१ सुप्पतिट्ठितपादो – ( सुप्रतिष्ठित पादो ) पैताला समतल हुन्छ
। तिनमा खाल्टो हुँदैन त्यसैले पैतला समतल रुपमा पर्छन ।
२ पादलेसु चक्कानि
सहस्सारानि सनेमिकानि सनाकाभिकानि सब्बाकारपरिपूरानि ( चक्रवरन्कित ) दुबै पैतालामा चक्र अन्कित हुन्छ जो नाभि नेमि
तथा सहस्रआराबाट सर्वाकार परिपूर्ण हुन्छ ।
३ आयातपण्हि ( आयत पार्ष्णि )- पाउको कुर्कच्चो सामान्य जनको भन्दा अधिक लामो र
चौडा हुन्छ ।
४ दीघङ्गुलि – हात र पाउका औँलाहरु लामा हुन्छन ।
५ मुदुतलुनहत्थपादो ( मृदुतरुणहस्त पाद )हात गोडा तथा रुखा होईन बरु मृदुल (कोमल) र (भरिला) तरुण हुन्छन् ।
६ जाल हत्थोपादो ( जाल हस्त पाद ) लाहरु बिच केहि फरकमा यस्तो जाल जस्तो त्वचा
हुन्छ जस्तो कि हाँसको खुट्टामा हुन्छ जस्ले गर्दा दुई औँला बिचमा खालि भाग रहँदैन
।
७ उस्सङ्गपादो ( उस्सन्ख पाद ) पाउका घुँडँ
सामान्य व्यक्तिको तुलनामा अलिकति माथितिर हुन्छन् ।
८ एणिजङ्ख ( एणी जँघ) एणि जातिको मृगको जस्तो सुन्दर साँप्रा
हुन्छन् ।
९ परिमसति परिमज्जति
( आजान बाहु ) यति लामा हातहरु कि सीधा उभिँदा न
निहुरिकन हत्केलाले आफ्ना घुँडालाई थपथपाउन सक्ने मालिस गर्न सक्ने अर्थात घुँडा
सम्मका लामा भुजाहरु ।
१०
कोसोहितवत्थगुह्यो ( कोषाच्छादित वस्ति गुह्य ) पुरुषेन्द्रिय त्वचा कोषमा गुप्त गुफित रहन्छ ।
११ सुवर्णवण्णो – ( सुवर्ण वर्ण
) त्वचा
कन्चन वर्णको हुन्छ ।
१२ सुखुमच्छवि ( सुक्ष्मछवि )- शरीरको छालामा एक सुक्ष्म त्वचा मढीएकव
हुन्छ जस्मा धुलो आदि टाँसिदैन ।
१३एकेकलोमो ( एक एक लोम ) प्रत्येक रौँकूप (लोमकूप) मा एउटा मात्रै रौँ हुन्छ ।
१४ उद्धग्गलोमो ( उर्ध्वाग्रलोम ) सबै लोम रौँ वायाँबाट दाहिनेतिर बटारिएको
घुम्रिएको घुम्रेको हुन्छ र टुप्पो माथितिर फर्केको हुन्छ ।
१५ ब्रह्मुजुगतोझ ( ब्राह्मऋजु- गात्र ) शरीर लामो र सोझो हुन्छ जस्का कारण मानिसहर
उनलाई ब्रहा उजु भन्दछन् ।
१६ सत्तुस्सदो ( सप्त उद्सद ) दुबै हात, दुबै पाउ अगाडी र पछाडीको शरीरको भाग
अनुहार सहित मस्तिष्क शरीरका यी सातै अङ्ग विशाल एवम् पूर्ण आकारको हुन्छन् ।
१७ सीहपुब्बद्धकायो ( सिँहपूर्वाद्ध काया ) छाती सहित कायाको माथिल्लो भाग सिँहको जस्तो
हुन्छ ।
१८ चितन्तरसो ( चिताँतराँस ) दुबै काँधको बिचको भाग भरिएको टम्म हुन्छ ।
१९
निग्रोधपरिमण्डलो ( न्यग्रोध परिमण्डल ) न्यग्रोध वृक्ष जति
उचाईमा बढछ ठीक त्यति चौडाईमा पनि फैलन्छ बढछ । यसरी नै उभिएर दुबै लानमा हातलाई
दुबैतिर फैलाउँदा जति शरीरको चौडाई बन्दछ त्यति नै शिरदेखि पाउसम्मको उचाईको नाप
हुन्छ ।
२० समवट्टक्खन्धो – ( समवर्त स्कन्ध )- समान गथोलाकार काँध हुन्छन् ।
२१ रसग्गसग्गी (रस रसाग्रि) सबैरसलाई पूर्णतः आस्वादन गर्ने जिभ्रो
तथा त्यससँग जोडिएको घाँटि सम्म पुगेको एउटा नसो हुन्छ ।
२२ सीहहनु (सिँह हनु) सिँहको जस्तो
सुन्दर चौँडा चिउँडो हुनु ।
२३ चत्तालिस दन्तो (चत्तालिस दन्त) चालीसवटा दाँतले
भरिएको भव्य सुन्दर अनुहार हुन्छ ।
२४ समदन्तो (समदन्त) दाँत अगाडी पछाडी
नभइकन समान पन्क्तिबद्ध हुन्छन् ।
२५ अविरलदन्तो (अविवर दन्त ) दाँतहरुका विचमा
छिद्र हुँदैन ।
२६ सुसुक्कदाठो (सुशुक्लदाढ) दाँत अत्यन्त शुक्ल
अर्थात सेता हुन्छन् ।
२७ पहूतजिव्हो (प्रभूतजिव्हा) लामो जिभ्रो हुन्छ ।
२८ ब्रह्मस्सरो (ब्रह्मस्वर) कोईलीको जस्तो
निनादी ब्रह्म स्वर हुन्छ ।
२९ अभिनीलनेत् (अभिनील नेत्र) अलसी (आलस)को फूलजस्तो नीला आँखा
हुन्छन् ।
३० गोपखुमो (गो पक्ष्म) गाईको जस्तो ठूलो
ठूलो परेलाका रौँ हुन्छ ।
३१ ओदाता उण्णा (श्वेत उर्णा) दुबै आँखि भौका
विचमा स्वेत,कोमल,सदृश वर्तुलाकार रौँहरु हुन्छन् ।
३२ उण्हीससीसो (उष्णीष शीर्ष) शीरको माथि ठिक्क
वीचमा एक उपशीष हुन्छ लाग्छ शीरमा एक जटामुकुट पगडी बाँधिएको छ । यो एक चिन्हका
कारणले गर्दा आज पनि कुनै बुद्ध मूर्ती अन्य ध्यानावस्थित मूर्तिहरु भन्दा
स्पष्टतया भिन्न देखिन्छ ।
यि लक्षणहरु मध्य
एकाध शरीर लक्षण स्पष्ट नै देखिन्थे, देख्न सकिन्थे अनि अत्यन्त भव्य तथा
दर्शनीय हुने भएकोले कुनै पनि सामान्य व्यक्तिलाई अनायास
आफूतिर आकर्षित गर्दथे ।
No comments:
Post a Comment