भगवान बुद्धको पालामा धनन्जय नामको एक धनी
महाजनको दुई छोरी बिशाखा र सुजाता थियो । ति दुबैको दुई चरित्रको थियो । बिशाखा शील
स्वभावकि सुजाता कठोर भाषी घमण्डी स्वभाव कि । बिशाखा सुन्दरी मात्रै नभएर गुणवती
पनि थिईन सदाचारी थिईन । उन्को विवाह श्रावस्ती नगरको सेंठ मिगारको सुपुत्र
पूर्णवर्द्धन सित भएको थियो । सेंठले तिनले सबै कुराले सम्पन्न हुने गरि दाईजो
दिएर पठमएको थियो । तिनि जतिसुकै सुन्दरी भएपनि घमण्ड एकरत्ति थिएन । विवहको बखत
बुवाले छोरीलाई घरमा राम्रो कुशल व्यवहार गरेर सम्पन्न होउन भनेर १० उपद्श दिएन
पठाएको थियो। जसलाई बिशाखाले पतिको घरमा अक्षरश पालन गरेर परिवारमा सबैलाई खुशि
पारेकि थिईन् । यिनि गृहस्थी महिलाहरुमा दान दिनमा पहिलो थिईन बिशाखा
भगवान बुद्धका अनन्य सेविघ थिईन । भिक्षु संघको सेवा गर्ने भोजन दान गर्ने बिहारको
सेवा गर्ने गर्थिन । तिनको कुशल आचरण र सभ्य व्यवहारले प्रभावित भई तीर्थंकर
अनुयायी मिगार सेंठ भगवान बुद्धको शरणमा गयो । तथागतको अनुकुल उपदेश पाएर उनी धन्य
भए ।
धनन्जय मशहाजनको अर्कि कान्छी छोरी थिईन सुजाता
यिनी बिशाखाको बहिनी थिईन यिनी बिशाखाको
चरित्र भन्दा बिल्कलै फरक खालको थियो ठ्याक्क उल्टो । समाह्रै घमण्डी कठोर
स्वभावकि झगडाले क्रोधी थिईन । यिनको शुभ विवाह श्रावस्तीको महाजन अनाथपिण्डकको
छोरा सित भएको थियो । यिनलाई पनि दाईजो एथेष्ट दिएको थियो । तर तिनको स्खराव चर्को
स्वभावले घरमका अशान्ती थियो । तिनमा सुन्दरी धनी बाबुकि छोरी भन्ने घमण्डको जालोले
बेरीएकि थिईन् । कामदारहरुलाई हफकाउनु झगडा गर्नु कचकच गर्नु दासीहरुलाई पिट्नु
सामान्य थियो । सुजाताको व्यवहारले सासु ससुरा दिक्क भएका थिए ।
अनाथपिण्डक श्रावस्ती ठूलो सेंठ थियो धानी भए
पनि पटक्कै घमण्ठ थिएन निसहायलाई दान दिनु गरिबलाई भोजन गराउनु दान दिनु उन्को
स्वभाव थियो । उनले करोडौं असर्फी खर्चेर ज्तवन बिहार बनाएर भिक्षु संघलाई दान
दिएका थिए । आफ्नो निवास स्थानमा पनि भगवान बुद्ध प्रमुख भिक्षु संघलाई भोजन
प्रादन गर्थ्यो ।
एक दिन
अनाथपिण्डकको निवासमा ५०० भिक्षुसंघ सहित गृह प्रवेश गरेका बखत सुजाता आफ्नो कर्कश
स्वभावल् ठुदलठुलो स्वरले कराई रहेको बखत भगवानले सवड्ढ्नु भयो । महाजन यो शव्द
कस्को हो । अनाथपिण्डकले विनम्रभई बिन्ती गर्यो यो हाम्रै कूलबधु सुजाताको स्वर हो
। के गरौं भगवान मेरो बुहारी कूल घरानाकि सम्पन्न परिवारकि भएपनि यिनको बानी
व्यहोराले घरमा अशान्ती पार्छीन ।
यस्ती
