Thursday, April 17, 2014

भगवान बुद्धको पाँच सपना



पहिलो सपनाःवहाँले आफ्नो काया विराट हुँदै शीर नेपालको हिमालमा अङ्गले पूरै देश ढाकीएको दाहिने हात अरब सागरको लहर । स्वप्न व्दारा नेपाल र भारतकव इतिहाँसमा पहिलो पटक यि दुबैको जम्बुव्दीपको नक्सा प्रकट भयो । यस्को उद्देश्य थियो कि वहाँ सम्यक सम्बुद्ध भएर सारा जम्बुव्दीपमा छाउनुहुन्छ र वहाँको शिक्षाा यहिं सम्म सिमित नभएर बरु शीरको शीर देखि उत्तरी देशहरुमा र दाहिने बायां बाहु र पाउबाट समुद्री लहरहरुको पारी टाढा टाढा देशहरु सम्म सारा विश्व भरी फैलिन्छ ।



दोस्रो सपनाः वहाँले अर्को सपना देख्नुभयो नाभीबाट एक बिरुवा उत्पन्न भएर आकाश सम्म पुग्यो । यस्को सत्यको प्रतिक थियो कि वहाँ पृथ्वीको मनुष्यहरुलाई मात्रै नभएर बरु आकाशको देवताहरुलाई पनि धर्म सिकाउनुहुनेछ ।

 

                         

अर्को तेस्रो सपना वहाँले देख्नुभयो कि धेरै संख्यामा कालो केशधारी र सेतो वस्१धारीहरु वहाँको नजिक आएर वहाँलाई नमस्कार गर्दछन । यस कुराको संकेत थियो कि अनगिन्ति गृहस्त वहाँको अनुयायी हुनेछन् ।
 



चौथो सपनाः वहाँले देख्नुभयोकि भिन्न भिन्न दिशाहरुबाट चार रङ्गको पंक्षिहरु वहाँको काखमा आएर बस्छ। यस्को संकेत थियो कि ब्राह्मण क्षेत्री वैश्य र शुद्रहरु यि चार बर्णकाहरु वहाँको शरणमा आएर वर्ण भेद बाट मुक्त हुनेछन् ।




पाचौं सपनाः वहाँले देख्नुभयो कि सारा पृथ्वी फोहोर भरीएकोछ र वहाँ विचरण गर्दै हुनुहुन्छ ।तैपनि पृथ्वीकोयो फोहोर वहाँको चरणलाई छुन सकेकवछैन । वहाँ सांसारिक अपवित्रताको विच सदा परम पवित्र बनिरहनुहुनेछ । सर्बथा निर्दोष र निर्मल बनिरहनुहुनेछ ।





महामानव बुद्धकी महान विद्या विपश्यनाका उद्गम और विकासबाट  अनुवाद र साभार




No comments:

Post a Comment