Thursday, June 28, 2012

ब्रेललिपी कक्षा तालीम

सुर्खेत

जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा दृष्टिबिहिन हेरविचार केन्द्र सुर्खेतले ब्रेललिपी पुनरताजगि आवाशीय तालीम आरम्भ गरेकोछ । कागजी रुपमा तालीम असाढ मसान्त सम्म सम्पन्न गर्ने भएतापनि उक्त तालीम ३ महिना सम्म चलाउने बताईएकोछ । जि बिस बाट १ महिनाको लागि मात्रै खर्च दिन मिल्ने नियमको प्रावधान रहेकोले यसो गर्नु परेको संस्थाका सचिव सोमना खड्का बताउंछिन । तालीममा १० जनाको लक्ष्यरहेको।यस तालीममा दृष्टिबिहिनता बालक बालिकालाई ब्रेल  लिपीका अतिरिक्त्त संगीत शिक्षा तथा अन्य ज्ञान पनि दिईने बताएकोछ । दृष्टिबिहिनतालाई ब्रेल शिक्षा प्रदान गर्ने एक मात्र गैरसरकारी संस्था रहेकोछ ।

 
 
          

















Monday, June 11, 2012

विपश्यना किन ?



मनमा मैत्री करुण रस वाणी अमृत बोल।
जनजनको हितको लागि धर्म वचन नै बोल ।।

शान्ति र सुख चैन कसलाई चाहिन्न र जब कि सारा संसारमा अशान्ति नै अशान्ति छ । शान्तिपूर्वक जिउन आए जिउने कला हात लाग्छ । साँचो धर्म नै साँच्चै जिउने कला हो । जसले हामी आफू सुखपुर्वक जिउंछौ र अरुलाई पनि जिउन दिउं शुद्ध धर्मले यहि सिकाउंछ त्यस कारण सार्वजनिन सार्वकालिक र सार्वभौमिक हुन्छ सम्प्रदाय धर्म होईन। बुझौं कि धर्मले कसरी शान्ती दिन्छ ? पहिला त यो बुझौ कि अशान्ट्ट र बेचैन किन भईन्छ गहीरोरुपमा सोंच्न थाल्ने हो भने थाहा हुन्छ कि हाम्रो मन विकारहरु बाट बिकार हुन्छ तब अशान्त हुन्छ । चाहे त्यो क्रोध होस चाहे लोभ होस भय होस होस इर्ष्या र वा अरु केहि ।त्यसबखत हामी क्षुब्ध भएर सन्तुलन बिग्रन्छ के उपचारछ जसले हामीमा क्रोध इर्ष्या भय आउंदै नआवस र आए पनि हामी यसबाट अशान्त नभए हुने । छलफलमा भन्ने गरिन्छ मलाई त कसैले चित्त नबुझ्ने कुरा गर्यो कि साह् रीस उठ्छ,झूठो कुरा पटक्कै मन पर्दैन ,चुक्ली लाएको पटक्कै मन पर्दैन मेरो त सबै भन्दा नराम्रो बानी चांडै रिसाउने …. ईत्यादि कुराको बहस चल्छ तर मनमा विकार उठेको चालै पाईंदैन होसै हुन्न । कसैले पनि अपमान सहनै सक्दैन आफूले अरुको अपमान गरे पनि अरुको सहन कुनै हालतमा सक्दैन । घटना प्रिय अप्रीय भइ नै रहन्छ । यहि प्रिय र अप्रीयले नै सन्तुलन बिग्रन्छ । प्रीय घटना भयो भने फेरि फेरि होस भन्ने चाहना हुन्छ अप्रीय घटना भयो भने नहोस भन्ने चाहना हुन्छ । यहि बिषम परिस्थितमा सन्तुलित राख्न सक्नुपर्छ । बाटोमा काँढा वा बिजाउने ठोस अवश्य हुन्छ जुत्ता लगाए त समस्या समाधान भैहाल्यो नि । घाम लागे छाता पानी परे छाता वा बर्षादी व्यवस्था गरे भैहाल्यो नि । आफ्नो सुरक्षा यसैमा छ कि कसैले गाली गर्यो अपमान गर्यो तैपनि क्षुब्ध नभएर निर्बिकार भएर रहुं । एउटा विचार गर्नुपर्ने कुरा अरुको व्यवहारले उस्को दोषको कारण क्षोभ वा बिकार मलाई किन हुन्छ ?  