...भीमराव आंबेडकर हिन्दिबाट अनुवाद जीवनकुमार शाक्य
कार्ल मार्क्स तथा बुद्धमा तुलना गर्ने कामलाई केहि
व्यक्तिहरु बाट एक ठट्टा मानौ भने यस्मा कुनै आश्चर्य छैन । मार्क्स
तथा शाक्यमुनी बुद्धको बीचमा २३८१ वर्षको अन्तर छ । बुद्धको जन्म ई.
पू. ५६३मा भएको थयो र कार्ल मार्क्सको जन्म सन् 1818 में मा भयो । कार्ल
मार्क्सलाई एक नयाँ विचारधारा नयाँ मत-राज्य शासनको र एक नयाँ आर्थिक व्यवस्थाको
निर्माता मानिन्छ । यस्को विपरीत बुद्धलाई एक यस्तो धर्मको संस्थापकको अतिरिक्त र
केहि मानिदैन, जस्को
राजनीति या अर्थशास्त्र सित कुनै सम्बन्ध छैन । यस निबन्ध को शीर्षक 'बुद्ध अथवा कार्ल
मार्क्स' ले
यस्तो आभास हुन्छ कि यि दुबै व्यक्तिहरुको बीच समानतालाई भन्नेहरु छ या विषमतालाई
दर्शाउने छन् । यि दुबैको बीच समयको धेरै ठूलो अंतराल छ। उन्केको विचार क्षेत्र पनि
अलग-अलग छन । अतः यस शीर्षकको अनौठो प्रतित हुनु अवश्यंभावी छ । मार्क्सवादी यसमा
सजिलै हाँस्न सक्छन र मार्क्स तथा बुद्धलाई एक समान स्तमा ल्याउने ठट्टा र हाँसो
उड़ाउन सक्छ । मार्क्स धेरै आधुनिक र बुद्ध धेरै पुरातन हुन । मार्क्सवादी यो भन्न
सक्छन कि उन्को गुणको तुलनामा बुद्ध केवल आदिम र अपरिष्कृत नै ठहरिन सक्छ । अनि, दुई व्यक्तिहरुको बीच के
समानता या तुलना हुनसक्छ? एक
मार्क्सवादी बुद्ध सित के सिक्न सक्छ? बुद्ध एक मार्क्सवादीलाई के
शिक्षा दिनसक्छ ? तैपनि यि दुबैको बिच तुलना आकर्षक तथा शिक्षाप्रद छन् । यि दुबैको
अध्ययन तथा यि दुबैको विचारधारा र सिद्धांतमा मेरो पनि रुचि छ । यस कारण यि दुबैको
बिच तुलना गर्ने विचार मेरो मनमा आयो । यदि मार्क्सवादी आफ्नो पूर्वाग्रहहरुलाई
पछाडी राखेर बुद्धको अध्ययन गरौं र ति कुराहरुलाई बुझौं जुन उनले भनेकाछन र जस्को
लागि उन्ले संघर्ष गरे, त
मलाई विश्वास उन्को दृष्टिकोण बदलिन्छ । वास्तवमा उनिबाट यो आशा गर्न सकिंदैन कि
बुद्धको हाँसो र ठट्टामा उडाउने निश्चय गरेपछि उनि प्रार्थना गर्छन, तर यति भन्न सकिन्छ कि
उन्लाई यो महसूस होला कि बुद्धको शिक्षाहरु र उपदेशहरुमा केहि यस्तो कुरा छ, जुन ध्यानमा राख्नको
लागि योग्य र धेरै लाभप्रद छ ।
बुद्ध को सिद्धांत
बुद्धको नाम सामान्यतः अहिंसाको सिद्धांत सित साथ जोड़िन्छ
। अहिंसालाई नै उन्को शिक्षाहरु र उपदेशहरुको समस्त सार मानिन्छ । त्यसैलाई नै उन्को
प्रारम्भ र अन्त बुझिन्छ । धेरै कम मान्छे यस कुरालाई जान्दछन कि बुद्धले जुन
उपदेश दिए, ति
धेरै नै व्यापक छ, अहिंसा
भन्दा धेरै बढ़ेर छ । अतएव यो आवश्यक छ कि उन्को सिद्धान्तहरुलाई विस्तापूर्वक
प्रस्तुत गरिन्छ । मैंले त्रिपिटकको अध्ययन गरें । उत्यस अध्ययनबाट मैंले जे बुझें, मैले पछाडी उल्लेख
गर्नेछु-
१. मुक्त समाजको लागि धर्म
आवश्यक छ ।
२. प्रत्येक धर्म अंगीकार गर्न
योग्य हुँदैन ।
३. धर्मको सम्बंन्ध जीवनको
तथ्यहरु र वास्तविकताहरु सित हुनुपर्छ, ईश्वर या परमात्मा या स्वर्ग या
पृथ्वी को सम्बंन्मा सिद्धांतहरु तथा अनुमान मात्र निराधार कल्पना सित हुनुहुँदैन ।
४. ईश्वलाई धर्मको केंद्र
बनाउनु अनुचित छ ।
५. आत्माको मुक्ति या
मोक्षलाई धर्मको केंद्र बनाउनु अनुचित छ ।
६. पशुबलिलाई धर्मको
केंद्र बनाउनु अनुचित छ ।
७. वास्तविक धर्मको वास
मनुष्यको हृदयमा हुन्छ, शास्त्रहरुमा
छैन ।
८. धर्मको केंद्र मनुष्य
तथा नैतिकता हुनुपर्छ। यदि होईन भने धर्म एक क्रूर अंधविश्वास हो ।
९. नैतिकताको लागि जीवनको
आदर्श हुनु नै पर्याप्त होईन । यद्यपि ईश्वर छैन, अतः यसलाई जीवनको नियम
या कानून हुनुपर्छ ।
१०. धर्मको कार्य विश्वको
पुनर्निर्माण गर्नु तथा त्यसलाई प्रसन्न राख्नु छ, त्यस्को उत्पत्ति या त्यस्को अन्तको
व्याख्या गर्नुछैन ।
११. कि संसारमा दुःख स्वार्थहरुको
टकरावको कारण हुन्छ र यस्को समाधानको एकमात्र तरिका अष्टांग मार्गको अनुसरण गर्नु
