Wednesday, August 28, 2019

खोज्ने होईन पाउ



एरनाल्डले बुद्धको बारेमा अचम्मको किताब लेखेकाछन्है: लाइट अफ एशिया। त्यस्मा जुन वर्णन छ, राती बुद्धले गृहत्याग गर्ने समय, बडो मायाँ लाग्दो छ। धेरै वेर सम्म नाच-गान चलिरह्यो । वेर सम्म संगीत बजिरह्यो । अनि बुद्ध निदाउनुभयो । तर आधा रातमा अचानक बिउँझनुभयो । जो नर्तकिहरु नाच्दै थिईन, ति पनि थाकेर आप्नो बाजाहरु त्यहिं छोड़ेर भुईंमा नै निदाए । उज्यालो चकमन्न चन्द्रमाको रात छ । उज्यालो झ्याल ढोकाबाट चाँदनी भीत्र आएकोछ ।

राजकुमार सिद्धार्थ चांदनीको प्रकाशमा राम्री ति महिला नर्तिकहरुलाई हेरिरहनुभएकोछ, जस्लाई मान्छेहरु धेरै सुन्दरी मान्छन। कसैको मुखबाट र्याल बगरिरहेकोछ , किनकि निद्रा लागेकोछ नि । कसैको आंखामा कचेरा भरिएकोछ। कसैको अनुहार कुरुप देखिएकोछ । कोहि नींद्रामा बड़बड़ाईरहेकोछ। जस्को सुमधुर स्वर सुनिएकोथियो सांझ, उ यस प्रकार बड़बड़ाई रहेकोछ जस्तै पागल हो! सिद्धार्थले ति सबै सुन्दर महिलाहरुलाई यो कुरूपता देख्नुभयो र एक बोध भयो कि जो मैले सोँच्छु, त्यो मेरो कल्पना हो। यथार्थ यहि हो। आज नभएभोली यो शरीर माटो हुन्छ । आज नभए भोली शरीर चितामा हुन्छ। यस शरीरको पछाडी म कहिले सम्म दौड़िरहुँ ? यो शरीरमा मकहिले सम्म सम्म अल्झिरहने ?

यो आघात यति गहोरो भएको थियो कि वहाँले त्यसै राती गृह त्याग गर्नुभयो । उन्तीस वर्षको उमेर कुनै कमी होईन! अहिले त युवा थिए। तर जीवनको यथार्थ देखियो । जीवन बड़ो खोक्रोछ । जीवन बिलकुल अस्थिपंजर छ। हाड-मांसु माथिबाट ढाकिएकोछ, भित्र अस्थिपंजर छ ।
 निस्केर गए, जति टाढा जान सक्थे । जो सारथी उहाँलाई लिएर गए छोड़न स्वर्णरथमा बसालेर, उ बूढ़ो सारथी उहाँलाई समझाउँथे कि हजूरले के गर्दैहुनुहुन्छ? महललाई सम्झनुस ! यति सुन्दर महल अब कहां पाईन्छ? यशोधरा राजकुमारीलाई सम्झनुस ! यति सुन्दरी महिला कहां पाउनुहुन्छ? यति प्यारो राज्य, इतनी सुख-सुविधा, यति वैभव-विलासयि सबै स्वर्गलाई  छोड़ेर कहां जाँदै हुनुहुन्छ

सिद्धार्थले पछि फर्केर हेर्नुभयो । पूर्णिमाको रातमा उहाको संगमरमरको महल सपना जस्तै चमचम देखिएकोछ । त्यसमा जलिरहेको दियो,  आकाशमा तराहरु चमचम गरिरहेको झैं ।तर वहाँले भन्नुभयो, जानुपैले जानैपर्छ । किनकि तिमीले जस्लाई महल भन्छौ नि, मैले त्यहाँ आगोको ज्वालाबाहेक केहि देखेकोछैन। मैलेत्यहाँ  चिंताहरु जलिरहेको देख्दैछु। आज हवईन भोली, चाँडै नै सबै खरानी भैहाल्छ । 

यो भन्दा पहिला सबै खरानी होस,यो भन्दा अघि मेरो शरीर  ढलोस, मैले जान्नुपर्छ कि त्यसलाई, जो शाश्वत हो । यदि केहि शाश्वत हो, भने त्यसलाई थाहा पाउनुपर्नेछ । मैले सत्यलाई चिन्नुपर्नेछ; सत्यलाई साक्षात्कार गर्नुपर्नेछ ।
धर्मेंद्र, तिमी भन्छौ । जेपनि मैले चाहें यसलाई पाउन सकिन ।

कस्ले पाउन सक्यो ? केहि पाउन सक्यो, उनिहरले पाएर पाए व्यर्थ। केहिपनि पाउन सकेन, ति भौँतारिरह्यो, केवल भौतारिरह्यो । राम्रै भयो कि तिमीले यो कुरा बुझ्यौ कि चाहमा नै केहि अवश्य भूलछ; कि चाह, र पाउन अप्ठ्यारो हुन्छ ! र यो डर सार्थक छ कि कतै परमात्मालाई चाहन थालुँ र यस्तो न होस त्यसलाई पाउन नसकुँ !
