बुद्धका गुण अनेक हुन्छन तर तिनिहरुमा ९ प्रमुख जस कारण विश्व विख्यात हुनुभयो ।
इतिपिसो भगवा अरहँ सम्मासम्बुद्धो विज्जाचरण सम्पन्नोसुगतो लोकविदू
अनुत्तरो पुरिसदम्म सारथी सत्था देव मनुस्सानँ बुद्धो भगवाति ।
१॰ अरहं:
तथागत बुद्ध पाँच
दृष्टिकोणबाट अरहत भनिन्छ। (क) उहाँले सबै
अपवित्रताहरुलाई निकालेर फ्याँक्नुभयो । (ख) उहाँले अपवित्रताहरुको उन्मूलन (शमन)मा
बाधक सबै शत्रुहरुको दमन गर्नुभयो। (ग) उहँले भवचक्रको सबै बाधाहरुलाई दमन
गर्नुभयो । (घ) वहाँ दान प्राप्त गर्न तथा सम्मान पाउने सुपात्र हुनुहुन्छ । (ड) उहाँले आचरण र आफ्नो
शिक्षाहरुमाकुनै कुराकोलाई रहस्यमयी तरिकाले लुकाएर राख्नुभएन । उहाँको जीवन
दोषरहित र निष्कलंक थियो । उहाँको शिक्षाहरुमा कुनै गोपनीयता छैन । उहाँ उपदेश सबैको लागि खुला किताब जस्तै हो । आऔं निरिक्षण गरौँ ।
२. सम्मासम्बुद्धो
बुद्धलाई सम्यकसम्बुद्ध भनिन्छ
किनकि उहाँले संसारको अस्तित्वलाई यस्को सही परिप्रेक्ष्यमा बुझ्नुभएकोथियो तथा स्वयंको बोधिगम्यताले वहाँले “आर्यहरु सत्यहरु”को खोजी गर्नुभयो । बुद्ध- जुन बोधिसत्वको रूपमा जन्मिनुभएको थियो उहाँले गृहत्याग गर्नुभयो र निरन्तर छ वर्ष सम्म लामो समयसम्म ज्ञान प्राप्तिको लागि कठोर तपस्या गर्नुभो
। तर ज्ञान प्राप्त गर्नुभएन ज्ञानको सन्तुष्टि भएन । धार्मिक विश्वासहरुबाट हटेर, उन्हाँले असंतोषजन्यता, संघर्ष तथा निराशा (दु:ख) जस्तो सांसरिक समस्याहरुको अन्तिम समाधान
खोजेर निकाल्नुभयो । यस प्रकार महाप्रबोधन सम्पन्न भएर उहाँले कार्य-कारणको सिद्धान्तको खोजी गर्नुभयो जस्को आधारमा उहाँले संसारको
सत्यताको मूल्यांकन गर्नुभयो ।
३. विज्जाचरणसम्पन्नो
यस शब्दावलीको अर्थ हो बुद्ध पूर्ण
स्पष्ट दृष्टि एवं उदाहरणात्मक उत्तम सदाचरणले सम्पन्न हुनुहुन्थ्यो। जस्तो कि त्रिरत्न ज्ञान र अष्ठांगिक मार्गमा
भनिएकोछ। त्रिरत्न ज्ञान निम्न प्रकार छन। (क) बुद्ध आफ्नो विगत स्मृतिहरुको सहारा
तथा अरुको पूर्व कालको अस्तित्वलाई दृष्टिगत गर्नसक्नुहुन्थ्यो । (ख) अरुको अतीतको
स्मृतिहरु जान्नमा सक्षम हुनाले उहाँमा उत्कृष्ट दूरदर्शिता एवं क्षण भरमा समस्त
संसारको घटनाहरुबाट स्व-दृष्टा हुने क्षमता थियो। (ग) तेश्रो उहाँमा अरहत्व पदबाट
संबन्धित गहीरो ज्ञान थियो। उहाँ विद्याले मात्रै होईन आचरणले पनि सम्पन्न
हुनुहुन्थ्यो । अष्टांगिक ज्ञानको आधारमार बुद्धको निम्नानुसार विशेषताहरु थियो।– आत्मबोधको अदभुत देन। असाधारण साहसिक कार्य गर्ने शक्तिको अदभूत
