Wednesday, April 16, 2014

बौद्ध भिक्षु र बेश्या कथा यात्रा





एक पटक एक बौद्ध भिक्षु एक गांउबाट जाँदैथियो । चार पाईला जानेबित्तिकै अडियो । किनकि भगवानलेने भिक्षु संघलाई भन्नुभएकोथियो । दस पाईला भन्दा टाढाबाट भन्दा धेरै न हेर्नु। जतिले तिम्रो काम चल्छ । अचानक उस्ले ठान्यो कि बाटो फरक छ । यहांको सजावट, रहन सहन। मानिसहरुबाटो हिंडदा हेर्नु  इशारा गर्नु । कहीं कतै अरुलाई इशारा गरेर बोलाईरहेको । ठाउँ ठाउँमा भीड़ छ । आगो गांउ र गल्लीहरुमा यि दृश्य कमै देखिन्छ । तर भिक्षु विचित्र सेन, अलिकति अकमकीयो, निर्भय अगाडी बढ्यो थाहा पायो कि वेश्‍याहरुको वातावरण हो। यहां भिक्षा पाउने आसा कमैछ। त्यसो त भगवानले कुनै वर्जित गर्नुभएको थिएन  कुन घरमा जानु कुन घर नजानु । तर जीवनमा यस्तो अवस्था त कहिल्यै आईपरेको थिएन अनि भिक्षु अलि अगाडी बढ्यो ।
माथि उ झ्यालबाट एक वेश्‍याले भिक्षु विचित्र सेनलाई हेरेर हेरेकै भयो । कतिले उसलाई देखेकोथियो। एक से एक सुन्दर धनवान, बलवान, तर यो भिक्षुको मैलो कपड़ा हातमा भिक्षा पात्र, तर यसको हिंडाईमा केहि यस्तो थियो कि मानों आनन्द झर्दैछ । उस्को अनुहारको आभा र शान्ति, अभूतपूर्व थियो । राजा महाराजाहरुको चाल पनि त्यस युवक भिक्षुको अगाडी काम लागेकोथिएन।  यस्को हिंडाई र अनुहारको कान्तिमा छुट्टै चमक थियो, हजारौं मानिसले त्यस भिक्षुलाई हिंडीरहेको देखेको हो । तर कुनै अर्को हिंडाई गुण गौरव किन देखिएको थिएन । यस्तो होईन जो हामी देख्छौ जो सत्‍य छ । हेर्नलाई पनि आँखा हुनुपर्छ, भित्र भरिएको होश चाहिन्छ । बुद्ध आउँथे र हामिहरुको बिचबाट जान्थे र हामी देख्न पाउँथिएनौ। देख्न पाउँछौ वहाँ गएको हजारौ बर्ष पछि ।
त्यो वेश्‍या तल आयो र भिक्षुको बाटो रोकेर उभियो । संन्‍यासी भिक्षु अपूर्व रूपबाट सुन्दर हुन्छ । संन्‍यास जस्तो सौदर्य दिन्छ, मनुष्यलाई अरु केहि दिंदैन। संन्‍यस्‍त भएर तिमी सुन्दर न होउ, संन्‍यासी कुनै श्रृंगार होईन । संन्‍यास नै यति ठूलो श्रृंगार हिोकि फेरि अरु कुनै श्रंगारको आवश्यकता पर्दैन । किनकि संन्‍यासी आफैमा थिर हुन्छ । उस्को वासनाले उस्लाई घेरेको हुँदैन ।
त्यस वेश्‍याले भिक्षु विचित्र गुप्‍तको बाटो रोक्यो र आवेदन गर्यो, हे देव यस वर्षा कालमा तपाईं मेरो घरमा अवश्य आउनुहोला । चार महीना वर्षाकालमा बौद्ध भिक्षु कुनै एक स्‍थानमा निवास गर्थे जस्लाई बर्षावास भनिन्छ। म सबै किसिमको हजूरको सेवा गर्नेछु । भिक्षु विचित्र गुप्‍तले त्यस वेश्‍या तिर हेरे । उस्को आंखामा एक प्‍यास थियो । केहि खोजिरहेकि थिईन भोगविलासमा , धनसम्पत्तीमा पाएकि थिईनन् । उनिले भनिन हे ‘’देवा म आज तिमीलाई अहिले केहि भन्न सक्तिन । किनकि मलाई आफ्नो  गुरुबाट अनुमती लिनुपर्ने हुन्छ । तिमी भोली मलाई पर्खनु, मैले गुरुसित सोधेर  हाजिर हुन्छु यति भनेर अघि बढे । जुन शान्त र थिरताबाट उसको त्यो शब्‍द भनिरहेकाथिए । उ शब्‍द होईन अमृत रस हो ति वेश्‍या ति शब्‍दहरुमा मंत्र मुग्‍ध भइन्। जाँदै गरेको त्यस बौद्ध भिक्षुलाई हेरिरहिन । उनि केहि बोल्नै नसक्ने गरि स्तब्ध भइन् । त्यस वेश्‍यालाई यो कुनै आसा थिएन कि मेरो यस्तो भाग्य हुन्छ कि म जीवनमा कुनै भिक्षुको संग साथ गर्छु । उस्लाई त वासनाको भोको आँखा बेश्याको मन पटक पटक प्रफुल्ल भएर आसा गरेकि छिनकि अवश्य मेरो निमंत्रण स्‍विकार गर्नेछन । उस्को आंखामा भय छैन ।  