तुम चौंकोगे। तुमने अगर किसी और से पूछा होता, किन्हीं और तथाकथित संत-महात्माओं से पूछा होता, तो तुम्हें यह उत्तर न नपाए जो उत्तर तिमी मबाट पाउछौ । तिम्रो संत-महात्मा त भन्छन, चाहपरमात्मालाई चाह धित मर्ने गरि चाह; एकाग्र-चित्त भएर चाह; अवश्य पाउँछौ ।
तरमैले तिमीसित भन्छु, यदि परमात्मालाई चाह, त बस, चूक्छौ। चाह चुकाउँछ। चाहलाई छोड़। चाहलाई जानदेउ । परमात्मा लाई पाउने विधि छ: चाह सित मुक्त भैजानु ।

थोरैसमयलाई, चौबीस घंणटामा कम भन्दा कम यति समय निकाल , जब केहि पनि चाह। त्यसैलाई मैले ध्यान भन्छु। घण्टा भरिलाई, दुई घण्टा, दिउँसमा अथवा राती, विहान या सांझ, जहिले समय निकाल। ढोका बन्द गरेर शान्तीलेबस। केहि पनि न चाह। न कुनै मांग, न केहि चाह। शून्यवत! जस्तै छँदैछैन । जस्तै कि मर्यो । जस्तै मृत्यु घट्यो ।
ध्यान मृत्यु होस्वेच्छाले बोलाएको मृत्यु। ठीकछ,साँस चलिरहन्छ, त्यहि हेरिरहनु। र छाती धड़किरहन्छ, त्यहिसुन्दै गर्नु । तर अरुकेहि होईन । साँस आउँछ जान्छ, छाती धड़किन्छ र तिमी चुपचाप बसिरहेकाछौ ।
शुरू-शुरूमा गाह्रो होला । गर्नु अरु केहि छैन । जन्म जन्म देखि  विचारहरको तांती लागेकोछ, त्यो एकदमले बन्द हादैन। त्यस्को लाम लागेकोछ । किन बाँधिएकाछौ उभिएकोछ विचार । सत्य त यो हो, यस्तो मौका देखेर कि तिमी एक्लै बसेकाछौ एक्लै, कुनै पनि टूट छैन, तिमीमा ओईरिनेछ सारा विचार। यस्तो शुभ अवसर मुश्किलले नै पाईन्छ। तिमी अल्झि रहन्छौ काममा, धाम छ, हजार दुनियाको व्यवसाय छविचार उभिन्छ मौकाको खोजमा कि कहिले मौका पाईन्छ, कहिले तिमीमा झम्टीन्छ !

