Friday, November 23, 2012

धम्मपद (एक परिचय) Dhamm pada




धम्मपद 
 बौद्ध साहित्यको सर्वोत्कृष्ट लोकप्रिय ग्रन्थ हो। यसमा बुद्ध भगवान् को नैतिक उपदेशहरु को संग्रह यमक, अप्पमाद, चित्त आदि २६ वग्गहरुमा वर्गीकृत ४२३ पालि गाथाहरुमा गरिएकोछ । त्रिपिटकमा यस्को स्थान सुत्तपिटक को पाँचौ विभाग खुद्दकनिकायको खुद्दकपाठादि १५ उपविभागहरु मा दोश्रो हो। ग्रन्थको आधा भन्दा धेरै गाथाहरु त्रिपिटकको नाना सुत्तहरुमा प्रसंगबद्ध पाईसकेको छ। केहि गाथाहरु यस्तो पनि लाग्छ जो मूलत: परम्पराको थिएन । धम्मपदको रचना उपलब्ध प्रमाणहरु ई.पू. ३०० र १००को बीच भैसकेको थियो, यस्तो मानिएकोछ
बौद्ध संघमा यस ग्रन्थको यति गहीरो प्रभाव छ कि त्यसमा पारंगत नभइ लंकामा कुनै भिक्षुलाई उपसंपदा प्रदान गरिंदैन। धम्मपदको व्युत्पत्तिगत अर्थ हो धर्मविषयक कुनै शब्द, पंक्ति या पद्यात्मक वचन। ग्रंथमा स्वयं भनेकोछ- अनर्थ पदहरुले युक्त सहस्रों गाथाहरुको भाषणले यस्तो  एकमात्र अर्थपद, गाथापद र धम्मपद धेरै श्रेयकर छ जसलाई सुनेर उपशांति हुन्छ (गा.१००- १०२)। बौद्ध भिक्षुहरु प्राय: यसै ग्रन्को कुनै गाथा या त्यसको अंशमात्रको आधार लिएर आफ्नो प्रवचन आरम्भ गर्दछन्हैं, जस्तै ईसाई पादरी बाईबिलको कुनै वचनबाट गर्छन् । यस कार्यमा उनलाई ठूलो सहायता पाउंछ धम्मपद को अट्ठकथा नामक टीकाबाट, जस्मा प्रत्येक गाथाको विशद् अर्थको अतिरिक्त त्यसको दृष्टांत स्वरूप एक र अनेक कथाहरु दिईएकोछ। यो अट्टकथा बुद्धघोष या उन्को कालवर्ती कुनै अन्य आचार्य द्वारा त्रिपिटकमा बाटै संगृहीत गरिएको हो। यसमा वासवदत्ता उदयन को कथा पनि आएकोछ ।
धम्मपदको वर्ण्य विषय
जुन ग्रन् यति प्राचीन छ, जस्को बौद्ध सम्प्रदायमा महान् प्रतिष्ठा , तथा अन्य विद्वानहरुले पनि जस्को मुक्त कण्ठले प्रशंसा गरेकोछ । ग्रन्थमा बौद्ध दर्शन सम्मत त्रिशरण, चार आर्यसत्य तथा अष्टांगिक मार्गको त उल्लेख छ नै (गा. १९०-१९२), तर त्यस्मा आत्मा, निर्वाण, पुनर्जन्म, पुण्य-पाप वा स्वर्ग नरक आदि यस्तो कुरामा पनि केहि स्पष्ट विचार पाईन्छ । जस्को सम्बन्धमा स्वयम् बौद्ध धर्मको नाना सम्प्रदायहरुमा केहि मतभेद रहेको पाईन्छ । यहाँ स्वयम् भगवान् बुद्ध भन्नुहुन्छ, "म अनेक जन्महरुमा रूप संसारमा लगातार दौड़ें र त्यस गृहकारक शरीरको निर्माता लाई खोज्दै हिंडें, किनकि यो पटक पटक जन्ममरण