हो।
१२. कि संपत्तिको निजी
स्वामित्व सित अधिकार र शक्ति एक वर्गको हातमा आउँछ र अर्को वर्गलाई दुःख हुन्छ ।
१३. कि समाजको हितको लागि
यो आवश्यक छ कि यस दुःखको निदान यस्को कारणको निरोध गरेर गर्ने।
१४. सबै मानव प्राणी समान हो
।
१५. मान्छेको मापदण्ड उस्को
गुणले हुन्छ, जन्म
होईन।
१६. जुन चीज महत्त्वपूर्ण छ, त्यो हो उच्च आदर्श, न कि उच्च कुलमा जन्म।
१७. सबै प्रति मैत्रीको सहचर्या
त्यो भातृत्वको कहिल्यैपनि परित्याग गर्नुहुँदैन ।
१८. प्रत्येक व्यक्तिलाई
विद्या प्राप्त गर्ने अधिकार छ । मान्छेलाई जीवित रहनको लागि ज्ञान विद्याको त्यति
नै आवश्यकता छ, जति
भोजनको ।
१९. असल आचारणविहीन ज्ञान
खतरनाक हुन्छ ।
२०. कुनै पनि चीज भ्रमातीत र
अचूक हुँदैन । कुनै पनि चीज सँधै बाध्यकारी हुँदैन । प्रत्येक वस्तु छानबीन तथा
परीक्षाको अध्यधीन हुन्छ ।
२१. कुनै वस्तु सुनिश्चित
तथा अन्तिम हुँदैन ।
२२. प्रत्येक वस्तु
कारण-कार्य सम्बंन्धको नियमको अधीन हुन्छ ।
२३. कुनै पनि वस्तु स्थाई
या सनातन छैन। प्रत्येक वस्तु परिवर्तनशील हुन्छ। सँधै वस्तुहरुमा हुने क्रम चलिरहन्छ
।
२४. युद्ध यदि सत्य तथा
न्यायको लागि नभए, त
त्यो अनुचित छ ।
२५. पराजित प्रति विजेताको
कर्तव्य हुन्छ ।
बुद्धको संक्षिप्त रूपमा यहि सिद्धान्त हो। यो कति
प्राचीन,तर कति नवीन छ । उन्को उपदेश कति व्यापक तथा कति गम्भीर छ।
कार्ल मार्क्सको मौलिक सिद्धांत
आउनुहोस, अब मैले कार्ल मार्क्स द्वारा
मौलिक रूपबाट प्रस्तुत मूल सिद्धान्तको विवेचना गरौं । यस्मा सन्देह छैन कि
मार्क्स आधुनिक समाजवाद या साम्यवाद का जनक हुन, तैपनि उनको रुचि केवल
समाजवादको सिद्धांतलाई प्रतिपादित र प्रस्तुत गर्नाले मात्रमा थिएन । यो कार्य त त्यस
भन्दा धेरै पहिले नै अन्य मान्छेहरु द्वारा गरिएको थियो । मार्क्सको धेरै रुचि यसकुरालाई
सिद्ध गर्नमा थियो कि उन्को समाजवाद वैज्ञानिक हो । उस्को कान्ति पूंजीपतिहरुको
विरुद्ध जति थियो, उति
नै तिनिहरुको विरुद्ध पनि थियो,जस्लाई उ स्वप्नदर्शी या
अव्यावहारिक समाजवादी भन्थ्यो । उ ति दुबैलाई नै मन पराउँथिएन । यसकुरामा यसकारण
ध्यान दिन आवश्यकता छ, किनकि मार्क्स आफ्नो समाजवादको वैज्ञानिक स्वरूपलाई सबैभन्दा
धेरै महत्त्व दिन्थ्यो । जुन सिद्धान्तहरुलाई मार्क्सले प्रस्तुत गर्यो, उस्को उद्देश्य अरु
केहि होईन, केवल
उस्को यस दावा र विचारधारालाई स्थापित गर्नु थियो कि उस्को समाजवाद वैज्ञानिक
प्रकारको थियो, स्वप्नदर्शी
र अव्यावहारिक होईन ।
वैज्ञानिक समाजवाद सित कार्ल मार्क्सको यो अभिप्राय थियो
कि उस्को समाजवाद अपरिहार्य तथा अनिवार्य प्रकारको थियो र समाज उतिर अग्रसर भैरहेकोछ
तथा त्यसको गतिलाई अघि बढ़नबाट कुनै चीजले रोक्न सक्दैन । मार्क्सको यस दावा र
विचारधारालाई सिद्ध गर्नुछ, जस्को
लागि उस्ले मुख्य रूपले परिश्रम गर्यो ।
मार्क्सको अवधारणा निम्नलिखित प्रमेयहरुमा आधारित छ :
१. दर्शनको उद्देश्य विश्वको
पुनर्निर्माण गर्नुछ, ब्रह्माण्डको
उत्पत्तिको व्याख्या गर्नु होईन ।
२. जुन शक्तिहरु इतिहासको
दिशालाई निश्चित गर्छ, ति मुख्यतः आर्थिक हुन्छ ।
३. समाज दुई वर्गहरुमा
विभक्त छ - मालिक तथा मजदूर।
४. यि दुबै वर्गहरुको बीच जहिल्यै
संघर्ष चलिरहन्छ ।
५. मजदूरहरुको मालिकहरु
द्वारा शोषण गरिन्छ । मालिक त्यस्को अतिरिक्त मूल्यको दुरुपयोग गर्छन, जुन त्यसलाई आफ्नो
मजदूरहरुको परिश्रमको परिणामस्वरूप पाउँछ ।
६. उत्पादनको साधनहरुको
राष्ट्रीयकरण अर्थात् व्यक्तिगत संपत्तिको उन्मूलन गरेर शोषणलाई समाप्त गर्न
सकिन्छ ।
७. यस शोषणको फलस्वरूप
श्रमिक अधिकाधिक निर्बल र दरिद्र बनाईदैंछ ।
८. श्रमिकहरुको यस बढ़दै
गरेको दरिद्रता र निर्बलताको कारण श्रमिकहरुको क्रांतिकारी भावना उत्पन्न भैरहेकोछ
