बौद्ध दर्शनको ह्रास
फाहियान (३९९-४१४), सुंग युन (४१८-२१), युवान्-च्वांग, (६२९-४५), इत्सिंग (६७१-९५) व्ही-चू (७२६-२९) र इ-कुंग (७५१-९०)लाई विवरणहरुबाट बौद्ध दर्शनको मध्य एशिया र भारतमा क्रमिक ह्रास भएको देखिन्छ, जस्को अन्य साहित्यिक र पुरातात्विक साक्ष्यबाट पुष्टि हुन्छ। साक्षी छ कि अनेक बौद्ध सूत्रहरुमा सद्धर्मको अवधि ५०० अथवा १००० अथवा १५०० वर्ष भनिएकोछ। कपिलवस्तु श्रावस्ती, गया एवं वैशालीमा ह्रास गुप्त युगमा नै लक्ष्य थियो । गंधार र
उड्डियानमा हूणहरुका कारण सद्धर्मको क्षति भएको मानिन्छ । युवान् च्वांगले पूर्वी दक्षिणापथमा बौद्ध दर्शनलाई लुप्तप्राय देखियो। इ-त्सिंगले आफ्नो समयमा केवल चार संप्रदायहरु भारतमा प्रचारित पाए-महासांघिक, स्थविर, मूलसर्वास्तिवादी
एवं सम्मतीय। विहारहरुमा हीनयानी र
महामानी मिलेको थियो । सिंधमा बौद्ध दर्शन अरब शासनको युगमा क्रमश: क्षीण र लुप्त भयो । गंधार र उड्डियानमा वज्रयान र मंत्रयानको प्रभावबाट बौद्ध दर्शनको आठौ शताब्दीमा केहि उज्जीवन ज्ञात हुन्छ तर अलबेरूनीको समयसम्म तुर्की प्रभावबाट त्यो ज्योति बिलाएकोथियो । कश्मीरमा त्यस्को लोप त्यहाँ पनि इस्लामको प्रभुत्वको स्थापनाबाटै मान्नुपर्छ । पश्चिमी एवं मध्य भारतमा बौद्ध दर्शन को लोप राजकीय उपेक्षा एवं ब्राह्मण तथा जैन धर्महरुको प्रसारको कारण लाग्छ ।
मध्यप्रदेशमा गुप्तकालबाट क्रमिक ह्रास देखिन्छ जस्को कारण राजकीय पोषणको अभाव नै लाग्छ । मगध र पूर्व देशमा परम सौगत पाल नरेशहरको छत्रछायामा बौद्ध दर्शन र त्यस्को शिक्षाकेंद्र नालंदा, विक्रमशिला, ओदंतपुरी आफ्नो ख्यातिको चरम शिखरमा पुग्यो । यस प्रदेशमा सद्धर्मको ह्रास तुर्की विजयको कारण भयो । यो स्पष्ट छ कि बौद्ध दर्शनको ह्रासको मुख्य कारण उस्को आफ्नो लौकिक सामाजिक जीवनको अनिवार्य अंङ्ग बन्न नसक्नु थियो । यस कारणयस्तो लाग्थ्यो कि राजकीय उपेक्षा अथवा विरोधबाट विहारहरुकोके संकटग्रस्त हुनाले उपासकहरुमा सद्धर्म अनायास बिलाएको लाग्थ्यो । यो स्मरणीय छ कि उदयनाचार्य अनुसार यस्तो कुनै सम्प्रदाय थिएन कि सांवृत्त भनेर पनि वैदिक क्रियाहरुको अनुष्ठानलाई स्विकार गरेको होस । उपासकहरुको लागि बौद्ध दर्शन केवल शील अथवा यस्तो भक्तिको रूपमा थियो जसलाई ब्राह्मण धर्मबाट मूलत: पअल्ग्याउन सक्नु जनताको लागि उतिनै गाह्रो थियो जति शून्यता एवं नैरात्म्यको सिद्धांतोहरुलाई बुझ्नु। कदाचित् आजभोलीको कर्मकाण् डविमुख एवं बुद्धिवादिनी जनताको लागि शील, प्रज्ञा एवं समाधिको धर्म पहिलाको अपेक्षा धेरै उपयुक्त छ ।
____________________________
No comments:
Post a Comment