संचित अहंकार यसको कारण ममा वा मेरो अचेतन मनमा आशक्ति,राग,द्वेष कोह को गाँठो छ जस्ले त्यस घटना हुंदा क्रोध द्वेष आदि विकार चेतन मनमा परावर्तन हुन्छ । यस कारण जस्को अन्तरमन शुद्ध छ यस्लाई यि घटनाहरुले कुनै असर पार्दैन । अन्तरमन अशुद्ध छ भने तब के गर्ने मनमा पूर्व संचित संस्कारहरुको फोहोर त छंदैछ यसै कारण कुनैपनि अप्रीय घटनाको सम्पर्क हुने बित्तिकै नयाँ  बिकारहरु उम्रीन्छ यस्तो बेला के गर्ने त? एक उपाय त जब मनमा कुनै बिकार जाग्यो भने मनलाई अर्कै ठाउंमा लगाईदिने । हामी आलोचना सहन सक्तैनौ कि ? हामी भित्र संचित पूर्व बिकारहरु प्रस्तैछन अचेतन मनले प्रतिपाद गरेर चेतना मनलाई सुझाव दिएर काम गर्न लगाई हाल्छ । कुनै महिलाको नग्न चित्र देख्यो भने मनमा के हुन्छ क्रोध, शान्ती, वासनाको जागृत,घृणा के उभ्रिन्छ मलाई लाग्छ बनावटी घृणा उभ्रिन्छ किन भने त्यस्तै पूर्व संस्कारहरुलेल बिकृति भरीएकोछ । त्यसैले बिकार जागृत हुने बित्तिकै हामी कसरी सचेत हुने र अर्को सचेत भए अमूर्त बिकारको साक्षिभावबाट कसरी निरिक्षण गर्ने? हाम्रो यो शरीरमा निरन्तर कुनै न कुनै कृया भैरहन्छ चिलाउंछ । जब हामीमा बिकार जाग्छ तब स्वास प्रस्वासको गतिमा फरक पर्छ अर्थात अस्वभाविक हुन थाल्छ र सुक्ष्म रुपमा शरीरमा रसायनिक प्रतिकृया हुन थाल्छ । यहि प्रकृयालाई हेर्ने पद्दति लाई विपश्यनामा आनापान भनिन्छ । शरीरमा हुने रसायनिक प्रतिकृयाहरुलाई साक्षिभावले हेर्ने अभ्यास नै विपश्यना भनिन्छ । अचेतन अवस्थामा शरीरका अंगहरु अनायास चल्मलाउंछ । मानौं सुतिरहेको अवस्थाछ एउटा लामखुट्टे नाकमा बसेर रगत चुस्यो शरीरमा तरङ्ग दौडिन्छ हातले अचेत अवस्थामै लामखुट्टेलाई मार्छ यसरी रात भरीमा उस्ले कति लामखुट्टेलाई मार्यो कति पटक झिंगालाई धरपायो होस नै हुन्न । शरीरमा कहाँ के भईरहेकोछ कस्तो भैरहेको भएपनि साक्षिभावले प्रतिकृया नगर्ने प्रतिवाद नगर्ने नै विपश्यना भनिन्छ । यसरी हेर्दा हेर्दै मनको स्वभाव नै हो यता उता गैहाल्ने अनि प्रतिकृया भैहाल्ने । यहि स्थितलाई सुक्ष्म तरिकाले हेर्ने पद्दतिहो विपश्यना रहेछ भनेर मैले १० दिने विपश्यना साधनामा र ३ पटकको धम्म सेवामा अभ्यास गर्दा महसुस गरेको हुं ।
सन्दर्भ सामग्रिःधर्म आदर्श जीवनका आधार( आचार्य सत्यनारायण गोयन्का)