र परस्पर विरोध वर्ग-संघर्षको रूपमा बदलिरहेकोछ ।
९. यद्यपि श्रमिकहरुको संख्या
स्वामिहरुको संख्या भन्दा धेरै छ, अतः श्रमिकहरु द्वारा राज्यलाई
छिन्नु र आफ्नो शासन स्थापित गर्नु स्वाभाविक हो। यसलाई उस्लेने 'सर्वहारा वर्गको
तानाशाही' को
नामले घोषित गरेकोछ ।
१०. यि तत्वहरुको प्रतिरोध गर्न
सकिंदैन, त्यसैले समाजवाद अपरिहार्य छ ।
मलाई आशा छ, मैंले ति विचारहरुको सही उल्लेख
गरेकोछ, जुन
मार्क्सवादी समाजको मूल आधार हो।
मार्क्सवादी सिद्धान्तको अस्तित्व
बुद्ध तथा मार्क्सको विचारधाराहरुको आपसमा तुलना गर्नु भन्दा पहिला यसकुरा तर्फ
ध्यान दिनु आवश्यक छ कि मार्क्सवादी सिद्धान्त को मौलिक संग्रह बाट कति अस्तित्व रहनगयो
। इतिहास द्वारा कति कुराहरुलाई असत्य प्रमाणित गरिदियो र उसको विरोधिहरु द्वारा
निरर्थक गरिदिएकोछ ।
मार्क्सवादी सिद्धान्तलाई उन्नीसौ शताब्दीको मध्यमा जुन
समय प्रस्तुत गरिएको थियो त्यहि समयबाट यस्को थुप्रै आलोचना हूनथालेको हो । यस
आलोचनाको फलस्वरूप कार्ल मार्क्स द्वारा प्रस्तुत विचारधाराको धेरै ठूलो ढांचा
ध्वस्त भैसकेकोछ । यसमा कुनै सन्देह छैन कि मार्क्सको यो चुनौति उस्को समाजवाद
अपरिहार्य छ, पूर्णतया
असत्य सिद्ध भैसकेकछ । सर्वहारा वर्गको तानाशाही सर्वप्रथम १९१७मा, उस्को पुस्तक दास
कैपिटल, समाजवादको
सिद्धान्तको प्रकाशित हुनुको लगभग सत्तर वर्ष पछि केवल एक देशमा स्थापित भएको थियो।
यहां सम्म कि साम्यवाद, जुनकि
सर्वहारा वर्गको तानाशाहीको अर्को नाम हो, रूसमा आयो त यो कुनै प्रकारको
मानवीय प्रयास बिना कुनै अपरिहार्य वस्तुको रूपमा आएकोथिएन। त्यहाँ एक क्रांति
भएकोथियो र यसको रूसमा आउनुभन्दा पहिला धेरै रक्तपात भएकोथियो तथा अत्यधिक हिंसाको
साथ त्यहाँ सोद्देश्य योजना गर्नुपरेको थियो। बाँकि विश्वमा अब पनि सर्वहारा वर्गको
तानाशाही आउने प्रतिक्षा गरिंदैछ । मार्क्सवादको भनाई छ कि समाजवाद अपरिहार्य छ, उस्को यस सिद्धान्तको
झूठो हुनुको अतिरिक्त सूचिहरुमा वर्णित अन्य अनेक विचार पनि तर्कको अनुभव, दुबै द्वारा ध्वस्त
भएकोछ । अब कुनै पनि व्यक्ति इतिहासको आर्थिक व्याख्यालाई नै इतिहासको केवल
एकमात्र परिभाषा स्विकार गर्दैन। यस कुरा लाई कसैले स्विकार गर्दैन कि सर्वहारा
वर्गलाई उत्तरोत्तर कंगाल बनाईएकोछ र यहि कुरा उस्को अन्य तर्कको सम्बंन्मा पनि ठीक छ ।
कार्ल मार्क्सको मतमा जुन कुरा बचिरहन्छ, त्यो बचेको आगो जस्तै हो, जुन मात्रामा त धेरै कम
तर धेरै नै महत्त्वपूर्ण हुन्छ - आगोको एक फिलिङ्गो र अवशेष को समान हो। यस रूपमा
मेरो विचारमा यि चार कुराहरु छन् ।
: -
१. दर्शनको कार्य विश्वको
पुनर्निर्माण गर्नु हो, विश्वको
उत्पत्तिको स्पष्टीकरण दिन या सम्उझानमा आफ्नो समय नष्ट गर्नु होईन ।
२. एक वर्गको अर्को वर्गको
साथ स्वार्थ र हितको जुधाई र तिनमा संघर्षको हुनुहो ।
३. संपत्तिको व्यक्तिगत
स्वामित्वबाट एक वर्गलाई शक्ति प्राप्त हुन्छ अर्को वर्गलाई शोषण द्वारा दुःख पुगाउँछ
।
४. समाजको भलाईको लागि यो
आवश्यक छ कि व्यक्तिगत संपत्तिको उन्मूलन गरेर, दुःखको निराकरण गरियोस ।
बुद्ध तथा कार्ल
मार्क्सको बिच तुलना
जुन मार्क्सवादी सिद्धान्त
अस्तित्वमा छ, त्यसबाट केहि कुराहरुलाई लिएर अब बुद्ध तथा कार्ल मार्क्सको बिच
तुलना गर्न सकिन्छ ।
पहिलो कुरामा बुद्ध तथा
कार्ल मार्क्समा पूर्ण सहमति छ । तिनमा कति धेरै सहमति छ, यस
कुरालाई
दर्शाउनको लागि मैले तल बुद्ध तथा पोत्तपाद नामक ब्राह्मणको बिचमा भएको वार्तालापको
एक अंशलाई उद्धृत गर्दछु :
'यसपछि तिनै शब्दहरुमा
पोत्तपादले बुद्ध सित निम्नलिखित प्रश्न सोधे :
१. के
संसार
शाश्वत होईन ?
२. के
संसार सीमित छ ?
३. के संसार असीम छ ?
४. के
आत्मा
त्यस्तै छ, जस्तो
शरीर छ?
५. के आत्मा एक वस्तु हो र
शरीर अर्को ?