देन। लामा लामा कान । यस्को अर्थ अरुको धेरै कुरा तथा विचारलाई सुन्न सक्ने क्षमता
। । अतीतका स्मृतिहरु जान्ने योग्यता। ठूला-ठूला स्वरूप आँखा। परम पवन जीवन जीउने
श्रेष्ठ ज्ञान।
४. सुगतो:
बुद्धलाई सुगतो पनि भनिन्छ जस्को
अर्थ हो उहाँले देखाउनुभउको माअसलछ,उद्देश्य उत्कृष्टछ उहाँ हानिरहित र निष्कलंक हुनुहुन्छ । हाँको वाणी नै उत्कृष्ट र
भ्रमरहित छन् है। उहाँको बाणी नैं सुगति प्राप्त छ ।
५. लोकविदु:
लोकविदु शब्द, बुद्धको लागि उपयोग गरिएको छ किनकि
उहाँ सन्सारको समस्त उत्कृष्ट ज्ञानले सम्पन्न हुनुहुन्छ। महाप्रज्ञामयी बुद्धले
स्वयंको अनुभूतिले ज्ञान प्राप्त गर्नुभयो
सांसरिक जीवनको हरेक पक्ष भौतिकताको साथ-साथ आध्यात्मिकतामा पनि प्रयोग गर्नुभयो ।
आफ्नो शरिरको सबै गतिविधिबारे पूर्ण हुनुभएको ज्ञान ।
६. अनुत्तरोपुरिसधम्मसारथी:
अनुत्तरों का अर्थ हो अनौठो र अद्वितीय पुरुष, त्यस व्यक्तिको लागि उपयुक्त गरिएकोछ जुन जो धम्मको देनबाट सम्पन्न
(धर्म धारण गरेका)छन्है। जबकि सारथी को अर्थ पथप्रदर्शक हो । यि तीनै
शब्दहरुलाई एकैसाथ नै एकै व्यक्तिको लागि प्रयुक्त गरिएको मानिन्छ कि एकयस्तो अनौठो
व्यक्तित्व अथवा नेतृत्व जुन मनुष्यलाई ठीक दिशामा लैजान सक्षम होस । बुद्धको धर्म
तिर आकर्षित भएर र खराबीको शमन गरेर जो मान्छेहरु धम्मको अनुयायी बनेकाथिए तिनमा
जघन्य हत्यारा जस्तै कि अंगुलिमाल, आलवक, तथा नालागिरी हात्ती, सैंकड़ौं लुटेराहरु, नरभक्षी,तथा सकक जस्ता उदण्ड व्यक्ति पनि
थिए । ति सबैलाई धर्म भावनाले जोड़ीयो र यस्तो भनियो कि त्यसमध्य केहिले आफ्नो
धार्मिक जीवनमा नै आदर्श उच्च भिक्षु पद पाएकाथिए । देवदत्त, जो बुद्धको घोर विरोधी थिए नाताले आफ्नो भाईपर्ने, उनलमई पनि आफ्नो संघमा
प्रवेश गराउनुभएकोथियो ।
६. सत्था देवमनुसान्न:
यस शब्दको भावार्थ यो होकि बुद्ध, देवता, (जागृत पुरुष) र मनुष्यहरुको शिक्षक
हुनुहुन्थ्यो । यस परिप्रेक्ष्यमा यो उल्लेखनीय छ कि देवता तिनिहरुलाई भनिन्छ जो आफ्नै
कुशल कार्यहरुबाट मनुष्यको स्तर भन्दा माथि गैसकेको हुन्छ, किनकि बुद्धको अनुसार मात्र जैविक शारीरिक विकास नैं मनुष्यको सर्वांगीण
विकासको अवस्था होईन। बौद्ध धम्मको
परिप्रेक्ष्यमा, देवताको पौराणिक सैद्धांतिक मान्यताहरु
सित कुनै सम्बन्ध छैन । बुद्ध एक विलक्षण गुरु (शिक्षक) हुनुहुन्थ्यो, जो धेरै नै उदार हुनुहुन्थ्यो र आफ्नो शिक्षालाई प्रचारित गर्नलाई