तर जब तिमी शान्त बस्छौ, ध्यानमा बस्छौ, त पाउछौ अवसर विचारहरुको । सारा विचार झम्टीन्छ, जस्तै दुश्मनहरुले आक्रमण गरेको हो । कुरुक्षेत्र शुरू हुन्छ । भिन्न भिन्न तरिका तरिकाको विचार, संगत-असंगत विचार, मूढ़तापूर्ण विचार, सबै एकदम तिमीमा दौड़िन्छ । चारैतिरबाट आक्रमण हुन्छ । त्यस्लाई पनि हेर्दै गर्नु । न लड़नु, झगड़ा नगर्नु, विचारहरुलाई हटाउने कोशिश नगर । बसि राख्नु चुपचाप। जस्तै आफ्नो केहि लिनु-दिनु छैननिष्पक्ष, निरपेक्ष, असंग। जस्तै बाटोको किनारमा कवहि बटुवा थाकेर बसेकोछ रुखको छायामा, र बाटोमा हिंडीरहेको हेर्दैछ । कहिले कार गुज्रिन्छ, कहिले बस गुज्रिन्छ, कहिले ट्रक गुज्रिन्छ, कहिले मान्छेहरु जान्छ, उस्लाई लिनुदिनु केहिछैन ! कोहि यता जाँदैछ, कोहि उता तिर जाँदैछ । जस्लाई जहाँ जानुछ गैरहेकोछ । जस्लाई जे गर्नुछ गरिरहेकोछ । बाटोको छेउ बसेर हेर्दैछ हिंडनेहरुलाई के मतलब ! पापी जावस कि पुण्यात्मा; सेतो कपड़ा लगाएर कोहि जावस कि कालो लुगा लगाएर; वस कि पुरुष; जावस गैरहेकोछ । बाटोमा जाँदै गर्छन । हिंडदै गरेको बाटोमा बटुवा थाकेर बसेकोछ के मतलव छ र !

त्यस्तै नै तिमी आफ्नो चित्त हिंडीरहेको बाटोको छेउमा बस्ने हेर्दै गर्नु । कुनै निर्णय छैन । कुनै पक्ष-विपक्ष छैन । कुनै छान्नु पर्दैन । यस विचारलाई समातुँ त्यसलाई छोडिदिउँ; यो आवस, यो मेरो होस; यो न आवस, यो कहिले न आवसयस्तो कुनै भावनाहरु उठ्न नदिनु।र बिस्तारै-बिस्तारै, दिन यस्तो समय आउँछ, जब बाटो सून्य लाग्ला । कहिले-कहिले कोहि पनि नहवला बाटोमा नसान होला । अन्तराल आउँछ। त्यहि अंतरालमा पहिलो पटक तिमीलाई परमात्माको झल्को होला । किनकि न कुनै चाह छ, न कुनै कल्पना, न कुनैं विचार।
परमात्मा को झल्कव पाईएला कतै बाहिरबाट हवईन; तिम्रै भित्र बसेकोछ । विचारहरुको तुवाँलो हराउँछ, तब देखिन थाल्छ ।
जो तिमीले प्रेमको अनुभवले जानेकोछौ, त्यस अनुभवलाई उपयोग गर्नु । जो तिमीले अहिले सम्म संसारको प्रीतिमा सिक्यौ, त्यस पाठलाई नभूल्नु । चाहत गरेर तिमीले जे देख्यौ, कि सदा हारोस, त्यो एक ठूलो सम्पदा हो । त्यस पाठको यदि उपयोग गरे, तब परमात्माको सम्न्बंधमा असफल हुनुनपरोस ।
नहाचाहर परमात्मा पाउन सकियोस। लाओत्सूको प्रसिद्ध वचन छ:नखोजपाउ। नमांगपाउ। न कतै जानु, न खोजनुछ । त्यो परम धन तिम्रो भित्र छ। त्यो तिम्रो स्वरूप हो ।
https://www.facebook.com/images/emoji.php/v9/f61/1.5/16/1f341.png🍁 
मृत्युार्मा अमृत गमयप्रवचन-07https://www.facebook.com/images/emoji.php/v9/f61/1.5/16/1f341.png ओशो  बाट नेपालीमा अनुवाद। जीवनकुमार शाक्य


के हुन बुद्धका गुण ?



