भगवान बुद्धले संसारलाइ जीवनको चार आर्य सत्य दिनुभएकोछ । भगवानको यो देशना सर्वकालिक छ। वहाँ २५०० वर्ष पूरा
भयो तर वहाँले देखाउनुभएको मार्ग त्यसबेला पनि सटीक सान्दर्भिक थियो आज पनिछ र जब सम्म मनुष्य छ तब सम्म रहन्छ
। उहाँले मनुष्यको स्वभाव र चेतनाको कुरा गर्नुभएकोछ-
श्रद्धामा होइन तर विज्ञानमा आधारित छ । उहाँले एक जीवन विज्ञान दिनुभयो दर्शन शास्त्रको कुरा गर्नुभएको छैन मात्र रोग र मनोचिकित्साको
कुरा गर्रनुभएको छ। कुनै अरू प्रति आश्रित हुन भन्नुभएको छैन बरू स्वयम्र जागरण र
होशलाइ महत्व दिनुभयो । संकेत दिनुभयो र मार्ग स्वयम् खोज्न भन्नुभयो । उहाँको
सारा जोर यसकुरामा थियो कि मनुष्यको पिड़ा कसरी टाढा हुन्छ, त्यस्रमा कसरी रूपान्तर आवस र वहाँ स्वयम्र नै आनन्द
रूपी स्वभावको पहिचान गर्न सकोस।
यस्को लागि भगवान् बुद्धले चार आर्य सत्यहरूको
घोषणा गर्नुभयो-
१
दुःख छ, मनुष्य दुखी छ।
२
मनुष्यको दुःखको, उस्रको दुखी हुने कारण छ किनकि दुःख अकारण त हुँदैन ।
३ दुःखको निरोध छ दुःखको कारणहरू हटाउ
सकिन्छ । दुःखलाइ मेटाउने साधन छ, त्यहि नै आनन्द पाउने साधन हो।
जीवनमा दुःख छ
भगवान् बुद्धले भन्नुभयो जीवनमा दुःख
छ, जीवन नै दुःख हो त्यसैले कि मनुष्य दुःखमा रहेको छ र उस्लाइ दुःख देखिन्न ।
बुद्ध भन्नुहुन्छ, जन्म दुःख हो, जवानी दुःख हो मित्रता दुःख हो, प्रेम दुःख हो, रोग दुःख हो, सम्बन्ध दुःख हो। असफलता त दुःख छ नै सफलता पनि दुःख हो। लाग्छ कि बुद्ध महादुखवादी हो। मान्छेले हेर्दा जवानी
दुःख हो मित्रता दुःखहो भन्दा अचम्म लाग्रछ । यो पनि भन्न सकिन्थ्यो कि जीवन आनन्द
छ, आनन्दो उपाय छ, आनन्द पाउन सकिन्छ, आनन्द को एक दशा हो। यो पूर्णताको स्थिति
हो, यो दुःख निरोधको स्थिति हो। त प्रश्न उठ्छ
कि बुद्ध ले नकारात्मक पक्ष किन
रोज्नुभयो ? कारण स्पष्ट छ । दुःख त सबैले जानेकोछ, आनन्द कस्ले जानेकोछ । जस्ले साक्षात्कार नै भएन, जस्लाइ जान्दै
जान्दैन ।, दुःखबाट जो पनि मुक्त हुन चाहन्छ। जीवनमा
मान्छेहरू बिभिन्न कुराले दुःखिछन् । मान्छेले दुःखको घर बनाएर बसेकाछन् ।
दुःखको कारण छ
भगवान् बुद्ध आनन्दको कुरा गर्नुहुन्न । वहाँ भन्नुहुन्छ कि दुःख जन्माउने आयोजन
छोड़ , आनन्द त आफै हुन्छ किनकि आनन्द भनेको
मान्छेको स्वभाव नै हो । आनद त छँदै छ त्यसलाइ
पाउनु केको चिन्ता । दुःख नभए त आनन्द तो. स्वतः भैहाल्छ । व्यक्ति सोच्छ कि जब आनन्द मौजूद नै छ भने त्यसलाइ पाउने कोशिश गरूम । तर आनन्द पाइंदैन दुःखलाइ
नमेटाइ । आनन्दको खोजमा उ दुःखलाइ भूल्छ । दुःखको बाटोमा
