मनमा मैत्री करुण रस वाणी अमृत बोल।
जनजनको हितको लागि धर्म वचन नै बोल ।।
शान्ति
र सुख चैन कसलाई चाहिन्न र जब कि सारा संसारमा अशान्ति नै अशान्ति छ ।
शान्तिपूर्वक जिउन आए जिउने कला हात लाग्छ । साँचो धर्म नै साँच्चै जिउने कला हो ।
जसले हामी आफू सुखपुर्वक जिउंछौ र अरुलाई पनि जिउन दिउं शुद्ध धर्मले यहि सिकाउंछ
त्यस कारण सार्वजनिन सार्वकालिक र सार्वभौमिक हुन्छ सम्प्रदाय धर्म होईन। बुझौं कि
धर्मले कसरी शान्ती दिन्छ ? पहिला त यो बुझौ कि अशान्ट्ट र बेचैन किन भईन्छ
गहीरोरुपमा सोंच्न थाल्ने हो भने थाहा हुन्छ कि हाम्रो मन विकारहरु बाट बिकार
हुन्छ तब अशान्त हुन्छ । चाहे त्यो क्रोध होस चाहे लोभ होस भय होस होस इर्ष्या र
वा अरु केहि ।त्यसबखत हामी क्षुब्ध भएर सन्तुलन बिग्रन्छ के उपचारछ जसले हामीमा
क्रोध इर्ष्या भय आउंदै नआवस र आए पनि हामी यसबाट अशान्त नभए हुने । छलफलमा भन्ने
गरिन्छ मलाई त कसैले चित्त नबुझ्ने कुरा गर्यो कि साह् रीस उठ्छ,झूठो कुरा पटक्कै मन
पर्दैन ,चुक्ली
लाएको पटक्कै मन पर्दैन मेरो त सबै भन्दा नराम्रो बानी चांडै रिसाउने …. ईत्यादि कुराको बहस
चल्छ तर मनमा विकार उठेको चालै पाईंदैन होसै हुन्न । कसैले पनि अपमान सहनै सक्दैन
आफूले अरुको अपमान गरे पनि अरुको सहन कुनै हालतमा सक्दैन । घटना प्रिय अप्रीय भइ
नै रहन्छ । यहि प्रिय र अप्रीयले नै सन्तुलन बिग्रन्छ । प्रीय घटना भयो भने फेरि
फेरि होस भन्ने चाहना हुन्छ अप्रीय घटना भयो भने नहोस भन्ने चाहना हुन्छ । यहि
बिषम परिस्थितमा सन्तुलित राख्न सक्नुपर्छ । बाटोमा काँढा वा बिजाउने ठोस अवश्य
हुन्छ जुत्ता लगाए त समस्या समाधान भैहाल्यो नि । घाम लागे छाता पानी परे छाता वा
बर्षादी व्यवस्था गरे भैहाल्यो नि । आफ्नो सुरक्षा यसैमा छ कि कसैले गाली गर्यो
अपमान गर्यो तैपनि क्षुब्ध नभएर निर्बिकार भएर रहुं । एउटा विचार गर्नुपर्ने कुरा
अरुको व्यवहारले उस्को दोषको कारण क्षोभ वा बिकार मलाई किन हुन्छ ? संचित अहंकार यसको कारण ममा वा मेरो अचेतन मनमा
आशक्ति,राग,द्वेष कोह को गाँठो
छ जस्ले त्यस घटना हुंदा क्रोध द्वेष आदि विकार चेतन मनमा परावर्तन हुन्छ । यस
कारण जस्को अन्तरमन शुद्ध छ यस्लाई यि घटनाहरुले कुनै असर पार्दैन । अन्तरमन
अशुद्ध छ भने तब के गर्ने मनमा पूर्व संचित संस्कारहरुको फोहोर त छंदैछ यसै कारण
कुनैपनि अप्रीय घटनाको सम्पर्क हुने बित्तिकै नयाँ बिकारहरु उम्रीन्छ यस्तो बेला के गर्ने त?
एक उपाय
त जब मनमा कुनै बिकार जाग्यो भने मनलाई अर्कै ठाउंमा लगाईदिने । हामी आलोचना सहन
सक्तैनौ कि ? हामी भित्र संचित पूर्व बिकारहरु प्रस्तैछन अचेतन मनले प्रतिपाद गरेर
चेतना मनलाई सुझाव दिएर काम गर्न लगाई हाल्छ । कुनै महिलाको नग्न चित्र देख्यो भने
मनमा के हुन्छ क्रोध, शान्ती, वासनाको जागृत,घृणा के उभ्रिन्छ मलाई लाग्छ बनावटी घृणा
उभ्रिन्छ किन भने त्यस्तै पूर्व संस्कारहरुलेल बिकृति भरीएकोछ । त्यसैले बिकार
जागृत हुने बित्तिकै हामी कसरी सचेत हुने र अर्को सचेत भए अमूर्त बिकारको
साक्षिभावबाट कसरी निरिक्षण गर्ने? हाम्रो यो शरीरमा निरन्तर कुनै न कुनै कृया
भैरहन्छ चिलाउंछ । जब हामीमा बिकार जाग्छ तब स्वास प्रस्वासको गतिमा फरक पर्छ
अर्थात अस्वभाविक हुन थाल्छ र सुक्ष्म रुपमा शरीरमा रसायनिक प्रतिकृया हुन थाल्छ ।
यहि प्रकृयालाई हेर्ने पद्दति लाई विपश्यनामा आनापान भनिन्छ । शरीरमा हुने रसायनिक
प्रतिकृयाहरुलाई साक्षिभावले हेर्ने अभ्यास नै विपश्यना भनिन्छ । अचेतन अवस्थामा
शरीरका अंगहरु अनायास चल्मलाउंछ । मानौं सुतिरहेको अवस्थाछ एउटा लामखुट्टे नाकमा
बसेर रगत चुस्यो शरीरमा तरङ्ग दौडिन्छ हातले अचेत अवस्थामै लामखुट्टेलाई मार्छ
यसरी रात भरीमा उस्ले कति लामखुट्टेलाई मार्यो कति पटक झिंगालाई धरपायो होस नै
हुन्न । शरीरमा कहाँ के भईरहेकोछ कस्तो भैरहेको भएपनि साक्षिभावले प्रतिकृया
नगर्ने प्रतिवाद नगर्ने नै विपश्यना भनिन्छ । यसरी हेर्दा हेर्दै मनको स्वभाव नै
हो यता उता गैहाल्ने अनि प्रतिकृया भैहाल्ने । यहि स्थितलाई सुक्ष्म तरिकाले
हेर्ने पद्दतिहो विपश्यना रहेछ भनेर मैले १० दिने विपश्यना साधनामा र ३ पटकको धम्म
सेवामा अभ्यास गर्दा महसुस गरेको हुं ।
सन्दर्भ सामग्रिःधर्म आदर्श जीवनका आधार( आचार्य सत्यनारायण गोयन्का)
No comments:
Post a Comment