Sunday, June 10, 2012

बौद्ध सामान्यज्ञान



, बोधि बृक्ष  केलाई भनिन्छ ?
जुन रुखमुनि बसेर सिद्धार्थ बवधिस्त्वले बोधिज्ञान प्राप्त गर्नुभइ बुद्ध हुनुभयो त्यस रुखलाई बोधिबृक्ष भनिन्छ । बोधिबृक्ष भनेको पीपलको रुख हो तर सबै सबै पीपलको रुखलाई बोधिबृक्ष भनिंदैन । केवल बुद्धले ज्ञान प्राप्त गर्नुभएको पीपलको रुखलाई मात्रै बोधिबृक्ष भनिन्छ । पीपलको आयु सामान्यतःनिकै धेरै हुने गर्दछ । २२, २३ सय बर्ष अघिसम्मको बोधिबृक्ष अद्यावधिसम्म जीवितै रहेको बौद्ध देश श्रीलंकाको अनुराधपुरमा जीवन्तछ । सम्भवतः श्रावस्तीमा बुद्धकालिन पीपलको रुख जहां बसेर बुद्धले उपदेश दिनु भएको थियो अहिले सम्म जीवन्त रहेकोछ ।
, पञ्चभद्वर्गीय कसलाई भनिन्छ ?
भगवान बुद्धलाई नामाकरण गर्ने समयमा अवश्य यिनि भविष्यमा बुद्ध हुनेछ भनेर ठोकुवा गर्ने कान्छो ब्राम्हण कोण्डन्यको न्तृत्वमा प्रवज्जित भएका ५ जना ब्राम्हणहरुलाई नै पञ्चभद्रवर्गीय भनिन्छ । सिद्धार्थ बोधिसत्वले बुद्ध हुनु अघि ६ बर्षसम्म दुष्करचर्या गरी तपश्या गरिरहनुहुंदा तिनिहरुले नै उहाँलाई आवश्यक सेवा गरिरहेका थिए । पछि सिद्धार्थले दुष्कर चर्या त्यागेर मध्यममार्ग लाग्दा "सिद्धार्थको तप भ्रष्त भयो"भनी ती पञ्चभद्रवर्गीयहरुले सिद्धार्थलाई छोडेर सारनाथमा अलग्गै बस्न गएका थिए । उनिहरुका ना हुन् _ कोण्डन्य, वप्प, महानाम, भद्दीय र अस्सजित।

Wednesday, June 6, 2012

कठोर भाषी सुजाता




 भगवान बुद्धको पालामा धनन्जय नामको एक धनी महाजनको दुई छोरी बिशाखा र सुजाता थियो । ति दुबैको दुई चरित्रको थियो । बिशाखा शील स्वभावकि सुजाता कठोर भाषी घमण्डी स्वभाव कि । बिशाखा सुन्दरी मात्रै नभएर गुणवती पनि थिईन सदाचारी थिईन । उन्को विवाह श्रावस्ती नगरको सेंठ मिगारको सुपुत्र पूर्णवर्द्धन सित भएको थियो । सेंठले तिनले सबै कुराले सम्पन्न हुने गरि दाईजो दिएर पठमएको थियो । तिनि जतिसुकै सुन्दरी भएपनि घमण्ड एकरत्ति थिएन । विवहको बखत बुवाले छोरीलाई घरमा राम्रो कुशल व्यवहार गरेर सम्पन्न होउन भनेर १० उपद्श दिएन पठाएको थियो। जसलाई बिशाखाले पतिको घरमा अक्षरश पालन गरेर परिवारमा सबैलाई खुशि पारेकि थिईन् । यिनि गृहस्थी महिलाहरुमा दान दिनमा पहिलो थिईन   बिशाखा भगवान बुद्धका अनन्य सेविघ थिईन । भिक्षु संघको सेवा गर्ने भोजन दान गर्ने बिहारको सेवा गर्ने गर्थिन । तिनको कुशल आचरण र सभ्य व्यवहारले प्रभावित भई तीर्थंकर अनुयायी मिगार सेंठ भगवान बुद्धको शरणमा गयो । तथागतको अनुकुल उपदेश पाएर उनी धन्य भए ।
 धनन्जय मशहाजनको अर्कि कान्छी छोरी थिईन सुजाता यिनी बिशाखाको बहिनी थिईन  यिनी बिशाखाको चरित्र भन्दा बिल्कलै फरक खालको थियो ठ्याक्क उल्टो । समाह्रै घमण्डी कठोर स्वभावकि झगडाले क्रोधी थिईन । यिनको शुभ विवाह श्रावस्तीको महाजन अनाथपिण्डकको छोरा सित भएको थियो । यिनलाई पनि दाईजो एथेष्ट दिएको थियो । तर तिनको स्खराव चर्को स्वभावले घरमका अशान्ती थियो । तिनमा सुन्दरी धनी बाबुकि छोरी भन्ने घमण्डको जालोले बेरीएकि थिईन् । कामदारहरुलाई हफकाउनु झगडा गर्नु कचकच गर्नु दासीहरुलाई पिट्नु सामान्य थियो । सुजाताको व्यवहारले सासु ससुरा दिक्क भएका थिए ।

