संसारको इतिहासमा भारतका सम्राट अशोक यसकारण प्रशिद्ध छन कि उनले निरन्तर
मानवको नैतिक उन्नतिको लागि प्रयास गरे। जुन सिद्धान्तहरुको
पालनले यो नैतिक उत्थान सम्भव थियो, सम्राट अशोकको लेखहरुमा त्यसलाई 'धम्म' भनिएकोछ । अर्को तथा सातौं स्तम्भ-लेखहरुमा अशोकले धम्मको व्याख्या यस प्रकार गरेकाछन्, "धम्म हो साधुता, धेरै नै कल्याणकारी असल काम गर्नु, पापरहित हुनु, मृदुता, अरुप्रति व्यवहारमा मधुरता, दया-दान तथा
शुचिता।" अगाडी भनेकाछन कि,
"प्राणिहरुको हत्या नगर्नु, जीवहिंसा नगर्नु, आमा बुवा तथा ठूलाबडाको आज्ञा मान्नु, गुरुजनहरु
प्रति आदर, मित्र, परिचितहरु, सम्बन्धिहरु,
ब्राह्मण तथा श्रवणहरु प्रति दानशीलता तथा उचित व्यवहार र दास तथा भृत्यहरु प्रति उचित
व्यवहार।"
·
ब्रह्मगिरि शिलालेखमा यि गुणहरुको अतिरिक्त शिष्य व्दारा गुरुको आदर पनि धम्मको
अन्तर्गत मानिन्छ । अशोकको अनुसार यो पुरानो परम्परा हो ।
·
तेश्रो शिलालेखमा अशोकले अल्प व्यय तथा अल्प संग्रहको पनि धम्म मानेकाछन ।
अशोकले न केवल धम्मको व्याख्या गरेकाछन, बरु उन्ले धम्मको प्रगतिमा बाधक पापको पनि व्याख्या गरेकाछन - चण्डता, निष्ठुरता, क्रोध, मान र ईर्ष्या
पापको लक्षण हो। प्रत्येक व्यक्तिलाई यसबाट बच्नुपर्छ ।
·
अशोकले नित्य
आत्म-परीक्षणमा जोडदिएकाछन । मनुष्य जहिलेपनि आफू व्दारा गरेको असल कामलाई नै
हेर्छ, यो कहिलै देख्दैन कि मैले के पाप गरें । व्यक्तिलाई हेर्नुपर्छ कि
यि मनोवेग - चण्डता, निष्ठुरता, क्रोध, ईर्ष्या, मान—व्यक्तिलाई पाप तिर नलैजावस र त्यसलाई भ्रष्ट नगरोस ।
धम्ममा प्रवृत्त
कलिंग युद्ध के बाद ही अशोक अपने
शिलालेखों के अनुसार धम्म में प्रवृत्त
हुआ। यहाँ धम्म का आशय बौद्ध धर्म लिया
जाता है और वह शीघ्र ही बौद्ध
धर्म का अनुयायी बन गया। बौद्ध मतावलम्बी होने के बाद अशोक का व्यक्तित्व
एकदम बदल गया। आठवें शिलालेख में जो सम्भवत: कलिंग विजय के चार वर्ष
बाद तैयार किया गया था, अशोक ने घोषणा की- 'कलिंग देश में जितने आदमी मारे
गये, मरे या क़ैद हुए उसके सौंवे या हज़ारवें
हिस्से का नाश भी अब देवताओं के प्रिय को बड़े दु:ख का कारण होगा।' उसने आगे युद्ध
ना करने का निर्णय लिया और बाद के 31 वर्ष अपने शासनकाल में
उसने मृत्युपर्यंत कोई लड़ाई नहीं ठानी। उसने अपने उत्तराधिकारियों
को भी परामर्श दिया कि वे शस्त्रों द्वारा विजय प्राप्त करने का मार्ग
छोड़ दें और धर्म द्वारा विजय को वास्तविक विजय समझें।
धम्मको सिद्धांत
धम्मको यि सिद्धान्तहरुको अनुशीलन
गर्नाले यस सम्बन्धमा कुनै संदेह रहंदैन कि यो एक सर्वसाधारण धर्म हो। जस्को
