बुद्धले के
स्विकार्नुभएन, के परिवर्तित गर्नुभयो, के स्विकार गर्नुभयो !
बुद्धले के
अस्वीकार गर्नुभयो ? !
जुन कालमा
तथागत बुद्ध आफ्नो देश कपीलवस्तुमा हुनुहुन्थ्यो आफ्नो उपदेश दिँदै हुनुहुन्थ्यो, त्यसबेला केहि विचारहरुले मान्छेहरुलाई छ्यापिराखेको थियो ।
बुद्धले
मानव जातिको कल्याणमा
बाधक विचारहरुलाई अस्वीकार गर्नुभयो ति हुन-
१. म को हुँ, के हुँ कहाँबाट आएको हुँ ? आदि निराधार कल्पनामा
आधारित विचारहरुलाई बेकार हो भन्नुभयो ।
२. उहाँले
आत्माको अनधिकृत मतलाई स्विकार्नुभएन । वहाँले भन्नुभयो,
“आत्मालाई
शरीर, वेदना, संज्ञा, संस्कार, विज्ञान आदि केहि होईन ।
३. धार्मिक उपदेशकहरु
द्वारा प्रतिपादित सबै उच्छेदवादी मतहरुलाई
उहाँले बहिष्कार गर्नुभयो ।
४. उहाँले
नास्तिकहरुको मतहरुको
निन्दा गर्नुभयो ।
५. विश्व विकासको
आरम्भको
ज्ञान विदित छ यि
सिद्धात उहाँले मान्नुभएन ।
६. “ईश्वरले मान्छेको
निर्माण गरेको भन्ने सिद्धान्तलाई
खण्डन गर्नुभयो ।
७. उहाँले
आत्माको अस्तित्वलाई
अस्वीकार गर्नुभयो ।
बुद्धले के
परिवर्तित गर्नुभयो !
१. कार्य-कारणको
महान नियमलाई प्रतीत्यसमुत्पादको
रूपमा स्विकार गर्नुभयो ।
२. उहाँले
जीवनको निराशावादी भाग्यवादी दृष्टिकोणको
खण्डन गर्नुभयो । उहाँले यस मूर्खतापूर्ण
दृष्टिकोण को पनि खण्डन गर्नुभयो
कि किसी ईश्वरले पहिलैबाट
निश्चित गरे कि मान्छे र संसारको साथ
के घटीछ हुने वालाछ ।
३. उहाँले यस
सिद्धान्तलाई अस्वीकार गर्नुभयो
कि पूर्व जन्महरुमा गरिएको कर्म वर्तमान कार्यहरुलाई
कमजोर या निष्क्रिय बनाउने
सामर्थ्य राख्छ । कर्मको यस
निराशावादी भाग्यवादी दृष्टिकोणको
उहाँले त्याग गर्नुभयो ।
उहाँले पुरानो
कर्म-वादको स्थानमा एक धेरै वैज्ञानिक
कर्म-सिद्धान्तको स्थापना गर्नुभयो ।
४. आत्माको
एक शरीरबाट निस्केर अर्को
शरीरमा जाने कुराको
स्थानमा उहाँले
संसरण-रहित पुनर्जन्म लाई स्विकार
गर्नुभयो ।
५. उहाँले
मोक्ष (आत्मा को मुक्ति) को
स्थानमा निर्वाणको
सिद्धान्तको स्थापना गर्नुभयो ।
बुद्धले के स्विकार गर्नुभयो
!