६. के सत्यलाई पाउने वाला
व्यक्ति मृत्युपछि फेरि जन्म लिन्छ ?
७. के
त्यो
न त पुनः जन्म लिन्छ, न
मृत्यु पछि फेरि रहन्छ ?
र प्रत्येक प्रश्नको
बुद्धले एकै उत्तर दिनुभयो जुन यस प्रकार थियो :-
११. पोत्तपाद यो पनि एक
विषय हो, जस्मा मैले कुनै मत प्रकट गरिन।''
२८. 'तैपनि बुद्धले त्यस्मा
कुनै मत प्रकट किन गर्नु भएन ?'
(किनकि) 'यो प्रश्न उपयोगी छैन, उन्को सम्बंन्ध धर्म सित
छैन, यो
ठिक आचरणको लागि पनि सहायक छैन, न अनासक्ति, न लालसा र लोभ बाट
शुद्धिकरण, न
शांति, न
हृदयको शान्ति, न
वास्तविक ज्ञान, न
अंतर्ज्ञानको उच्चतर अवस्था, न
निर्वाणमा सहायक छ । अतएव, यहि
कारण छ कि मैले यस सम्बंन्धमा कुनै विचार प्रकट गर्दिन ।'
अर्को कुराको सम्बंन्धमा
मैले तल बुद्ध तथा कौशल नरेश प्रसेनजितको बिच भएको वार्तालापबाट एक उदाहरण
प्रस्तुत गर्छु :
'यस्को अतिरिक्त राजाहरुको
बिच, कुलीनहरुको
बिच, ब्राह्मणहरुको
बिच, गृहस्थहरुको
बिच, माता
तथा पुत्रको बिच, पुत्र
तथा पिता को बिच भाई तथा बहिनीको बिच, साथिहरु तथा साथिहरुको बिच सदा
संघर्ष चलिरहन्छ।'
यद्यपि यि शब्द
प्रसेनजित को हो, तैपनि बुद्धले यसकुरालाई हुन्न भएन कि यो समाजको सही चित्र
प्रस्तुत गर्छ ।
जहां सम्म वर्ग संघर्ष
प्रति बुद्धको दृष्टिकोणको सम्बंन्ध छ, अष्टांग मार्गको उन्को सिद्धांत यस
कुरालाई मान्यता दिन्छ कि वर्ग संघर्षको अस्तित्व छ र यो वर्ग संघर्ष नै हो, जुन दुःख र दुर्दशाको
कारण हुन्छ ।
२९. तेस्रो प्रश्नको सम्बंन्धमा
मैले बुद्ध तथा पोत्तपादको वार्तालाप मध्यबाट उक्त यो अंश उद्धृत गर्छु -
'फेरि त्यो के हो, जस्को तपाई महानुभावले निश्चय गर्नुभएकोछ ।'
'पोत्तपाद', मैले यो स्पष्ट गरेकोछु
कि दुःख तथा कष्टको अस्तित्व छ। ति विद्यमान रहन्छ ।'
मैले यो बुझाएको छु कि
दुःखको मूल र उत्पत्ति के हो। मैले यो पनि स्पष्ट गरेको छु कि दुःखको अन्त के हो, मैले यो पनि भी स्पष्ट गरेको
छु कि त्यो कुन तरिका हो, जसबाट व्यक्ति दुःखको अन्त गर्न सक्छ ।
३०. 'र बुद्धले त्यस्को सम्बंन्धमा
यो कथन किन गर्नुभो ?'
'पोत्तपाद, किनकि त्यो प्रश्न
उपयोगी छ, त्यो धर्म सित सम्बंन्धित छ, त्यो
ठिक
आचरण, अनासक्ति, लालसा र लाभबाट त्राण, शान्ति, हृदयको शान्ति, वास्तविक ज्ञान, पथको उच्चतर अवस्था र
निर्वाणमा सहायक छ । यसैले पोत्तपाद यहि कारण छ कि मैले त्यस्को सम्बंन्धमा कथन
गरेकोछु ।'
यहां शब्द यद्यपि भिन्न
छ, तैपनि त्यसको अर्थ त्यहि हो । यदि हामी यो बुझौं कि दुःखको कारण शोषण
हो, तब
बुद्ध यस विषय मा मार्क्स भन्दा टाढा हुनुहुन्न । व्यक्तिगत संपत्तिको प्रश्नको सम्बंन्धमा
बुद्ध तथा आनन्दको बिच वार्तालापको निम्नलिखित उदाहरण बाट पर्याप्त सहायता पाईन्छ ।
आनन्द द्वारा सोधिएको एक प्रश्नको उत्तर दिनुहुँदै बुद्धले भन्नुभयो -
'मैले भनेकोछु कि
धन-लोलुपता सम्पत्ति को स्वामित्वको कारण हुन्छ । यो यस्तो कुन प्रकार छ, यस कुरालाई आनंद। यस
प्रकार बुझ्न सकिन्छ । जहाँ कुनै प्रकारको संपत्ति र अधिकार छैन, त्यो चाहे कुनै व्यक्ति
द्वारा या कुनै पनि वस्तुको लागि होस, त्यहाँ
कुनै
सम्पत्ति या अधिकार नहुनाले संपत्तिको समाप्ति या अधिकारको समाप्तिमा के कुनै
धनलोलुप या लोभ देखिन्छ ?'
'होईन
भगवान।'
'तब आनन्द, स्वामित्वको आधार, उस्को उत्पत्ति, दुराग्रहको प्रश्न नै
कहां हुन्छ ?'
३१. 'मैले भनें कि दुराग्रह स्वामित्वको मूलहो । अब आनन्द त्यो
यस्तो कुन प्रकार त्यो किन छ ? यसलाई
यस
प्रकार बुझ्नुपर्छ। यदि कुनै व्यक्तिमा कुनै वस्तुको सम्बंन्धमा, त्यो चाहे जो होस, कुनै
प्रकारको कुनै पनि
आसक्ति छैन त के यस्तो हुँदा आसक्ति अन्त हुँदा अधिकार या सम्पत्तिको आभास हुन्छ ?'