मूलभूत मान्यताहरु सबै सम्प्रदायहरुमा मान्य छ र जुन देश कालको सीमाहरुमा आबद्ध
छैन। कुनै पाखण्ड या
सम्प्रदायको यसबाट विरोध हुनसक्तैन
। सम्टअशोकले आफ्नो तेह्रौ शिलालेखमा लेखेकाछन—ब्राह्मण, श्रमण र ग्रृहस्थ
जतासुकै बस्छन र धर्मको यि आचरणहरुको पालना गर्छन । अशोकको साम्राज्यमा अनेक
सम्प्रदायको माननेहरु थिए र हुनसक्छ कि तिनमा धेरैथोरै विरोध तथा प्रतिव्दविताको भाव पनि
रहेकोहोला । उस्ले सबै सम्प्रदायहरुमा सामन्जस्य स्थापित गर्नको लागि सदाचारको यि
नियममाथि ज़ोर दिए। बाह्रौं शिलालेखमा अशोकमा धर्मको सार-वृद्धिमा ज़ोर दिएकोछ, अर्थात् एक
धर्म—सम्प्रदायका अर्को धर्म—सम्प्रदाय को सिद्धान्तहरुको विषयमा जानकारी प्राप्त गरौं, यसले धर्मसारको बृद्धी नै होला।
नैतिक उत्थानको लागि धम्मको प्रचार
बौद्ध अनुश्रुतहरु र अशोकको अभिलेखहरुबाट यो सिद्ध हादैन कि उस्ले कुनै
राजनीतिक उद्देश्यले धम्मको प्रचार गरे । तेह्रौं शिलालेख र लघु शिलालेखबाट विदित हुन्छ कि अशोक धर्म परिवर्तनको कलिंग युद्धबाट निकट सम्बन्ध छ। रोमिला थापरको मत छ कि
धम्म कल्पना अशोकको निजी कल्पना थियो, तर अशोक को शिलालेखहरुमा धम्मको जुन कुरा दिएकोछ, त्यसबाट स्पष्ट छकि ति पूर्ण रूपले बौद्ध ग्रन्थहरुबाट
उदृत गरिएकव हो । यि बौद्ध ग्रन् हुन्—दीघनिकाय को लक्खण सुत्त चक्कवत्ती सीहनाद सुत्त, राहुलोवाद सुत्त तथा धम्मपद। यि
ग्रन्थहरुमा वर्णित धर्मराजको आदर्शबाट प्रेरित भएर नै अशोकले धम्म विजय आदर्शलाई अपनाए । लक्खण सुत्त तथा चक्कवत्ती सीहनाद सुत्तमा धम्मयुक्त
चक्रवर्ती सम्राटको विषयमा भनेकोछ कि त्यो भौतिक तथा आध्यात्मिक कल्याणको
लागि प्रयत्नशील रहन्छ । यस्तो राजा विजयबाट होईन अपितु धम्मबाट विजयी
हुन्छ । उ तलवारको सट्टा धम्मबाट विजय प्राप्त गर्छ । उ मान्छेहरुलाई अहिंसाको उपदेश दिन्छ । अशोकले धम्म को जुन परिभाषा दिएकाछन त्यो 'राहुलोवादसुत्त' बाट लिएकोछ । यस सुत्तलाई 'गेहविजय' पनि भनिएकोछ अर्थात 'ग्रृहस्थहरुको लागि अनुशासन ग्रन्थ'। उपासकको लागि
परम उद्देश्य स्वर्ग प्राप्त गर्नु थियो न कि निर्वाण।
चक्कवत्ती (चक्रवर्ती) धम्मराजको आदर्शलाई अपनाउँदै अशोकले जनसाधारणको
नैतिक उत्थानको लागि आफ्नो धम्मको प्रचार गरे ताकि उ एहिक सुख र यस जन्म
पछि स्वर्ग प्राप्त गर्न सकोस । यसमा संदेह छैन कि अशोक साँचो हृदयबाट
आफ्नो प्रजाको नैतिक पुनरुद्धार गर्न चाहन्थ्यो र यसकवलागि उ निरन्तर प्रयत्न शील
थिए । उ निस्संदेह एक आदर्शलाई चरितार्थ गर्न चाहन्थ्यो । यही अशोकको मौलिकता हो।
अहिंसाको प्रचार
अशोकले धम्म प्रचारको लागि ठुलो
लगन र उत्साहले काम गरे । अहिंसाको प्रचारको लागि सम्राट अशोकले कैयौं पाईला चाले ।