उस्ले त्यस भिक्षुको चरण धुल आफ्नो आँचलमा राखेर निवास तिर गइन ।
उनले आफ्नो घरमा भिक्षुको स्वागतको लागि बिशेष सजावट गरिन । दासीहरुले सबै व्यवस्था मिलाउँदै सोंचे कि यहाँ त सबैजना आउँछन जान्छन तर आफै भगवान आउँदै हुनहुन्छ। यति बिध्न खुशि छिन कि खुशिको कुनै सिमा नै छैन । यति खुशी उसलाई जीवनमा कहिल्यै भएको थिएन। यस्तो लाग्थ्यो आज जीवन धन्‍य भयो ।
भिक्षु ले गएर भगवान बुद्ध सित भरीएको सभामा सोध्यो, दस हजार भिक्षु त्यहाँ थिए । भन्ते म एक गांउँमा गएको थिए त्यो एक वेश्याहरुको गाउँ थियो । एक युवतीले मेरो बाटो रोकेर अनुरोध गरिन यस वर्षावासमा चार महिना मेरो मै बस्नु भनेर । नजिकै बसेको एक भिक्षुले भने भगवन त्यो  महिला अति सुन्दर थिईन र उनि वेश्‍या पनि हुन । सबै भिक्षुमा अचानक बिजली चम्के झैं भयो । केहि ति भिक्षु मध्य उत्तेजित भैरहेका थिए । कि भगवान अब के उत्‍तर दिंनुहुन्छ? चारैतिर सत्ब्ध भयो । भिक्षुले भने भगवान त्यो वेश्‍या हुन या होईन यि सबै सित के हुन्छ । उ सुन्दर छिन या कुरूप। यो महत्‍वपूर्ण होईन । महत्‍व पुर्ण कुरा त यो हो कि उस्ले मेरो बाटो रोकेर निमंत्रण दिइन् । हजूरको आज्ञा लिनको लागि म आएकोछु । हजूरको आज्ञा भए यि चार माहिना त्यस निवासमा बस्ने निमंत्रण स्‍विकार गरुं कि नगरुं । जस्तो हजूरको आज्ञा
भगवानले विचित्र सेन भिक्षुको आंखामा हेर्नुभयो र आज्ञा दिनुभयो । चारैतिर खास खुस हुन थाल्यो । आगो लाग्यो एक प्रकारको भिक्षु संघमा । केहि भिक्षुहरु उभिएर भने भगवान यो अन्‍याय हो। यो त सरासर भ्रष्‍ट हुने बाटो हो । आफै यस्तो गर्नुहुन्छ र भन्नुहोला मलाई कस्ले रोक्छ, सम्झाउँछ कस्ले । हजूरले आफ्नो निर्णयमा एक पटक विचार गर्नुपर्छ ले। एक भिक्षुले भन्न थाल्यो भगवान मेरो मनमा पनि यि प्रश्‍न थिए। मैले पनि हजूरको आज्ञा चाहेको थिएँ । । अब त मेरेो प्रश्नको उत्तर आफैले देिनुभयो अब तो सोध्नै परेन । अरुले के भन्लान हजूरले आज्ञा दिनुहुनेछैन । भगवानले त्यस भिक्षुलाई हेरे आज्ञा दिनुभएन । भिक्षु विचित्रसेनलाई भन्नुभयो तिमीलाई सायद अनुमति दिने थिइन । जब प्रश्‍न सोध्ने र आज्ञा पाउन छैन भने त्यसको परिणाम तिमीलाई नै थाहा छ।  मैले त तिम्रो अंन्तसमा हेरेर थाहा पाउँछु, मलाई आफ्नो आज्ञामा सोचने विचार गर्ने कुनै आवश्यकता छैन । अब चार महिना पछि जब विचित्र सेन आउला तब कुनै चर्चा होला । उसलाई जान देउ उसलाई मैले जान्दछु यदि वेश्‍या यस्को संन्‍यासलाई भङ्ग गरिदिएमा यो संन्‍यास खोक्रो हुन्छ । यस्को कुनै मुल्‍य छैन । तिम्रो संन्‍यासको नाउमा एक वेश्‍या पनि यात्रा गर्न सकेन भने संन्‍यास संन्यासै के अर्थ भयो अस्तित्व बिहिनै भयो नि ।
