ने सं ११३२ बछलागा अष्टमी
२०६९ बैशाख ३१ःसुर्खेत
सुर्खेत विपश्यना केन्द्र प्रस्तावितको आयोजनामा र१० दिवशीय विपश्यना शिविर आज बिहान सम्पन्न भएकोछ । उक्त शिविरमा १८ जना पुरुष र महिला ९ जना समेत २७ जना साधक साधिकाहरु रहेको थियो । यस शिविरलाई आचार्य भिमवरसिंह थापाले संचालन गर्नुभएको थियो ।शिविरको सहभागिहरुमा शसस्त्र प्रहरी बाहिनीपती ( DIG) तथा क्षेत्रीय शिक्षा निर्देशककव सहभागिताले महत्वपूर्ण रहेकव थियो भने सेना र प्रहरीका सहभागिता रहेको थियो । अनित्यताको बोध तथा शुद्ध धर्मलाई महसुस गर्ने यो विपश्यना जीवन जिउनेकला तथा मर्ने कलाको अभ्यास साम्प्रदायिकता भन्दा माथि उठेर गरिने अभ्यासमा बिशिष्ट व्यक्त्तीहरुको बिशेष धर्मसेवाबाट सम्पन्न भएकोछ । सुर्खेत कटकुवा रमणीय शान्त स्थलमा यो दोश्रो पटक सम्पन्न भएकोछ ।
विपश्यना केन्द्रबाट देखिने सुन्दर दृष्य |
साधकहरुको आवास |
साधकहरु खाजा खाँदै |
No comments:
Post a Comment