एरनाल्डले बुद्धको बारेमा अचम्मको किताब लेखेकाछन्है: लाइट अफ एशिया। त्यस्मा जुन वर्णन छ, राती बुद्धले गृहत्याग गर्ने समय, बडो मायाँ लाग्दो छ। धेरै वेर सम्म नाच-गान चलिरह्यो । वेर सम्म संगीत बजिरह्यो । अनि बुद्ध निदाउनुभयो । तर आधा रातमा अचानक बिउँझनुभयो । जो नर्तकिहरु नाच्दै थिईन, ति पनि थाकेर आप्नो बाजाहरु त्यहिं छोड़ेर भुईंमा नै निदाए । उज्यालो चकमन्न चन्द्रमाको रात छ । उज्यालो झ्याल ढोकाबाट चाँदनी भीत्र आएकोछ ।
राजकुमार सिद्धार्थ चांदनीको प्रकाशमा राम्री ति महिला नर्तिकहरुलाई हेरिरहनुभएकोछ, जस्लाई मान्छेहरु धेरै सुन्दरी मान्छन। कसैको मुखबाट र्याल बगरिरहेकोछ , किनकि निद्रा लागेकोछ नि । कसैको आंखामा कचेरा भरिएकोछ। कसैको अनुहार कुरुप देखिएकोछ । कोहि नींद्रामा बड़बड़ाईरहेकोछ। जस्को सुमधुर स्वर सुनिएकोथियो सांझ, उ यस प्रकार बड़बड़ाई रहेकोछ जस्तै पागल हो! सिद्धार्थले ति सबै सुन्दर महिलाहरुलाई यो कुरूपता देख्नुभयो र एक बोध भयो कि जो मैले सोँच्छु, त्यो मेरो कल्पना हो। यथार्थ यहि हो। आज नभएभोली यो शरीर माटो हुन्छ । आज नभए भोली शरीर चितामा हुन्छ। यस शरीरको पछाडी म कहिले सम्म दौड़िरहुँ ? यो शरीरमा मकहिले सम्म सम्म अल्झिरहने ?
यो आघात यति गहोरो भएको थियो कि वहाँले त्यसै राती गृह त्याग गर्नुभयो । उन्तीस वर्षको उमेर कुनै कमी होईन! अहिले त युवा थिए। तर जीवनको यथार्थ देखियो । जीवन बड़ो खोक्रोछ । जीवन बिलकुल अस्थिपंजर छ। हाड-मांसु माथिबाट ढाकिएकोछ, भित्र अस्थिपंजर छ ।
निस्केर गए, जति टाढा जान सक्थे । जो सारथी उहाँलाई लिएर गए छोड़न स्वर्णरथमा बसालेर, उ बूढ़ो सारथी उहाँलाई समझाउँथे कि हजूरले के गर्दैहुनुहुन्छ? महललाई सम्झनुस ! यति सुन्दर महल अब कहां पाईन्छ? यशोधरा राजकुमारीलाई सम्झनुस ! यति सुन्दरी महिला कहां पाउनुहुन्छ? यति प्यारो राज्य, इतनी सुख-सुविधा, यति वैभव-विलास–यि सबै स्वर्गलाई छोड़ेर कहां जाँदै हुनुहुन्छ ?