भिक्षु विचित्र सेन भगवानलाई प्रणाम गरेर गयो । सबै भिक्षु संघ उ गैरहेको हेरिरह्यो । धेरैका मनमा कुरा खेल्न थाल्यो कस्तो मजाको भाग्य । अब यस्ले चार महिना सम्म खुबै मोज गर्नेभयो । उता सुन्दरी वेश्‍याले भिक्षुको स्‍वागत गरिन, उनलाई आसा थियो कि भिक्षु अवश्य आउनेछ । चार महिना सम्म राम्ररी सेवा गरिन, आफ्नै हातले खुवाईन । तेल मालिश गर्थिन नुहाईदिन्थिन । नरम बिछौनामा सुताउँथिन ।  उत्ताउली भएर कहिले भिक्षुको काखमा पनि बस्थिन । जुन भिक्षुहरुलाई ईर्षा थियो लुकि लुकि हेर्थे र भगवानलाई आएर शिकायत गर्थे विचित्र सेन नाचगान हेर्छ सुन्छ सुस्‍वाद भोजन गर्छ कहिले वेश्‍या उस्को काखमा बसेको पनि देख्यौं । तिनले आफ्नै हातले नुहाइदिन्छिन कहिले त बिछौनामा संगै सुतेको पनि देख्यौ । भगवान हजूरले अचम्मै गरिदिनुभयो । त्यस बिचराको सारा जीवन बर्बाद भयो । सारा तपस्‍या माटोमा मिसीयो। भगवान केवल मुसुमुसु हाँसिदिनुहुन्थ्यो ।
चार महिना पछि भिक्षु विचित्र सेन आयो । वेश्‍या पनि साथै पछि पछि आउँदैथिईन । उस्ले भगवानको चरणमा शीर राखेर भनिन् हजूरको भिक्षु के पाएँ मलाई थाहा छैन तर मैले ‌चार महिना वहाँको साथ गर्ने मौका पाएँ । हजूरको भिक्षु हरेक क्रियाकलापबाट सतत अप्रभावित रह्यो। कुनै पनि कुराको बिरोध गरेनन् । मैले जे खान दिएँ खानुभयो । मैले एक पुरुषलाई रिझाउन जे गर्न सक्थें सबै उपाय गरें। नाच, गाना, साथै सुत्नु, छूनुमा यि सधै अप्रभावित रह्यो अचम्मको । म हारें भगवान यस्तो पुरूष मैंले जिन्दगिमा देखिन । हजारौं पुरूषको साथ गरेकोछु। पुरूषको हरेक गति विधिबाट म परिचित छु । तर हजूरको भिक्षुले अवश्य केहि यस्तो रस जानेकोछ । जो यस भोगको रस भन्दा धेरै उत्‍तम छ । म अभागीलाई पनि मार्ग दिनुहोस । मैलेपनि त्यहि रस चाहन्छु। म पनि पूर्ण हुन चाहन्छु । साँच्चै नै हजूरको यि भिक्षु पूर्ण पुरूष हुन र उनले दीक्षा लिईन। विचित्र सेनले भगवानको चरणमा आफ्नो शीर राखे । भगवानले उसलाई उठाएर आप्नो अंगालोमा लिनुभयो । मेरो छोरा विचित्र सेन साँच्चै नै विचित्र भयो  अर्हत भयो। र वेश्‍याको साथै पूरै भिक्षु संघको आंखाबाट आँसु बग्यो बेरोकटोक शान्तिको झरना झैं।
भगवानले न त्यस भिक्षुलाई देखेर भन्नुभयो, हेर्यौ भिक्षु तिमीले, मेरो छोरा वेश्‍या कहाँ चार महिना बस्यो  एक अरु भिक्षुलाई आफ्नो साथमा ल्यायो । तिमीले पनि सिख आफू भित्र हेर त्यस मनको चालबाजीलाई जो तिमीलाई छल गरिरहेकोछ । उ जे भनि रहेकोछ..के त्यो हो कि मात्रै छल हो । आँखा खोल र जाग, हेर चारैतिर कति प्रकाश फैलिरहेकोछ । यिनि आफ्नो हृदयमा हात राखेर आफै उत्‍तर भेटाउ कि के तिमी यदि गएको भए तिम्रो दबेको वासना तिमीलाई डुबाई दिन्थ्यो फर्केर आउँथिएनौ कहिल्यै हो यस संघमा एक भिक्षु अरु कम  हुन्थ्यो संघमा । सबै भिक्षु एकछीनको लागि मज्जाले हाँसे ।
भवतु सब्ब मङ्गलम् 
सन्दर्भ सामग्रि इन्टरनेट

No comments:

Post a Comment