उसले युद्ध बन्द गरे र स्वयम लाई तथा राजकर्मचारिहरुलाई मानव-मात्रको नैतिक उत्थान मां लगाए । जीवहरुको
हत्या रोक्नको लागि अशोकले प्रथम शिलालेखमा विक्षप्ति जारी गरे कि कुनै
यज्ञको लागि पशुहरुको हत्या नगरीयोस। 'इह' शब्दबाट यो अनुमान लगाउन सकिन्छ
कि यो निषेध या त राजभवन या पाटलिपुत्र को लागि थियो,
समस्त साम्राज्यको लागि होईन ।
पशु—वधलाई एकदम रोक्नु असम्भव थियो जस्तै नेपालमा पशुवली दिए धर्म हुन्छ
भन्ने मानसिकता छ। अतः अशोकले लेखेकाछन कि राजकीय भान्छामा पहिला जहाँ सैकड़ौं हज़ारौं
पशु भोजनको लागि मारीन्थ्यो, त्यहाँ अब केवल तीन प्राणी—दुई मयूर र एक मृग मारीन्थ्यो
यद्यपि यो पनि बुद्धको उपदेश विपरित थियो, र भविष्यमा त्यो पनि मार्न निषेध
हुनेछ। साथै अशोकले यो पनि घोषणा गरे कि यस्तो सामाजिक उत्सव
हुनुहुँदैन, जस्मा अनियंत्रित आमोद-प्रमोद होस । जस्तो—सुरापान, मासु
परिकारखाने, मल्लयुद्ध, जनावरहरुको आदि। यस्को स्थानमा अशोकले
धम्मसभाहरुको व्यवस्था गरे जस्मा विमान, हात्ती, अग्निस्कंध, इत्यादि स्वर्गको
झाँकिहरु देखाईन्थ्यो र यस प्रकार जनतामा धम्मको प्रति अनुराग उत्पन्न गरीन्थ्यो।
बिहार—यात्राहरुमा जस्मा पशुहरुको शिकार राजाहरुको मूल्य मनोरंजन थियो, बन्द गरीयो। त्यस्को
स्थानमा अशोकले धम्म यात्राहरु प्रारम्भ गरे। यि यात्राहरुको अवसरमा अशोक ब्राह्मणहरु
र श्रवणहरुलाई दान दिन्थे । वृद्धहरुलाई सुवर्ण दान दिन्थे ।
व्यक्तिगत उपदेशबाट आम जनतामा धर्म प्रसारणमा सहायता पायो । यस प्रकार शासक बाटनै
शुद्ध धम्मको आरम्भ भएको पाईन्छ ।
बौद्ध स्थानहरुको यात्रा
भारतका अशोक सम्राटले अनेकौं
बौद्ध स्थानहरुको यात्रा गरे,
जस्तै—बोधगया, लुम्बिनी,
निगलीसागर इत्यादि। यि धर्म
यात्राहरुबाट अशोक सम्राटलाई देशको विभिन्न स्थानहरुको मान्छेहरुको सम्पर्कमा
आउनको र धर्म तथा शासन को विषयमा मान्छेहरुको विचार जान्ने अवसर
प्राप्तभयो । साथै यि यात्राहरुबाट एक प्रकारले स्थानीय शासकहरुमा नियंत्रण रहन्थ्यो । अशोक सम्राटले राज्यको कर्मचारिहरु—प्रादेशिक, राजुक तथा युक्तकहरुलाई प्रति पाँचौं वर्ष धर्म प्रचारको लागि यात्रामा
पठाएकाथिए । अशोक सम्राटले लेखहरुमा यसलाई अनुसन्धान भनेकाछन्।
बौद्ध धर्ममा रुचिको कारण
सम्राट अशोक को धम्मको विवेचना गर्दै रोमिला थापरले लेखेकाछन्है कि केहि राजनीतिक उद्देश्यहरुले नै अशोक ले एक नयाँ धर्मको कल्पना गरे तथा यसको
प्रसार गरे । चंद्रगुप्त मौर्य को समय शासनको
केन्द्रीकरणको नीति सफलतापूर्वक पूरा भैसकेको थियो । कुशल अधिकारतंत्र, असल संचार व्यवस्था र शक्तिशाली शासक