खुज्जुत्तरा (दासी महिला परिचय)




भगवान बुद्धको पालामा निम्न वर्गकि एक दासी महिला थिईन् । कौशाम्बी नगरको पटरानी श्यामावतीकि दासी भएर जीवनयापन गर्दिथिन् । तिनको खास नाम उत्तरा थियो तर तिनी होंची र पुड्की भएकाकिले खुज्जुत्तरा भनेर बोलाईन्थ्यो । तिनको खास काम मालीकहाँ गएर फूल किनेर ल्उनु थियो । पटरानीले ८ काषार्पण फूलको लागि दिन्थे । तर खुज्जुले ४ काषार्पण लुकाएर राख्थिन् ।
एकदिन संधै झै ४ काषार्पण लुकाएर मालाकार कहँ गएको बेला भिक्षु महासंघ सहित भगवान बुद्धलाई स्वागतमा व्यस्त भएकोले फूल पाउन सकिनन् । शाक्यमुनी भगवान बुद्धले भोजन पश्चात उपदेश दिनुभयोः गृहपतीहरु मानिसले दुराचारलाई राम्री बुझि त्याग गर्नु पर्दछ र असल आचरणलाई यथार्थ थहापाई ग्रहण गर्नु नै सम्यक दृष्टिका खुड्किला चढनु हुन आउंछ ………. !
यस बेला खुज्जुत्तराले पनि तथागतको यस अमृतमयी उपदेश एक कुनामा बसेर सुनिरहेकि थिईन् । यि उपदेश रुपी दिव्य किरण उनको मनमा प्रकाश पर्न गयो र आफुले भूल गरेको महसुस गरिन । महारानीले फुलको लागि ८ काषार्पण दिएको ४ काषार्पण लुकाएको ठीक होईन भन्ने लाग्यो । रानीले गरेको विश्वासमा विश्वासघात गर्नु हुंदैन भन्ने विचार पलायो । मानिस यस प्रकार पो लोभमा परेर बिग्रने रहेछ र पापको खाल्डोमा पर्ने रहेछ भन्ने महसुस गरेर धेरै कुरा सोंच्न थालिन ओहो मालिकले मलाई खान लाउन पूराएर पनि मैले यसितो महान भूल गरेकिछु । अब मैले यस्तो विश्वासघात कहिल्यै गर्ने छैन सत्यवादी हुनेछु भगवान बुद्धको यस अमृतमय उपदेशलाई व्यवहारमा ल्याउंछु भनेर उन्ले ८ काषार्पण कै फूल ल्याउंदा पहिला ल्याएको फूल भन्दा दोब्बरै फुलहरु देखेर रानीले सित खुज्जत्तरा सोधिन् । उनले सबै वास्तविकता बताएपछि रानी पनि खुशिभएर दासीबाट मुक्त्त गरेर राज महिलाको स्थानमा राखिन र भगवान बुद्धको उपदेश सुनाउने कामकोलागि आग्रह गरिन । खुज्जुत्तरा योग्य आसनमा बसी तथागतको कल्याणकारी उपदेश महारानी श्यामावती सहित अन्य पाँचसय परिचारिकालाई सुनाउन थालिन । तिनको व्याख्यानले रानी प्रशन्न भईन् र बुद्धको अमरवाणी सुनाउने काम मात्र दिलाईन ।