हिंडछ र आनन्दको कामना गर्रन थाल्छ । बीमारीको कारण बनिरहे
स्वास्थ्यको कामनाको कुनै परिणाम हुँदैन । त्यसैले बुद्ध भन्नुहुन्छ कि स्वास्थ्य पाउनुछ भने बीमारिको
कारण खोज र त्यसलाइ हटाउ तब स्वास्थ्य पाउछ । भगवान बुद्धको देशनामा सबै भन्दा ठूलो कुरा वहाँले कुनै सोझो
कारण भन्नुभएन, इशारा गर्नुभयो र महत्वपूर्ण कुरा भन्नुभयो- ‘अत्त दीपोभव’ आफ्नो दीयो स्वयं बन। उहाँले भन्नुभयो- आकाशे च पदं नत्थि, समणों नत्थि बाहरे- आकाशमा पथ हुँदैन र
जो बाहिर तिर दगुर्दै गर्छ
त्यो ज्ञान उपलब्ध हुन
सक्दैन । त्यसैले तो बुद्धको मार्गमा ध्यानमा सबै भन्दा धेरै जोर छ, होशमा सबै भन्दा धेरै जोर छ । ध्यानमा जति निर्विचारको
स्थिति आउँछ, उति नै आनद स्पष्ट हुन थाल्छ । बिस्तारै-बिस्तारै यो स्पष्ट हुन्छ कि जो सुख, आनन्द संसारमा खोजेर पाइएन तर ध्यान को घण्टा, आधा घण्टेमा प्रकाशको स्यानो- स्यानो किरणहरूले जीवन दृष्टिमा
परिवर्तन आरम्भ गरिदियो । दुःखको कारणहरूमा दृष्टि
पर्यो त उपचार आरम्भ भयो ।
दोष युक्त मन
भगवान् बुद्धले भन्नुभएको छ- यदि कोहि दोष युक्त मनले बोल्छ भने या कर्म गर्छ
भने दुःख उसका अनुसरण त्यसै गर्छ जसरी गाडीको चक्का तान्ने गोरूको खुट्रटाको। यदि
मनमा कसैलाइ दुःख दिने भाव उठ्छ भने बीजारोपण हुँदैछ । बीउ अंकुरित भएर रूख हुन्छ र
त्यसमा फल लाग्छ भने भोग्नु पनि उसैलाइ पर्छ । प्रायः जब दुःख आउँछ तब मान्छे सोच्छ
कि कोहि अरूले उसको लागि दुःख उत्पन्न
गर्दै छ- श्रीमती,श्रीमान, छोरा, बाबु, मित्र, समाज आदि। तर बुद्ध भन्नुहुन्छ कि दुःखको कारण मान्छेको मनमा हुन्छ, बाहिर खोज्न गए गल्ति भयो । वहाँ भन्नुहुन्छ कि यदि कोहि गाली गरे
तिमीले त्यसलाइ स्विकार नै नगर । दोष उस्को हो, क्रोध गरेर त हामी आफैलाइ डण्ड दिन्छ । जब हामी कुनै चीजलाइ
भित्र लिन्छ तब नै त्यो सक्रीय हुन्छ । अरूबाट आएको नलिए त भैहाल्रयो, भित्र आउनै नदिउँ अनि दुःखको कुनै कारण हुँदैन । सबै कुरा मन को
हो, त्यसको व्याख्या गरेको छ, सबै यसैमा निर्भर हुन्छ।
त्यसैले बुद्ध भन्नुहुन्छ कि जतिनी हानि द्वेषीको या बैरी बैरीको गर्छ, त्यो भन्दा धेरै
नराम्रो गलत बाटोमा
लागेको चित्तले गर्छ । वहाँ भन्नुहुन्छ कि शत्रु सित डराउनु पर्दैन, चित्त सित डराउनुपर्छ किन कि गलत दिशामा गएको चित्तले नै
हानि पुगाउँछ । ठीक दिशामा जाने चित्त त मित्र हुन्छ त्यसैले चित्त सित होशियार हुनुपर्छ । गलत बाटोमा लैजाने चित्त
मान्छेलाइ सबै दिशाहरूमा भुलाउँछ, स्वयम्रलाइ भित्र
खोजने साधन बन्न दिंदैन, उ स्वयंलाइ एक्लै हुन दिंदैन। चित्त यदि