दु:खदायी हो। गृहकारक, अब मैंले तिमीलाई देखें, अब तिमी पुन: घर न बनाउन पाउनेछैनौ। मैंले तिम्रो सबै कृयाहरु भग्न गरिसकें, गृहकूट भताभुङ्गभयो, चित्त संस्कार रहित भयो र मेरो तृष्णा क्षीण भयो" (गा. १५३-५४) यहाँ एक जीव र उस्को पुनर्जन्म तथा संस्कार र तृष्णा को विनाश द्वारा पुनर्जन्मबाट मुक्तिको मान्यता सुस्पष्ट । मोक्षको स्वरूप एवं त्यसलाई प्राप्त गर्ने क्रियाको यहाँ यस प्रकार वर्णन छ- "जस्को पापहरुको संचय रहेन या जस्को भोजन मात्र परिग्रह शेष रह्यो, तथा आस्रव क्षीण भयो, त्यसलाई त्यो  शून्यात्मक र अनिमित्तक मोक्ष गोचर हो (गा. ९२-९३)। यहाँ पापबंधको कारणहरु, आस्रवहरु तथा संचित कर्महरुको क्षयबाट मोक्ष प्राप्ति शून्यात्मक र अनिमित्तक स्वरूपको विधान गरेकोछ। "कोहि पापकर्मी गर्भबाट मनुष्य या पशु योनिमा उत्पन्न हुन्छन्, कोहि नरक होस, र कोहि सुमति व्दारा स्वर्ग जान्छन्, तथा जस्को आस्रव रहेन ति परिनिर्वाण प्राप्त गर्छ। अंतरिक्ष, समुद्र, पर्वतविवर आदि जगत्भरीमा यस्तो कुनै प्रदेश छैन गएर पापी कर्मफल पाउनबाट छूट्न सकोस" (गा. १२६-२७) "असत्यवादी पापी र असंयमी काष्यायधारी भिक्षु प्रमादी, परधरसेवी, मिथ्यादृष्टि आदि सबै नरकगामी हुन्" (३०६-०९)। यहाँ जीवको गर्भ योनि, नरक, स्वर्ग व मुक्ति यि गतिहरु तथा कर्मफलको अनिवार्यताको स्विकृतिमा सन्देह हुंदैन । ब्राह्मणको स्वरूप एक पूरै वग्ग (गा. ३८३-४२३) मा भनिएकोछ, जो ऐतिहासिक, धार्मिक, सामाजिक अनेक दृष्टिले महत्वपूर्ण छ। जाति, गोत्र, जटा तथा मृगचर्म मात्रले एवं भीत्र मैला भएर बाहिर मलि मली नुहाउनाले कुनै ब्राह्मण हुंदैन । मैले त ब्राह्मण उस्लाई भन्छु जो काम तृष्णाको त्यागी, अनासक्त, अहिंसक, मन-वचन-काय बाट पापहीन, रागव्देष मानबाट रहित, क्षमाशील, ज्ञानी, ध्यानी, क्षीणस्रव अरहंत । १०० बर्ष सम्म  प्रति महिना सहस्रौंलाई दान दिएर यज्ञ गर्नेको अपेक्षा एक मूहर्तमात्र आत्मभावनाबाट पूजा गर्ने श्रेष्ठ हो (गा.१०६)
बौद्धधर्मबाट विभिन्न संप्रदायहरुमा बिभाजन भयो, एशिया महाव्दीपको  नाना देशहरुमा  फैलिएकोछ । स्वभावत: देशकालको सुविधानुसार उस्को साहित्यले पनि विविध भाषात्मक रूप धारण गर्यो। यस परिस्थितिमा बौद्ध धर्मको यो प्रधान ग्रन्थ पनि एक रूप हुन सकेन ।  "प्राकृत धम्मपद" मा १२ वग्ग र २५१ गाथाहरु छन् ।



धम्मपद गाथा ५-
बालवग्गो
६०.