मान्छेहरुको मानसिक स्तर, चरित्रबल, तथा मान्छेहरुको भिन्ना-भिन्नै मानसिकतालाई दृष्टिगत राख्दै
विभिन्न विधिहरुको उपयोग गर्नमा सक्षम हुनुहुन्थ्यो। वतिनिहरुलाई विशुद्ध जीवन जिउने
शिक्षा दिनमा प्रयासरत रहनुहुन्थ्यो । बुद्ध वास्तवमा सार्वभौमिक जगत गुरु हुनुहुन्थ्यो
।
८. बुद्धो
बुद्धको अर्थ
विशेष उपनाम – “बुद्धों” यस वर्गको द्वितीय भागको पुनरावृति प्रतीत होला यद्यपी यस शब्दको
आफ्नो सार्थक गुण एवं निर्देश (संकेत) हो । ‘बुद्धों’ को तात्पर्य त्यो गुरु हो जो
सर्वज्ञताको गुण सम्पन्न हुनाले अरुलाई आफ्नो खोज सित अवगत गराउने असाधारण शक्ति राख्नुहुन्छ
उहाँको सम्झने विधिहरु यति उत्तम थियोकि
अन्य कुनै पनि गुरु उहाँभन्दा अगाडी जान सकेन। ‘बुद्धों’ शब्द को अर्को अर्थ “जागृत पुरुष’ भनेर लिईन्छ, जबकि साधारण व्यक्ति प्राय: उदासीनताको स्थितिमा रहन्छ। बुद्ध सबैभन्दा
अघि पहिलो जागृत पुरुष हुनुभयो र उहाँले यस उदासीनताको अवस्था लाईनै बदलिदिनुभयो।
तदोपरान्त उहाँले तिनिहरलाई पनि जागरूक बनाउनुभयो जो अज्ञानताको कारण गहोरो निद्रामा
लामो समयदेखि हराएकाथिए ।
९. भगवा:
बुद्धको परिचय गराउन
अथवा उहाँलाई प्रस्तुत गर्नमा उपयोग गरिपएको सबै शब्दावलिहरु मा ‘बुद्धों’ – एवं ‘भगवा’ अलग-अलग प्रयोग गरियो अथवा यि दुबै
शब्दहरुलाई एकैसाथ मिसाएर जस्तै कि ‘बुद्धों भगवा’ प्रयोग गरियो यि
सबैको अर्थ हो आशीर्वाद दिनेवाला। यही शब्द सबैभन्दा धेरै प्रचलित छ र बुद्धको
लागि सामान्य रूपले प्रयुक्त गरिन्छ । यस प्रकार महाश्रद्धा र परम आदरको ‘बुद्ध’ नामको उपाधि को वहाँ अधिकारी
हुनुहुन्छ। ‘भगवा’ शब्दको धेरै विश्लेषण कर्ताहरुले विभिन्न अर्थहरु देखाए । बुद्ध
शब्दको अर्थ ‘भगवा’ अथवा आशीर्वाद दिने योग्य पुरुष मानियो, जस्तै कि ति समस्त मानवहरुमा सबैभन्दा धेरै प्रसन्न रहने तथा सबैभन्दा
धेरै भाग्यवान पुरुष हुनुहुन्थ्यो किनकि उहाँले सबै खराबीहरुमा विजय पाउने जान्नुभयो,सर्वोच्च धर्म प्रति फड़ैत गर्नुभयो तथा वहाँ सर्वोच्च ज्ञान शक्तिले
सम्पन्न महमानव हुनुहुन्थ्यो ।
सारांश:
प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन
गर्ने प्रणाली बौद्ध परम्परामा नै आचरणमा ल्याईन्छ, विशेषत: प्रबुद्ध व्यक्तिको, अर्थात जो पूर्णत: प्रज्ञावान छ यस्तो व्यक्तिको गुणहरुमा चिंतन गराउने