भीड़बाट हटे, स्वयम्मा केन्द्रित भए त दुःखको कारण नै
समाप्त हुन्छ ।
सुख, दुःख व्याख्यामा निर्भर
सुख र दुःख देख्दा मात्रै निर्भर नै, दृष्टिमा निर्भर छ। यि सबै आफ्नो व्याख्याहरू हुन । एक कुरा
कसैको लागि सुख हुन्छ त अर्कोको लागि दुःख । त्यहि कुरामा कोहि मान्छे निरपेक्ष रहन
सक्छ , न दुःख अनुभव गर्छ, न सुखको । यो पनि हुन सक्छ जुन आज सुख लागि रहेकोछ, भोली दुःख होस। यस्को विपरीत पनि हुन सक्छ । यदि जीवनको ठीक ठीक निरीक्षण भए त
निश्चय नै ज्ञात हुन्छ कि जीवनमा जे पनि हामी अनुभव
गरिन्छ, दुःख या सुख, सबै हाम्रो व्याख्या हुन। व्याख्या बदल्रयो कि जीवन अर्कै हुन
जान्छ । व्याख्याहरू आफ्रनो हो, हरेक मान्छे त्यसलाइ बदल्नमा स्वतंत्र छ,कसेको कुनै बन्धन छैन।
भगवान् बुद्धले धम्मपदमा भन्नुभएको छ " ससुखं वत। जीवाम वेरिनेसू स्वेरिनो। वेरिनेसू मनुस्सेसू विहराम अवेरिनो।"। अर्थात वैरिहरूको बीच अबैरी भएर, अहो! हामी सुख पूर्वक जीवन बिताइरहे रहे छ बैरी मान्छेको बीच अबीरी भएरर हामी विहार गर्छैं । यो गाथा भगवान बुद्धले एक विशेष अवसरको कारण भन्नुभएको हो । यस्को
पछाडी सूत्रको जन्म कथा छ । शाक्य र कोलीय राजाहरूमा रोहिणी नामको नदीको पानीलाइ रोकेर दुबै जनपदवासी खेतको सिंचाई गर्थे। एक पटक जेठ महिनामा उत्पादन सूक्दै गरेको देखेर दुबै जनपादवासीले पहिला आफ्नो खेतमा सिंचाइ गर्न चाहन्थे त्रयसैले
दुबै तिरका कामदारहरूको झगडा भयो । यस झगड़ाको
खबर दुबै तिरका मालीकलाइ भयो दुबै रिसाएर सेना लिएर युद्ध गर्न आए । भगवान् बुद्ध रोहिणी
नदीको किनारमा ध्यान गर्नुहुन्थ्यो । तिनिहरूले यो थाहा
पाएर युद्ध स्थगित गरे ।
भगवानइ देखेर शाक्य र कोलियहरूले हतियार बन्द गरेर वन्दना गरे । भगवान् बुद्धले दुबै राजाहरूलाइ भन्नुभयो-यो कुन
कुरामा झगड़ा हो। राजाहरूले भने कारण हामीलाइ थाहा छैन। भगवानले सोध्नुभयो, अनि कारण कस्लाइ थाहा छ ? सेनापतिहरूलाइ थाहा छ कि। सेनापतिहरूले
उपसेनापतिहरूलाइ इशारा गरे, उपसेनापतिहरूले सैनिकहरू प्रति र कुरा कामदारहरू सम्म पुग्यो। कामदारहरूले
भने-भगवान पानी को कारण
हो। भगवान बुद्धले भन्नुभयो सँधै बग्छ पानी, पानी को कारण नहुन सक्छ । कामदारहरूले भने पहिला कस्ले सिचाइ गर्ने भनेर । भगवान बुद्धले
भन्नुभयो, पहिलाको कारण पानीको कारण हैन ।
बुद्ध हाँस्नुभयो । शाक्य र कोलियहरूको प्रधानहरू सित सोध्नुभयो पानीको मूल्य
छ र मान्छे मूल्य के । तिनिहरूले भने, पानीको त नाम मात्र मूल्य छ र मनुष्य अमूल्य छ ।तब बुद्धले भन्नुभयो, अनि सोंच, नाम मात्रको मूल्य को लागि अमूल्य जीवन मेटाउन लागेका , असार को लागि सार लाइ गुमाउँने ।