व्दारा त्यस समय साम्राज्यको जति केन्द्रीकरण सम्भव थियो, त्यो भैसकेकोथियो । तर केन्द्रको
आधिपत्य बनाई राख्न दुई नै तरिकाले सम्भव थियो, एक त सैनिक शक्ति व्दारा कठोर शासन तथा राजामा देवत्वको आरोपण गरेर र अर्को सबै वर्गहरुबाट संकलित सारग्राही धर्मलाई अपनाएर । यो अर्को तरीक़ा नै धेरै युक्ति
संगत थियो किनकि यस्तो गर्नाले कुनै एक वर्गको प्रभाव कम गर्न सकिन्थ्यो र फलतः केन्द्रको प्रभाव बढ़थ्यो । अशोकको यो नीति सार रूपमा त्यहि थियो
जो अकबर ले अपनाएको
थियो। यद्यपि उस्को रूप भिन्नै थियो । सिंहासनारूढ़ हुने बेला अशोक बौद्ध थिएन । पछि नै उसको बौद्ध धर्म मा रुचि बडेकवहो किनकि
उत्तराधिकार युद्धको समय उस्लाई सम्भवतः कट्टर समुदायहरको समर्थन पाईएन । अतः
बौद्ध धर्मलाई स्पष्ट रूपमा समर्थन दिएर उस्ले ति वर्गहरुको समर्थन प्राप्त गरे जो
कट्टर थिएनन् थे। रोमिला थापरको अनुमान थियोकि बौद्ध र आजीवकहरुलाई नवोदित वैश्य वर्गको समर्थन प्राप्त थियो तथा जनसाधारणको यि सम्प्रदायहरुबाट तीव्र विरोध थिएन । यस प्रकार अशोकले धर्मलाई अपनाउनमा व्यावहारिक लाभ देखे । यस नयाँ धर्म या धम्मको
कल्पनाको अर्को कारण थियो स्यानो—स्यानो राजनीतिक इकाइहरुमा बाँडिएको साम्राज्यको विभिन्न वर्गहरु, जातिहरु र संस्कृतिहरुलाई एक सूत्रमा बाँधनु। यस्को साथ-साथै विभिन्न प्रदेशहरुमा सत्तालाई दृढ़ गर्नको लागि यो उपयोग मा ल्याउन
सकिन्थ्यो । महत्त्वपूर्ण यो हो कि एक शासक जस्को साथमा निरंकुश क़ानूनी विधान, विशाल सेना एंव
अपरिमित संसाधन होस उ आफ्नो शिलालेखहरुमा स्वयंलाई नैतिक मूल्यहरुको विस्तारक
को रूपमा प्रस्तुत किन गर्छ ?
वस्तुतः योग्य र कुशल शासकहरुको नियुक्तिहरु सदैव साम्राज्यको रक्षाको लागि निर्मित
गरिन्छ । बौद्ध धर्मको शिक्षा को केंद्र मगध मा जनमानसमा
शोषण को विरुद्ध व्यापक चेतना थियो । यसबाट पनि राम्ररी अनुमान लगाउन सकिन्छ कि
त्यतिबेला वैदीक धर्मले के गरेकाथिए र शासक नै जुन विचारको हुन्छ जनतामा बल प्रयोग
गरेर वा जसरी प्रयोगमा ल्याउन सकिन्छ । अहिले हाम्रो देशमा त्यस्तै भएकोछ शासकहरु
कट्टर हिन्दू भएकोले बौद्धहरुलाई कष्ट दिरहेकाछन अपमान गरिरहेकाछन् ।
अशोकले उपगुप्तबाट प्रेरणा प्राप्त
सम्राट अशोकलाई बौद्ध धर्मको
प्रचार गर्न र स्तूपादिलाई निर्मित गराउने प्रेरणा धर्माचार्य उपगुप्त दिएकाहुन । जब भगवान बुद्ध दोश्रोपटक मथुरा आउनुभयो, तब वहाँले
भविष्यवाणी गर्नुभयो र आफ्नो शिष्य आनन्द सित भन्नुभयो कालान्तरमा यहाँ उपगुप्त नामको एक प्रसिद्ध धार्मिक विव्दान हुनेछ, जो उन्कै जस्तै
बौद्ध धर्मको प्रचार गर्नेछन र उस्को उपदेशले अनेक भिक्षु योग्यता
