त्रिपिटक के हो ?केहि विद्वानहरु त्रिपिटक बौद्ध
गन्थको एक पुस्तकहोला भनेर सोंच्दछन् । यसबारे केहि संक्षिप्त जानकारीको लागि
प्रस्तुतछ ।
त्रिपिटक (पाली भाषा:तिपिटक; शाब्दिक अर्थ: तीन टोकरी) बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदाय (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन्। यो बौद्ध धर्मको पूरानो ग्रन्थ हो जस्मा भगवान बुद्धको उपदेश संग्रहीत छ। यो ग्रन्थ पालि भाषा मा लेखिएकोछ र विभिन्न भाषाहरुमा अनुवाद भएकोछ । यस ग्रन्थमा भगवान बुद्ध
द्वारा बुद्धत्त्व प्राप्त गर्दाको समयबाट महानिर्वाण सम्म दिनुभएको प्रवचनहरु संग्रह गरिएकोछ।
ग्रन्थ-विभाजन
क)
सुत्तविभंग (पाराजिक, पाचित्तिय)
ग)
परिवार
घ)
पातिमोक्ख
- (२) सुत्तपिटक
क)
दीघनिकाय
ख)
मज्झिमनिकाय
ग)
संयुत्तनिकाय
घ)
अंगुत्तरनिकाय
ङ)
खुद्दकनिकाय
अ)
खुद्दक पाठ
आ) धम्मपद
इ)
उदान
ई)
इतिवुत्तक
उ)
सुत्तनिपात
ऊ)
विमानवत्थु
ऋ)
पेतवत्थु
ऌ)
थेरगाथा
ऍ)
थेरीगाथा
ऎ)
जातक
ए)
निद्देस
ऐ)
पटिसंभिदामग्ग
ऑ) अपदान
ऒ) बुद्धवंस
ओ) चरियापिटक
- (३) अभिधम्मपिटक
क)
धम्मसंगणि
ख)
विभंग
ग)
धातुकथा
घ)
पुग्गलपञ्ञति
ङ)
कथावत्थु
च)
यमक
छ)
पट्ठान।
परिचय
बौद्ध-परम्परा
अनुसार त्रिपिटक तीन संगीतिहरुबाट स्थिर भयो । भनिन्छ कि बुद्धको परिनिर्वाण पछि सुभद्र नामको एक भिक्षुले आफ्ना साथिहरु सित भने- ‘‘आवुसो, शोक नगर, रुदन नगर ! हामीहरु महाश्रमणबाट छुटकारा पाएकाछौं । उनि जहिले पनि भन्थे- ‘यो गर, यो नगर’। तर अब हामी जे मन लाग्यो त्यहि गर्छौं।’’
सुभद्र भिक्षुको यो वचन सुनेर महाकाश्यप स्थविरलाई डरभयो कि कतै सद्धर्मको नाश नहोस। त्यसैले उदनले विनय र धर्मको संस्थापनको लागि राजगृह मा ५०० भिक्षुहरको एक संगीति बोलाईयो। बौद्ध भिक्षुहरुको दोश्रो संगीति बुद्ध-परिनिर्वाणको १००वर्ष पछि वैशालीमा बोलाईयो । बुद्ध-परिनिर्वाणको २३६ वर्ष पछि पाटलिपुत्र मा सम्राट
अशोक को समय तिस्स मोग्गलिपुत्तले तश्रो संगीति बोलाईयो, जस्मा थेरवादको उद्धार गरीयो ।
वर्तमान त्रिपिटक त्यहि त्रिपिटक हो जो सिंहल को राजा वट्टगामणी को समय प्रथम शताब्दी को अन्तिम रूपबाट स्थिर भएको मानिन्छ ।
महत्व
बौद्ध त्रिपिटक अनेक दृष्टिहरुले धेरै नै महत्वकोछ । यसमा बुद्धकालीन अवस्थामा राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, शिल्पकला, संगीत, वस्त्र-आभूषण, वेष-भूषा, रीति-रिवाज तथा ऐतिहासिक, भौगोलिक, व्यापारिक आदि
अनेक महत्त्वपूर्ण विषयहरको विस्तारले प्रतिपादन छ। उदाहरण को लागि, विनयपिटकमा बौद्ध भिक्षु-भिक्षुणिहरु आचार-व्यवहार सम्बन्धी नियमहरुको विस्तृत वर्णन छ । ‘महावग्ग’मा तत्कालीन जूत्ता, आसन, सवारी, औषधि, वस्त्र, छाता, पंखा आदि को उल्लेख छ। ‘चुल्लवग्ग’ मा भिक्षुणिहरुको प्रव्रज्या आदिको वर्णन छ । यहाँ भिक्षुहरको लागि जुन शलाका-ग्रहणको पद्धति भनिएकोछ । त्यो तत्कालीन लिच्छवि गणतन्त्रको ‘वोट’ (छन्द) लिने चलनको नक्कल हो। त्यस समयको गणतन्त्र शासनमा कुनै प्रस्ताव प्रस्तुत गरेपछि, प्रस्तावलाई दोहराएर त्यस बिषयमा तीनपटक सम्म बोल्ने अवसर दिईन्थ्यो । तब मात्रै निर्णय सुनाईन्थ्यो। यहि पद्धति भिक्षु संघमा स्विकार गरियो ।