दृष्टि बदलीए त सबै बदलीयो । व्याख्या बदलीयो त सबै बदलीयो ।
सुख-दुःख स्वयमको
साधारणतया धारणा यो हुन्छ कि अरूले दुःख दिरहेकाछन् । यस्को यो पनि अर्थ छ कि
अरूले नै सुख दिन्छ । भगवान बुद्धको जीवनको एक घटना छ । भगवान बुद्धलाइ कसैले गालि
गर्यो । भगवान बुद्धले भन्नुभयो तिम्रो कुरा पूरा भएकोभए म जाउँ। त्यस मान्छेले
भन्यो, कुरा
हैन, मैले त
गाली गरिरहेकेछु । भगवान
बुद्धले भन्नुभयो, मेरो लागि त कुरै हो, तिम्रो लागि गाली होला । यदि तिमी
दस बर्ष पहिला भएको भए त यो मेरो लागि गाली थियो। अब मैले
अरूको गल्तिको लागि स्वयमलाइ दण्रड दिंदिन, दुःख पाउंदिन। गाली गरिरहेको भए तिमी नै जान, म यो
बिचमा हुन्दिन।त्यो मान्छे त गयो घर तर
रातभरि सुत्न सकेन । त्यो बिहान माफि माग्न आयो । भगवान बुद्धले भन्नुभयो, जो मैले लिंदै लिइन, त्यस्को
लागि मैले कसरी क्षमा
गरूँ । तिमी जान तिम्रो काम जान । दुखी हुन चाहे त यो घटना मान्छेलाइ प्रयाप्रत छ
यसमा पनि प्रसन्न रहन चाहे, दुखी न भए अरूले केहि गर्न
सक्तैन । सोझो अर्थ छ कि अरूले न त दुःख दिन सक्छ, न सुख नै। हामी स्वयम् आफ्नो मालिक बने अरूले दुःख दिनै सक्तैन। वास्तवमा
अरूको हातमा साँचो दिउँ,अरूको
हातमा खेलुँ, आफ्नो स्रविच अरूलाइ चलाउन
दिउँ, तब मात्रै अरूले दुःख दिन सक्छ।
एक जना बाहिरको पहलवान गाँउमा आयो । दंगल भयो गाँउको पहलवान सित त्यो पहलवान
हार्यो । गाउँलेहरू उस्रको हारमा ताली बजाउँदै हाँस् थाल्यो हारेको पहलवान पनि
बेस्सरी हाँस्न थाल्यो । गाउँलेको हाँसो रोकीयो आश्चर्यचकित भयो यो हारेको पहलवान यति किन
हाँसिरहेकोछ । त्यस पहलवानले भन्यो कि मैले देखिरहेकोछु, बड़ो पहलवान बन्दै हिंडिइथ्यो, मज्जाले
भियो चित उ
पहलवान त थियो नै ,तर त्यो
भन्दा धेरै चिन्ता उस्को थियो, मस्ती थियो। उ अरूको कारण सुखी, दुखी भएन, दास
बनेन ।
सुखको आशाले दुःख
दुःख आउँछ सुखको आशाले । सुखको आशा पनि आफ्नो निकटतमबाट हुन्छ । श्रीमानबाट हुन्छ, श्रीमती बाट हुन्छ, छोराबाट हुन्छ । यदि कुनै महिला नहेरि गयो भने दुःख हुँदैन
तर यदि श्रीमती नहेरि गयो भने दुःख हुन्छ । यदि कसैको छोराले आफुलाइ सम्मान न दिए दुःख लाग्दैन तर आफ्नो
छोराले सम्मान नगरे दुःख हुन्छ त छोराले दुःख दिन्छ, श्रीमतीले दुःख दिन्छ, श्रीमानले दुःख दिन्छ। मित्रले दुःख दिन्छ अर्थात
जो निकट छ तिनले दुःख दिन्छ किनकि जो निकट छ उबाट
उति नै सुख पाइन्छ । पाइंदैन तर आभास हुन्छ । जसबाट सुखको आशा गरिन्छ
उसैबाट दुःख हुन्छ ।
दुःख अपेक्षाले पाइन्छ । जति ठूलो सुखको उपेक्षा हुन्छ, उति नै दुख हुन्छ। अपरिचितबाट उपेक्षा हुँदैन
त्यसैले दुःख पनि हुँदैन, दुःख त परिचितहरबाट हुन्छ। यदि उपेक्षा
छोड़यो, सुख न माँगीयोस कुनै दुःख हुँदैन । न बाहिरबाट
सुख आउँछ, न बाहिरबाट दुःख आउँछ । दुःख सुखको
उपेक्षाको परिणाम हुन्छ । लाओत्से भनेकोछ, मैले कहिल्यै सम्मान चाहिन नत्र मेरो अपमान कसरी हुनसक्छ ।
दुःखबाट छुटकारा पाउनको लागि भगवान बुद्धले उपेक्षा एक राम्रो उपाय
सिकाउनुभएकोछ । उपेक्षा को अर्थ हो, न दुःख पाइन्छ, न सुख पाइन्छ । कुनै उपेक्षा नराख्नुको अर्थ उपेक्षा हो। उपेक्षा मा जीउने न कुनै चीज
दुःख दिनसक्छ र न सुख। यो त साक्षी भावले जीउँछ त्यो दुबैको समदृष्टि बाट हेर्छ ।
दुःख नदिए स्वतः सुख
दुःख मान्छेको मूल स्वभाव होइन त्यसैले त्यस्तो हुनाले पिडा हुन्छ ठीक लाग्दैन
। यो कुनै पनि एक मान्छे सित हुने होइन सबैसित हुन्छ । यसैकारण सबै धर्महरूमा
भनिएको छ कि यस्तो कुनै व्यवहार अरूसित
नगर्नु जो स्वयं अरूबाट आफुलाइ नहोस । सोझो अर्थ यो हो कि यस्तो कुनै यस्तो काम
नगर जसले अरूलाइ दुख हुन्छ । विश्वको सबै प्राणी सुख सित बाँच्न चाहन्छ तर साधारण मान्छे आफ्नो लागि भिन्ना भिन्नै नियम
बनाउछन अरूको लागि फरक ।आफ्नो सुखको लागि अरूलाइ दुःख दिन्छ । प्रकृतिको नियम नै छ
जे दिइन्छ त्यहि फर्किन्छ। जो अरूलाइ दुःख दिन्छ, दुःख उसैलाइ फर्कन्छ । त्यसैले त सबै कुरान, बाइबिल, धम्मपद आदिमा सबैले एकै स्वर्ण नियम दिएकोछ- जुन तिमी आफुलाइ चाहन्छ त्यसले अन्यथा अरूलाइ
नगर।
भगवान् बुद्धले भन्नुभएकोछ- "अतानं उपमं कत्वा न हत्रेय न घातये"। अर्थात आफ्नो सामान नै सबैलाइ जानेर नमार
न कसैलाइ मार्ने प्ररणा देउ । उहाँले भन्नुभयो कि यदि अरूलाइ दुःख दिएन भने आफ्नो जीवनमा फूल फुल्न थाल्छ किनकि जीवन
यस्तो छ कि जस्ले दुःख दिंदैन सुख आफै हुन्छ । यो
व्यवहारिक हो कुनै काल्पनिक होइन ।
दुःख भोग्नाले सुखको महसुस
भगवान् बुद्धले भन्नुभयो कि जो बाल्यावस्थामा ब्रह्मचारीको पालनगर्दैन र
युवावस्थामा धन कमाउँदैन तिनलाइ वृद्धावस्थामा चिंता हुन्छ । भगवानबुद्ध भन्नुहुन्छ धन कमाए अर्थात
मह्त्वकांक्षा होस, पद होस, धन एकत्रीटी गर अर्थात जो व्यक्ति छ त्यसलाइ पनि जम्मागर। एक गरीब मान्छेले
भन्यो एक जना रबाई भन्ने बुढो मान्छे सित भन्यो कि म साह्रै दुखी छु मलाइ मरने
आशीर्वाद दिंनुस। जीउनु नरक भयो। एक स्यानो कोठाछ, वर्षामा पानी चुहिन्छ । त्यसैमा, मेरो श्रीमती २बच्चा बच्चे, सासु ससुरा बस्नुपर्छ । अझ त्यसैमा मेरो आमा बुवा पनि छन। यता