दीघा जागरतो रत्ति, दीघं सन्तस्स योजनं।
दीघो बालानं संसारो, सद्धम्मं अविजानतं॥
जाग्नेहरुको रात लामो हुन्छ , थाकेकाको लागि योजन (दुरी) लामो हुन्छ ।
सद्धर्मलाई न जान्नेहरुको लागि जीवन चक्र लामो हुन्छ ।
६१.
चरञ्‍चे नाधिगच्छेय्य, सेय्यं सदिसमत्तनो।
एकचरियं [एकचरियं (क॰)] दळ्हं कयिरा, नत्थि बाले सहायता॥
यदि शील , समाधि या प्रज्ञामा विचरण गर्दै आफुभन्दा श्रेष्ठ या आफू जस्तै सहचर भेटीए , त दृढताको साथमा एक्लै विचरण गर्छ । मूर्ख च्यक्तिबाट सहायता  पाउन सक्तैन
६२.
पुत्ता मत्थि धनम्मत्थि [पुत्तमत्थि धनमत्थि (क॰)], इति बालो विहञ्‍ञति।
अत्ता हि [अत्तापि (?)] अत्तनो नत्थि, कुतो पुत्ता कुतो धनं॥
मेरो छोरा !”, “मेरो धन ! " यस मिथ्या चिन्तन्मा नै मूढ व्यक्ति व्याकुल बनिरहन्छ । अरे, जब यो तन मन को आफ्नोपन नै छैन भने कहाँ मेरा  छोरा !” “ र कहाँ मेरो धन !
६३.
यो बालो मञ्‍ञति बाल्यं, पण्डितो वापि तेन सो।
बालो च पण्डितमानी, स वे ‘‘बालो’’ति वुच्‍चति॥
जो मूढ भएर आफ्नो मूढतालाई स्विकार्छ त्यो साँचो अर्थमा ज्ञानी र पंडित  हो र जो मूढ भएर आफैलाई पण्डित  मान्छ , त्यो मूढ नै कहलिन्छ ।(मुढ= मूर्ख)
६४.
यावजीवम्पि चे बालो, पण्डितं पयिरुपासति।
न सो धम्मं विजानाति, दब्बी सूपरसं यथा॥
चाहे मूढ व्यक्ति पण्डितको जीवन भर सेवामा लागिरहोस ,त्यो धर्मलाई त्यसरी जान्न सक्तैन जस्तै कलुछी सूपलाई ।



६५.
मुहुत्तमपि चे विञ्‍ञू, पण्डितं पयिरुपासति।
खिप्पं धम्मं विजानाति, जिव्हा सूपरसं यथा॥
चाहे विज्ञ पुरुष मूहर्त भरी नै पण्डितको सेवामा लागि रहोस ,
त्यो चाँडैनै धर्मलाई त्यसरी जान्दछ जसरी जिह्या सूपले ।
६६.
चरन्ति बाला दुम्मेधा, अमित्तेनेव अत्तना।
करोन्ता पापकं कम्मं, यं होति कटुकप्फलं॥
बाल बुद्धि वाले मूर्ख जन आफ्नै शत्रु बनेर त्यसरी नै आचरण गर्छ र
यस्तै पापकर्म गर्छनजस्को फल उस्कव लागि तीतो हुन्छ ।
६७.
तं कम्मं कतं साधु, यं कत्वा अनुतप्पति।
यस्स अस्सुमुखो रोदं, विपाकं पटिसेवति॥
त्यो गरेको  कर्म  ठीक होईन जसलाई गरेर पछि पछुताउनु परोस
र जसको फललाई अश्रुमुख भएर रुंदै भोग्नु परोस ।
६८.
तञ्‍च कम्मं कतं साधु, यं कत्वा नानुतप्पति।
यस्स पतीतो सुमनो, विपाकं पटिसेवति॥
त्यो गरेको कर्म ठीक हुन्छ जसलाई गरेर पछि पछुताउनु पर्दैन र
जस्को फललाई प्रसन्नचित्त भएर मनबाट भोग्न सकियोस ।
६९.