बुद्धका गुण अनेक हुन्छन तर तिनिहरुमा ९ प्रमुख  जस कारण विश्व विख्यात हुनुभयो ।
इतिपिसो भगवा अरहँ सम्मासम्बुद्धो विज्जाचरण सम्पन्नोसुगतो लोकविदू अनुत्तरो पुरिसदम्म सारथी सत्था देव मनुस्सानँ बुद्धो भगवाति ।
॰ अरहं:
तथागत बुद्ध पाँच दृष्टिकोणबाट अरहत भनिन्छ। (क) उहाँले सबै अपवित्रताहरुलाई निकालेर फ्याँक्नुभयो । (ख) उहाँले अपवित्रताहरुको उन्मूलन (शमन)मा बाधक सबै शत्रुहरुको दमन गर्नुभयो। (ग) उहँले भवचक्रको सबै बाधाहरुलाई दमन गर्नुभयो । (घ) वहाँ दान प्राप्त गर्न तथा सम्मान पाउने सुपात्र हुनुहुन्छ । (ड) उहाँले आचरण र आफ्नो शिक्षाहरुमाकुनै कुराकोलाई रहस्यमयी तरिकाले लुकाएर राख्नुभएन । उहाँको जीवन दोषरहित र निष्कलंक थियो । उहाँको शिक्षाहरुमा कुनै गोपनीयता छैन । उहाँ उपदेश सबैको लागि खुला किताब जस्तै हो । आऔं निरिक्षण गरौँ ।
सम्मासम्बुद्धो
बुद्धलाई सम्यकसम्बुद्ध  भनिन्छ किनकि उहाँले संसारको अस्तित्वलाई यस्को सही परिप्रेक्ष्यमा बुझ्नुभएकोथियो तथा स्वयंको बोधिगम्यताले वहाँले “आर्यहरु सत्यहरुको खोजी गर्नुभयो । बुद्ध- जुन बोधिसत्वको रूपमा  जन्मिनुभएको थियो उहाँले गृहत्याग गर्नुभयो र निरन्तर छ वर्ष सम्म लामो समयसम्म ज्ञान प्राप्तिको लागि कठोर तपस्या गर्नुभो । तर ज्ञान प्राप्त गर्नुभएन ज्ञानको सन्तुष्टि भएन । धार्मिक विश्वासहरुबाट हटेरउन्हाँले असंतोषजन्यतासंघर्ष तथा निराशा (दु:ख) जस्तो सांसरिक समस्याहरुको अन्तिम समाधान खोजेर निकाल्नुभयो । यस प्रकार महाप्रबोधन सम्पन्न भएर उहाँले कार्य-कारणको सिद्धान्तको खोजी गर्नुभयो जस्को आधारमा उहाँले संसारको सत्यताको मूल्यांकन गर्नुभयो ।
विज्जाचरणसम्पन्नो
यस शब्दावलीको अर्थ हो बुद्ध पूर्ण स्पष्ट दृष्टि एवं उदाहरणात्मक उत्तम सदाचरणले सम्पन्न हुनुहुन्थ्यो।  जस्तो कि त्रिरत्न ज्ञान र अष्ठांगिक मार्गमा भनिएकोछ। त्रिरत्न ज्ञान निम्न प्रकार छन। (क) बुद्ध आफ्नो विगत स्मृतिहरुको सहारा तथा अरुको पूर्व कालको अस्तित्वलाई दृष्टिगत गर्नसक्नुहुन्थ्यो । (ख) अरुको अतीतको स्मृतिहरु जान्नमा सक्षम हुनाले उहाँमा उत्कृष्ट दूरदर्शिता एवं क्षण भरमा समस्त संसारको घटनाहरुबाट स्व-दृष्टा हुने क्षमता थियो। (ग) तेश्रो उहाँमा अरहत्व पदबाट संबन्धित गहीरो ज्ञान थियो। उहाँ विद्याले मात्रै होईन आचरणले पनि सम्पन्न हुनुहुन्थ्यो । अष्टांगिक ज्ञानको आधारमार बुद्धको निम्नानुसार विशेषताहरु थियो।आत्मबोधको अदभुत देन। असाधारण साहसिक कार्य गर्ने शक्तिको अदभूत देन। लामा लामा कान । यस्को अर्थ अरुको धेरै कुरा तथा विचारलाई सुन्न सक्ने क्षमता । । अतीतका स्मृतिहरु जान्ने योग्यता। ठूला-ठूला स्वरूप आँखा। परम पवन जीवन जीउने श्रेष्ठ ज्ञान।
