संबोधि प्राप्ति पछि शाक्यमुनी बुद्धले उरुबेला गांउँको बच्चाहरु सित वनबाट जाने अनुमति माग्नुभयो । सुजाता, नंद बाला , सुभाष , स्वास्ति र रुपक वहाँको यो कुराले विस्मित हुनुभयो । भगवानले सुजाता र अन्य बच्चालाई भन्नुभयो कि आज वहाँ तेस्रो प्रहर बच्चाहरु सित वनमा भेट्न चाहनुहुन्छ ताकि जुन सम्बोधिको मार्ग वहाँले लिनुभएकोछ
त्यसलाई बाँडन सकियोस ।
वहाँले भन्नुभएको समय अनुसार धेरै बच्चाहरु आए र सबै पीपलको रुखको वरिपरि बसे । सुजाताले आफु सित नरिवल र ताडगुडको मीठाई उपहार स्वरुप ल्याएकि थिईन र त्यो नै नन्द बाला र सुभाष आफु सित सुन्तला जस्तो मीठो फल ल्याएकि थिइन् । जो भगवानलाई चढाइन भगवानले सबै बच्चाहरुलाई बाँड्नुभयो र भगवानले बच्चाहरु सित भन्नुभयो, “ तिमी सबै बच्चाहरु बुझ्ने छौ र मलाई विश्वास छ कि जुन कुरा मैले तिमीहरुलाई भन्छु तिमीहरुले गर्नेछौ । जुन मार्ग मैले सद्धर्मको चुने त्यो धेरै महत्वपूर्ण र सूक्ष्मछ तर जस्ले त्यस्मा आफ्नो मन र चित्त लगाउँछ उस्ले राम्ररी बुझ्न जान्न गर्न सक्छ । ”
बाबुहरु जब तिमी सुन्तला फोकाएर खान्छौ त्यसलाई सचेतावस्थाको साथै पनि खान सक्छौ र जागरुक भएर पनि । जब तिमी गुलीयो खान्छौ भने थाहा पाउ होस गर कि गुलीयो सुन्तला खाँदैछु । तिमी सुन्तलाको सुगन्ध र स्वाद सित खाउ । जब तिमी सुन्तलाको बोक्रा निकाल्छौ तब पनि सजग होउ कि बोक्रा फोकाउँदैछु भनेर र सुन्तलाको केस्रा मुखमा हाल्छौ तब पनि सजग होउ मुखमा हाल्दैछु भनेर । जब तिमी यस फलको सुगन्ध र स्वादलाई अनुभव गर त्यस अनुभुतिमा सजग होउ । त्यस गुलीयो सुन्तलालाई देखेर चेतनावस्थाको अभ्यास गरिने सृष्टिको अद्भुतताहरुलाई बुझ्न सक्छौ कि कुन प्रकार समस्त वस्तुहरु एक अर्को प्रति के क्रिया प्रतिक्रिया गर्छ । सचेतावस्थाको अभ्यास गर्ने व्यक्ति यस मीठोमा ती चीजहरु देख्न सक्छ जस्लाई अरुले देख्न सक्तैन । सचेत व्यक्ति मिठो सुन्तलाको रुख देख्न सक्छ , वसन्त ऋतुमा मीठोलाई फ़लेको देख्न सक्छ , त्यस घाम र पानीलाई देख्न सक्छ । जस्लाई मीठोको रुखलाई पोषण हुन्छ र गहीरो हुँदै हेर्दा उ त्यस कुरा जान्दछ कि जस्को स्वरुप मीठो स्वादीलो रसीलो पाकेर तयार हुन्छ ।
नन्दले जुन मलाई मीठो सुन्तला दिएको छ त्यस्मा ९ केस्रा छ । जुन प्रकार मीठोको ९ केस्रा छ त्यसै प्रतिदिनको चौबीस घंण्टा हुन्छ । एक घण्टा मीठोको एक केस्रा समान हो । दिनको चौबीस घण्टालाई जिउनु यस मीठोको सबै केस्रालाई खानुको समान हो । मेरो मार्ग दिनको प्रत्येक घण्टालाई सचेतावस्थाको साथ जिउनु हो जस्मा चित्त र शरीर जहिलेपनि वर्तमान समयमा केन्द्रित होस । यदि हामी अचेतावस्था मा जिउँदैछौ भने हामी जान्दैनौ कि हामी जिउँदैछौं । हामी जीवनको पूर्ण अनुभव यसै कारण गर्न सक्दैनौ किनकि हाम्रो चित्त र शरीर वर्तमानलाई पूर्णताको साथ जिउँदैन । “ बच्चाहरु , सचेत भएर मीठो खानुको अर्थ हो कि तिमी वास्तवमा त्यस्को सम्पर्कमा छौ । त्यस समय बीतेको हिजो या भोलीको विचारहरुमा सोंच्ने होईन कि बरु पुरै यस क्षणलाई जिउँदैछौ । चेतन जागरुकताको अर्थ हो वर्तमानको यस क्षणलाई पूर्णताको साथ जिउनु जस्मा तिम्रो चित्त्त र शरीर यस समय यहाँ होस ।”
यसै प्रकार बच्चाहरु सचेतावस्थामा जिउने व्यक्ति जान्दछ कि उ के सोंचिरहेकोछ ,के गरिरहेकोछ । यस्तो व्यक्ति ति विचारहरु , शब्दहरु या कामहरु सित बच्न सक्छ जसलाई स्वयम् तथा अरुलाई कष्ट नहोस र यसै बुझाई र ज्ञानबाट सहनशीलता र प्रेमको उदय हुन्छ । फ़लस्वरुप संसारमा धेरै कष्ट रहँदैन ।
स्त्रोतः सतिपट्ठान सुत्त सचेतावस्था सित जोडिएको विचार बाट प्रभात टण्डनको लेख भावानुवाद जीवनकुमार शाक्य

No comments:
Post a Comment