सिद्धार्थले पछि फर्केर हेर्नुभयो । पूर्णिमाको रातमा उहाको संगमरमरको महल सपना जस्तै चमचम देखिएकोछ । त्यसमा जलिरहेको दियो, आकाशमा तराहरु चमचम गरिरहेको झैं ।तर वहाँले भन्नुभयो, जानुपैले जानैपर्छ । किनकि तिमीले जस्लाई महल भन्छौ नि, मैले त्यहाँ आगोको ज्वालाबाहेक केहि देखेकोछैन। मैलेत्यहाँ चिंताहरु जलिरहेको देख्दैछु। आज हवईन भोली, चाँडै नै सबै खरानी भैहाल्छ ।
यो भन्दा पहिला सबै खरानी होस,यो भन्दा अघि मेरो शरीर ढलोस, मैले जान्नुपर्छ कि त्यसलाई, जो शाश्वत हो । यदि केहि शाश्वत हो, भने त्यसलाई थाहा पाउनुपर्नेछ । मैले सत्यलाई चिन्नुपर्नेछ; सत्यलाई साक्षात्कार गर्नुपर्नेछ ।
धर्मेंद्र, तिमी भन्छौ । जेपनि मैले चाहें यसलाई पाउन सकिन ।
कस्ले पाउन सक्यो ? केहि पाउन सक्यो, उनिहरले पाएर पाए व्यर्थ। केहिपनि पाउन सकेन, ति भौँतारिरह्यो, केवल भौतारिरह्यो । राम्रै भयो कि तिमीले यो कुरा बुझ्यौ कि चाहमा नै केहि अवश्य भूलछ; कि चाह, र पाउन अप्ठ्यारो हुन्छ ! र यो डर सार्थक छ कि कतै परमात्मालाई चाहन थालुँ र यस्तो न होस त्यसलाई पाउन नसकुँ !
तुम चौंकोगे। तुमने अगर किसी और से पूछा होता, किन्हीं और तथाकथित संत-महात्माओं से पूछा होता, तो तुम्हें यह उत्तर न नपाए जो उत्तर तिमी मबाट पाउछौ । तिम्रो संत-महात्मा त भन्छन, चाह–परमात्मालाई चाह धित मर्ने गरि चाह; एकाग्र-चित्त भएर चाह; अवश्य पाउँछौ ।
तरमैले तिमीसित भन्छु, यदि परमात्मालाई चाह, त बस, चूक्छौ। चाह चुकाउँछ। चाहलाई छोड़। चाहलाई जानदेउ । परमात्मा लाई पाउने विधि छ: चाह सित मुक्त भैजानु ।
थोरैसमयलाई, चौबीस घंणटामा कम भन्दा कम यति समय निकाल , जब केहि पनि चाह। त्यसैलाई मैले ध्यान भन्छु। घण्टा भरिलाई, दुई घण्टा, दिउँसमा अथवा राती, विहान या सांझ, जहिले समय निकाल। ढोका बन्द गरेर शान्तीलेबस। केहि पनि न चाह। न कुनै मांग, न केहि चाह। शून्यवत! जस्तै छँदैछैन । जस्तै कि मर्यो । जस्तै मृत्यु घट्यो ।
ध्यान मृत्यु हो–स्वेच्छाले बोलाएको मृत्यु। ठीकछ,साँस चलिरहन्छ, त्यहि हेरिरहनु। र छाती धड़किरहन्छ, त्यहिसुन्दै गर्नु । तर अरुकेहि होईन । साँस आउँछ जान्छ, छाती धड़किन्छ र तिमी चुपचाप बसिरहेकाछौ ।
शुरू-शुरूमा गाह्रो होला । गर्नु अरु केहि छैन । जन्म जन्म देखि विचारहरको तांती लागेकोछ, त्यो एकदमले बन्द हादैन। त्यस्को लाम लागेकोछ । किन बाँधिएकाछौ उभिएकोछ विचार । सत्य त यो हो, यस्तो मौका देखेर कि तिमी एक्लै बसेकाछौ एक्लै, कुनै पनि टूट छैन, तिमीमा ओईरिनेछ सारा विचार। यस्तो शुभ अवसर मुश्किलले नै पाईन्छ। तिमी अल्झि रहन्छौ काममा, धाम छ, हजार दुनियाको व्यवसाय छ–विचार उभिन्छ मौकाको खोजमा कि कहिले मौका पाईन्छ, कहिले तिमीमा झम्टीन्छ !