सुगतो:
बुद्धलाई सुगतो पनि भनिन्छ जस्को अर्थ हो उहाँले देखाउनुभउको माअसलछ,उद्देश्य उत्कृष्टछ उहाँ हानिरहित र निष्कलंक हुनुहुन्छ । हाँको वाणी नै उत्कृष्ट र भ्रमरहित छन् है। उहाँको बाणी नैं सुगति प्राप्त छ ।
लोकविदु:
लोकविदु शब्दबुद्धको लागि उपयोग गरिएको छ किनकि उहाँ सन्सारको समस्त उत्कृष्ट ज्ञानले सम्पन्न हुनुहुन्छ। महाप्रज्ञामयी बुद्धले स्वयंको अनुभूतिले ज्ञान प्राप्त गर्नुभयो सांसरिक जीवनको हरेक पक्ष भौतिकताको साथ-साथ आध्यात्मिकतामा पनि प्रयोग गर्नुभयो । आफ्नो शरिरको सबै गतिविधिबारे पूर्ण हुनुभएको ज्ञान ।
अनुत्तरोपुरिसधम्मसारथी:
अनुत्तरों का अर्थ हो अनौठो र अद्वितीय पुरुषत्यस व्यक्तिको लागि उपयुक्त गरिएकोछ जुन जो धम्मको देनबाट सम्पन्न (धर्म धारण गरेका)छन्है। जबकि सारथी को अर्थ पथप्रदर्शक हो । यि तीनै शब्दहरुलाई एकैसाथ नै एकै व्यक्तिको लागि प्रयुक्त गरिएको मानिन्छ कि एकयस्तो अनौठो व्यक्तित्व अथवा नेतृत्व जुन मनुष्यलाई ठीक दिशामा लैजान सक्षम होस । बुद्धको धर्म तिर आकर्षित भएर र खराबीको शमन गरेर जो मान्छेहरु धम्मको अनुयायी बनेकाथिए तिनमा जघन्य हत्यारा जस्तै कि अंगुलिमालआलवकतथा नालागिरी हात्तीसैंकड़ौं लुटेराहरुनरभक्षी,तथा सकक जस्ता उदण्ड व्यक्ति पनि थिए । ति सबैलाई धर्म भावनाले जोड़ीयो र यस्तो भनियो कि त्यसमध्य केहिले आफ्नो धार्मिक जीवनमा नै आदर्श उच्च भिक्षु पद पाएकाथिए । देवदत्तजो बुद्धको घोर विरोधी थिए नाताले आफ्नो भाईपर्नेउनलमई पनि आफ्नो  संघमा प्रवेश गराउनुभएकोथियो ।
सत्था देवमनुसान्न:
यस शब्दको भावार्थ यो होकि बुद्धदेवता, (जागृत पुरुष) र मनुष्यहरुको शिक्षक हुनुहुन्थ्यो । यस परिप्रेक्ष्यमा यो उल्लेखनीय छ कि देवता तिनिहरुलाई भनिन्छ जो आफ्नै कुशल कार्यहरुबाट मनुष्यको स्तर भन्दा माथि गैसकेको हुन्छकिनकि बुद्धको अनुसार मात्र जैविक शारीरिक विकास नैं मनुष्यको सर्वांगीण विकासको अवस्था होईन। बौद्ध धम्मको परिप्रेक्ष्यमादेवताको पौराणिक सैद्धांतिक मान्यताहरु सित कुनै सम्बन्ध छैन । बुद्ध एक विलक्षण गुरु (शिक्षक) हुनुहुन्थ्योजो