१. बुद्धले
मान्नुभयो
कि मन सबै चीजहरको केन्द्र बिन्दु हो
तथा मन सबै प्रवृत्तिहरुको
पूर्वगामी हो ।. मन प्रवृत्तिहरमा
अधिकार राख्छ, त्यसलाई उत्पन्न गर्छ ।
यदि मनलाई वशमा गरीयोभने
सबै प्रवृत्तिहरु
वश मा हुन जान्छ । मन सबै प्रवृत्तिहरुको
प्रधान र अगुवा हो । अतः सर्वप्रथम मनलाई
सुसंस्कृत गर्नमा ध्यान दिनुछ ।
२. मन नै
सबै असल र खराबहरुको मूल स्रोत हो, जुन हाम्रो भित्र जन्मिन्छ र जस्को हामी
शिकार हुनपर्छ ।
३. सबै
असलहरु सबै खराबहरु मनको नै उपज हो ।
४. यदि कोहि खराब
मनबाट केहि बोल्छ या गर्छ भने
दुःख त्यस्को पछि पछि त्यसरी नै जान्छ जसरी गाड़ी तान्ने गोरुको पछि पछि गाडीको चक्का । यसैले चित्तलाई
निर्मल बनाई राख्नु नै धम्म को
सार हो ।
५. सबै खराब
कर्महरुबाट टाढा रहनु, बुद्धको
शिक्षाहरुको महत्वपूर्ण भाग हो ।
६. बुद्धको
वास्तविक धम्म धार्मिक-ग्रन्थहरुमा छैन बरु
धम्म सिद्धान्तहरु पालन गर्नुमा छ ।
वेद,
मानव
समाज र मानवता :
वेद मंत्रहरु
/ स्तोत्रहरु / ऋचाहरु
/ स्तुतिहरुको
संग्रह हों । यि
ऋचाहरुलाई पाठ गर्नेहरुलाई
ऋषि भनिन्छ यि मन्त्र
इंद्र, वरुण, अग्नि, सोम, ईशान, प्रजापति, ब्रह्मा, महद्धि, यम तथा अन्य देवताहरुको
आह्वान (प्रार्थनाहरु) मात्र हो ।
आह्वान (प्रार्थनाहरु)
केवल शत्रुहरुको विरुद्ध सहायता प्राप्त गर्न, उपहार स्वरूप धन
प्राप्त गर्न तथा भक्तहरुबाट
भोजन, मासु र
मदिराको भेंट स्विकार गर्नको लागि हो ।
वेदहरुमा
दर्शनको मात्रा धेरै छैन ।
तत्कालीन अघमर्षण, प्रजापति परमेष्ठी, वृहस्पति, अनिल, दीर्घतमा, नारायण, हिरण्यगर्भ
तथा विश्वकर्मा नामक ऋषिहरुले
दार्शनिक ढ़ङ्गको निराधार परिकल्पनाहरु दिए । यि
वैदिक ऋषिहरु / दार्शनिकहरुको
मुख्य विचारणीय बिन्दु थिए – संसारको
उत्पत्ति कसरी भयो ? भिन्न-भिन्न
वस्तुहरुको उत्पत्ति कसरी भयो? त्यस्को एकता र अस्तित्व किन छ? कस्ले उत्पत्ति गर्यो र
कस्ले व्यवस्था गर्यो ? यो
संसार कोबाट उत्पन्न भयो ? र फेरि केमा विलीन हुन्छ ?
बुद्धलाई
वेद मन्त्रहरुमा त्यस्तो केहि देखिएन जो मानवको
नैतिक उत्थानमा
सहायक होस । बुद्धको
दृष्टिमा वेद मरुभूमि जस्तै व्यर्थ छ। त्यसैले बुद्धले
वेद मन्त्रोहरुलाई
बहिष्कार गर्नुभयो र त्यसलाई यसकारण
योग्य लागेन कि त्यसबाट केहि
सीख्न या ग्रहण गरिएला ।
यसै
प्रकार बुद्धलाई वैदिक ऋषिहरुको
दर्शनमा पनि कुनै सार देखिएन ।
ऋषि सत्यको खोजमा
थिए तर ति सत्य सम्म पुग्न सकेनन् । तिनका सिद्धान्त केवल मनोकल्पनालाई
उड़ाउने थियो, जुन
न तर्क र न ह यथार्थमा
आधारित थियो । दर्शनको
क्षेत्रमा उनको
योगदानले कुनैपनि सामाजिक मूल्यको
उत्पत्ति गरेन । त्यसैले
बुद्धले वैदिक ऋषिहरुको
दर्शनलाई बेकार जानेर
अस्वीकार गर्नुभयो ।
अतः बुद्धको
दृष्टिमा वेद मानव समाज र मानवताको लागि
मरुभूमि जस्तै बेकार हों । यस प्रकार शाक्यमुनी बुद्ध वेदको विरोधी भएकोले विष्णुको अवतार भन्नु
मिथ्या हो । वहाँले वेदमा कुनै वैज्ञानिकता देख्नुभएन बरु मानव मानवमा तल माथि
पारेको देख्नुभयो ।
नमो बुद्धाय ।
सन्दर्भ सामग्रि लाला बौद्धको लेखबाट