'हुँदैन भगवान ।'
चौथो कुराको सम्बंन्धमा कुनै प्रमाणको आवश्यकता छैन ।
भिक्षु संघको नियम यस विषयमा सर्वोत्तम प्रमाण छ। नियमहरुको अनुसार एक भिक्षु केवल
निम्नलिखित आठ वस्तुहरुलाई नै व्यक्तिगत संपत्तिको रूपमा राख्न सक्छ । यो भन्दा
धेरै होईन। यि आठ वस्तुहरु यस प्रकार छन् :
१.२.३. प्रतिदिन लगाउनको लागि
तीन वस्त्र (त्रिचीवर),
४. कम्मरमा बाँधनको लागि
एक पेटी (कटिबांधनी),
५. एक भिक्षापात्र,
६. एक उस्तरा (वाति),
७. सियो धागो, र
८. पानी सफा गर्ने एक चलनी
या छन्ना (अलक्षाधक)
यसको अतिरिक्त एक भिक्षुको लागि सुन या चाँदी प्राप्त गर्ने
पूर्णतया निषिद्ध छ, किनकि
यसले
यो आशंका हुन्छ कि सुन या चाँदीले उ ति आठ वस्तुहरुको अतिरिक्त, जेलाई राख्ने उस्लाई
अनुमति छ, केहि अरु वस्तुहरु खरीद गर्न सक्छ ।
यि नियम रूसमा साम्यवादमा पाईने नियमहरु भन्दा धेरै कठोर
छन् ।
साधन
अब म साधनहरुमा आउँछु । साम्यवाद, जस्को प्रतिपादन बुद्धले
गर्नुभयो, त्यसलाई कार्यांवित गर्नको लागि साधन पनि निश्चित थियो। यि साधनहरुलाई
तीन भागमा राख्न सकिन्छ -
भाग एक - पंचशीलको आचरण। बुद्धले एक नयाँ सिद्धान्तको
प्रतिपादन गर्नुभयो । यो ति समस्याहरुको साँचो हो, जुन उहाँको मन मा पटक-पटक
उठ्ने गर्थ्यो ।
नयाँ सिद्धान्त को आधार यो छ कि यो सारा संसार कष्टहरु र
दुखहरुले भरिएकोछ । यो एक यस्तो तथ्य थियो, जस्मा न केवल ध्यान दिन
आवश्यक थियो, बरु
मुक्तिको कुनैपनि योजनामा यसलाई प्रथम स्थान दिनु थियो । यस तथ्यलाई मान्य गरेर
बुद्धले यसलाई आफ्नो सिद्धान्तको आधार
बनाउनुभयो ।
उहाँको भनाई थियो कि उक्त सिद्धान्तलाई यदि उपयोगी हुनु
छ, भने
कष्ट तथा दुःखको निवारण हाम्रो लक्ष्य हुनुपर्छ ।
यस कष्ट तथा दुःखको के कारण हुन सक्छन ? यस प्रश्नको उत्तरमा भगवान बुद्धले
यो पाउनुभयो कि यसको कारण केवल दुई हुन सक्छ ।
मान्छेको कष्ट तथा दुःखको आफ्नै दुराचरणको फलस्वरूप हुनसक्छ। दुःखको यस कारणको
निराकरण गर्नको लागि उहाँले पंचशीलको अनुपालन गर्न उपदेश दिनुभयो ।
पंचशीलमा निम्नलिखितकुराहरु आउँछ : -
१. कुनै जीवित वस्तुलाई
हानी र कष्ट नपुगाउनु ।
२. चोरी अर्थात अरुको सम्पत्तिको
धोखेबाजि या हिंसा द्वारा अधिकार नजमाउनु ।
३. झूठ न बोलनु।
४. दुराचार
तृष्णा
नगर्नु ।
५. मादक पदार्थको सेवन न
गर्नु ।
बुद्धको मत छ कि संसारमा केहि कष्ट र दुःख मान्छेको मान्छे
प्रति पक्षपात हो। यस पक्षपातको निराकरण कुन प्कार गर्ने ? मान्छे प्रति मान्छेको
पक्षपातको निराकरण गर्नको लागि बुद्धले आर्य अष्टांगिक मार्ग निर्धारित गर्नुभयो ।
यस अष्टांगिक मार्गको तत्व यस प्रकार छन् : -
१. सम्यक दृष्टि, अर्थात अंधविश्वासबाट
मुक्ति।
२. सम्यक संकल्प, जुन बुद्धिमान तथा
उत्साहपूर्ण व्यक्तिहरुको योग्य हुन्छ ।
३. सम्यक वचन अर्थात
दयापूर्ण, स्पष्ट
तथा सत्य भाषण।
४. सम्यक आचरण अर्थात शान्तिपूर्ण, ईमान्दारी तथा शुद्ध
आचरण।
५. सम्यक जीविका अर्थात कुनै
पनि जीवधारीलाई कुनै प्रकारको क्षति या चोट न पुगाउनु ।
६. अन्य सात कुराहरुमा
सम्यक परिरक्षण।
७. सम्यक स्मृति अर्थात एक
सक्रिय तथा जागरूक मस्तिष्क, र
८. सम्यक समाधि अर्थात
जीवनको गम्भीर रहस्यहरुको सम्बंन्धमा गम्भीर विचार।
यस आर्य अष्टांगिक मार्गको उद्देश्य पृथ्वीमा
धर्मपरायणता तथा न्यायसंगत राज्यको स्थापना गर्नु तथा त्यसबाट संसारको दुःख तथा
विषादलाई मेटाउनु हो ।
सिद्धान्तको तेस्रो अंग निब्बानको सिद्धान्तहो। निब्बानको
सिद्धांत आर्य अष्टांगिक मार्गको सिद्धान्तको अभिन्न अंग हो । निब्बान को बिना
अष्टांगिक मार्गको प्राप्ति हुनसक्तैन ।
निब्बानको सिद्धान्त यो भन्छ कि अष्टांगिक
मार्गको प्राप्तिको मार्गमा कुन-कुन कठिनाइहरु आउँछ ।
यि कठिनाइहरुमा मुख्य कठिनाइहरु दस छन । भगवान बुद्धले
त्यसलाई आसव, बेड़ियां
या बाधाहरु भनुभएकोछ ।