र पद प्राप्त गर्नेछन्। यस भविष्यवाणीको अनुसार उपगुप्तले मथुराको एक
वणिकको घरमा जन्म लिए। उस्को पिता सुगंधित द्रव्यहरुको व्यापार गर्थ्यो । उपगुप्त
अत्यंत रूपवान र प्रतिभाशाली थियो। उपगुप्त किशोरावस्थामा नै विरक्त भएर बौद्ध
धर्मको अनुयायी भएकाथिए । आनन्दको शिष्य शाणकवासीले उपगुप्तलाई मथुरा को नट-भट विहारमा
बौद्ध धर्मको 'सर्वास्तिवादी संप्रदाय' को दीक्षा दिएको थियो ।
धम्म परायण अशोक
बौद्ध धम्म ग्रहण गरेपछि सम्राट
अशोकले धर्म प्रचारको लागि बड़ो लगन र
उत्साहले काम गरे । तर शासनको प्रति उनि कहिल्यै उदासीन भएनन् । धर्म परायणताले उन्मा
प्रजाको ऐहिक एवं पारलौकिक कल्याणको लागि
लगन बनाए । उनले
राजा र प्रजाको बीच पैतृक सम्बन्धलाई
बढ़ाउनमा धेरै जोर दिए । कलिंगमा अशोकले भनेकाछन, "सबै प्रजा मेरो संतान हुन, जसरी म आफ्नो संतान को ऐहिक र कल्याणको कामना गर्छु
त्यसै प्रकार, आफ्नो प्रजाको ऐहिक र पारलौकिक कल्याण र सुखको लागि पनि
। जसरी एक आमा एक शिशुलाई एक कुशल धाईकोलाई सुम्पेर निश्चिंत हुन्छ कि कुशल धाई सन्तानको
पालन-पोषण गर्नमा समर्थ छ, त्यस्तै प्रकार मैले पनि आफ्नो प्रजाको सुख र कल्याणको लागि राजुकहरुको नियुक्त गरेकोछु" । उ प्रजाको कार्य गर्नको लागि सदैव तयार
रहन्थे । आफ्नो छैठौ शिलालेखमा उस्ले यो घोषणा गरे, "हरेकपल र हरेक
स्थानमा—चाहे उ भान्छामा होस, अंतपुरमा होस अथवा उद्यानमा—मेरो प्रतिवेदक
मलाई प्रजाको कार्यहरुको बारेमा सूचित गर्नु । म जनताको काम गर्न
कहिल्यै पछि पर्दिन । मलाई प्रजाको हितको लागि काम गर्नुपर्छ।" यस
प्रकार मैले हेर्छु कि राजाको उत्थानव्रत र प्रजाहित आदर्शमा
अशोकले अत्यधिक बल लगाए । यही होईन, अशोकले राजाको कर्तव्यको एक नयाँ
दृष्टिकोण प्रस्तुत गरे । राजा प्रजाको ऋणी छ, प्रजाको प्रति आफ्नो कर्तव्यको
पालन गरेर उ प्रजाको ऋण चुकाउँछ । अशोकको आठौ शिलालेखमा तथा मास्की
लघु शिलालेखमा यो अनुमान लगाईयो कि अशोक राज्यको विभिन्न भागहरुमा निरीक्षाटन पनि
गर्थे । जस्ले जनताको सुख—दुःखको सोझै थाहा पाउन सकोस । पुरुषहरु र प्रतिवेदकहरु व्दारा जनसम्पर्क बनिरहन्थ्यो । आफ्नो शासनलाई धेरै मानवीय बनाउनको लागि
अशोकले शासनमा कैयौं सुधार गरे । सर्वप्रथम प्रशासनिक सुधार यियो कि
प्रादेशिक राजुक बाट लिएर युक्तक सम्म सबै अधिकारी हरेक पाँचौं बर्ष (उज्जयिनी र तक्षशिला मा हरेक तेश्रो बर्ष ) राज्यमा निरीक्षाटनगि जान्थे । प्रशासनिक
कार्यको अतिरिक्त उनि धम्मको प्रचार पनि गर्थे । कलिंग लेखबाट थाहा हुन्छ
कि अकारण जनतालाई कारावास तथा भय बचाउनको लागि प्रत्येक पाँचौं वर्ष महामात्र निरीक्षाटनको लागि पठाईन्थ्यो । उनको एक कार्य यो पनि थियो कि उनि
