संसारको इतिहासमा भारतका सम्राट अशोक यसकारण प्रशिद्ध छन कि उनले निरन्तर
मानवको नैतिक उन्नतिको लागि प्रयास गरे। जुन सिद्धान्तहरुको
पालनले यो नैतिक उत्थान सम्भव थियो, सम्राट अशोकको लेखहरुमा त्यसलाई 'धम्म' भनिएकोछ । अर्को तथा सातौं स्तम्भ-लेखहरुमा अशोकले धम्मको व्याख्या यस प्रकार गरेकाछन्, "धम्म हो साधुता, धेरै नै कल्याणकारी असल काम गर्नु, पापरहित हुनु, मृदुता, अरुप्रति व्यवहारमा मधुरता, दया-दान तथा
शुचिता।" अगाडी भनेकाछन कि,
"प्राणिहरुको हत्या नगर्नु, जीवहिंसा नगर्नु, आमा बुवा तथा ठूलाबडाको आज्ञा मान्नु, गुरुजनहरु
प्रति आदर, मित्र, परिचितहरु, सम्बन्धिहरु,
ब्राह्मण तथा श्रवणहरु प्रति दानशीलता तथा उचित व्यवहार र दास तथा भृत्यहरु प्रति उचित
व्यवहार।"
·
ब्रह्मगिरि शिलालेखमा यि गुणहरुको अतिरिक्त शिष्य व्दारा गुरुको आदर पनि धम्मको
अन्तर्गत मानिन्छ । अशोकको अनुसार यो पुरानो परम्परा हो ।
·
तेश्रो शिलालेखमा अशोकले अल्प व्यय तथा अल्प संग्रहको पनि धम्म मानेकाछन ।
अशोकले न केवल धम्मको व्याख्या गरेकाछन, बरु उन्ले धम्मको प्रगतिमा बाधक पापको पनि व्याख्या गरेकाछन - चण्डता, निष्ठुरता, क्रोध, मान र ईर्ष्या
पापको लक्षण हो। प्रत्येक व्यक्तिलाई यसबाट बच्नुपर्छ ।
·
अशोकले नित्य
आत्म-परीक्षणमा जोडदिएकाछन । मनुष्य जहिलेपनि आफू व्दारा गरेको असल कामलाई नै
हेर्छ, यो कहिलै देख्दैन कि मैले के पाप गरें । व्यक्तिलाई हेर्नुपर्छ कि
यि मनोवेग - चण्डता, निष्ठुरता, क्रोध, ईर्ष्या, मान—व्यक्तिलाई पाप तिर नलैजावस र त्यसलाई भ्रष्ट नगरोस ।