प्रथम बाधा अहम्को मोह हो, जब सम्म व्यक्ति
पूर्णतया आफ्नो अहम्मा रहन्छ, प्रत्येक भड़कीलो चीजको पछिलाग्छ, जस्को विषय मा त्यो
व्यर्थै यो सोंच्छ कि उ उस्को हृदयको अभिलाषाको तृप्ति र संतुष्टि गर्छ, तब सम्म उस्लाई आर्य
मार्ग प्राप्त हुँदैन । जब उस्को आँखा यस तथ्यलाई देखेर खुल्छ कि उ यस असीम र अनन्तको
एक धेरै स्यानो अंश हो, तब
उ यो अनुभूति गर्न थाल्छ कि उस्को व्यक्तिगत अस्तित्व कति नश्वर छ, त्यसैवेला उ यस संकीर्ण
मार्गमा प्रवेश गर्नसक्छ ।
दोस्रो बाधा सन्देह तथा अनिर्णयको स्थिति हो । जब मान्छे
अस्तित्वको महान रहस्य, व्यक्तित्वको
नश्वरतालाई देख्छ तब उस्को आफ्नो कार्यमा पनि सन्देह तथा अनिर्णयको स्थितिको सम्भावना
हुन्छ, अमुक
कार्य गरियोस या नगरियोस, तैपनि मेरो व्यक्तित्व अस्थाई नश्वर हो, यस्तो
कुनै
चीज प्रश्न किन बन्नजान्छ, जुन
त्यसलाई अनिर्णायक, सन्देही
या निष्क्रिय बनाईदिन्छ, तैपनि त्यो चीज जीवनमा काम लाग्दैन। उस्लाई आफ्नो शिक्षकको अनुसरण
गर्न, सत्यलाई
स्विकार गर्न तथा संघर्ष को शुरुआत गर्ने निश्चय गरिहाल्नुपर्छ नत्र उस्लाई अरु
अगाडी केहि पाउँदैन ।
तेस्रो बाधा संस्कारहरु तथा धर्मानुष्ठानहरुको क्षमतामा
निर्भर गर्छ । कुनै पनि उत्तम संकल्पबाट त्यो चाहे जति दृढ़ होस, कुनै
चिजको
प्राप्तित्यस समय सम्म हुँदैन, जब सम्म मनुष्य कर्मकाण्डबाट
छुटकारा पाउँदैन, जब
सम्म उ यस विश्वासबाट मुक्त हुँदैन कि कुनै बाह्य कार्य, पुरोहिती शक्ति तथा
पवित्र धर्मानुष्ठानबाट उसेलाई हरेक प्रकारको सहायता पाउनसक्छ । जब मान्छे यस बाधामा
नियन्त्रण पाउँछ, केवल
तब यो भन्न सकिन्छ कि उ ठीक धारामा आएकोछ र अब देर-सवेर विजय प्राप्त गर्नसक्छ ।
चौथी बाधा शारीरिक वासनाहरु हो । पांचौं बाधा दोस्रो
व्यक्तिहरु प्रति द्वेष र वैमनस्यको भावना हो छैठौं भौतिक वस्तुहरु सित मुक्त भावी
जीवन प्रति इच्छाको दमन हो र सातौं भौतिकताबाट मुक्त संसारमा भावी जीवन प्रति
इच्छा हुनुहो । आठौं बाधा अभिमान हो र नौवीं दम्भ हो । यि ति कमजोरिहरु हुन,जस्मा मान्छेको लागि विजय
प्राप्त गर्नु धेरै कठिन छ जस्को लागि विशेष रूपले श्रेष्ठ व्यक्ति उत्तरदायी हुन ।
यो तिनिहरुको लागि निन्दाको कुरा हो, जुन आफै कम योग्य तथा कम पवित्र छ
।
दसौं बाधा अज्ञानता हो । यद्यपि अन्य सबै कठिनाइहरु र
बाधाहरुमा विजय प्राप्त गर्न सकिन्छ, तैपनि यो बनिरहन्छ, बुद्धिमान तथा असल व्यक्तिको
शरीरमा काँडा समान घोँचिरहन्छ। यो मान्छेको अंतिम तथा सबैभन्दा ठूलो शत्रु हो ।
आर्य अष्टाङ्गिक मार्गको अनुसरण गरेर यि बाधाहरुमा विजय
प्राप्त गर्नु नै निब्बान हो । आर्य अष्टाङ्गिक मार्ग सिद्धान्तले यो भन्छ कि मान्छेको
मन कुन स्थिति र मनोवृत्तिको परिश्रमपूर्वक पोषण गर्नुपर्छ । निब्बानको सिद्धान्त
त्यस प्रलोभन या बाधाको विषयमा भन्छ, जस्मा यदि व्यक्ति आर्य
अष्टाङ्गिक मार्गको अनुसरण गर्न चाहन्छ भने त्यस्मा गम्भीरतापूर्वक विजय प्राप्त गर्नुपर्छ
। नवीन सिद्धान्त को चौथो भाग पारमिताको सिद्धान्त हो । पारमिताको सिद्धांत एक
व्यक्तिको दैनिक जीवनमा दस गुणहरुको आचरण गर्नको लागि प्रेरित गर्छ । ति दश गुण यस
प्रकार छन्।
(1१) पन्न, (२) शील, (३) नेक्खम, (४) दान, (५) वीर्य, (६) खांति (शान्ति) , (७) सच्च, (८) अधित्थान, (९) मेत्त र (१०) उपेक्खा।
पन्न या बुद्धि त्यो प्रकाश हो, जुन अविद्या, मोह या अज्ञानको अन्धकारलाई
हटाउँछ । पन्नको लागि यो अपेक्षित छ कि व्यक्ति आफू भन्दा धेरै बुद्धिमान व्यक्ति
सित सोधेर आफ्नो सबै शंकाहरुको समाधान गरोस, बुद्धिमानहरु सित सम्बंन्ध राखोस र
विभिन्न कलाहरु र विज्ञानको अर्जन गरोस, जुन उस्को बुद्धि विकसित हुनमा
सहायक छ । शील नैतिक मनोवृत्ति अर्थात खराब नगर्ने र असल गर्ने मनोवृत्ति, गलत काम गर्नुपर्दा