उति गर्ने ठाउँ नै छैन, त्रयति नभएर अझ कच
कचे र रिसाहाहरू । अर्को घर बनाउने
क्षमता छैन । नरकै छ मर्न पाए पनि हुन्थ्यो। बूढ़ोले भन्यो तिमीलाइ रोक्दिन जम्मा ठ
दिन पर्ख । उस्ले भन्यो तिमी सित कति जनावरछ पालेको । अनि उस्ले जवाफ दियो, एक कुकूर, छ बाख्रा , एक गाइ र एक बाछा । अनि बुढोले भन्यो यसो
गर कि यि सबैलाइ पनि मेरो कोठामा ल्याउइ । त्यसले भन्यो यसै त मरिरहेछम, यिनिहरूलाइ लिएर त
त उभिने ठाउँ पनि हुँदैन अनि बुढाले भन्यो, सातै दिनको कुरा छ अनि तिमी मर्नु, यत्ति त मान।
जिन्दगी भरी मेरो कुरा नमानेरै बित्यो अब त मान। अनि त्यसले भन्यो कि यसो त
म सात दिन पनि जिउँदिन । बूढ़ोले भन्यो केहि
चिन्ताछैन जब मर्रनै छ भने मरनेको के चिन्ता।
घर गएरअरूलाइ सबै कुरा भन्यो । सबैले विरोध गर्यो ।ति पनि त्रयस बुढो कहाँ गयो। रबाईले भन्यो कि हो मैले नै भनेको हुँ
मर्न देउ । सात दिन पछि त्यो मान्छे आयो। रबाईले भन्यो, अब मर्नु भन्दा पहिला ति सबैलाइ बाहिर
राख । उसले त्रयसै गर्यो । रबाईले २।३ दिन पर्ख्यो। त्यो मान्छे फर्केन रबाई उसको
घर गयो। भन्रयो, के छ कुरा, मर्नु छैन ? उसले भन्यो, कोठा त्यहि हो, अब यति ठाउँ लाग्छ, यस्तो आनद कहिल्यै जानिएन , सबैमा प्रेम भाव पनि बढ़्यो । अब को मर्छ तपाइको कृपा हो।
दुःख सघन स्यानो भयो, अनि अनुभव भयो सुखको जस्तो स्थितिमा थियो । यहाँ दुःखले पनि दिशा दियो महसुस गरायो । जीवनमा दुःख पनि जरूरीछ, सुखको महसुसको लागि ।
दुःख सघन स्यानो भयो, अनि अनुभव भयो सुखको जस्तो स्थितिमा थियो । यहाँ दुःखले पनि दिशा दियो महसुस गरायो । जीवनमा दुःख पनि जरूरीछ, सुखको महसुसको लागि ।
दुःखको निरोध छ
भगवान् जेतवनमा बिहार गर्नुभएको थियो । उहाँको साथमा पांचसय भिक्षुहरू पनि थिए।
ति आसंशाला मा बसेर राती कुरा गरिरहेका थिए।
तिनिहरूका कुरा साधारण मान्छेहरूको जस्तो थियो । भगवान् चुपलागेर तिनिहरूका कुरा सुनिरहनुभएको थियो। तिनिहरू
कुरामा यति तल्लीन थिए कि भगवान हुनुहुन्छ भन्ने कुरा भूले । कोहि भन्दै थिए कि अमुख गाँउको बाटो बडो
सुन्दर छ, अमुक गाँउको बाटो बड़ो खराब छ । अमुख बाटोमा
छायादार रूखहरू छन, स्वच्छ सरोवर पनि छ र अमुक मार्ग साह्रै
रूखो छ, त्यसबाट भगवान् बचावस। कोहि भन्दै थिए कि अमुक राजा पनि अद्भुत र नगर
सेठ पनि अद्भुत बड़ो दानी। फलाना नगर का राजा पनि कंजूस र नगरसेठ पनि कंजूस त्यहाँ त कसैले भुलेर पनि पाइला नटेकोस ।
यस प्रकारका कुराहरू भैरहेकाथिए। भगवानले
सबै सुन्नुभयो । झस्रकिनुभयो अनि हाँस्नु भयो पनि। भिक्षुहरूलाइ अगाडी नजिक बोलाउनुभयो । उहाँले भन्नुभयो कि
