सोगत-दर्शन या बौद्ध धर्म-दर्शनको सूक्ष्म विस्तृत
निरुपण अभिधम्म (संस्कृत अभिधर्म) दर्शनमा निहितछ। बुद्धले अभिधम्मको चर्चा
सर्वप्रथम आफ्नो आमा महामायालाई गर्नुभयो, जुन
त्यस दिन पार्थिव शरीर त्याग तैंतीस देवहरुको लोक- तानतिंस लोक- मा विहार
गर्दैहुनुहुन्थ्यो। अभिधम्मको देशनामा वहाँलाई तीन महीना लागेको थियो। प्रत्येक
दिन वहाँ आफ्नो आमालाई गहीरो उपदेश दिनुहुन्थ्यो र फेरि पृथ्वी-लोकमा उत्तर
अनोत्तर सरोवरमा उतर सारिपुत्र (संस्कृत शारिपुत्र)लाई त्यहि देशनाहरुलाई
स्मरण-योग्य छंद-बद्ध गरेर फेरि सुनाउनुहुन्थ्यो। सारिपुत्र ति छंदहरु पाँच सय
विशिष्ट भिक्षुहरुको साथ संगायन गर्थे । ति सबै नै विशिष्ट भिक्षु अर्हत् भए ।
तत: अभिधम्मको गुरु-शिष्य श्रुत परम्पराको समुद्भव भयो। अर्थात् बुद्धले
सारिपुत्रलाई;
सारिपुत्रले भद्दजीलाई अभिदम्म-देसना दिए। यस
प्रकार अभिधम्म देसना भद्दजी, सोभित, पियजलि
आदि देखि हुँदै महिन्द (महेन्द्र) सम्राट अशोकको छोरा, इत्तिय, सम्बल, पण्डित
तथा भद्दनामको माध्यम बाट श्रीलंका पुग्यो। तत: म्यानमार, थाईलैंड, कम्बोडिया
आदि देशहरुमा अति गौरवलाई प्राप्त भयो जहाँ आज पनि यस्को यति आदर हुन्छ जति
हिन्दुहरु व्दारा 'ॠग्वेद' को, मुसलमानहरु
व्दारा 'कुरान' को
तथा ईसाइयहबाट 'बाईबिल' को
।
अभिधम्मको अर्थ 'अभिधम्म', 'अभि' र 'धम्म' (धर्म) शब्दहरुको योगबाट बनेको हो। जहाँ 'अभि' शब्द 'अतिरेक' या 'विशेष' को द्योतक हो, तथा 'धर्म' शब्द 'यथार्थ' या 'देशना' को परिचायक हो। अत: परम्परामा 'अभिधम्म' ति विशिष्ट धर्महरुको परिचायक हो जुन निर्वाण (या परमार्थ) प्रतिमुख धर्म हो; अथवा, 'प्रज्ञाण्मला सानुचरा अभिधर्म:' (अभिधर्म कोश, १.२) अथवा त्यो शास्त्र जुन निर्वाण-मार्गलाई प्रकाशित गर्छ । पालि परम्परामा पनि उपर्युक्त विवेचनाको पुष्टि हुन्छ जहाँ बुद्धघोसले 'धम्म' शब्दलाई साधारण देशना अर्थात् सुत्तपिटकको देशनाहरुको संग्रहको रुपमा तथा अभिधम्मलाई अभिधम्म-पिटकमा संग्रहित विशिष्ट या अतिरिक्त धम्म-देशनाको सूक्ष्म विश्लेष्णात्मकताको सन्दर्भमा प्रयुक्त मानेकोछ।
बुद्धले तब उन्लाई 'प्रटिच्चसमुधाद' को
दर्शनको देशना दिए। यो दर्शन यो दर्शाउँछ कि प्रत्येक सांसारिक घटना कुनै अन्य
घटनामा निर्भर हुन्छ।अर्को शब्दहरुमा यो भन्न सकिन्छ कि प्रत्येक घटनाको निष्पति
कुनै अन्य घटनामा निर्भर छ। अत: दु:ख अर्थात् वृद्धावस्था, रोग, मृत्यु
आदिको हुनु जन्ममा निर्भर गर्छ; जन्म भवमा; भव
उपादान (या ग्रहण गर्ने प्रवृत्ति)मा; वेदना
सन्निकर्ष (फस्स)मा;
सन्निकर्ष छ: ईन्द्रियहरुमा; नाम-रुप
विञ्ञाण (चित्त)मा र चित्त अज्ञान (अविद्या)मा निर्भर गर्छ। अत: अज्ञान नै दु:खको
मूल कारण हो तथा अज्ञान नष्ट गरेर निर्मल चित्तको निर्माण नैं धर्म चक्र
प्रवर्तनको सार हो। विमल चित्तको प्रादुर्भाव केवल कुशल कर्महरुको प्रयासबाट सम्भव
छ, जस्को मूल त्याग (अलोभ); प्रेम
(अदोष) र ज्ञान (अमोह) हो। अत: बुद्धको धर्मको जुन चक्रलाई चलायमान गरेकोछ ति
मूलत: त्याग,
प्रेम र ज्ञानको शिक्षा दिन्छ । यहि चक्र भारतीय
ध्वजामा पनि अंकित देखिन्छ ।
वास्तवमा भारत त्यस्तो देश हो जस्ले माल पाएर चाल नपाएको भन्दा अत्युक्त नहोला । जहाँ धेरै बुद्धहरुको प्रादुर्भाव भयो र अधिकान्स बुद्धहरुले भारतीय समाजको शुद्धताको लागि मरिमेटे तर भारतले बुद्धलाई चिनेन नत ३ बुद्धको प्रादुर्भाव भएको देश नेपालले चिने । देवादि देव महादेवको घर तिब्बत हो । बाँकि अरु राम कृष्ण लगाएत धेरै दवताहरुको वास स्थान र उत्पत्ती भारत मै भएको हो । बूद्धको धर्म विज्ञान हो प्रकृतिको नियम सित अनुन्यास्रित सम्बन्धछ । यो कुनै अन्धविश्वासमा आधारित छैन । जगतको सबै प्राणीको हित गर्ने महान शिक्षा हो भन्दा अज्ञानीहरु नाक खुम्च्याउँछन् ।
भवतु सब्ब मङ्गलम् ।
सन्दर्भ सामग्रि ईन्टरनेट बुद्धकथाहरु
|
Thursday, December 27, 2018
बुद्धको अभिधर्म-देशना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment