भगवान
बुद्धको पालामा निम्न वर्गकि एक दासी महिला थिईन् । कौशाम्बी नगरको पटरानी
श्यामावतीकि दासी भएर जीवनयापन गर्दिथिन् । तिनको खास नाम उत्तरा थियो तर तिनी
होंची र पुड्की भएकाकिले खुज्जुत्तरा भनेर बोलाईन्थ्यो । तिनको खास काम मालीकहाँ
गएर फूल किनेर ल्उनु थियो । पटरानीले ८ काषार्पण फूलको लागि दिन्थे । तर खुज्जुले
४ काषार्पण लुकाएर राख्थिन् ।
एकदिन
संधै झै ४ काषार्पण लुकाएर मालाकार कहँ गएको बेला भिक्षु महासंघ सहित भगवान
बुद्धलाई स्वागतमा व्यस्त भएकोले फूल पाउन सकिनन् । शाक्यमुनी भगवान बुद्धले भोजन
पश्चात उपदेश दिनुभयोः गृहपतीहरु मानिसले दुराचारलाई राम्री बुझि त्याग गर्नु
पर्दछ र असल आचरणलाई यथार्थ थहापाई ग्रहण गर्नु नै सम्यक दृष्टिका खुड्किला चढनु
हुन आउंछ ………. !
यस बेला
खुज्जुत्तराले पनि तथागतको यस अमृतमयी उपदेश एक कुनामा बसेर सुनिरहेकि थिईन् । यि
उपदेश रुपी दिव्य किरण उनको मनमा प्रकाश पर्न गयो र आफुले भूल गरेको महसुस गरिन ।
महारानीले फुलको लागि ८ काषार्पण दिएको ४ काषार्पण लुकाएको ठीक होईन भन्ने लाग्यो
। रानीले गरेको विश्वासमा विश्वासघात गर्नु हुंदैन भन्ने विचार पलायो । मानिस यस
प्रकार पो लोभमा परेर बिग्रने रहेछ र पापको खाल्डोमा पर्ने रहेछ भन्ने महसुस गरेर
धेरै कुरा सोंच्न थालिन ओहो मालिकले मलाई खान लाउन पूराएर पनि मैले यसितो महान भूल
गरेकिछु । अब मैले यस्तो विश्वासघात कहिल्यै गर्ने छैन सत्यवादी हुनेछु भगवान
बुद्धको यस अमृतमय उपदेशलाई व्यवहारमा ल्याउंछु भनेर उन्ले ८ काषार्पण कै फूल
ल्याउंदा पहिला ल्याएको फूल भन्दा दोब्बरै फुलहरु देखेर रानीले सित खुज्जत्तरा
सोधिन् । उनले सबै वास्तविकता बताएपछि रानी पनि खुशिभएर दासीबाट मुक्त्त गरेर राज
महिलाको स्थानमा राखिन र भगवान बुद्धको उपदेश सुनाउने कामकोलागि आग्रह गरिन ।
खुज्जुत्तरा योग्य आसनमा बसी तथागतको कल्याणकारी उपदेश महारानी श्यामावती सहित
अन्य पाँचसय परिचारिकालाई सुनाउन थालिन । तिनको व्याख्यानले रानी प्रशन्न भईन् र
बुद्धको अमरवाणी सुनाउने काम मात्र दिलाईन ।
खुज्जुत्तराले
भगवान बुद्धको उपदेश सुनेको अनुसार प्रयोगमा ल्याई आफ्नो चरित्र सुधारमा ठूलो
पवरिवर्तन ल्याईन । दिनहुं यसरी तथागतको उपदेश सुनेर यथावत महारानीलाई सुनाउने
गर्दागर्दै तिनि बुद्धकालिन बहुङुताम उपासिकाहरुमा सर्वश्रेष्ठ भएर निस्किन । यस
प्रकार बुद्धको अनुपम देन पाएर खासत्वबाट मुक्त हुने सुअवसर पाईन । त्यसताका मान्छेलाई
पशुपंक्षी सरह किनबेच गर्ने चलन चल्ती भएको बखत भगवानले धेरैको उद्दार गर्नु भएको
बौद्ध ग्रन्थे उल्लेख गरेको पाईन्छ । काषार्पणको अर्थ सुनको असर्फी हुन्छ । भगवान
बुद्धको यस्तो अमृतमय बाणी हुन्थ्यो कि कसैले श्रवण गरेपछि उ अवश्य अन्धकारबाट
मुक्त हुन्थ्यो ।
सन्दर्भ सामग्रीः नारीप्रति बुद्धको देन ( नानी मैञा मानन्धर)
सन्दर्भ सामग्रीः नारीप्रति बुद्धको देन ( नानी मैञा मानन्धर)
No comments:
Post a Comment