देखोंस कि नगर न्यायाधीश राजाको आदेशको पालन गरोस ।
अशोकले आफ्नो राज्यको तेह्रौं
वर्ष पछि एक सर्वथा नवीन प्रकारको उच्चाधिकारिहरुको नियुक्ति गरे । यसलाई
धम्ममहामात्र भनियो । यसको प्रमुख कार्य जनतामा धर्मप्रसार गर्नु
तथा दानशीलतालाई उत्साहित गर्नु थियो। तर प्रशासनिक दृष्टिबाट यिनको कार्य यो थियो—जस्लाई कारावासको दण्ड दिईन्छ त्यस
परिवारलाई आर्थिक सहायता दिने,
अपराधिहरुको सम्बन्धिहरु सित सम्पर्क बनाईराखेर तिनलाई सांत्वना दिने । यस प्रकार अशोक ले न्याय
र दंण्डमा मानवीयता ल्याउने प्रयास गरे । न्यायलाई दयाले मिश्रित गरेर मृदु बनायो ।
कल्याणकारी कार्य
अशोक साह्रै नै व्यावहारिक थिए।
उस्ले मृत्युदण्डलाई एक दम समाप्तै गरेनन, तर यो
व्यवस्था गरे कि यदि समुचित कारण
उपस्थित होंस, तब धम्म महामात्र न्यायाधिकारिहरु बाट दण्ड कम गराउन
प्रयत्न गरे। जुन अपराधिहरुलाई मृत्युदण्ड दिईएको हो, त्यसलाई तीन
दिनको अवकाश दिनेव्यवस्था गरीयो,
ताकि यस बीच उनको सम्बन्धी उन्को
जीवनदानको लागि (राजुकहरु सित) प्रार्थना गर्न सकोस, र (यदि यो सम्भव हुननसके) उनि
दान-व्रत प्रार्थनाको व्दारा परलोकको तैयारी गर्न सक्छ। राजुकहरुलाई
आदेश दिईयो कि अभिहार दण्डमा एकरूपता होस र पक्षपातरहित होस।
२६औं वर्षमा अशोकले राजुक, अभिहार तथा दण्डकहरुलाई
स्वतंत्रता दिए ताकि माथिबाट बिना हस्तक्षेपको ति आत्मविश्वासको साथ प्रजाको हित
गर्न सकोस । यि राजुक सैकड़ों—हज़ारौं मान्छेहरु माथि शासन गर्थे र अशोकले तिनलाई स्वतंत्रता यसकारण दिए कि ति निर्विघ्न शासन व्दारा जनताको हित
गर्नमा समर्थ हुन सकोस ।
अशोकले मनुष्य र पशुहरुको लागि
चिकित्सालय खोले । जहाँ मनुष्यहरु र पशुहरुको लागि उपयोगी औषधिहरु उपलब्ध थिएन
त्यहाँ बाहिरबाट मगाएर भएपनि प्रयोग गरिन्थ्यो । कंदमूल र फल पनि जतासुकै थिएन, त्यहाँ बाहिरबाट मगाएर लगाईयो। सड़कको छेउमा रुख बिरुवा लगाए गए मनुष्यहरु र पशुहरुलाई छायाँ
हुनसकोस भनेर । आठ कोश या ९ मीलको फरकमा
ठाउँ ठाउँमा इनार बनाउन लगाए । यस प्रकार अशोकको धर्मपरायणताले उनलाई अनेक प्रकारको कल्याणकारी कार्यको लागि प्रेरित गरीयो । उस्को शासन केन्दित हुँदा
पनि मानवीय थियो । आज भारतको राष्ट्रीय झण्डामा समेत अशोक चक्र रहेकोछ
। अशोक कै कारणले लुम्बीनी नेपालमा रहेको प्रमाण भयो सोहि अशवक स्तम्भले गर्दा आज
नेपाल र नेपालीको गौरवको बिषय बनेको छ तर नेपालका शासक बर्ग पूर्ण रुपमा बौद्ध
बिरोधी र साम्प्रदायिक भएकोले पनि विश्वमा खासै चर्चा हुन सकेकोछैन ।
भवतु सब्ब मङ्गलम् ।
No comments:
Post a Comment