एकपटक
भिक्षु कुमार काश्यप अन्धवनमा थिए । एकरात एकजना देवता प्रकटभए र भिक्षुलाई
ब्राम्हण र शिष्य बिचको वार्तालाप सुनाए । एक धमीराको गोलोलाई देखाएर शिष्यले
आफ्नो गुरु ब्रम्हालाई भने भन्ते यो धमीराको गोलोबाट राती धुवांको मुश्लो निस्कन्छ
र दिउंसो दनदनी आगो बल्छ ।
अनि
ब्राम्हणले जवाफ दिए सुमेध ! ज्वावलले खन्दै जाउ । शिष्यले खन्दै गए ।
पहिला चुकुल भेट्यो । अनि त्यसपछि भ्याकुता, त्यसपछि क्रमैसंग दुईबाटो, चालनी, कछुवा, एक
चुपी र अचानो, त्यसपछि एक नाग भेट्यो । गुरुले भने खन्दा भेटीएका
जतिलाई पन्छाएर नागलाई नमस्कार गर्नु भने ।
यो
वार्तालापको गम्भीर अर्थ सम्यक सम्बुद्ध एकजना बाहेक अरु कसैलाई थाहा हुंदैन ।
त्यस कारण भिक्षु ! सम्यक सम्बुद्ध कहाँ गएर यस्को अर्थ सुन्नु र
त्यसै अनुसार गर्नु । यति भनेर देवता बिलाए भिक्षु बुद्ध कहाँ गएर सबै सुनाए अनि
बुद्धले सम्झाएः
१
धमीराको गोलो भनेको मातापिताको संयोगले उत्पन्न महाभूत आहारबाट बनेको नाशवान भएको
मानव शरीरहो ।
२
दिउंसोको काम काम राती गर्छ धुवाँको मुश्लो भनेको यहि हो।
३
दिउंसोको काम काम राती गर्छ दिउसो आगो बल्छ भनेको यहि हो ।
४
ब्राम्हण भनेको भगवान अर्हत सम्यक सम्बुद्ध हो । त्यसै गरि सुमेध भनेको शैक्ष
भिक्षु । ज्वाल भनेको आर्य प्रज्ञाहो ।खन्ने भनेको वीर्य पराक्रमहो । चुकुल भनेको
अविद्या हो । भ्यागुता भनेको क्रोध हो । दुई बाटो दोधार शंका हो । चालनी भनेको
पञ्चनिवरण अर्थात छान्ने हो । कछुवा भनेको पञ्च उपादान स्कनध हो । चुपी र अचानो
भनेको पाँच काम गुण हो । मासुको डल्लो भनेको नन्दी राग हो र नाग भनेको क्षीणश्रव
भिक्षु हो । भगवानको यति कुरा सुनेर भिक्षु प्रशन्न भइ अभिनन्दन गरेर गए ।
सन्दर्भ
सामग्रीःमज्झीम निकाय ओपम्म वर्ग वम्मिक सुतं को बोधो बज्र बज्राचार्य व्दारा
लिखित भगवान बुद्ध र देवब्रम्हाहरु
No comments:
Post a Comment