लज्जित हुनु हो। दण्ड को भयले खराब काम नगर्नु शील हो । शीलको अर्थ हो, गलत काम गर्न भयको । नैषक्रम्य
संसारको सुखहरुको परित्याग हो। उदाहरणको लागि राजकुमार सिद्धार्थले गर्नुभएको
गृहत्याग ।
दानको अर्थ आफ्नो संपत्ति, रगत तथा अङ्गको बदलामा
कुनै चीजको आसा नगरि, अरुको हितको र भलाईको लागि आफ्नो जीवन सम्म पनि उत्सर्ग गर्नु हो।
वीर्यको अर्थ हो, सम्यक प्रयास। तपाईले जुन कार्य
गर्ने निश्चय गर्नुभएकोछ, त्यसलाई पूरा शक्तिले कहिल्यै पछाडी फर्केर नहेरि गर्ने हो ।
क्षान्ति (शान्ति)को अभिप्राय सहिष्णुता हो । यसको सार हो
कि घृणाको प्रतिष्पर्धा घृणाले गर्नुहुँदैन, किनकि
घृणा, घृणाबाट शान्ति हुँदैन ।
यसलाई केवल सहिष्णुता द्वारा नै शान्ति गर्न सकिन्छ ।
सच्च (सत्य) सच्चाई हो । बुद्ध बन्ने आकांक्षी कहिल्यै
पनि झूठो वोल्दैन । उस्को वचन सत्य हुन्छ । सत्यको अतिरिक्त केहि हुँदैन ।
अधित्थान आफ्नो लक्ष्य सम्म पुग्ने दृढ़ संकल्पलाई भनिन्छ
।
मेत्त (मैत्री) सबै प्राणिहरु प्रति सहानुभूतिको भावना हो, चाहे कुनै शत्रु होस या
मित्र, पशु
होस या मान्छे, सबै
प्रति हुन्छ ।
उपेक्षा अनासक्ति हो, जुन उदासीनता भन्दा भिन्न हुन्छ ।
यो मनको त्यो अवस्था हो, जस्मा न त कुनै वस्तु प्रति रुचि हुन्छ, परिणाम बाट विचलित र
अनुत्तेजित नभइ त्यस्को खोज र प्राप्तिमा लागिरहनु नै उपेक्षा हो ।
प्रत्येक व्यक्तिलाई चाहिन्छ कि उ यि गुणहरुलाई आफ्नो
पूर्ण सामर्थ्यको साथ आफ्नो व्यवहारमा अपनाउनु । यिनमा आचरण गर्नु। यहि कारण हो कि
यसलाई पारमिता (पूर्णताको स्थिति) भनिन्छ । यहि त्यो सिद्धान् हो, जस्लाई भगवान बुद्धले
संसारमा दुःख तथा क्लेशको समाप्तिको लागि आफ्नो बोध र ज्ञानको परिणामस्वरूप
प्रतिपादित गर्नुभयो ।
स्पष्ट छ कि भगवान बुद्धले जुन साधन अपनाउनुभयो, ति स्वेच्छापूर्वक अनुसरण
गरेर मनुष्यको नैतिक मनोवृत्तिलाई परिवर्तित गर्नको लागि थियो ।
साम्यवादिहरु द्वारा अपनाईउको साधन पनि यसै तरिका स्पष्ट
संक्षिप्त तथा स्फूर्तिपूर्ण छ। यो हो : (१) हिंसा र (२) सर्वहारा वर्ग को
तानाशाही।
साम्यवादी भन्छन कि साम्यवादलाई स्थापित गर्ने केवल दुई
साधन छन, पहिलो
हो हिंसा। वर्तमान व्यवस्थालाई भंङ्ग गर्न र तोड़नको लागि यो भन्दा कम कुनै पनि
कार्य या योजना पर्याप्त हुँदैन। दोस्रो साधन हो, सर्वहारा वर्गको
तानाशाही। नयाँ व्यवस्था लाई जारी राख्नको लागि त्यो भन्दा कम कुनै चीज पर्याप्त हुँदैन
।
स्पष्ट हुन जान्छ कि बुद्ध तथा कार्ल मार्क्समा के
समानताहरु छन् तथा के विषमताहरु छन् । अन्तर
र विषमता साधनहरुको विषयमा हो। साध्य दुबैमा
समान छन्।
साधनहरुको मूल्यांकन
अब मैले साधनहरुको मूल्यांकनको विवेचन गर्नुपर्छ। मेंले
यो कुरामा हेर्नुपर्छ कि कि कस्को साधन श्रेष्ठ तथा दीर्घ काल सम्म रहने र स्थाई
बनिरहने छन्, तर दुबैतिर केहि भ्रान्तिहरु छन् । तिनिहरुलाई स्पष्ट गर्नु आवश्यकछ ।
हिंसा लाई लिनु। जहाँ सम्म हिंसाको सम्बंन्ध छ, हिसांको नाम सुन्ने
बित्तिकै उस्को विचारबाट धेरैलाई काँप्न थाल्छ, तर
यो यो
केवल भावुकता हो। हिंसाको पूर्णतया त्याग गर्न सकिंदैन। यहां सम्म कि
गैर-साम्यवादी देशहरुमा पनि हत्यारालाई फाँसीमा लटकाईन्छ । के फाँसीमा नै लटकाउनु
हिंसा होईन ? गैर-साम्यवादी
देश एक-अर्को सित युद्ध गर्छन। युद्धमा लाखौं मान्छे मारिन्र्छन। के यो हिंसा होईन
? यदि
एक हत्यारालाई यसकारण मार्न सकिन्छ, किनकि
उस्ले
एक नागरिकलाई मारेकोछ, उस्को
हत्या गरेकोछ , यदि
एक सिपाहीलाई युद्धमा यसैले मार्न सकिन्छ, किनकि
त्यो
शत्रु राष्ट्र सित सम्बंन्धित छ, त यदि सम्पत्तिको स्वामी
स्वामित्वको कारण शेष मानव जातिलाई दुःख पुगाउँछ भने उस्लाई किन मार्न सकिँदैन ? सम्पत्तिको स्वामीको
लागि उस्को पक्षमा बचाउ गर्ने कुनै कारण छैन। व्यक्तिगत सम्पत्तिलाई परम पावन किन
मान्नुपर्छ ?