धेरै नै उदार हुनुहुन्थ्यो र आफ्नो शिक्षालाई प्रचारित गर्नलाई मान्छेहरुको मानसिक स्तरचरित्रबलतथा मान्छेहरुको भिन्ना-भिन्नै मानसिकतालाई दृष्टिगत राख्दै विभिन्न विधिहरुको उपयोग गर्नमा सक्षम हुनुहुन्थ्यो। वतिनिहरुलाई विशुद्ध जीवन जिउने शिक्षा दिनमा प्रयासरत रहनुहुन्थ्यो । बुद्ध वास्तवमा सार्वभौमिक जगत गुरु हुनुहुन्थ्यो ।
बुद्धो
बुद्धको अर्थ विशेष उपनाम – “बुद्धोंयस वर्गको द्वितीय भागको पुनरावृति प्रतीत होला यद्यपी यस शब्दको आफ्नो सार्थक गुण एवं निर्देश (संकेत) हो । ‘बुद्धों’ को तात्पर्य त्यो गुरु हो जो सर्वज्ञताको गुण सम्पन्न हुनाले अरुलाई आफ्नो खोज सित अवगत गराउने असाधारण शक्ति राख्नुहुन्छ उहाँको सम्झने  विधिहरु यति उत्तम थियोकि अन्य कुनै पनि गुरु उहाँभन्दा अगाडी जान सकेन। ‘बुद्धों’ शब्द को अर्को अर्थ जागृत पुरुष’ भनेर लिईन्छजबकि साधारण व्यक्ति प्राय: उदासीनताको स्थितिमा रहन्छ। बुद्ध सबैभन्दा अघि पहिलो जागृत पुरुष हुनुभयो र उहाँले यस उदासीनताको अवस्था लाईनै बदलिदिनुभयो। तदोपरान्त उहाँले तिनिहरलाई पनि जागरूक बनाउनुभयो जो अज्ञानताको कारण गहोरो निद्रामा लामो समयदेखि हराएकाथिए ।
भगवा:
बुद्धको परिचय गराउन अथवा उहाँलाई प्रस्तुत गर्नमा उपयोग गरिपएको सबै शब्दावलिहरु मा ‘बुद्धों’ – एवं ‘भगवा’ अलग-अलग प्रयोग गरियो अथवा यि दुबै शब्दहरुलाई एकैसाथ मिसाएर जस्तै कि ‘बुद्धों भगवा’ प्रयोग गरियो यि सबैको अर्थ हो आशीर्वाद दिनेवाला। यही शब्द सबैभन्दा धेरै प्रचलित छ र बुद्धको लागि सामान्य रूपले प्रयुक्त गरिन्छ । यस प्रकार महाश्रद्धा र परम आदरको ‘बुद्ध’ नामको उपाधि को वहाँ अधिकारी हुनुहुन्छ। ‘भगवा शब्दको धेरै विश्लेषण कर्ताहरुले विभिन्न अर्थहरु देखाए । बुद्ध शब्दको अर्थ ‘भगवा’ अथवा आशीर्वाद दिने योग्य पुरुष मानियोजस्तै कि ति समस्त मानवहरुमा सबैभन्दा धेरै प्रसन्न रहने तथा सबैभन्दा धेरै भाग्यवान पुरुष हुनुहुन्थ्यो किनकि उहाँले सबै खराबीहरुमा विजय पाउने जान्नुभयो,सर्वोच्च धर्म प्रति फड़ैत गर्नुभयो तथा वहाँ सर्वोच्च ज्ञान शक्तिले सम्पन्न महमानव हुनुहुन्थ्यो ।
सारांश:
प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन गर्ने प्रणाली बौद्ध परम्परामा नै आचरणमा ल्याईन्छविशेषत: प्रबुद्ध व्यक्तिको, अर्थात जो पूर्णत: प्रज्ञावान छ यस्तो व्यक्तिको गुणहरुमा चिंतन गराउने अनुसंशा गर्नुपर्छ । यसैलाई नै ‘बुद्धानुसती’ यस्तो भनिन्छ । अनुस्सती अर्थात स्मरणसम्झना र विस्तारपूर्वक भन्नु नै मनमा लिनु। मनमा राख्नुध्यानमा राख्नुहो । अनुस्सती ध्यानको कतिपय सोँचमा एक ध्यानको अभ्यास होतीन अनुस्सतिहरुको यो सोँच होजस्मा बुद्धधम्म र संघको गुणहरुको सूचि दिईएकोछ ।त्यसलाई नै बुद्धानुस्सती,धम्मनुस्सतीर संघानुस्सती भनिन्छ । जब हामी प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन गर्छौं तब अनावश्यक रूपले आफ्नो तुलना उहाँको साथमा गर्ने प्रवृति हुन्छ । तथागत बुद्धमा निहित यो गुण सेवा साधनाको विषय हुनसक्छ यदि उहाँको गुणहरको विभिन्न व्याख्याहरुको ध्यान पूर्वक सावधानीले विश्लेषण गरियो र उन्को वास्तविक मन्तव्य र सार ग्रहण गरेर धारण गरिन्छ । सूत्रहरुलाई राम्ररी नबुझि त्यस्को उच्चारणा मात्रले त्यसको कुनै प्रभाव मान्न सकिंदैन यहाँ सम्म कि पुजा-उपासनामा पनि सबै भन्दा राम्रो थरिका हुनसक्छ की सूत्रहरुलाई पटक पटक स्मरण गरियोस। जब सूत्रहरको व्याख्या गरिन्छ तब प्रत्येक उपासक आफ्नो ध्यान यस्मा केन्द्रित गरेर यस्को सत्यतालाई जाँचौ जसले बुद्धहरको अनुयायी सम्यक रूपले यस गुणहरुलाई बुझ्ने यथेष्ट चेष्ठा गर्न सकोस ।
वजीरटाण महाथेरोंको पुस्तक (Buddhist Meditation) (नेपालीमा –ध्यानको केहि कुछ लाभ)मा बुद्धको ध्यानको लागि यस प्रकार लेखिएकोछ; “जो बुद्धा नुस्सती ध्यान गर्छ उस्को मनमा बुद्धको  गुणहरुको सन्दर्भमा निरन्तर विचार आउँछउच्च प्रतिको आनन्दी मनको कारणअत्यानंद एवं प्रीतिको कारण उनमा श्रद्धा र भक्ति यसको ठूलो मात्रामा वृद्धि हुन्छ । त्यसको अंत:मनमा त्यसलाई बुद्धको अनुभूति हुन्छ र उत्यसलाई सतत यस्तो लाग्छ कि उ बुद्धको संम्पर्कमा छ । बुद्ध प्रति उसको मनमा निश्चित नै नजिकको भावना निर्माण हुन्छ । किनकि निरन्तर बुद्धहरको गुणहरको साथ-साथै उस्को मन एकरूप हुनजान्छ तथा उस्लाई महसूस हुनथाल्छ कि उभित्र निरंतर चिंतन-मनन गर्नेवाला सक्रिय भएकोछ । भारतीय भाष्यकार बुद्धघोषको मतानुसार जोसुकै बुद्ध नुस्सती ध्यानको अभ्यास गर्छ- उ परिपूर्ण श्रद्धास्मृतिज्ञान र पुण्य प्राप्त गर्छ। उ डर र चिन् यि  विजय हासिल गर्छ र स्वयं सदैव गुरुहरुको सम्पर्कमा हुने अनुभूति प्राप्त गर्छ ।
(लेखक, डॉ. मनीष मेश्राम, गौतम बुद्ध विश्वविद्यालय, ग्रेटर नोयडा के बौद्ध अध्ययन विद्यापीठ में सहायक प्रोफेसर हैं) बाट हिन्दिबाट अनुवाद