श्रद्धावान धर्मले सम्पन्न महाजनको यस्तो आचरणको बुहारी हुन अवश्य राम्रो हुन्न ।
यहि मौकामा सुजातालाई बोध गराउनु समायानुकुल हुनेछ भनेर अभिमानले अल्मलीएकि लाई
बवलाएर उपदेश दिनुभयो । सर्वप्रथम भगवानले सुजाता सित प्रश्न गर्नुभयो सुजाता पत्नीहरु सात प्रकाशका हुन्छन तिमी कुन
प्रकारकी हौं ? तथगतको कुरा बुझ्न नसकेर यस
बिषयमा विस्तार पूर्वक खुलस्त बर्णन गर्न भगवानलाई विनम्र अनुरोध गरीन ।
भगवानले राम्रो सित सुन्नु भनेर निम्न गाथाहरु
उच्चारण गर्नु भयो ।
१)
पदुट्ठचित्ता अहितानुकम्पनी
अञ्ञेसुरत्ता
अतिमञ्ञते पति ।
धनेन
कीतस्स वघाय उस्सुका
या
एवरुपा पुरिसस्स भरिया
बधका च
भरिया ति च सा पवुच्चति ।।
२) यं
इत्थीया विदन्ति सामिको धनं
सिप्पं
वणिज्जं च कसि अधिट्ठहं ।
अप्पं
पि तस्मा अपहातुमिच्छति
या
एवरुपा पुरिस्स भरिया
चोरी च
भरिया ति च सा पवुच्चति ।।
३) अकम्मकामा
अलसा महग्गसा
फरुसा च
चण्डी च दुरुत्तवादिनी ।
उपहट्ठयिकानं
अभिभूय्य वत्ततिह
या
एवरुपा पुरिस्स भरिया
यअया च भरिया ति च सा पवुच्चति ।।
४) या
सब्बदा होति हितानुकम्पनी
माता व
पुत्त अनुरख्खते पतिं ।
ततो धन
सम्भतमस्स रक्खति
या
एवरुपा पुरिसस्स भरिया
माता च
भरिया ति च सा पवुच्चति ।।
५) यथापि
ज्ठ्ठा भगिनि कनिठ्ठा
सगारवा
होति सकम्हि सामिके ।
हिरीमता
भत्तवसानुवत्तिनी
या
एवरुपा पुरिसस्स भरिया
भगिनि च
भरिया ति च सा पवुच्चति ।।
६) याचिध
दिस्वान पति पमोदिता
सखी सखारं
व चिरस्स आगतं ।
कोलिनीया
सीलवती पतिब्बता
या
एवरुपा पुरिसस्स भरिया
सखि च
भरिया ति च सा पवुच्चति ।।
७)
अक्कुट्ठसन्ता वध दण्डतज्जिता
अदुट्ठचिता पतिनोतिक्खति ।
या
एवरुपा पुरिसस्स भरिया
दासी च भरिया ति च सा पवुच्चति ।।
यसरी
भगवानले सात प्रकारकापत्नीहरुकव विस्तृत बर्णन गर्नुभएको सुनेर सुजाता गहीरो
निद्राबाट बिउंझे झै भयो । तिनको सबै अभिमान रुपी भ्रम नष्ट भयो तिनको पत्थर हृदय
पग्लीयो । सचेत भईन आफुले गरेको दुष्कर्मलाई महसुस गरेर पछुताईन र भगवान बुद्ध
समक्ष बिन्ती गरेर भनिन् भगवान क्षमा गर्नुहोस म दासी समानकी स्त्री हुं । यस
प्रकार भगवान बुद्धले आफ्नो अमृतमय बाणीबाट सुजातालाई सुमधुर सानतदान्त
तुल्याउनुभयो । उनीमा सुसंस्कृत उत्पन्न भयो शुशील भईन घरको कलहको बीज नै उखेलीयो
परिवारमा बनन्द खुशीको लहर फेलियो । कठोरभाषी घमण्डी मृदुभाषी भएर जीवन सुधार
गर्ने महान मौका पाईन । यस प्रकार भगवानले नारीको उद्दार गर्नु भयो ।
सन्दर्भ सामग्रीः नारीप्रति बुद्धको देन ( नानीमैञा मानन्धर)
No comments:
Post a Comment