भिक्षुभएर पनि बाहिर बाटोको कुरा गर्छ। समय थोरैछ र गर्नुपर्ने धेरै छ। बाह्य
मार्गहरूमा जन्म जन्म भट्कि रहेकाछउ, अझै थाकेका छैनउ । अंतर्मार्गलाइ सोंच।
सौन्दर्य त अंतर्मार्गहरूमा छ । शरण पनि खोजनुछ भने
त्यहाँ खोज किनकि दुःख निरोध को त्यहि मार्ग हो । वहाँले भन्नुभयो कि भिक्षुहरूमग्गानुट्ठगिको
सेट्टो-यदि श्रेष्ठ मार्ग को कुरा
गर्नुछ भने आर्य अष्टान्गिक मार्गको कुरा गर । यो तिमीहरू कुन मार्गको गरिरहेको ।
तब वहाँले गाथा भन्नुभयो उर कहा को भित्रआउने धेरै मार्गहरूमा आठ अंग वाला मार्ग श्रेष्ठ हो।
भगवान् बुद्धले दुःख निरोधको आठ सूत्र दिनुभयो। पहिलो, सम्यक दृष्टि अर्थात जस्तो छ त्यस्तै
देख्नु आफ्नो धारणाहरूलाइ बीचमा ल्याएर हेर्रने होइन । आँख निर्दोष होस जसरी एना खाली होस। यदि एनामा धुलोछ कुनै रंग लागेको
होस कुनै पक्ष छ भने त जस्तहो,त्यस्तो देखिंदैन। सम्यक दृष्टिको अर्थहो सबै दृष्टिहरूबाट मुख्यतः निष्पक्ष।
दोश्रो सूत्र सम्यक संकल्प। यसको अर्थ हो कि जुन गर्नु योग्यछ त्यो गर्नु र त्यसमा पूरा जीवन लगाइदिनु । गर्नु कुनै अहंकारको
कारण नहोस, त्यहि सम्यक संकल्प हो । यस्तो संकल्प जुन बोधबाट होस, जीवनको प्रौढ़ताबाट होस, क्षणिक उत्साह, मान्छेहरू के
भन्ला यस भावनाबा६ नहोस। जस्मा बाहिरी उत्साह नहोस आन्तरिक उत्साह होस।
तेश्रो हो सम्यक वाणी-जस्तो छ त्यस्तै बोल्नु। आफ्रनो मिसाएर, बदलेर होइन. यस्तो होइन कि भित्र अर्कै केहि छ बाहिर अर्कै । वाणीमा
ह्रदयको सही अवस्था प्रकट होस। जे बोल्नु छ, त्यहि बोल, असार नबोल जति आवश्यकता छ जुन बिना चलोस। धेरै बोल्नाले गाह्रो हुन्छ, जीवन व्यर्थको जालमा फंस्छ।
चौथो हो सम्यक कर्मान्त अर्थात त्यहि जुन ह्रदयले अर्थात मनले गर्न भन्छ । यसतो
होइन कि अरूले जस्रतो भन्छ त्यस्तै गर्ने।गर त्यहि जुन स्वयंलाइ गर्न योग्य लाग्छ।
व्यर्थ काम होइन त्रयहि काम जसबाट जीवनको सार मिलोस। व्यस्त रहनु, केहि न केहि गर्दै
गर्नु जरूरी छैन। गर्नु त्यो जुन जरूरी छ, त्यसैलाइ भगवान बुद्ध सम्यक कर्म भन्नुहुन्छ ।
पांचै सम्यक आजीव। आजीवो अर्थ आजीविका हो । भोजन त कमानु नै छ नै तर आजीविका सम्यक होस, विध्वंसात्मक नभएर सृजनात्मक होस र कसैको
हानी नोक्सानी नहोस । भगवान बुद्ध भन्नुहुन्छ कि आफु जीउनको लागि अरूको जीवन नष्ट गर्नु अनुचित हो । आजीविका यस्तो
होस जस्ले कसैको अहित नहोस। यदि कसैले अहित गर्छ भने उ आफ्नो नै अहितको बीजारोपण गर्रछ ।
छऔं सम्यक व्यायाम। यहाँ व्यायामको