मधुवा [मधुं वा (दी॰ नि॰ टीका १)] मञ्‍ञति बालो, याव पापं न पच्‍चति।
यदा च पच्‍चति पापं, बालो [अथ बालो (सी॰ स्या॰) अथ (?)] दुक्खं निगच्छति॥
जब सम्म पापको फ़ल आउंदैन तब सम्म मूढ व्यक्ति
त्यसलाई मह सम्झेर मधुर मान्छ र जब पापको फ़ल आउंछ त त्यो व्यक्तो दुखी हुन्छ ।
७०.
मासे मासे कुसग्गेन, बालो भुञ्‍जेय्य भोजनं।
न सो सङ्खातधम्मानं [सङ्खतधम्मानं (सी॰ पी॰ क॰)], कलं अग्घति सोळसिं॥
चाहे मूढ व्यक्ति महीना-२ को अन्तरालमा कुश को चुच्चोबाट भोजन गरोस , तर पनि त्यो धर्म्वेत्ताहरुको कुशल चेतनाको सोह्रौं भागको बराबरी गर्न सक्तैन ।


७१.
न हि पापं कतं कम्मं, सज्‍जु खीरंव मुच्‍चति।
डहन्तं बालमन्वेति, भस्मच्छन्‍नोव [भस्माछन्‍नोव (सी॰ पी॰ क॰)] पावको॥
जसरी ताजा दूध जम्दैन , त्यसैगरी गरेको पाप कर्म चाँडै आफ्नो फल पाउंदैन ।
खरानीले ढाकिएको आगो जस्तै जल्दै त्यो मूर्खको पीछा गर्छ ।
७२.
यावदेव अनत्थाय, ञत्तं [ञातं (?)] बालस्स जायति।
हन्ति बालस्स सुक्‍कंसं, मुद्धमस्स विपातयं॥
मूढको जति पनि ज्ञान छ त्यो उस्को अनिष्टको लागि हुन्छ ।
त्यो उस्को मूर्खताई खसालेर  उस्को कुशक कर्महरुको नाश गर्छ ।
७३.
असन्तं भावनमिच्छेय्य [असन्तं भावमिच्छेय्य (स्या॰), असन्तभावनमिच्छेय्य (क॰)], पुरेक्खारञ्‍च भिक्खुसु।
आवासेसु च इस्सरियं, पूजा परकुलेसु च॥
मूढ व्यक्ति जो छैन उस्को कामना गर्छ , भिक्षुहरुमा अग्रणी बनि रहन चाहन्छ , संघ को आवासहरुको स्वामित्व चाहन्छ र पराइ कुलमा आदर सत्कारको कामना गर्छ ।
७४.
ममेव कत मञ्‍ञन्तु, गिहीपब्बजिता उभो।
ममेवातिवसा अस्सु, किच्‍चाकिच्‍चेसु किस्मिचि।
इति बालस्स सङ्कप्पो, इच्छा मानो च वड्ढति॥
गृहस्थ र प्रव्रजित दुबै नै मेरो भनेको मानोस , फ़लत र सही दुबैमा मेरो साथ देवसयस्तो मूढ व्यक्तिको संकल्प हुन्छ । यस्मा उस्को इच्छा र अभिमानको संव्द्धर्न हुन्छ ।
७५.
अञ्‍ञा हि लाभूपनिसा, अञ्‍ञा निब्बानगामिनी।
एवमेतं अभिञ्‍ञाय, भिक्खु बुद्धस्स सावको।
सक्‍कारं नाभिनन्देय्य, विवेकमनुब्रूहये॥
लाभ को मार्ग अर्को छ र निर्वाण तर्फ लैजाने अर्को स प्रकार यसलाई राम्रोसंग जानेर बुद्धको श्रावक आदर सत्कारको इच्छा नराखि विवेक बढावा दिनु ।


धम्मपद गाथा १०-
 दण्डवग्गो
१२९.
सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्‍चुनो।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण्ड देखि डराउंछन् सबैलाई मृत्यु देखि डर लाग्छ ।
त्यसैले सबैलाई आफू जस्तै समझेर  कसैको हत्या नगर , न त हत्या गर्न प्रेरित गर ।
१३०.