‘सूत्रपिटक’ (सुत्तपिटक) को अन्तर्गत दीर्घनिकायमा पूरणकस्सप, मक्खलि गोसाल, अजित केसकम्बल, पकुध कच्चायन, निगंठ नातपुत्त र संजय वेलट्ठिपुत्त नामको छ यशस्वी तीर्थकरहरुको मत-प्रतिपादन, लिच्छविहरुको गण-व्यवस्था, अहिंसामय यज्ञ, जात-पाँतको खण्डन आदि अनेक महत्त्वपूर्ण विषयहरको उल्लेखछ। ‘मज्झिमनिकाय’ मा बुद्धको चारिका, नातपुत्त-मत-खण्डन, अनात्मवाद, वर्ण-व्यवस्था-विरोध, मांसभक्षण-विचार आदि विषयहरको प्रतिपादन हो। ‘संयुत्तनिकाय’ मा कोसलको राजा प्रसेनजित र मगधको राजा अजातशत्रुको युद्धको वर्णन छ।
‘अंगुत्तरनिकाय’ मा सोह्र जनपद आदिको उल्लेख छ। ‘खुद्दकनिकाय’ को अन्तर्गत ‘धम्मपद’ र सुत्तनिपात’ धेरै प्राचीन मानिन्छ जस्को बौद्ध साहित्यमा माथिल्लो स्थान छ। ‘सुत्तनिपात’ मा सच्चा ब्राह्मण को हो ? वास्तविक मासु-त्याग केलाई भनिन्छ ? आदि विषयहरमा मार्मिक वर्णन छ। ‘थेरगाथा’ र ‘थेरीगाथा’ मां अनेक
भिक्षु-भिक्षुणिहरुको जीवनचर्या दिईएकोछ, जस्ले ठूलठूलो प्रलोभनहरुलाई जीतेर निर्वाण पदवी पायो।
जातकहरमा बुद्धको पूर्वभवहरुको कथाहरु छन्हैं, जस्को अनेक दृश्य साँची, भरहुत आदि को स्तूपहरुमा अंकित छ । यि १५० ईस्वी सन् पूर्वको नजिकको मानिन्छ। यि कथाहरु विश्व-साहित्य को दृष्टिले धेरै महत्त्वको हो र विश्वको प्रायः हरेक कुनामा पुगेकोछ ।
‘अभिधम्मपिटक’ मा बौद्धधर्म मा मान्य पदार्थ र तिनका भेद-प्रभेदहरको विस्तारबाट वर्णनछ। बौद्धधर्म को इतिहासको दृष्टिले यो महत्त्वको ग्रन्थ हो। यसको रचना सम्राट् अशोकको समय तिस्समोग्गलिपुत्त ले गरेकाथिए ।
बौद्ध विद्वानहरुले उक्त त्रिपिटकको अनेक व्याख्याहरु आदि लेखेकाछन्,जसलाई अट्ठकथा (अर्थकथा) को नामले जानिन्छ। अट्ठकथाहरु पनि पाली भाषा मा छ। भनिन्छ जब महेन्द्र स्थविर बुद्ध शासनको स्थापना गर्नको लागि सिंहल गएकाथिए तब उ त्रिपिटकको साथ-साथ तिनको अट्ठकथाहरु पनि लिएर गएकाथिए । तत्पश्चात् आचार्य बुद्धघोषले ईस्वी सन् को पाचौं शताब्दीमा यि सिंहल अट्ठकथाहरुको पालीमा रूपान्तर गरे। अट्ठकथाहरु यि हुन्हैं-
१. समन्तपासादिका (विनय-अट्ठकथा)
२. सुमंगलविलासिनी (दीघनिकाय-अट्ठकथा)
३. पपंचसूदनी (मज्झिमनिकाय-अट्ठकथा)
४. सारत्थपकासिनी (संयुत्तनिकाय-अट्ठकथा)
५. मनोरथपूरणी (अंगुत्तरनिकाय-अट्ठकथा)
६. अभिधम्मपिटक की भिन्न-भिन्न अट्ठकथाहरु
यि सबै अट्ठकथाहरुको प्रणेता प्रायः बुद्धघोष लाई मानिन्छ । यस्को अतिरिक्त ‘खुद्दकनिकाय’ को ग्रन्थहरुमा पनि भिन्न-भिन्न अट्ठकथाहरु छन् , जस्मा जातक-अट्ठकथा र धम्मपद-अट्ठकथा विशेष
रूपले उल्लेखनीय छ। जातकमा केवल बुद्ध भगवानको पूर्वजन्म सित सम्बन्ध राखिने गाथाहरु छन्, जुन बिना
जातक-अट्ठकथा बुझ्न गाह्रो
हुन्छ । यि सबै अट्ठकथाहरु हाम्रो प्राचीन संस्कृतिको भण्डार हों जस्मा इतिहासको विपुल सामग्रि भरीएकोछ ।
No comments:
Post a Comment