अनुसंशा गर्नुपर्छ । यसैलाई नै ‘बुद्धानुसती’ यस्तो भनिन्छ । अनुस्सती अर्थात स्मरण, सम्झना र विस्तारपूर्वक भन्नु नै
मनमा लिनु। मनमा राख्नु, ध्यानमा राख्नुहो । अनुस्सती ध्यानको
कतिपय सोँचमा एक ध्यानको अभ्यास हो, तीन अनुस्सतिहरुको यो सोँच हो, जस्मा बुद्ध, धम्म र संघको गुणहरुको
सूचि दिईएकोछ ।त्यसलाई नै बुद्धानुस्सती,धम्मनुस्सती, र संघानुस्सती भनिन्छ
। जब हामी प्रज्ञावान व्यक्तिको गुणहरुमा चिन्तन गर्छौं तब अनावश्यक रूपले आफ्नो
तुलना उहाँको साथमा गर्ने प्रवृति हुन्छ । तथागत बुद्धमा निहित यो गुण सेवा साधनाको
विषय हुनसक्छ यदि उहाँको गुणहरको विभिन्न व्याख्याहरुको ध्यान पूर्वक सावधानीले
विश्लेषण गरियो र उन्को वास्तविक मन्तव्य र सार ग्रहण गरेर धारण गरिन्छ । सूत्रहरुलाई
राम्ररी नबुझि त्यस्को उच्चारणा मात्रले त्यसको कुनै प्रभाव मान्न सकिंदैन यहाँ सम्म
कि पुजा-उपासनामा पनि सबै भन्दा राम्रो थरिका हुनसक्छ की सूत्रहरुलाई पटक पटक स्मरण गरियोस। जब सूत्रहरको व्याख्या गरिन्छ तब प्रत्येक उपासक आफ्नो ध्यान यस्मा केन्द्रित गरेर
यस्को सत्यतालाई जाँचौ जसले बुद्धहरको अनुयायी सम्यक रूपले यस गुणहरुलाई बुझ्ने
यथेष्ट चेष्ठा गर्न सकोस ।
वजीरटाण महाथेरोंको
पुस्तक (Buddhist Meditation) (नेपालीमा –ध्यानको केहि कुछ लाभ)मा बुद्धको ध्यानको लागि यस प्रकार
लेखिएकोछ; “जो बुद्धा नुस्सती
ध्यान गर्छ उस्को मनमा बुद्धको गुणहरुको सन्दर्भमा
निरन्तर विचार आउँछ, उच्च प्रतिको आनन्दी
मनको कारण, अत्यानंद एवं
प्रीतिको कारण उनमा श्रद्धा र भक्ति यसको ठूलो मात्रामा वृद्धि हुन्छ । त्यसको
अंत:मनमा त्यसलाई बुद्धको अनुभूति हुन्छ र उत्यसलाई सतत यस्तो लाग्छ कि उ बुद्धको
संम्पर्कमा छ । बुद्ध प्रति उसको मनमा निश्चित नै नजिकको भावना निर्माण हुन्छ । किनकि
निरन्तर बुद्धहरको गुणहरको साथ-साथै उस्को मन एकरूप हुनजान्छ तथा उस्लाई महसूस हुनथाल्छ
कि उभित्र निरंतर चिंतन-मनन गर्नेवाला सक्रिय भएकोछ । भारतीय भाष्यकार बुद्धघोषको मतानुसार जोसुकै बुद्ध नुस्सती ध्यानको अभ्यास गर्छ- उ परिपूर्ण श्रद्धा, स्मृति, ज्ञान र पुण्य प्राप्त गर्छ। उ डर र चिन् यि विजय हासिल गर्छ र स्वयं सदैव गुरुहरुको सम्पर्कमा
हुने अनुभूति प्राप्त गर्छ ।”
(लेखक, डॉ. मनीष मेश्राम, गौतम बुद्ध
विश्वविद्यालय, ग्रेटर नोयडा के बौद्ध अध्ययन
विद्यापीठ में सहायक प्रोफेसर हैं) बाट हिन्दिबाट अनुवाद
No comments:
Post a Comment