सब्बे तसन्ति दण्डस्स, सब्बेसं जीवितं पियं।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥
सबै दण् देखि डराउंछन । सबैलाई मृत्यु देखि डर लाग्छ । त्यसैले: सबैलाई आफू जस्तै सम्झेर न त कसैको हत्या गर या हत्या गर्न प्रेरित गर ।
१३१.
सुखकामानि भूतानि, यो दण्डेन विहिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो न लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले , दण्ड देखि विहिंसित गर्छ ( कष्ट पुगाउंछ ) त्यो मरेर पनि सुख पाउंदैन ।
१३२.
सुखकामानि भूतानि, यो दण्डेन न हिंसति।
अत्तनो सुखमेसानो, पेच्‍च सो लभते सुखं॥
जो सुख चाहने प्राणिहरुलाई आफ्नो सुखको चाहनाले ,
दण्ड सित विहिंसित गर्दैन ( कष्ट पुगाउंदैन है ) त्यो मरेर सुखः  पाउंछ ।
१३३.
मावोच फरुसं कञ्‍चि, वुत्ता पटिवदेय्यु तं [पटिवदेय्युं तं (क॰)]।
दुक्खा हि सारम्भकथा, पटिदण्डा फुसेय्यु तं [फुसेय्युं तं (क॰)]॥
तुम कसैलाई कठोर वचन न बोल , बोल्यौ भने अरुलेपनि तिमीसित त्यसरीनै बोल्छ ।
 क्रोध या विवाद हुने वाणी दु:ख हो । उसके बदलामा तिमीलाई दु:ख पाउंछौ ।
१३४.
सचे नेरेसि अत्तानं, कंसो उपहतो यथा।
एस पत्तोसि निब्बानं, सारम्भो ते न विज्‍जति॥
यदि तिमी आफूलाई फुटेको शिशा झै नि:शब्द गर त बुझोनु कि तिमीले निर्वाण प्राप्त गर्यौ ।किनकि तिमीमा कुनै विवाद र प्रतिवाद नै रहेन
१३५.
यथा दण्डेन गोपालो, गावो पाजेति गोचरं।
एवं जरा च मच्‍चु च, आयुं पाजेन्ति पाणिनं॥
जसरी गोठालोले लौरोले गाईहरुलाई हांकेर चराउन लैजान्छ
त्यसरीनै बुढौली र मृत्यु प्राणिहरुको आयुलाई  हांकेर लैजान्छ ।
१३६.
अथ पापानि कम्मानि, करं बालो न बुज्झति।
सेहि कम्मेहि दुम्मेधो, अग्गिदड्ढोव तप्पति॥
बाल बुद्धि भएको मूर्ख  व्यक्ति  पापकर्म गर्दा होश राख्दैन ।
तर त्यही कर्महरु त्यो यसरी तप्छ जसरी आगोमा जलेकोहो ।
१३७.
यो दण्डेन अदण्डेसु, अप्पदुट्ठेसु दुस्सति।
दसन्‍नमञ्‍ञतरं ठानं, खिप्पमेव निगच्छति॥
जो दण्डरहितहरु या निर्दोषहरुलाई दण्ड बाट पीडित या अकारण दोष लाग्छ ,
उस्लाई यि दश कुरा मध्य कुनै एक अवशय हुन्छ ।
१३८.
वेदनं फरुसं जानिं, सरीरस्स च भेदनं [सरीरस्स पभेदनं (स्या॰)]।
गरुकं वापि आबाधं, चित्तक्खेपञ्‍च [चित्तक्खेपं व (सी॰ स्या॰ पी॰)] पापुणे॥
त्तीव्र वेदना २- हानि ३. अंग-भंग ४. ठूलो रोग ५.चित्तविक्षेप ( उन्माद ),
१३९.
राजतो वा उपसग्गं [उपस्सग्गं (सी॰ पी॰)], अब्भक्खानञ्‍च [अब्भक्खानं व (सी॰ पी॰)] दारुणं।
परिक्खयञ्‍च [परिक्खयं व (सी॰ स्या॰ पी॰)] ञातीनं, भोगानञ्‍च [भोगानं व (सी॰ स्या॰ पी॰)] पभङ्गुरं [पभङ्गुनं (क॰)]॥
६. राजदंड ७.कडा निंदा ८. सम्बधिहरुको विनाश ९. भोगहरुको क्षय , अथवा
१४०.