अर्थ श्रम सित सम्बन्ध छ । सम्यक श्रम न त आलस्य र न अति कर्मठता हो जहाँ नरोकि दगुरोस । दुबैको मध्य मार्ग हो समयक व्यायाम, जहाँ जीवन को ऊर्जा संतुलित होस।
सातै सूत्र हो सम्यक समाधि अर्थात मन बन्द होस तर होशमा होस । वास्तविक कुरा जाग्रत रहेर आनन्द उपलब्ध हुनु, त्यसैलाइ भगवान बुद्धले सम्यक समाधि
भन्नुभयो । अंतिम दुइ चरण सर्वाधिक महत्व छ। सम्यक स्मृति परिधिमा र सम्यक समाधि केंद्रमा । परिधिमा होश छ र केन्द्रमा पनि होशको ज्योति जले नै सम्यक समाधि
हुन्छ।
दुःख निरोधको अवस्था
जब यो कुराको महसुस भयो कि जब जीवन छ दुख अवश्यम्मभावी छ, अनि कारणमा विचार गरियो र ति कारणहरू मेटाउनको
लागि आष्टांगिक मार्गको अनुसरण गरेर सात-आठ
सूत्र सम्म पुगे पछि निदान भयो, उपाय भयो कारण मेटीयो, तब चारै आर्य सत्य सुखको अवस्था आयो। यसलाइ निर्वाणको
अवस्था महासुखो अवस्था जे पनि भन्न सकिन्छ । यस
अवस्थामा आउँदा मनुष्यको सबै तृष्णाहरू
समाप्त हुन्छ भने फेरि फर्केर जन्म लिएर यस संसारमा फर्कने कुनै कारण रहन्न । जसै
दुख समाप्त भयो, संसारो यात्रा समाप्त भयो। फेरि यो व्यक्तिको आखिरी वास हो। एक पटक
दुख निरोधको अवस्था या महासुखलाइ उपलब्ध गरेपछि शरीर छोडेपछि उ फेरि फर्कन्न ।
ज्योतिमा ज्योति मिसिन्छ। अन्य शब्दहरूमा त्यहि त निर्वाण हो, यही त मोक्ष पनि हो। यस चार आर्यसत्यहरूको माध्यमबाट भगवान बुद्धले व्यक्तिलाइ चरम सीमा
सम्म पुग्ने बाटो देखाउनुभयो ।
अत्त दीपो भव
भगवान बुद्धले आफ्नो देशना मान्नै
पर्ने कहिलै जोर दिनुभएन । दिनुभयो भने केवल अनुभव गरेर स्वयं जान्नमा। जीवनको सत्य बताउनुभयो, रोगको उपचार दिनुभयो जस्लाइ लिएर बोल्ननसक्नेलाइ
बोली दिएर अनगिन्ति मान्छेहरूको
दुखबाट मुक्त भए, महासुखको अवस्था प्राप्त गरे। वहाँको निर्देश मार्गलाइ बुझ्ने, ह्रदयगम गरूम,महसुस गरम त्यस मार्गमा लागर हेरम बुद्ध जस्तै जस्ले पनि सबैले त्यस स्थितिलाइ पाउन
सक्छ। वहाँलाइ महामानव, भगवान, अलौकिक शक्तिहरूले युक्त भनेर आपफुलाइ असमर्थ मानेर आफैलाइ
धोखा दिएर मान्छेको गरिमालाइ नै कम गर्छो
जस्रलाइ बुद्धले जीवनलाइ सार्थक बनाउनको लागि अत्त दीपो भवको देशना दिएर शिखरमा पुगाउनुभयो । यो जन्म त अनन्त जन्महरूमा आघिको एक कडी हो ।
यात्रा यदि चालू रहोस, पाइला पाइला बढी
रहोस, दिशा यदि सही संकल्प र होश बढाउने हो, हरेक मान्छेलाइ भित्र लुकेको दिव्यतालाइ चिन्न र सही दिशामा हिंडन हो।
भगवान बुद्धले त मानव मात्रको कल्याणको लागि
जीवनको सत्य उदघाटन गर्नुभयो ।
भवतु
सब्ब मङ्गलम्सन्दर्भ सामग्रि समयबुद्धा इन्टरनेट
No comments:
Post a Comment