तर जब तिमी शान्त बस्छौ, ध्यानमा बस्छौ, त पाउछौ अवसर विचारहरुको । सारा विचार झम्टीन्छ, जस्तै दुश्मनहरुले आक्रमण गरेको हो । कुरुक्षेत्र शुरू हुन्छ । भिन्न भिन्न तरिका तरिकाको विचार, संगत-असंगत विचार, मूढ़तापूर्ण विचार, सबै एकदम तिमीमा दौड़िन्छ । चारैतिरबाट आक्रमण हुन्छ । त्यस्लाई पनि हेर्दै गर्नु । न लड़नु, झगड़ा नगर्नु, विचारहरुलाई हटाउने कोशिश नगर । बसि राख्नु चुपचाप। जस्तै आफ्नो केहि लिनु-दिनु छैन–निष्पक्ष, निरपेक्ष, असंग। जस्तै बाटोको किनारमा कवहि बटुवा थाकेर बसेकोछ रुखको छायामा, र बाटोमा हिंडीरहेको हेर्दैछ । कहिले कार गुज्रिन्छ, कहिले बस गुज्रिन्छ, कहिले ट्रक गुज्रिन्छ, कहिले मान्छेहरु जान्छ, उस्लाई लिनुदिनु केहिछैन ! कोहि यता जाँदैछ, कोहि उता तिर जाँदैछ । जस्लाई जहाँ जानुछ गैरहेकोछ । जस्लाई जे गर्नुछ गरिरहेकोछ । बाटोको छेउ बसेर हेर्दैछ हिंडनेहरुलाई के मतलब ! पापी जावस कि पुण्यात्मा; सेतो कपड़ा लगाएर कोहि जावस कि कालो लुगा लगाएर; वस कि पुरुष; जावस गैरहेकोछ । बाटोमा जाँदै गर्छन । हिंडदै गरेको बाटोमा बटुवा थाकेर बसेकोछ के मतलव छ र !
त्यस्तै नै तिमी आफ्नो चित्त हिंडीरहेको बाटोको छेउमा बस्ने हेर्दै गर्नु । कुनै निर्णय छैन । कुनै पक्ष-विपक्ष छैन । कुनै छान्नु पर्दैन । यस विचारलाई समातुँ त्यसलाई छोडिदिउँ; यो आवस, यो मेरो होस; यो न आवस, यो कहिले न आवस–यस्तो कुनै भावनाहरु उठ्न नदिनु।र बिस्तारै-बिस्तारै, दिन यस्तो समय आउँछ, जब बाटो सून्य लाग्ला । कहिले-कहिले कोहि पनि नहवला बाटोमा नसान होला । अन्तराल आउँछ। त्यहि अंतरालमा पहिलो पटक तिमीलाई परमात्माको झल्को होला । किनकि न कुनै चाह छ, न कुनै कल्पना, न कुनैं विचार।
परमात्मा को झल्कव पाईएला कतै बाहिरबाट हवईन; तिम्रै भित्र बसेकोछ । विचारहरुको तुवाँलो हराउँछ, तब देखिन थाल्छ ।
जो तिमीले प्रेमको अनुभवले जानेकोछौ, त्यस अनुभवलाई उपयोग गर्नु । जो तिमीले अहिले सम्म संसारको प्रीतिमा सिक्यौ, त्यस पाठलाई नभूल्नु । चाहत गरेर तिमीले जे देख्यौ, कि सदा हारोस, त्यो एक ठूलो सम्पदा हो । त्यस पाठको यदि उपयोग गरे, तब परमात्माको सम्न्बंधमा असफल हुनुनपरोस ।
नहाचाह–र परमात्मा पाउन सकियोस। लाओत्सूको प्रसिद्ध वचन छ:नखोज–पाउ। नमांग–पाउ। न कतै जानु, न खोजनुछ । त्यो परम धन तिम्रो भित्र छ। त्यो तिम्रो स्वरूप हो ।
मृत्युार्मा अमृत गमय–प्रवचन-07 ओशो बाट नेपालीमा अनुवाद। जीवनकुमार शाक्य
No comments:
Post a Comment