बुद्ध हिँसाको विरुद्ध हुनुहुन्थ्यो, तैपनि
उहाँ न्यायको
पक्षमा पनि हुनुहुन्थ्यो र जहां न्यायको लागि बल प्रयोग अपेक्षित हुन्छ, त्यहाँ उहाँले बल प्रयोग गर्ने
अनुमति दिनुभएकोछ। यो कुरा वैशालीको सेनाध्यक्ष सिंहा सेनापति सित उहाँको
वार्तालापमा राम्रै सित सोदाहरण बुझाईएकोछ । यस कुरा लाई जाने पछि भगवान बुद्ध
अहिंसाको प्रचार गर्नुहुन्छ, सिंहा
उहाँको अगाडी गयो र उहाँ सित सोध्यो -
''भगवन, अहिंसाको उपदेश दिनुहुन्छ
र प्रचार गर्नुहुन्छ। के भगवन एक दोषीलाई दण्ड बाट मुक्त गर्ने र स्वतंत्रता दिन
उपदेश दिनुहुन्छर प्रचार गर्नुहुन्छ ?के भगवन यो उपदेश दिनुहुन्छ
कि हामीले आफ्नो श्रीमतीहरु, आफ्नो बच्चाहरु तथा आफ्नो सम्पत्ती सलाई बचाउनको लागि, तिनको
रक्षा गर्नको लागि
युद्ध गर्नुहुँदैन ? के अहिंसाको नाममा हामीले अपराधिहरु बाट कष्ट कष्ट
सहिरहनुपर्छ । के तथागत त्यस समय पनि
युद्धको निषेध गर्नुहुन्छ, जब
त्यो सत्य तथा न्यायको हितमा छ ?''
भगवान बुद्धले उत्तर दिनुभयो -
''मैले जुन कुराको प्रचार गर्छु र
उपदेश दिन्छु, तपाईले त्यसलाई गलत तरिका बुझ्नुभएको छ। एक अपराधी र दोषीलाई दण्ड
अवश्य दिनुपर्छ र एक निर्दोष व्यक्तिलाई मुक्त र स्वतंत्र गर्नुपर्छ । यदि एक दण्डाधिकारी
एक-एक अपराधीलाई दण्ड दिन्छ भने यो दण्डाधिकारीको दोष होईन। दण्डको कारण अपराधीको
दोष र अपराध हुन्छ। जुन दण्डाधिकारी दण्ड दिन्छ, उ न्यायको नै पालन गरिरहेको
हुन्छ । त्यस्मा अहिंसाको कलंक लाग्दैन । जुन व्यक्ति न्याय तथा सुरक्षाको लागि लड़छ, उस्लाई अहिंसाको दोषी
बनाउन सकिंदैन। यदि शान्ति बनाई राख्ने सबै साधन असफल भएको छ भने हिंसाको उत्तरदायित्व
त्यस व्यक्तिमा आउँछ, जो
युद्धलाई सुरू गर्छ । व्यक्तिलाई दुष्ट शक्तिहरुको समक्ष आत्मसमर्पण गर्नुहुँदैन ।
यहां युद्ध हुन सक्छ, तैपनि यो स्वार्थको या स्वार्थपूर्ण उद्देश्यहरुको शर्तहरुको
लागि हुनुहुँदैन।''
यसमा सन्देह छैन कि हिंसाको विरुद्ध अन्ययस्तो आधार पनिछ, जस्मा प्रो.जॉन डिवी द्वारा
बल दिईएकोछ । जुन मान्छेहरुको यो तर्क छ कि साध्यहरुको सफलता साधनलाई उचित सिद्ध
गर्छ भने यो नैतिक रूपले एक विकृत सिद्धान्त हो, उसित डिवीले
यो
ठिक नै सोधेकोछ कि यदि साध्य छैनभने फेरि साधनहरुलाई केचिज उचित सिद्ध गर्छ ? केवल साध्य नै साधनहरुलाई
उचित सिद्ध गर्नसक्छ र न्यायोचित ठहराउन सक्छ। भगवान बुद्ध कदाचित यस कुरालाई स्विकार
गर्नुहुन्छ कि यो केवल साध्य नै हो, जुन साधनहरुलाई उचित सिद्ध गर्छ ।
यस्को अतिरिक्त अरु के चिज उचित सिद्ध गर्न सक्छ र उन्ले यो भनेको भए हुन्थ्यो कि
यदि साध्य हिंसालाई उचित मान्छ भने
प्रत्यक्ष उपस्थितको पूर्ति साध्यको लागि हिंसा एक उचित साधन हो ।
यदि बल प्रयोग साध्यलाई प्राप्त गर्ने एकमात्र साधन हुन्छ
भने त्यो निश्चय नै संपत्तिको स्वामिहरुलाई बलको प्रयोग गर्ने छूट दिनुहुन्थेन । यसबाट
थाहा हुन्छ कि साध्यको लागि तिनको साधन भिन्न थिए । प्रो.डिवी ले भनेकाछन् कि
हिंसा बल प्रयोगको केवल एक अर्को नाम हो र यद्यपि बलको प्रयोग सृजनात्मक उद्देश्यहरुको
लागि गरिनुपर्छ, तैपनि शक्तिको रूपमा बल प्रयोग तथा हिंसाको रूपमा बल प्रयोगको
बिच अन्तर बुझ्नु आवश्यक छ । एक साध्यको उपलब्धिमा अन्य अनेक साध्यहरुको विनाश
शामिल हुन्छ, जुन
त्यस साध्य भन्दा अभिन्न हुन्छनहैं,जस्लाई नष्ट गर्ने प्रयास गरिन्छ।
बल प्रयोगलाई यस प्रकार नियमित गर्नुपर्छ कि त्यो अनिष्टकर साध्यलाई नष्ट गर्ने
प्रक्रियामा यथासम्भव धेरै भन्दा धेरै साध्यहरुको रक्षागर्न सकोस । भगवान बुद्धको
अहिंसा त्यति निरपेक्ष थिएन, जति
जैन मतको संस्थापक महावीर ।
No comments:
Post a Comment