धम्मपद
बौद्ध साहित्यको सर्वोत्कृष्ट लोकप्रिय ग्रन्थ हो। यसमा बुद्ध भगवान् को
नैतिक उपदेशहरु को संग्रह यमक, अप्पमाद, चित्त
आदि २६ वग्गहरुमा वर्गीकृत ४२३ पालि गाथाहरुमा गरिएकोछ । त्रिपिटकमा यस्को स्थान सुत्तपिटक को पाँचौ विभाग खुद्दकनिकायको खुद्दकपाठादि १५ उपविभागहरु मा
दोश्रो हो। ग्रन्थको आधा भन्दा धेरै गाथाहरु त्रिपिटकको नाना सुत्तहरुमा
प्रसंगबद्ध पाईसकेको छ। केहि गाथाहरु यस्तो पनि लाग्छ जो मूलत: परम्पराको थिएन ।
धम्मपदको रचना उपलब्ध प्रमाणहरु ई.पू. ३०० र १००को बीच भैसकेको थियो, यस्तो मानिएकोछ ।
बौद्ध संघमा यस ग्रन्थको
यति गहीरो प्रभाव छ कि त्यसमा पारंगत नभइ लंकामा कुनै भिक्षुलाई उपसंपदा प्रदान
गरिंदैन। धम्मपदको व्युत्पत्तिगत अर्थ हो धर्मविषयक कुनै शब्द, पंक्ति या पद्यात्मक वचन। ग्रंथमा स्वयं भनेकोछ- अनर्थ पदहरुले
युक्त सहस्रों गाथाहरुको भाषणले यस्तो
एकमात्र अर्थपद, गाथापद र धम्मपद धेरै श्रेयकर छ जसलाई सुनेर उपशांति हुन्छ
(गा.१००- १०२)। बौद्ध भिक्षुहरु
प्राय: यसै ग्रन्को कुनै गाथा या त्यसको अंशमात्रको आधार लिएर आफ्नो प्रवचन आरम्भ
गर्दछन्हैं, जस्तै ईसाई पादरी बाईबिलको कुनै वचनबाट गर्छन् । यस कार्यमा उनलाई
ठूलो सहायता पाउंछ धम्मपद को अट्ठकथा नामक
टीकाबाट, जस्मा प्रत्येक गाथाको विशद् अर्थको अतिरिक्त त्यसको दृष्टांत
स्वरूप एक र अनेक कथाहरु दिईएकोछ। यो अट्टकथा बुद्धघोष या उन्को कालवर्ती कुनै
अन्य आचार्य द्वारा त्रिपिटकमा बाटै संगृहीत गरिएको हो। यसमा वासवदत्ता र उदयन को कथा पनि आएकोछ ।
धम्मपदको वर्ण्य विषय