवा बिभाग संयोजक जुनशिबुचो श्री जाहेन्द्रप्रसाद शेरचनले गर्नु भएकोथियो ।
No comments:
Post a Comment