अथ वास्स अगारानि, अग्गि डहति [डय्हति (क॰)] पावको।
कायस्स भेदा दुप्पञ्‍ञो, निरयं सोपपज्‍जति [सो उपपज्‍जति (सी॰ स्या॰)]॥
यस्को घरलाई आगो लगाईदिन्छ । शरीर छूटेपछि त्यो नरकमा उत्पन्न हुन्छ ।
१४१.
नग्गचरिया न जटा न पङ्का, नानासका थण्डिलसायिका वा।
रजोजल्‍लं उक्‍कुटिकप्पधानं, सोधेन्ति मच्‍चं अवितिण्णकङ्खं॥
जुन मनुष्यको सन्देह समाप्त भएकोछैन उस्को शुद्धि न नाँङ्गो रहनाले, न जटा धारण गर्नाले , न हीलो दल्नाले , न ब्रत बस्नाले , न त कडा घामामा भूईमा सुत्नाले , न खरानी दल्नाले र न घोप्टो परेर बस्नाले नै हुन्छ ।
१४२.
अलङ्कतो चेपि समं चरेय्य, सन्तो दन्तो नियतो ब्रह्मचारी।
सब्बेसु भूतेसु निधाय दण्डं, सो ब्राह्मणो सो समणो स भिक्खु॥
वस्त्र , आभूषण आदि ले अलंकृत हुंदा पनि यदि कोई शान्त , दान्त स्थिर ब्रहमचारी  र सारा प्राणिहरुको प्रति दण्ड त्यागेर समताको आचरण गर्छ त्यो ब्राहाम्ण हो, श्रर्मण हो , भिक्षु हो ।
१४३.
हिरीनिसेधो पुरिसो, कोचि लोकस्मि विज्‍जति।
यो निद्दं [निन्दं (सी॰ पी॰) सं॰ नि॰ १.१८] अपबोधेति [अपबोधति (सी॰ स्या॰ पी॰)], अस्सो भद्रो कसामिव॥
संसारमा कुनै पुरूष यस्तो पनि हुन्छ जो स्वयम नै लाजले निष्द्ध कर्म गर्दैन।
उ निन्दालाई सहन सक्दैन जसरी साधीएको घोडा कोर्रालाई सहन सक्दैन ।
१४४.
अस्सो यथा भद्रो कसानिविट्ठो, आतापिनो संवेगिनो भवाथ।
सद्धाय सीलेन च वीरियेन च, समाधिना धम्मविनिच्छयेन च।
सम्पन्‍नविज्‍जाचरणा पतिस्सता, जहिस्सथ [पहस्सथ (सी॰ स्या॰ पी॰)] दुक्खमिदं अनप्पकं॥
कोर्रा खाएको घोडाको समान उधोगशील बन । श्रद्धा , शील , वीर्य , समाधि र धर्म विनिशचय सित युक्त होस विधा र आचरणले सम्पन्न र स्मृतिवान बन यस महान दु:खको अन्त गर्नसक्छौ ।
१४५.
उदकञ्हि नयन्ति नेत्तिका, उसुकारा नमयन्ति तेजनं।
दारुं नमयन्ति तच्छका, अत्तानं दमयन्ति सुब्बता॥
दण्डवग्गो दसमो निट्ठितो।
पानी लैजानेले जता चाह्यो उतै पानी लैजान्छ , बाण बनाउने बाणलाई तताएर सोझो गर्छ सिकर्मी काठलाई आफ्नो सुविधानुसार सोझ्याउंछ र सदाचार परायण गर्ने आफ्नो नै दमन गर्छ ।

यो इन्टनेटबाट साभार गरि हिन्दीबाट अनुवाद गरिएको हो । जीवनकुमार शाक्य


No comments:

Post a Comment